आज माघ ८ गते। केही समययता मुलुकमा यही तिथिलाई केन्द्रबिन्दु बनाएर दुईथरी राजनीति मञ्चन भए। सत्ता र विपक्षी दुवै गठबन्धनले यस तिथिलाई फरकफरक अर्थमा लिएका छन्।सत्ताधारी दल नेपाली कांग्रेस, विशेष गरी त्यसका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रक्रियाबाट संविधान निर्माण सुरु भइसकेको दाबी गर्दैछन्। उनीहरू माघ ५ को मध्यराता संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रश्नावली निर्माण समिति गठनको प्रस्ताव गर्ने अनुमति दिनुलाई संविधान निर्माण प्रक्रिया थालिएको रूपमा अर्थ्याउँदैछन्। अर्कोतर्फ तोडफोड र गालीगलौजबीच श्रेष्ठ रोस्ट्रममै पुग्न नसकेको र कुनै प्रस्ताव वाचन पनि गर्न नसकेकाले प्रक्रिया सुरु नभएको दाबी गरिँदैछ।
माघ ५ मा तोडफोड र ताण्डव प्रदर्शन भएको संविधान सभा बैठक भोलि र पर्सिपल्टै क्रमशः सामान्य रूपमा सुरु र अन्त्य भए। के देखियो भने प्रतिपक्षीहरू त्यस दिन केही भएकै थिएन भनेजसरी रोस्ट्रम घेरेर नाराबाजी गर्न थाले। उता बहादुरीसाथ मध्यरात प्रक्रिया सुरु गर्ने सभाध्यक्षले मौन कूटनीति देखाइरहेका छन्। यो रोस्ट्रम घेराउ र नाराबाजी अनि मौन प्रदर्शनको राजनीति माघ ८ सम्मै जारी रहनेछ। पछिल्ला राजनीतिक घटनाक्रमले दुवै पक्ष आफू सफल भएको दाबी गर्दैछन् र ‘विन–विन' को अवस्थामा पुगेको प्रचार गरिरहेका छन्। उनीहरू एकले अर्कोलाई संविधानविरोधीको आरोप पनि लगाउँदैछन् । संविधान सभामा नाराबाजी भइरहेको छ– ‘संविधान सभाको हत्या गर्न पाइँदैन', ‘सहमतिमा संविधान जारी गरौँ।' आरोप र आग्रहपूर्ण यी नाराबीच माघ ८ भने त्यसै टरेको छ। एमाओवादी चाहन्थ्यो– संविधानलाई जसरी पनि माघ ८ भन्दा पछाडि धकेल्ने। अनि कांग्रेस–एमाले– माघ ८ मा केही न केही गरेको देखाएरै छाड्ने। दुवै काम भएका छन्। दुवै पक्ष आफूले जितेको ठान्दैछन् तर खै त संविधान? प्रश्न अनुत्तरित छ। अब संविधान सभा कसरी अगाडि बढ्छ? कहिले आउँछ नेपालको संविधान? माघ ८ पछि नयाँ रूपबाट संविधान निर्माणको काम हुन्छ कि हुँदैन? दलहरूबीच देखिएको अविश्वास र शत्रुताको अवस्था कति लामो समयसम्म रहन्छ वा हट्दै जान्छ? राजनीति यस्तै प्रश्नहरूबीच रुमल्लिएको छ। संविधान सभामा भएको तोडफोड र नेताहरूमाथि भएका भौतिक आक्रमणको जति निन्दा गरे पनि पुग्दैन। ‘जनयुद्ध'कालीन बन्दुके धडधङीमा संविधानभित्र जाइलाग्नु एमाओवादीको चरम कमजोरी हो। उसले आफ्नो कमजोरी स्वीकार गर्न सक्नुपर्छ। लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार गर्ने भनिसकेपछि संविधान निर्माणमा बाहुबलको अभ्यास पटक्कै सुहाउँदैन। एमाओवादीको कमजोरीमा टेकेर उसमाथि प्रहार गरिरहनु पनि राजनीतिक धर्म होइन। संसदीय राजनीतिमा विरोधका यस्ता स्वरूप र शैली बेलाबेला प्रकट हुने गर्छन्। संसदीय अभ्यासमा यस्ता दृश्य हामीकहाँ प्रजातन्त्रकालीन संसद्मा पनि प्रदर्शन भएकै हुन्। भारत, जापान र दक्षिण कोरियाका संसद्मा पनि यस्ता घटना बेलाबेला देखिएकै छन्। अब यी घटनालाई बिर्सेर अगाडि बढ्नुको विकल्प छैन दलहरूसँग। माघ ८ सार्नु थियो, त्यो सर्यो । अब नयाँ शिराबाट सहमतिका प्रयासहरूलाई आकार दिन आवश्यक छ।
आशा गरौँ, माघ ८ लगत्तै दलहरूले नयाँ परिस्थितिमा संविधान जारी गर्ने अर्को तिथि तोक्नेछन् र त्यसैमा केन्द्रित हुनेछन्। विरोध र मौनको राजनीतिबीच भित्र कतै संवादको पहल सुरु भएको संकेत पनि देखिँदैछ। अब संविधान निर्माणका साथसाथ सत्तासमीकरणको खेल पनि हुने सम्भावना छ। माघ ८ लाई केन्द्रमा राखेर प्रधानमन्त्री कोइराला यही सरकारलाई नै राष्ट्रिय रूप दिने अभ्यासमा लागेका थिए। त्यस्ता अभ्यासले आकार लिन भने सकेनन्। सुशील कोइराला ठूलो छाती भएका नेता होइनन्। उनले यसअघि केही मधेसी दललाई सरकारमा ल्याउने अवसर गुमाएका छन्। सरकारमा सहभागी हुन खुट्टो उचालिरहेका मधेसी दलका केही नेतालाई विश्वासमा लिन सकेको भए अहिले संविधान बनाउने काममा सहयोग हुन्थ्यो। कोइरालाले राजनीतिका बहुआयामिक पक्ष आँकलन गर्न नसकेको देखियो। एमालेको ओली खेमा र गणनामा मात्र आउने राप्रपालगायत साना दलको आडमा संविधान जारी गर्न खोज्दा यहाँ पनि कोइरालाको अपरिपक्वता प्रदर्शन भएको छ। सत्ता कोइरालाले चलाउँदै छन् कि ओलीले? राजनीतिक वृत्तमा बेलाबेला प्रश्न उठ्ने गर्छ।
