यो कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बस्ने समय होइन। एक त, यस्तो तामझामले त्यस क्षेत्रको जलवायुमा प्रतिकूल असर गर्छ। अर्को, नेपालले विश्वको ध्यान खिच्नै पर्दैन। विश्वबाटै हामीले हिमाली क्षेत्रमा परेको असर थाहा पाएका हौं।
'हामी पृग्वीको सबैभन्दा जलवायु-असुरक्षित राष्ट्र हौं। हामी असुरक्षित छौं किनभने जलवायु परिवर्तनले हामीलाई सबैभन्दा पहिले र जोडले आक्रमण गर्दैछ। हाम्रो लागि जलवायु परिवर्तन टाढाको अमूर्त खतरा होइन। यो हाम्रो जीवनकै स्पष्ट देखिएको वर्तमान हो। जलवायु परिवर्तनले नेपालका हिमनदी पग्लदै छन्। यसैको कारण बंगलादेशमा बाढीको प्रकोप हुँदैछ। फलस्वरूप किरिवाटी र माल्दिभ्स डुब्दै छन्। जलवायुसँगको यस लडाईंमा हामी सबैभन्दा अगाडि उभिएका राष्ट्र हौं।' यो माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासीदको कथन हो।
वैज्ञानिकका अनुसार माल्दिभ्स र किरिबाटी दुवै राज्य सबैभन्दा पहिले पानीभित्र डुब्दै छन्। माल्दिभ्सको १२ हजार टापुमध्ये ८० प्रतिशत समुन्द्र सतहबाट एक मिटरमात्रै माथि छन्। पूर्वी प्रशान्त सागरमा अवस्थित किरिवाटीको दुई टापु त डुबी नै सके। त्यहाँ डुब्ने खतरामा रहेको बसोबासलाई अन्य टापुमा सार्ने चाँजो मिलाइदैछ। तर विडम्बना, किरिबाटीका धेरै जमिनमा नुनिलो पानी हुनाले बस्न योग्य छैन। नासिद भन्छन्, 'यस खतरासँगको लडाईंमा हामीले जलवायु वैज्ञानिकका भनाइ सुन्नुपर्छ, राजनीतिक नेताको होइन।'
आज तिनै हिमनदीमाथि मन्त्रिपरिषद्को बैठक बस्दैछ। कोपेनहेगनको जलवायु सम्मेलनलाई लक्षित गरेर 'विश्वको ध्यानाकर्षण' गराउन कालापत्थरमा हेलिकप्टरमा गएर बैठक गरिँदैछ। यो राजनीतिक निर्णय हो। वैज्ञानिक त कालापत्थर वा हिमाली भेगको वायुमा कार्बन उत्सर्जन गराउने ठूला हेलिकप्टर स्वीकार्दैनन्। यसै त हाम्रो हिमाली क्षेत्रको तापमान १० वर्षमा ०.६ डिग्री सेल्सियस बढेको छ र सय वर्षमा ५.५ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान छ।
क्योटो प्रोटोकल (सन् १९९७) अनुसार विकसित राष्ट्रहरूले सन् २०१२ सम्ममा वायुमण्डलमा प्रभाव पार्ने कार्बनडायक्साइडजस्ता ग्यासको उत्सर्जनमा ५ प्रतिशतले कमी ल्याउनु पर्नेछ। तर अमेरिकामा बुस प्रशासनले नमान्नाले यो सफल हुन सकेन। अहिले ओबामा प्रशासन र चीनले सन् २०२० सम्ममा आफूले गर्ने गरेको कार्बन उत्सर्जनमा ४० देखि ४५ प्रतिशतसम्म घटाउने निर्णय गरेका छन्। यो संसारको भविष्यका लागि स्वगतयोग्य निर्णय हो।
अहिले कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने समय होइन। एक त, यो तामझामले त्यस क्षेत्रको जलवायुमा प्रतिकूल असर गर्छ। दोस्रो, नेपालले विश्वको ध्यान खिच्न जरुरी नै छैन। किनभने विश्वमार्फत् नै हामीले हाम्रो हिमाली क्षेत्रमा परेको असर थाहा पाएका हौं। विज्ञहरूले २ दशकअघि नै यसबारे सचेत गराएका थिए। जस्तै जापानको नागोया विश्वविद्यालय र नेपालको जल तथा मौसम विज्ञान विभागले सगरमाथा क्षेत्रको सोराङ हिमालमा अध्ययन गरेर सन् १९७१ देखि १९९१ सम्ममा हिमनदी ६० मिटर साँघुरिएको जानकारी दिएका थिए।
हिमनदी पग्लनुमा विकसित राष्ट्र कारक हुन्, हामी होइनौ। तर जलवायुले यसरी हेर्दैन। जलवायुका लागि मानव सभ्यता कारक हो। अबको बेला प्रचारबाजीको होइन, कामको हो, निर्णयको हो। नेपाल आफैले के गरेको छ, असर न्यूनीकरण गर्न?
तापमान कम गर्न वनको ४० प्रतिशत योगदान हुन्छ। 'हरियो वन नेपालको धन' भन्न छोडिएको निकै भयो। ६० वर्षअघि कैलाली जिल्ला नेपालकै सबैभन्दा हराभरा थियो। अहिले यहाँको ४० प्रतिशत वनमा अतिक्रमण भएको छ। एक भ्ााग कृषियोग्य जमिनको लागि तिन भाग वन हुनुपर्छ। रूख काट्नुभन्दा वन भएको जमिन गुम्नु (अतिक्रमण) ठूलो समस्या हो। वन मासेर वस्ती बसाउने कतै नभएको चलन हामी कहाँ छ, मूलतः राजनीतिक स्वार्थका कारण। वन विभागको अध्ययनअनुसार नेपालमा वर्षेनि १.१३ प्रतिशतका दरले उच्चस्तरको वनको विनाश हुँदैछ। वनको क्षेत्रफल कुल जमिनको ४० बाट २९ प्रतिशतमा झरेको छ।
यसै साता हजारौं सुकुम्बासीले कैलालीको डुँडेझाडी वन अतिक्रमण गरेका छन्। अतिक्रमण नहटाइए जैविक चक्र संकटमा पर्छ तर राज्य लाचार छ।
नवलपरासी, रुपन्देही, कपिलवस्तुबाट मात्रै दैनिक ३०० ट्रक ढुंगा बालुवा भारत जान्छन्। उदयपुर, सप्तरी, सिन्धुलीका चुरे पहाडबाट ढुंगा, बालुवा, गिट्टी भारततर्फ निकासी भइरहेको छ। वन विनाशका कारण ढुंगा माटो थुप्रिनाल नारायणगढ-हेंटौडा खण्डमा पर्ने लोथार खोलाको सतह करिब १० फिट बढेको छ। यही मंगलबार राष्ट्रपति रामवरण यादवले पनि प्रधानमन्त्रीलाई यसमा ध्यानाकर्षण गराएका थिए।
काठमाडौंको वायु प्रदूषण ३०० पीएम माथि छ। हुनुपर्ने ६० भन्दा तल हो। वालुवा चोरी निकासी रोक्न सकिएको छैन। ईंटाभट्टाको प्रदूषण नियन्त्रण हुन सकेको छैन। सवारी प्रदूषण जाँच्ने यातायात व्यवस्था विभाग कति अव्यवस्थित छ भने ५०० रुपैया खर्चंने एक परिचितको घरमै 'हरियो-स्टिकर' आइपुग्यो। प्रदूषणरहित विद्युतीय कार भित्रन नदिन ८ वर्षअघिदेखि नै १ सय २४ प्रतिशत भन्सार तोकियो। वातावरणीय टेम्पो, माइक्रोबसलाई प्रोत्साहन र अपग्रेड गर्न छाडेर हामी हटाउने पहल गर्दैछौं। नारायणी नदी वरपरका उद्योगले फाल्ने रसायनले जलप्राणीलाई पारेको असरप्रति बिल्कुलै ध्यान दिइएको छैन। वनविज्ञको सुझाव र कानुनविपरीत मन्त्रालयका कर्मचारीबाट व्यापक विरोध हुँदाहुँदै सरकारले यसै साता निकुञ्जभित्रका होटललाई ३ वर्षका लागि सञ्चालन स्विकृती दियो।
बिजुली थोरै खपत गर्ने सीएफएल चिमको प्रयोगले नेपालमा करिब २ सय मेगावाट बिजुली बचाउन सकिने विज्ञहरू बताउँछन्। सरकारले यसमा घरदैलो कार्यक्रम त ल्यायो तर कार्यान्वयनमा गम्भीरता छैन। भृकुटी मण्डपमा सञ्चालित 'इलेक्ट्रो टेक २००९'मा विद्युत प्राधिकरणको 'विद्युतको सही उपयोग' सम्बन्धी स्टल त देखियो, जानकारी दिने कोही भेटिएनन्। बुधबार अपरान्ह पंक्तिकार पुग्दा सबैमा दर्शकको भिड थियो भने प्राधिकरणको स्टल मात्रै खालि थियो। तराईमा विद्युत चोरी व्यापक छ। काठमाडौंमै सरकार विद्युत चोर्छ। तिन साताअघि यसै पत्रिकामा सुन्धाराको केन्द्रीय कारागारले हुक गरेर विद्युत चोरी गरेको तस्बीरसहित समाचार प्रकाशित भयो। 'चोर थुन्ने' कारागारले तचोर्यो चोर्यो, विद्युतको चुहावट रोकथाम शाखाले पनि आँखा चिम्लिदियो। यी पंक्ति लेख्दा अर्थात् बिहिबार साँझसम्म तार हुक भएकै छ।
सरकार लोडसेडिङ घटाउन ६० करोड खर्चेर विराटनगर र हेंटौडाको मल्टिफ्युल/डिजेल प्लान्ट मर्मत गर्न तत्पर छ। साथै वीरगंजको पर्वानीपुरमा करिब ४० मेगावाट प्लान्ट राख्न निजी क्षेत्रलाई आह्वान गरिएको छ। डिजेलबाट विद्युत उत्पादन गर्दा जलवायुमा नकारात्मक असर गर्छ। विद्युत चुहावट रोक्न र खपत कम गर्ने नियम ल्याउन राजनीतिक अप्ठेरो छ त्यसैले सरकार डिजेल ऊर्जातर्फ जान्छा। किनभने सरकारलाई यसमा झन्झट नहुनुसाथै राजनीतिक र आर्थिक लाभ पनि छ।
जलवायु परिवर्तनप्रति संवेदनशीलता देखाउन कालापत्थरमा बैठक मञ्चन भइरहेको छ। हिउँ पग्लियो भनेर भएको हिउँ खोस्रदै क्याबिनेट बैठकको प्रचारबाजी गर्दैछौं हिउँ नपगाल भन्ने "सन्देश" दिन। यसले हिँउ पग्लेरै डुब्दो माल्दिभ्स र किरिबाटीका मानिसलाई कस्तो "सन्देश" जाला?