प्रचण्डसँग अनुरोध
२५ माघ २०७१
•
१५ मिनेट पाठ
प्रचण्डसँग अनुरोध
प्रचण्ड अर्थात् पुष्पकमल दाहाल बितेका २० वर्षदेखि सर्वाधिक सुनिँदै र पढिँदै आएको नाम हो। हाल नेकपा एमाओवादीका अध्यक्ष। यो नामसँग परिचित सबैलाई थाहा छ त्यो त्यति सजिलै स्थापित भएको होइन। हामीले सजिलै लिने प्रचण्ड नाम बनाउन पुष्पकमल दाहालले गरेको मेहनत र दुःखलाई धेरैले अनुमान पनि गर्न सक्दैनन्। 
पुष्पकमल दाहालको मात्र होइन धेरै जनताको रगत र पसिनाले कोरिएको नाम हो प्रचण्ड। त्यसैले धेरै जनताले पुष्पकमल दाहाल होइन प्रचण्ड नै भनेर चिन्छन्। तर हिजोआज यो नामको गरिमा ओरालोतिर लागिरहेको महसुस गर्दैछन् धेरैले। र, यसैभित्र म पनि पर्दछु, भलै यो नाम बनाउनका लागि कुनै योगदान नहोस्। तर त्यसबेला मजस्ता धेरै जनता माओवादीप्रति सहानुभूति राख्थे। परिवर्तनकारी शक्ति हो भन्ने विश्वासले। तर जनताले खोजेको परिवर्तन भनेको एउटा विचारको अन्त्य र अर्को जबर्जस्ती लादिन खोजिएको विचार होइन। परिवर्तनका नाममा खोजेको त देशको विकास, समृद्ध जनता, शान्ति र सुशासनजस्ता कुरा हुन्। जुन प्रचण्डले बुझेका छन् भन्ने जनताको ठम्याई थियो। तर जनताको बुझाई बिस्तारै गलत सावित हुनथाल्यो।

०६२/६३ को आन्दोलनपश्चात् पहिलोपटक बालुवाटारमा सार्वजनिक हुने दिन–विदेशका सयौँ फोटो पत्रकारसँगै बिहान ५ बजेदेखि राति १० बजेसम्म पर्खनुपर्दा मलाई दिक्दारी लागेको थिएन कारण, प्रचण्ड नाम भएको व्यक्तिसँग साक्षात्कार हुने लोभ। भूमिगत हुँदा र त्यसपछि आजका दिनसम्म मजस्ता धेरैलेे प्रचण्डका गतिविधि र क्रियाकलापप्रति अलिअलि भए पनि ध्यान दिई नै रहेका छन्। ध्यान दिनुको कारण हो, उनीबाट जनता र देशले अरू नेतासँग भन्दा धेरै अपेक्षा राख्नु र देश बनाउनसक्ने खुबी उनमा छ भन्ने विश्वास। बालुवाटारपछि केही दिनमा नै अन्तर्वार्ताका लागि तस्बिर खिच्न प्रचण्ड निवास नयाँबजार पुगेका बेला कुरा सुन्दै जाँदा राजनेतामा हुनुपर्ने केही गुण भएको मैले महसुस गरेँ। मलाई लाग्यो, यी भीडको पछि कुद्ने होइन भीडलाई पछि कुदाउने नेता हुन्। यिनले अब देश बनाउन सक्छन् भन्ने लाग्थ्यो। तर वर्षको त के कुरा, धेरै महिना पनि बित्न नपाउँदै प्रचण्डको पारा उस्तै देखिन थाल्यो। भीडलाई पछि कुदाउलान् भनेको त आफै पो भीडका पछि दौडिन थाले! आफ्नो पार्टी र कार्यकर्तामात्र होइन, देश र जनताका लागि गर्छन् भनेको त त्यो पनि हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तै भयो। देश र जनताको कुरा त परै जाओस्, आफ्नै पार्टीलाई पनि फुटबाट जोगाउन सकेनन्। पार्टीभित्र पनि कहिले एउटा समूहलाई च्याप्ने अनि अर्कोलाई पाखा लगाउन खोज्ने। आफू सजिलोमा पुगेपछि च्यापेकोलाई छाडेर अर्को समूह रोज्ने। यस्तै बानीले गर्दा पार्टीभित्र पनि उनी आलोचित हुँदै गए। भाषणहरूमा पनि भीडले के मन पराउँछ त्यही बोल्ने। लडाकुहरू बढी देखाएर सरकारलाई बेबकुफ बनाउन सफल भएको कुराको भिडियो रेकर्ड बाहिर आएपछि ठूलै आलोचनाको भारी बोक्नुपरेको थियो। कहिले हतियार लुकाएको त कहिले हतियार खोलाले बगाएको कुरा गर्दा उनी जनताका बीच हाँसोको पात्र बन्न पुगे। घेराबन्दीमा परेको कुरा गर्न पनि पछि परेनन्। घेराबन्दीमा परेको चाहिँ थाहा हुने अनि त्यसबाट निस्कन नसक्ने पनि नेता हुन्छन्? यस्तै बकम्फुसे कुराले उनलाई हल्का बनाइरहेको छ। धेरै कुरा छन्, जसले गर्दा उनी अन्य नेताभन्दा खासै फरक नभएको आफै प्रमाणित गर्दै गए। तर अझैसम्म उनीसँग केही आशा गर्दैछन् जनता। लाग्छ, यो आशालाई पनि निराश बनाइदिए भने प्रचण्ड नामको गरिमालाई बचाउन सायदै कसैले सक्ला!

