एक जना औसत मध्यमवर्गीय सहरीया बुद्धीजीवी भनिने व्यक्तिले अठारबीस वर्षको उमेरसम्म पुग्दा धेरै सपना बुनिसकेको हुन्छ। तर त्यस उमेरमा ती सपना राम्ररी स्पष्ट भइसकेका हुँदैनन्। ऊ अझै अरूका निर्देशन वा प्रभावमा बाँचिरहेको हुन्छ। अझै पनि सामान्यतया आफ्नो निम्ति आफैँ निर्णय गरिरहेको हुँदैन। बिस्तारै बिस्तारै अभिभावक, गुरुहरू वा साथीसंगीको प्रभावबाट मुक्त हुँदै आफ्ना निम्ति आफैँ निर्णय गर्दै जीवन यात्रामा अघि बढ्छ। करिब पचास वर्षको उमेरसम्म आइपुग्दा ऊ आफ्नो जीवन यात्राको शिखरमै पुगिसकेको हुन्छ वा शिखरबाट धेरै टाढा हुँदैन। त्यस बेलासम्ममा उसले आफ्नो जीवनकालमा गर्नसक्ने प्रगति, उपलब्धि लगभग टुंगिइसकेको हुन्छ। त्यसपछि उसका खुपी, उसका सम्बन्धहरू, उसका सम्भावना प्रायः ओरालो लाग्न थाल्छन्। बीस वर्षको उमेरभन्दा अघिको उसको पराश्रित जीवनलाई नगन्ने हो भने ऊ आफ्ना निम्ति आफैँ निर्णय गरेर तीस वर्षमात्र बाँचेको हुन्छ।राम्रै स्वास्थ्य स्थिति भएको मानिने औसत सहरिया नेपाली असी वर्ष बाँच्छ भन्ने हो भने उसको निम्ति अर्को तीस वर्षमात्र बाँकी हुन्छ। पचास वर्षको उमेर त्यो कोसे ढुङ्गा हुन्छ जहाँ 'अन्तिम बिसौनी तीस वर्ष टाढा' भनी लेखिएको हुन्छ। असी वर्षको उमेरपछि फेरि परनिर्भरता सुरु हुन्छ, साथीसँगीसँग बिछोड भइसकेको हुन्छ, आफ्नो प्रभावक्षेत्र साँघुरिइसकेको हुन्छ...। (सत्यमोहन जोशी वा भैरव रिसालजस्ता थोरै मानिसमात्र सय वर्षको कोसे ढुंगाको पनि पारी पुग्छु भनेर स्वतन्त्र र सक्रिय भएर लागिरहन सक्छन्।)
यसरी पचास वर्षको उमेरतिर देखापर्ने त्यही कोसे ढुंगालाई यात्राको मध्यविन्दु मान्ने हो भने त्यहाँ पुग्दा मानिसलाई अब बाँकी समय कसरी बिताउने होला भन्ने प्रश्न सँगै छटपटी पनि बढ्न थाल्नु स्वाभाविकै हो। त्यस छटपटीको अनुभव हामीमध्ये कतिपयले गरिसकेका पनि छौँ। अरू कति त्यो अनुभव गर्ने बाटामा छौँ। त्यो विशिष्ट उमेरमा पुग्दा 'मेरो जिन्दगीको 'मिसन' के? बाँकी जीवन के गरी बाँच्नु पर्छ?..' जस्ता प्रश्न मनमा आइरहन सक्छन्। तिनले निकै छटपटी लगाउन सक्छन्। कतिलाई त्यही बेला मनका केही झ्याल खुलेजस्तो पनि होला। भित्र कतैबाट आवाज आएजस्तो हुनसक्छ 'अहिलेसम्म जे जति गर्न सक्थिस्, त्यो त गरिनस्। तर जति गरिस्, नराम्रोभन्दा राम्रै बढी गरेको छस्। फोहोरमा डुबेको छैनस्। अब धेरै आकांक्षा नराख्, जति बाँच्छस्, फोहोरमा नकुल्ची बाँचे पुग्छ।' अन्तर्मनको यस्तो आवाजले केही शान्ति त मिल्ला, तर 'जीवन के हो?' भन्ने प्रश्नले भने त्यति सहजै नछोड्न पनि सक्छ।
