समाजमा वैज्ञानिक चेतनाको विकास गर्न विज्ञान सङ्ग्रहालय तथा अध्ययन केन्द्रको महत्वपूर्ण भूमिका रहन्छ। यस्ता केन्द्रले विद्यार्थी एवं सामान्य जनतालाई सूचनामूलक मनोरञ्जन प्रदान गर्दै विज्ञानका महत्वपूर्ण सिद्धान्त र विज्ञान प्रविधिका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी दिने गर्छन्। हिजोआज विकसित देशमामात्र नभएर विकासोन्मुख देशका प्रमुख सहरमा पनि यस्ता केन्द्रको स्थापना गरिएको पाइन्छ। सार्क मुलुकमध्ये श्रीलङ्का, बङ्लादेश, पाकिस्तान, माल्दिभ्स र भारतमा पनि यस्ता धेरै केन्द्र स्थापना भइसकेका छन्। नेपालमा भने आजसम्म यस्तो कुनै केन्द्र स्थापना भएको छैन।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)को उपकुलपति छँदा यस पंक्तिकारलाई काठमाडौँमा पनि एक विज्ञान अध्ययन केन्द्र निर्माण गर्न सके नागरिक एवं नेपालभरका विद्यार्थीलाई शैक्षिक भ्रमणको एक प्रमुख आकर्षण स्थलका रूपमा विकास गर्न सकिने विश्वास थियो। त्यसैले नास्टअन्तर्गत विज्ञान अध्ययन केन्द्र 'साइन्स लर्निङ सेन्टर' निर्माण गर्न तत्कालीन भारतीय राजदूत श्यामशरणसँग सहयोगका लागि प्रस्ताव राखिएको थियो। भारतमा केन्द्रीय र राज्य स्तरमा थुप्रै विज्ञान सङ्ग्रहालय तथा विज्ञान अध्ययन केन्द्र बनेका छन् र बस एवं रेलको प्रयोग गरी ठूल्ठूला घुम्ती विज्ञान प्रदर्शनी गरिन्छन्। त्यहाँ देशभर विज्ञान सङ्ग्रहालय तथा अध्ययन केन्द्र स्थापना र व्यवस्थापन गर्न कोलकातामा केन्द्रीय सरकारअन्तर्गत 'राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद्'को स्थापना गरिएको छ। भारतले कतिपय विकासोन्मुख देशमा विज्ञान सङ्ग्रहालय तथा केन्द्र निर्माण गर्न आर्थिक प्राविधिक सहयोगसमेत उपलब्ध गराएको छ। त्यसैले यस क्षेत्रमा भारतले आर्जित गरेको अनुभवका कारण नै हामीले भारतको सहयोग खोजिएको हो।
नास्ट परिसरमा उक्त केन्द्र निर्माण गर्न आवश्यक सहयोग उपलब्ध गराउन तत्कालीन भारतीय राजदूत श्यामशरण सहमत भएका थिए। केन्द्र निर्माणको प्राविधिक पक्षबारे परामर्श गर्न कोलकातास्थित राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद्का निर्देशकलाई नास्टमा निम्त्याइएको थियो र नास्टका केही कर्मचारीलाई कोलकाता पठाइएको थियो। सबै सरकारी प्रक्रिया पुर्याएर परराष्ट्र मन्त्रालयमार्फत् नास्टमा केन्द्र निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोगका लागि आधिकारिकरूपमै भारत सरकारसँग अनुरोध गरिएको थियो। पंक्तिकारकै कार्यकालमा उक्त केन्द्र निर्माण गर्न भारत सरकारको सैद्धान्तिक सहमति प्राप्त भइसकेको थियो। यसैबीच २०६२ चैत्र २६मा पंक्तिकारको कार्यकाल समाप्त भयो र २०६३ जेठमा वर्तमान उपकुलपतिको नियुक्ति भयो। पूर्व सहमतिअनुसार सन् २००६ जुन १६ मा भारत सरकारको सहयोगमा १६ करोड रुपियाँको लागतमा नास्टको करिब ५२ रोपनी जग्गामा उक्त केन्द्र निर्माण गर्न कोलकाताको राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद्ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन 'डिटेल्ड प्रोजेक्ट रिपोर्ट' भारतीय दूतावासले नास्टलाई बुझाएको थियो। यसमा कार्य आरम्भ गरेको ३० महिनामा अध्ययन केन्द्रको निर्माण भारत सरकारले नै सम्पन्न गरी नास्टलाई हस्तान्तरण गर्ने प्रावधान थियो। २०६४ मङ्सिर २० मा नास्टको रजत जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री एवं नास्टका कुलपति गिरिजाप्रसाद कोइरालाले केन्द्रको भवनको शिलान्यास गरे।
२०५५ असार २९ मा खुमलटारस्थित नास्ट भवनको शिलान्यास गर्दा त्यति बेलापनि प्रधानमन्त्री रहेका कोइरालाले त्यसबखत प्रतिष्ठानको उपकुलपति रहेको यस पंक्तिकारलाई भनेका थिए - 'डाक्टरसाहेब, भवनको शिलान्यास त गरेंँ तर भवन बन्ने हो कि होइन?। मैले धेरै भवनको शिलान्यास गरेको छु। तर थोरैको मात्र उद्घाटन भएको देखेकोे छु। कतिपय भवनको निर्माण कार्य सुरुनै भएन। कतै आज शिलान्यास गरेको प्रतिष्ठानको भवनको नियति पनि त्यस्तै त हुने होइन?' त्यति बेला मैले भनेको थिएँ - 'प्रधानमन्त्रीज्यूले तीन करोड रुपियाँ उपल्ब्ध गराइदिनुस्। बाँकी रकम म जुटाउँछु र दुई वर्षभित्र भवन उद्घाटन गराउने जिम्मा लिन्छु।' भवनको अनुमानित निर्माण रकम ५ करोड ४६ लाख थियो। सायद प्रधानमन्त्रीले मेरो जवाफलाई चुनौतीका रूपमा लिएका थिए। उनी सहमत भए र मागेको रकम समयमै उपलब्ध गराइदिए। तर प्रधानमन्त्रीको संशयविपरित निर्धारित समयभन्दा केही साता अगावै भवनको उद्घाटन भयो र अठार वर्षसम्म महिनाको लाखौँ रुपियाँ भाडा तिरेर बसेको नास्ट त्यसपछि आफ्नो भवनमा सर्यो।
२०६४ मा विज्ञान अध्ययन केन्द्र भवनको शिलान्यास गर्दा पनि कोइरालाले नास्टका वर्तमान उपकुलपति र त्यहाँ उपस्थित भारतीय दूतावासका पदाधिकारीलाई भनेका थिए - 'भवन बन्ने त हो? यो भवन दुई वर्षमा तयार हुनुपर्छ।' प्रधानमन्त्रीले यसो भन्दा पंक्तिकार शिलान्यास स्थलमै उपस्थित थियो। नास्टका उपकुलपति र भारतीय दूतावासका पदाधिकारीले निमार्ण कार्य समयमै पूरा गरिने आश्वासन कोइरालालाई दिएका थिए। सबै प्रक्रिया पूरा गरेर भवन निर्माण हुने निश्चित भएपछि मात्र प्रधानमन्त्रीबाट केन्द्रको शिलान्यास गराइएको होला भन्ने ठानेर केन्द्रको निर्माण समयमै सम्पन्न हुनेमा पंक्तिकारलगायत सबै विश्वस्त थिए।
यही मंसिर २० गते उक्त विज्ञान अध्ययन केन्द्रको शिलान्यास भएको ठीक दुई वर्ष पूरा हुँदैछ। तर केन्द्रको निर्माण कार्य भने सुरु भएकै छैन। आजसम्म निर्माण कार्यको थालनीसमेत हुन नसकेकोमा आश्चर्य लागेको छ। केही समयअघि सञ्चार माध्यमले केन्द्रको निर्माणमा देखिएको ढिलाइबारे जिज्ञासा राख्दा नास्टका उपकुलपतिले भारतीय दूतावासका पदाधिकारीसँग कुरा भइरहेको बताएका थिए। यस्तै अभिव्यक्ति उनले नास्टको प्राज्ञसभामा पनि पटक पटक दिएका थिए। तर पनि यसतर्फ आजसम्म प्रगति भएको देखिएको छैन। कतै प्रधानमन्त्री कोइरालाले शिलान्यास गरेका तर निर्माण पूरा नभएका भवनको सूचीमा नास्टको विज्ञान अध्ययन केन्द्रपनि समावेश हुने त होइन? वर्तमान उपकुलपतिको पदावधि सकिन अब केही महिनामात्र बाँकी छ। तसर्थ कम्तीमा उनको कार्यकालमा उक्त केन्द्र नबन्ने निश्चित छ। यसैबीच नास्टको विज्ञान अध्ययन केन्द्रभन्दा पछि शिलान्यास भएको, नास्टसँगै जोडिएको नेपाल प्रकृति संरक्षण कोषको परिसरमा चीनको सहयोगमा निर्मित भवन पूरा भइसकेको छ।