प्रचण्डलाई राम्रैसँग थाहा हुनुपर्छ, कुनै समय गिरिजाप्रसाद कोइराला नेपालको राजनीतिमा सर्वाधिक आलोचित भएका र गाली खाएका नेता हुन्। आलोचना र गालीले नै उनलाई अझ परिष्कृत राजनीतिज्ञ बनाएको हो। कुरा यत्तिमात्रै हो, यसलाई सुन्नसक्ने धैर्य अनि सही र गलत छु्याउन सक्ने क्षमता हुनुपर्छ। यसमा डराउनुपर्ने कुरै छैन, डराउनुपर्ने त जनताले भोलि तिरष्कार गरिदिए भने के हुन्छ भनेर हो। अनि जनताले स्वीकारेका दिन अरूका त के कुरा भगवान पनि स्वीकार्न बाध्य हुनेछन्। र, जनताले तिरष्कार नगर्दासम्म यस्ता आलोचना र गालीले केही फरक पर्दैन। सानातिना आलोचना र विरोधीको धेरथोर गाली सुन्न नपाई उत्तेजित हुँदै प्रतिक्रिया जनाइहाल्नु भनेको केटाकेटीपना हो। जनताले अस्वीकार गरेका नेतालाई पार्टीले बचाएर राख्नसकेका उदाहरण सायदै होलान्। त्यसैले कमरेड प्रचण्ड तपाईं पनि आलोचना र गालीसँग नडराउनूस्। डराउनु नै छ भने जनताको तिरष्कारसँग डराउनूस्। चुनावमा भाग लिने मनशाय छ भने, जनताको तिरष्कार र स्वीकार थाहा पाउने डिग्री भनेकै चुनाव हो भनी बुझ्नुस्।

पहिलो संविधान सभाको चुनावमा एमाओवादीले नसोचेको मत पाएकै हो। हार्नेले धाँधली भयो भन्नु त राजनीतिक पार्टीहरूको धर्मैजस्तो भइसक्यो नेपालमा। पहिलो संविधान सभाको चुनावमा कांगे्रस, एमालेले धाँधली भयो भने, दोस्रोमा त्यही कुरा एमाओवादीले दोहोर्या उने मात्र होइन मतगणना नै बहिष्कार गरेको जनताले अझै बिर्सेका छैनन्। भोट दिने जनता हाँसे, बसे, केही भनेन्, किनकि एक वर्षभित्र संविधान बनाएर दिन्छौँ भनेर सबै प्रमुख पार्टीले जनतालाई भनेकै थिए।

अहिले हामीले ठाडो हिसाबकिताबले बुझेको भनेको राजनितिक दलहरू संविधान बनाउने र नबनाउने दुई चिरामा बाँडिएका छन्। संविधान बनाउन दिन्न भन्ने तर्क सायद अतिवादीहरूको होला, तर यसलाई यसरी बु‰दा हुन्छ कि मैले वा मेरो पार्टीले भनेजस्तो संविधान बनाउनुपर्छ। यो कुरा अहिलेका अवस्थामा कसैले गर्न सक्ने अवस्था छैन। त्यसैले सहमतिकै कुरा निस्किएको होला। मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने त्यो सहमति पनि कहिल्यै हुनेवाला छैन। अनि सधैँभरि आन्दोलन नै गरेर बस्ने? सहमति हुन्छ भने अलिकति बढी छाड्दैमा सानो भइहालिँदैन। छाड्ने कुराका लागि प्रधान मन्त्रीको पद छाडेर राजनीति गर्ने नेता गणेशमान सिंहबाट पनि केही सिके हुन्छ। होइन भने विवादित विषयलाई जनमतमा लैजाने हिम्मत गर्नूस्। त्यो पनि सकिँदैन भने विवादित विषयलाई थाती राखेर जनतालाई बाचा गरेअनुसार संविधान दिनुस् अनि चुनावमा जानुस्, दुईतिहाई ल्याउनुस्। त्यसपछि आफ्ना विचारलाई जुन धारा र जुनसुकै पातामा राखे पनि केही फरक पर्दैन। फरक त संविधानका नाममा अड्किएको विकासले, बेथितिले, भ्रष्टाचारले अनि जनताले पाएको दुःख र सास्तीले पार्ने हो। बहुमतका नाममा कांग्रेस, एमालेले पेलेर भित्तामा पुर्या ए भन्दै गुनासा गर्नुको सट्टा जनताको मन जितेर बहुमत ल्याएर तिनलाई संसद्को भित्तामा मात्र होइन दैलोबाटै बाहिर निकालिदिनुस्। कसैले केही भन्दैन। त्यही संसद्मा गएर सबै कुरा गर्छु भनेर चुनाव जितेर आउने अनि त्यसैलाई बहिष्कार गर्छु भन्दै हिँड्दा प्रचण्डको उचाई घटेको छ। किनकि हामीजस्ता जनताको आस्था भनेकै संसद् हो। भारतमा चुनाव जितेर पहिलोपटक संसद् भवन जाँदा नरेन्द्र मोदीले भर्याीङको खुड्किलामा शीरले ढोग्दा जनता कति भावुक र गौरवान्वित बनेका थिए। यहाँका नेताले यस्ता साना कुराभित्र लुकेको ठूलो कुरालाई अलिकति मात्रै भए पनि बुझेर संसद्को गरिमा बढाउने कोसिस गरे हाम्रा लागि त्यो नै ठूलो कुरा हुने थियो। राम्रो कुरा भारतबाट सिक्नुस् कि चीनबाट हामीलाई के मतलब!