अरू प्राणीको जीवन उनीहरूको आफ्नै अनुभवमा वा बुझाइमा कस्तो हुन्छ भन्ने हामीलाई थाहा छैन। तिनका गतिविधि हेरेर अनुमानसम्म गर्ने हो। मानिस जातिले भने आजसम्ममा जे जति सामर्थ्य देखाएको छ त्यसलाई हेर्दा मानव जीवन गजबको देखिन्छ। मानिस आफ्ना सीमालाई निरन्तर फराकिलो पारिरहेको छ। धेरै काम गर्न सक्ने, धेरै उपलब्धि हासिल गर्न सक्ने र त्यसै कारण प्रकृतिमै समेत ठूलठूला नकारात्मक वा सकारात्मक परिवर्तन ल्याउन सक्ने अद्भूत प्राणीका रूपमा मानिस देखा परेकोछ। मानव जीवनलाई मानवेतर अस्तित्त्वको कुनै रूपले, कुनै शक्तिले 'दिएको' भनी कल्पना गर्ने हो भने यो महान् पुरस्कार वा सुन्दरतम उपहार जस्तो लाग्छ।
मान्छेको जुनी साँच्चै पुरस्कारै हो, प्रकृतिको अनुपम उपहारै हो भनेर मान्ने हो भने त यसका निम्ति खुसी हुन सक्नुपर्यो्, रमाउन सक्नुपर्योभ, कृतज्ञ हुन सक्नुपर्योु। रमाउनका निम्ति धेरै कुरा पाएका पनि छौँ, प्रकृतिबाट, जीवनबाट। खुसी हुने बाटा हुँदाहुँदै अरुलाई पनि दुःख दिने र आफू पनि दुःख पाउने बाटोमा लाग्नु पक्कै पनि बुद्धिमानी नहोला।
तर यति महत्त्वपूर्ण मानव जीवनसँगै प्रकृतिले धेरै चुनौती पनि दिएको छ हामीलाई नै। विविधताका बीचमा, विषमताका बीचमा, अस्थिरता र अनिश्चितताका बीचमा, संकट र विकटताका बीचमा यति राम्रो जीवन पाएको मानिस स्वयंले उत्पन्न गरेको अन्याय, अत्याचार, उत्पीडनजस्ता कुरूपताका बीचमा सन्तुलित भएर कसरी सम्यक जीवन बाँच्ने भन्ने चुनौती चानचुने छैन। यी 'बाहिरी' चुनौतीसँगै अन्य 'भित्री' चुनौती पनि छन्। जीवनको वरदानकै रूपमा हामीले पाएका विषय सुखप्रतिको लिप्सा अनियन्त्रित रूपमा बढ्दै जाने हो भने, प्रकृतिको महान् क्रीडामा नभई नहुने वैयक्तिकता र स्वतन्त्रताजस्तो उपहारलाई साँघुरो आत्मकेन्द्रीयताको तहमा झार्ने हो भने मानव जीवनजस्तो महान् 'वरदान' वा 'उपहार' नै श्रापमा परिणत हुन पनि सक्छ। त्यसको कुनै उदाहरण खोजिरहनु आवश्यकै छैन। त्यसैले मानव जीवनरूपी दिव्य उपहारसँगै आएका चुनौतीलाई सही ढंगले सामना गर्न नसक्ने हो भने त्यो उपहारमा रमाउन पनि सकिँदैन।
एक जना औसत सहरीया मध्यमवर्गीय बुद्धीजीवी भनिने मानिसलाई उदाहरणका रूपमा लिएर हेर्दा देखिने चित्र हुन् यी।
तर मानिस त सहरमा मात्र बस्दैनन्। मानिस मध्यमवर्गीय मात्रै हुँदैनन्। मानवजीवनको चुनौतीकै रूपमा अनेकौं प्रकारका विविधता, असमानता, अनिश्चितता छन्। सहरमा होस् वा गाउँमा, पहाडमा होस् वा मैदानमा यी चुनौती जताततै देखापर्छन्, अनेक किसिमले प्रस्तुत हुन्छन्।