विज्ञान अध्ययन केन्द्रको निर्माण कार्य आजसम्म आरम्भपनि नहुनु भारत सरकारको उदासीनताका कारण होला भन्ने विश्वास गर्न गाह्रो छ। मित्र राष्ट्रको प्रधानमन्त्रीजस्तो उच्च व्यक्तिबाट शिलान्यास गरिएको भवनको निर्माण कार्य समयमै पूरा गर्नेतर्फ भारतीय दूतावासका पदाधिकारी पनि संवेदनशील हुनुपर्ने हो। निर्माण कार्यको सबै प्रक्रिया नै पूरा नभइसकेको र विज्ञान केन्द्र समयमै बन्ने निश्चित् नभएको स्थितिमा आफ्नो देशको प्रतिष्ठालाई ध्यानमा राखी नास्टका पदाधिकारीले त्यति बेला प्रधानमन्त्रीमात्र होइन राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका व्यक्तिबाट भवनको शिलान्यास नै गराउन हुँदैनथ्यो।
नेपालमा वृक्षारोपणपछि विरुवाको हेरचाह नगरिनु र शिलान्यास गरिसकेपछि निर्माण कार्यमा ध्यान नदिनु अनौठो र नौलो विषय होइन। यसैगरी अघिल्लो सरकार वा संस्था प्रमुखले आरम्भ गरेको काम जतिसुकै राम्रो भए पनि त्यसलाई निरन्तरता दिन पछिल्लो सरकार वा संस्था प्रमुखमा देखिने उदासीनतालाई नेपाली प्रवृत्ति नै मान्न सकिन्छ। नास्टमा विज्ञान अध्ययन केन्द्रको निर्माण कार्य अहिलेसम्म सुरु हुन नसक्नुमा यस्तै प्रवृत्ति, उदासीनता वा अन्य अनपेक्षित कारण त जिम्मेवार छैन? विज्ञान सङ्ग्रहालय एवं केन्द्रको स्थापना र सञ्चालन गरी नेपालमा विज्ञान तथा प्रविधिलाई जनस्तरसम्म लैजानु नास्ट ऐन, २०४८ अनुसार नास्टको कर्तव्य पनि हो। कर्तव्यविमुख हुनु भनेको नेपाली जनतालाई ज्ञान र जागृतिको लाभबाट वञ्चित गराउनु हो।
विज्ञान अध्ययन केन्द्रको निर्माण राष्ट्रिय आवश्यकता हो। यस्तो केन्द्र निर्माण हुन सके प्रत्येक वर्ष लाखौँ नेपाली नागरिक र विद्यार्थीमा वैज्ञानिक संस्कृतिको विकास गर्न मद्दत पुग्ने छ। तर नास्टलगायतका सम्बन्धित पक्षको उदासीनताका कारण उक्त अध्ययन केन्द्र नास्टमा निर्माण हुनेमा अब धेरैले विश्वास गर्न छाडिसके। कारणवश भारतको सहयोगमा निर्माण नहुने हो भने नेपाल सरकारकै आर्थिक लगानीमा भएपनि उक्त केन्द्र निर्माण गरिनुपर्छ। नास्टमा सम्भव नभए अन्य शैक्षिक प्राज्ञिक निकायअन्तर्गत पनि यस्ता केन्द्र निर्माण गर्न सकिन्छ। उदाहरणको लागि त्रिभुवन विश्वविद्यालयले स्वयम्भूस्थित प्राकृतिक विज्ञान सङ्ग्रहालयका लागि कीर्तिपुरमा उपलब्ध गराएको करिब २०० रोपनी जग्गामासमेत यस्तो केन्द्र निर्माण गर्न सकिन्छ। काठमाडौंबाहेक देशका अन्य प्रमुख सहरमा पनि विज्ञान सङ्ग्रहालय तथा अध्ययन केन्द्र स्थापना हुनु जरुरी छ। चाहेमा निजी क्षेत्रले पनि यस्ता केन्दहरू निर्माण र सञ्चालन गर्न सक्छन्। अन्य देशको अनुभवमा यी केन्द्र नाफामूलक भई सम्बन्धित संस्थाको सशक्तीकरण हुनुका साथै त्यसले जनतामा वैज्ञानिक चेतना सिर्जित गरेको पाइन्छ।