संसद् छोडेर आन्दोलन गर्ने भन्दै हिँड्ने, त्यो पनि सभासद्हरूसँग २० हजारका दरले आन्दोलन खर्च उठाउने रे! अलिकति त विचार गरे हुन्थ्यो नि त्यो पैसा भनेको जनताले तिरेको कर नै हो। आजभोलि आन्दोलन भनेकै गरिखाने जनतालाई दुःख दिनु हो भन्ने भइसक्यो। आन्दोलन गर्ने दलका कार्यकर्ताले त उठाएको पैसोबाट खर्च पाइहाल्ने अनि मारमा पर्ने भनेकै गरिखाने हुन्। गर्न खोजेको के हो? जनतालाई पहिले बुझाउनुस्, जनताले बुझेपछि पैसा पनि उठाउनु पर्दैन, जबर्जस्ती गरेर बोलाउनु पनि पर्दैन। उदाहरणका लागि २०४६ र २०६२/६३ को जनआन्दोलन सम्झाइराख्नु नपर्ला। अहिले गर्ने भनेको आन्दोलनले देश, जनता र संविधान बनाउन कति सहयोगी हुन्छ त्यो त प्रचण्डले विचार गरेकै हुनुपर्छ। तर यसको असर उल्टो पर्योर भने त्यसले अरु दल र नेतालाई त केही फरक पर्नेवाला छैन, जति जे फरक पर्ने हो, जे नराम्रो हुने हो त्यो प्रचण्ड र एमाओवादीलाई पर्ने र हुने हो। एमाओवादीकै कार्यकर्ता दिल निसानी मगरले लेखेको अनलाइनमा पढेको थिएँ– प्रचण्ड टावरसँग सम्पर्क विच्छेद भएको जहाजजस्तो भएका छन्। तर त्यस्तो नभएर दिशानिर्देश गर्ने कम्पास बिग्रिएकाले बेलाबखत गलत दिशातिर हिँड्छन् भन्दा अझ उपयुक्त होला। किनभने इच्छाशक्तिको कमीले मात्र त्यस्तो हुन गएको हो, अहिले नै सम्हाल्न नसक्ने गरी बिग्रेको केही पनि छैन। अहिलेको अवस्थामा निर्णय गर्दा जोसुकैलाई जेसुकै होस्, देश र जनताको हितमा त्यो सही होस्। त्यही देशभित्र नै पार्टी, परिवार, पक्षविपक्ष सबै हुन्छन्। बहुमतका नाममा सत्तापक्षले यसै पेलिरहेका बेला आवेशमा आएर जथाभावी निर्णय गर्दा भोलिका दिन प्रचण्ड माथि चढ्ने होइन, अझ तल झर्न सक्छन्। त्यसैले भविष्यमा स्थिरता ल्याउनसक्ने निर्णय गर्न सक्नुपर्छ प्रचण्डले अहिले। एमाओवादीले संविधान बनाउन दिएन भन्दै सत्तापक्षले लगाएको आरोपलाई गलत साबित गर्ने हो भने पार्टी, सिद्धान्त र व्यक्तिगत 'इगो'लाई एकातिर राखेर निर्णय गर्नुपरे पनि गर्नुस्। त्यसले छोटो समयका लागि केही असजिलो पनि पार्ला, तर देश र जनताको भविष्य राम्रो हुन्छ भने डराउनु पर्दैन। जसले जेसुकै भनुन्, आँट गर्नुस् प्रचण्ड, भीड खोज्नै पर्दैन। जनता नै तपार्इंका पछि दौडिनेछन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस