सन् १९५० सालको जाडो याममा राजा त्रिभुवन दिल्ली भागेपछि उनी फर्किने वा नफर्किने भन्ने यकिन जानकरी भारतीय गुप्तचर निकायबाहेक अरू कसैसँग थिएन। काठमाडौंमा भने मोहन शम्शेरले तामझामका साथ त्रिभुवनका महिला नातिको विधीविधानपूर्वक राज्यारोहण गराए। सवारी चलाए। काठमाडौंका पञ्चभलादमी एवं साहु महाजनले दीपावली गरे। निजामती तथा फौजका अधिकारी र भाइभारदारले खुसीयाली मनाए।तीन चार महिनाभित्र भारदारी सभाको अंकगणित एवं सेना प्रशासनको बीजगणित सँगसँगै बदलियो। सन् १९५१ को फेव्रअरी महिनाको मध्यतिर गद्दीच्युत राजा त्रिभुवन काठमाडौं फर्किए। राज्यारोहण गराइएका बालक ज्ञानेन्द्र पुनः शाहज्यादा भए। र, मोहन शम्शेर सँगसँगै राणाशाहीको अन्त्य भयो। विधीविधान केही काम लागेन।
प्रजातन्त्रले क्रान्तिनायक ठहर्याकएका त्रिभुवन गौचरमा हवाइजहाजबाट ओर्लिदाँ उनको हैसियत भारतीय संस्थापनको उम्दा कोटीका गोटीभन्दा बढी केही थिएन। एकै दाउमा एकातर्फ मोहन शम्शेर र अर्कोतर्फ बीपी कोइरालालाई ष्प्रभावहीन तुल्याउन भारतीय संस्थापनले राजा त्रिभुवनरूपी तुरुप काठमाडौमा फालेको थियो। उनलाई प्रजातन्त्रका पिता बनाउने बैलगाडी चाहिँ एकातिरबाट असन्तुष्ट एवं भारत धपाइएका राणाहरूले ताने भने अर्को तिरबाट तराई मधेसका सीमित जमिनदार एवं मध्यपहाडको शिक्षित वर्गले। इतिहासको बैलगाडी मधेसबाट उपत्यका छिर्योि।
पुनः गद्दी हात पारेका राजा त्रिभुवन चार वर्षभित्र राणहरूसँग हात थाप्दै हिँडेको अवस्थाबाट ज्युरिखममा इलाज गराउन सक्ने हैसियतका भए। बैलगाडी तान्नेहरू एक दशकभित्र घाँस, परालसमेत नपाउने अवस्थामा पुर्यासइए। र, बहलमानलाई साथी सहयोगीसँगै ‰यालखानामा जाकियो। इतिहासको बैलगाडीले तान्ने वा हाँक्नेभन्दा सवारको हित सुनिश्चित गर्ने रहेछ।
इतिहासको प्रतिकृति ‘रिप्लिकेसन’ नै नभएपनि प्रवृत्ति भने दोहरिने भने रहेछ। सन् १९९० फेबु्रअरीतिर चाक्सीबारीबाट आन्दोलनको शंखनाद हुँदा मोहन शम्शेरको बफादार भारदारी सभा परिष्कृत भएर राष्ट्रिय पंचायतमा रूपान्तरित भइसकेको थियो। ‘सबै पंच नेपाली, सबै नेपाली पंच' उद्घोष अरूकेा नभई स्वयं ‘राष्ट्रनायक’ बाट भएकेा थियो। ‘मुठ्ठी भर आतंककारी, देशद्रोही, अराष्ट्रिय तत्व...' राजभक्त एवं देशप्रेमीहरू उफ्रीउफ्री कुर्लिन्थे। पछि भक्तपुरतिरका नेपाली कांग्रेसका कुँइकेलदाइ साउती गर्ने गर्थे – ‘पंचले हाम्रो इज्जत जोगाई दिएका हुन। हामी मुठ्ठी त के चिम्टीभर पनि थिएनौ।’ यस्तो विषम परिस्थितिमा गणेशमान सिंहले अर्को बैलगाडी तयार गर्ने दुस्साहस गरे।
आन्दोलनको बैलगाडी सन् १९९० फेबु्रअरीमा खुल्दा बहलमान स्वयं गणेशमान थिए। एकातिर गहुँत छर्केर चोख्याइएका वामपन्थीहरुको संयुक्त मोर्चा नारिएको थियो। अर्कोतिर प्रजातान्त्रिक विचारधारा भएका पेसागत समूह, अधिकारीकर्मी एवं स्वतन्त्र व्यक्ति जोतिएका थिए। सन् १९८० को जनमत संग्रहपछि नेपाली कांग्रेसको संगठनलाई सुकेनास लागेको थियो। सन् १९८२ मा वीपीको निधन भएपछि त्यसमा सन्निपात पनि थपियो। कांग्रेसको संगठन सन् १९९० तिर बैलगाडी तान्नुको साटो त्यसमा सवार भएर हाइँफाइँ गर्नेभन्दा बढी हैसियतमा थिएनन्। दिनभने तिनकै फिर्योन। वाममोर्चाको एमाले समूह एक्का भयो , गणेशमानले बहलमानको लठ्ठी कृष्णप्रसाद भट्टराईलाई दिए। र, त्यही बैलगाडीमा सवार भएर सिंहदरवार पुगेका कांग्रेसीहरू सुस्तरी नयाँ पंच भए। एमालेले त पीतवस्त्र माथि एकातर्फ रातो र अर्कोतर्फ निलो रंग भएको पछ्यौरा ओढेको मात्र थियो। त्यो फाल्न झापालीहरूलाई बेरै लागेन। पाँच वर्षभित्र सन् १९९०को बैलगाडी पनि बेकामे भएर सकियो। सवार जति गन्तव्यमा पुगिसकेका जो थिए।
इतिहासको नवीनतम बैलगाडीका बहलमान थिए गिरिजाप्रसाद कोइराला। तान्नेहरू थिए माओवादी र मधेसी एवं घचेट्ने भारतीय संस्थापन। एकपटक फेरि मुठ्ठीभर आतंककारी एवं तिनका मतियारले आन्दोलनको बैलगाडी चन्द्रमामा पुर्यानए। देश गणतन्त्र भयो। बहलमान भने हताश, निराश एवं विरक्त भएर बिते। गाडी तान्ने घाँस पराल नपाएर छट्पटिदैँछन्। र, सुखसयलका साथ सवारी गर्नेहरूले भने गन्तव्यमा पुगेर गाडा जलाइएको आगो ताप्दैछन्।
जनता अमूर्त शब्दावली हो। राजनीतिलाई अगाडी बढाउने गाडी, बैल र बहलमानको जोडबलले नै हो। त्यसपछि जनतापछि लाग्छन् , लुखुरलुखुर नारा लगाउँदै। सवार भएर यात्रा गर्नेहरू भने अरूलाई होच्याएरै जीवन बिताउँछन्। र तिनकेा जीवन त्यसरी नै चल्छ पनि। छनौट नै हो त्यो पनि एउटा। इतिहासले बहलमानलाई चिन्छ। जोतिने बैललाई नमन गर्छ। सवार त फगत अनुहार हुन्। सन् १९५१ को राणा–कांग्रेसको मन्त्रीमण्डल , सन् १९९० को अन्तरिम सरकार एवं सन् २००६ को भतेर भोज खानेहरु को कहाँ छन्? खोजीनिती अनुसन्धानको विषय हुनसक्छ। जनस्मृतिमा ति कायम रहने गर्दैनन्।
सवारको निश्चितता
सम्भाव्य तर हुन नसकेको वा हुन नसक्ने परिस्थिति चित्रणलाई केही समाजशास्त्री विवेचन प्रयोग भन्ने गर्दा रहेछन्। अंग्रेजी भाषाको ‘थट एक्सपेसिमेन्ट' जस्तै।
सन् १९९० को बैलगाडीलाई ध्वस्त पार्न पञ्चहरू सफल भएका हुन्थे भने स्वभावतः बहलमान पहिलो सिकार हुन्थ्यो। गाडी तान्ने तितरबितर भइसक्थे। सवार कहाँ हुन्थ्यो? सुशील कोइराला सायद नेपालगन्जको धम्बौजी चोकमा स्थायी सत्ताले थारू, मधेसी र मुसलमानको हदै शोषण गरेको भाषण पान पसलमा छाँटिरहेका हुन्थे। रमशरण महत संयुक्त राष्ट्रसंघ वा विश्व बैंकको परामर्शदाता भएर सुडान वा अफगानिस्तानतिर हुन्थे। नारायण खड्का क्यानाडामा विकास शास्त्र पढाइरहेका हुन्थे। मीनेन्द्र रिजाल न्युयोर्कको गैरआवासीय नेपालीका नेता हुन्थे। प्रकाशमान सिंहलाई घरभाडा उठाउँदैमा भ्याइनभ्याई हुन्थ्यो। पजेरो त सबै अहिले पनि चड्छन् तर दुनियाँको गाली खाएर। यस दृष्टिमा त सवारहरूले दुःख पो पाइरहेका छन्।
सन् २००६ को बैलगाडीलाई कमल थापाले भत्काउन सकेका भए खड्गप्रसाद शर्मा ओलीलाई गणतन्त्र देख्ने कष्ट भोग्नुपर्ने थिएन। माधव नेपाल गौरतिरै फिर्न बाध्य हुन्थे। वामदेव गौतम यातायात व्यवसायका ठूलै खेलाडी भइसक्ने थिए। बाँकी एमालेगणलाई गिरोहहरूले थामेका हुन्थे।
शेरबहादुर देउवा बेलायतका लागि राजदूत बन्नसक्थे। सुजाता कोइराला अन्ततः जर्मनी पुग्न सक्थिन्। पुष्पकमल दाहाल हरियाणतिर हराइरहेका हुनसक्थे। बाबुराम भट्टराईलाई प्रधानमन्त्री बन्ने दुःख गर्नुपर्ने थिएन। उनले सायद नेपाली भाषाका स्थापित स्तम्भकार भएर प्रदीप नेपालले खाली गरेको ठाउँ पूरा गर्ने थिए। विजय गच्छेदारको हवाई सेवा हुन्थ्यो। राजेन्द्र महतो पेट्रोल पम्प चलाइरहेका हुन्थे। सर्वेन्द्रनाथ शुक्ला उपप्रधानमन्त्री बन्ने पालो कुरेर बसिरहेका हुन्थे। त्यस्तो केही भएन। सन् २००६ को बैलगाडी गणतन्त्रको गन्तव्यमा सकुशल पुग्यो।