सुदूर पश्चिमका पहाडलाई उदाहरणका रूपमा लिने हो भने त्यहाँ मानव जीवनको भिन्दै चित्र देखापर्छ। त्यो पनि जीवन हो। तर उनीहरूको जीवन यात्राका कोसे ढुंगामा लेखिने संख्या र अक्षर भने औसत सहरिया मध्यमवर्गीय व्यक्तिका भन्दा नितान्त फरक हुन्छन्। खास गरी अवसरविहीन गरीबहरूको बाल्यकाल छोटो हुन्छ, युवावस्था झनै छोटो हुन्छ, असाध्यै छिटो आउने वृद्धावस्था पनि धेरै टिक्दैन। करिब ८११ वर्षका बच्चाको अनुहार हेर्दा त्यो कलिलो अनुहारमा पटक्कै नसुहाउने विवशताजन्य पाकोपन देखिन्छ। बीस वर्षकी युवती काखमा सम्भवतः दोस्रो बच्चा खेलाइरहेकी हुन्छिन् र पैंतीस वर्षकी जस्ती देखिन्छिन्। पैंतालिस वर्षकी महिला पचहत्त्र वर्षकीजस्ती देखिन्छिन्। सडक दुर्घटनामा भन्दा बढी मानिसहरू घाँस काट्न जाँदा रुखबाट लडेर अपांग भइरहेका हुन्छन्। सहरका क्याम्पसमा राजनीतिक पार्टीका 'ग्ल्याडिएटर'हरूबीचको खुकुरी हानाहानमा हैन जंगली बँदेलको दाह्राले उधिनेर मानिस मरणासन्न भइरहेका हुन्छन्। पार्टी पोषित गुन्डाहरूबीचको बन्दुक हानाहानमा हैन दाउरा खोज्न जाँदा भालुले कोपर्दा अनुहार क्षतविक्षत भइरहेको हुन्छ। किशोरावस्थामा हर्मोनहरूले ल्याउने थोरै मुस्कानबाहेक जीवन जिउनुको रमाइलो अरू कुन बेला पाउने होला तिनले? नयाँ भैँसी गोठमा भित्त्याएका बेला? पहिलो टीभी किनेको बेला? बच्चा जन्मिदाको खुसी र नवजात शिशु मर्दाको दुःखसमेत त्यहाँ मौन देखिन्छ।
जीवनको यो दर्दनाक चित्र देशका अन्य भूभागमा पनि देखिन्छन्। सहरैभित्र पनि भेटिन्छन्। तिनको जीवन यात्राका कोसेढुंगामा कुन बिसौनी कति टाढा छ भनेर कसरी लेखिने होला? 'जीवनको मिसन' भन्नुको के अर्थ होला तिनीहरूका निम्ति? तिनका सपना के होलान्?
यतिबेला, नयाँ संविधानको वरपर अनेक घटना भइरहेका छन्। न्याय, समानता, स्वतन्त्रताका बारेमा आआफ्ना किसिमका व्याख्या भइरहेका छन्। सामाजिक न्यायसहितको लोकतन्त्रका बारेमा आआफ्ना बुझाइ पस्किने काम भइरहेको छ। देशको भविष्यको तस्बिर बनाउने अवसर पाएका मानिसहरू अचम्मसँग एकापसमा लडिरहेका छन्। विविधताले, असमानताले, जनताले पाइरहेका दुःखले उत्पन्न गरेको चुनौतीलाई आत्मसात् गरेका होलान् त तिनले? तीमध्ये ठूला नेता भनिनेहरूले त आफ्नो जीवन यात्राको मध्यविन्दु उहिल्यै पार पनि गरिसके। आफ्नै जीवन यात्राको कोसेढुंगा हेरेका होलान् तिनले? जीवनको अर्थ कहिल्यै खोजेका होलान् तिनले? आफूले पाएको जिम्मेवारीको पृष्ठभूमिमा गरिरहेको गतिविधिको सार्थकताका बारेमा सोचेका होलान् कहिल्यै?
सबैको अन्तिम बिसौनी निरन्तर नजिक हुँदैछ। कोसेढुंगामा आँखा लगाउने बानी बसालौं। सबैको मंगल होस्!