स्वाभाविक हो, सन् १९५१, १९९० र २००६ गरी कसैले तीनपटक बैलगाडीको सवारी गरिसकेकाहरूमा अब अर्को यात्राका लागि न ऊर्जा बाँकी छ न त पर्याप्त धैर्य नै। पजेरो छ। बलेरो छ। रुघाखोकी लागेसके त न्युयोर्क नभए कम्तीमा नयाँ दिल्ली पुग्ने विकल्प छ। अनि को चाहन्छ फेरि अर्काे बैलगाडी चड्न? इतिहास त सन् २००६ को अन्त्यतिरै रोकियो। अब त काठमाडौं उपत्यकाभित्र परिक्रमा गर्नेमात्र हो।
आफ्ना नेताहरूको निष्कर्षसँग नेपालको ‘जनमतपुस्ता', जो सन् १९७५—१९८५ अर्थात् जनमतभन्दा पाँचवर्षअगाडि वा पछाडि जन्मेर सन् १९९० पछिको खुल्लापनमा हुर्किएका हुन्, शतप्रतिशत सहमति छ। चौडा सडक, अग्ला भवन एवं ‘एनी हाउ पैसा कमाऊ' मान्यतामा बेलागाडी पुरावशेषी (अनाक्रोनिस्टिक) लाग्नु अस्वाभाविक पनि होइन। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो। अतर्ञ्जाल र निर्वैयक्तिक सञ्जालको युगमा प्रतिकोक्ति (युफ्युइज्म) कै रूपमा भए पनि कुले बेलागाडी बनाउने, कसले तान्ने, पहलमान कहाँ भेटाउने र किन त्यसमा चढ्न जाने? प्रश्न तार्किक नै हो। इतिहास भने तर्कलाई अस्वीकार गरेर अगाडि वा पछाडि हिँड्छ।,
तत्कालीन परिवेशमा राणा आफन्तसँग संघर्षमा उत्रिनु त्रिभुवनका लागि तर्कसंगत विकल्प थिएन। हातखुट्टा बाँधेर जनमतको दौडमा पञ्चायतसँग प्रतिस्पर्धा गर्ने बीपीको निर्णयलाई बुद्धिमत्तापूर्ण मान्ने कमै थिए। कम्युनिस्टसँग सहकार्य गरे नेका समाप्त हुन्छ भन्ने मान्यतालाई खारेज गरेर गणेशमान सिंह मैदानममा उत्रिएका थिए। माओवादीसँग समझदारी गर्नु गलत थियो भन्ने धारणा नेकाको सुविधाभोगी पंक्तिमा अझै हाबी छ। तर्कले व्यापार गर्ने हो। इतिहासलाई आक्राश र आवेगले नै हाँक्नेगर्छ। राजनीतिलाई व्यवसाय, पेशा वा व्यापार ठान्नेहरू तार्किक कुरा गर्ने गर्छन्। तिनले अंकगणितको जोडघटाउ गर्न सक्छन्। अर्थराजनीतिका बिजगणित सूत्र त झन् तिनलाई कण्ठाग्रै हुन्छ। परिवर्तको ज्यामिति भने बेलागाडीको पुरातन पांग्रा भएर गुड्छ।
निरन्तर छटपटी
नेपालमा हाल कायम रहेको अवस्था स्थायी सत्ताको बर्चस्व पुनर्स्थापना भएको मात्र हो भन्ने अनुभूति नभएसम्म बेलागाडीमा सवार भएर यात्रा गर्नेहरूको निश्चितता हट्ने छाँटकाँट छैन। उदेकलाग्दो टिप्पणी भने बेलागाडी तान्नेमै कुनै भूमिका नभए पनि बहलमानलाई हौस्याउने काम गरेका प्रम सुशील कोइरालाबाट आएको छ। उनको दिव्यवाणी, हिजो पो राजाबाधक थिए, राणाहरू बाधक थिए, अब कसलाई बाधक भन्ने? जनरल मुसर्रफका मतियारहरू मनमनै सोच्दा हुन्, ‘पाकिस्तानमा पनि दोषजति आफ्नो टाउकोमा बोकेर उन्मुक्ति दिने राजा भइदिएको भए स्थायी सत्ता रुपान्तरण गर्ने आवाज नै उठ्ने थिएन।' आन्दोलन व्यक्ति होइन कि प्रवृत्तिका विरुद्ध हुन्छ। के नेकाले अहिलेकै अवस्थामा विसर्जन गर्नका लागि झन्डै सात दशकदेखि परिवर्तनको कार्यसूची बोक्दै आएको हो? प्रश्न त उठ्छ, जवाफ नआए पनि!
बेलागाडीमा जेट इन्जिन जोडेर छलाङ लगाउने माओवादी कार्यनीति अदृश्य क्रेन मेसिनहरूको बेलामौकाको सहयोगबेगर लामो कालसम्म क्रियाशील रहनसक्दैन। पश्चिमा सूत्रहरू कण्ठस्थ गरेकामा ओवादीका लागि बेलागाडी बनाउने काम अनावश्यक झिँझो नै हो। वैज्ञानिक राजनीति गर्नेहरू परम्परागत प्रविधिलाई पत्याउँदैनन्। तर जति नै हाँसोमा उडाए पनि पुष्पकमल दाहालको बहलमान बन्ने रहरलाई अनुचित भन्न मिल्दैन। गिरोहतन्त्र, पुरेतवाद, स्थायी सत्ता एवं उन्मत्त दक्षिणावर्तको चौतर्फी घेराबन्दीबाट मुलुकलाई मुक्त गर्न आन्दोलनको विकल्प छैन। प्रश्न सडकमा पहिले को उत्रन्छ भन्ने मात्रै हो।
परिवर्तनकारी शक्तिहरूको निरिहतले उब्जाएको स्थायी सत्ताको अट्टहास बुझ्न गाह्रो छैन। तीमध्ये अधिकांश नेपालको हराएको पुस्ता सन् १९६० भन्दा पाँच वर्ष अघिपछि जन्मेर पञ्चायतकालमा हुर्केबढेकाभित्र पर्दछन्। परिस्थिति बदल्ने होइन, त्यसलाई स्वीकार गरेर आफ्नो हित सुनिश्चित गर्नुपर्छ भन्ने नव रुढीवादी अवधारणा हराएको पुस्ताको मूलमन्त्र हो। नवउदारवादको चास्नी चाटेर ऊर्जावान वय बिताएको जनमत पुस्ताका युवा उमेर नपुग्दै बूढो हुने क्रममा छन्। विडम्बनापूर्ण लागे पनि अर्कै परिवर्तनको बैलगाडी हवाईजहाज चढेर अरब मलेसियाबाट फर्किनेहरूले गुडाउने छन्। तिरष्कारमा बाँच्न बाध्य बनाइएका जनआन्दोलन पुस्ता (सन् १९९० भन्दा पाँच वर्ष अघिपछि जन्मेर यात्तिका प्रजातन्त्र, मान्त्रिक माओवाद एवं तान्त्रिक सैन्यवादका मुक्तभोगी) भन्दा बढी सम्मानको राजनीतिक प्रमुखतालाई अरू कसैले बुझ्न पनि सक्दैन।
स्थापित शक्तिहरू जनआन्दोलन पुस्ताको कमाइमा रमाए पनि तिनको चरम बेवास्ता गरिरहेका छन्। सायद सीके राउत एवं नेत्रविक्रम चन्दका महाŒवाकांक्षाहरू त्यही सम्भावनालाई ठम्याएर उडान भरेका हुन्। इतिहास भने फेरि पनि बैलगाडीको सवारी नभेटाएसम्म राजधानीको सिंहदरबारभित्र बरालिरहन अभिशप्त छ। संविधान सभा ऐतिहासिक आवश्यकताले जन्माउने राजनीतिक सम्झौता एवं समझदारीलाई वैधानिकता दिने सर्वस्वीकार्य संयन्त्रमात्रै हो। नेपाली जनताको सही सर्वाभौमिकता फेरि पनि सडकबाट नै प्रकट हुनसक्छ।