नेपालको संविधान निर्माणमा यहाँका दलहरू प्रमुख जिम्मवार हुन्। त्यसमा पनि जंगलमा भौंतारिइरहेको माओवादीलाई शान्ति प्रक्रिया र लोकतान्त्रिक बाटोमा ल्याउने र जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका कारण मुलुकको राजनीतिमा अहिले सत्ताको नेतृत्व गर्ने कांग्रेसको विशेष भूमिका छ। विडम्बना, पछिल्ला राजनीतिक घटनाक्रममा कांग्रेसका सभापति प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्वदायी भूमिका खेल्न सकेनन्। उनी त फड्के किनाराका साक्षीजस्ता पो बन्न पुगे। संविधान निर्माणमा छिमेकीका साथै युरोपेली र अमेरिकी सबैले चासो मात्र राखेका छैनन्, बरु सक्रिय नै भएका छन्। तर कोइरालाले राजनीतिका पेचिला पक्ष, कूटनीतिका बहुआयाम र स्वार्थहरूको आँकलन गर्नै सकेनन्। संसदीय राजनीति अंकले निर्धारण त गर्छ, यो अंकगणितजस्तो सरलचाहिँ हुँदैन। राजनीति त बिजगणितजस्तो सूत्र र समीकरणमा चलेको हुन्छ। गिरिजाप्रसाद कोइरालाका अनुयायी भनिने सुशील कोइरालाको राजनीति भने गिरिजाप्रसादको भन्दा उल्टो देखियो। गिरिजाप्रसादले एमाओवादी, एमाले, मधेसवादी सबैलाई समदुरीमा राख्ने गर्थे। राजनीतिक आवश्यकताअनुसार उनका समीकरणहरू बन्थे, भत्कन्थे। सुशीलमा त्यस्तो चार्तुय देखिएन। प्रधानमन्त्री कोइराला त एमाओवादी, मधेसवादीलाई निषेध गर्ने र एमालेलाई काँध थाप्ने राजनीतिमा रमाएका छन्।
एउटा अवस्थाको कल्पना गरौँ। कांग्रेस–एमाले गठबन्धनले प्रक्रियाबाट संविधान बनाउने योजनालाई एमाओवादीले प्रतिरोध नगरेको भए संविधान बन्ने थियो त? कोइराला र ओलीले सामना गर्नुपर्ने प्रश्नहरू विवेचनायोग्य छन्। कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाको अन्तरिम संविधानलाई नै अनुमोदन गर्ने प्रस्ताव पछाडिको राजनीतिक प्रक्रियामा प्रवेशै नगरौँ भनेको होइन र? त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीलगायत दलसँग सहमतिका नाममा गरिरहेको राजनीतिलाई के भन्ने?
अहिले माघ ८ पछिको नयाँ परिस्थितिमा नवीन राजनीतिक समीकरण अपेक्षित छ। अहिलेकै अवस्था रहिरहे संविधान बन्दैन। संविधान बन्ने राजनीतिक वातावरण बन्न दाहाल नेतृत्वको मोर्चा भत्कनु आवश्यक छ। यता कांग्रेस–एमालेको सत्तागठबन्धन लामो सयमसम्म टिकाउँदा पनि यसले परिणाम दिँदैन। राजनीतिमा परिणाम नदिने समीकरणलाई कायम राखिरहनुको अर्थ हुँदैन।
दोस्रो संविधान सभा निर्वाचनमा पहिलो हुने कांग्रेस र दोस्रो हुने एमाले मिलेर सत्ता चलाउने र संविधान पनि बनाउने गर्छन् भन्न्ने राजनीतिक पण्डितको कमी थिएन मुलुकमा। एक वर्षको कांग्रेस–एमाले सत्तारोहणले त्यो मान्यता मिथ्या साबित गरिदिएको छ। यसबीच न राम्रोसँग सरकार चल्यो, न त संविधानै बन्यो। संसदीय प्रणालीमा सामान्यतः दोस्रो दल रचनात्मक प्रतिपक्षको भूमिकामा रहनुपर्छ भन्ने मान्यता छ। हामीकहाँ सानाठूला सबै दल सत्तामै जान खोज्ने प्रवृत्ति छ। अबको राजनीतिक यात्राको प्रारम्भ राष्ट्रिय सरकार गठनबाट हुनुपर्छ।
ठूला दलहरू बहुमतको दम्भबाट मुक्त हुने र साना दलले आफ्नो धरातल आत्मसात गर्न सके सरकार सञ्चालन र संविधान निर्माण दुवै काम राम्ररी हुन सक्छ। एमाओवादीलगायत साना दलले आफ्नो मात्र बलमा संविधान बनाउन त सक्तैनन्। विरोधको राजनीति गर्ने उनीहरूको क्षमताका कारण दुई ठूला दलको दुइ तिहाइ बहुमतले पनि संविधान बनाउन सकेन। सहमति हुनेजति विषयमा सहमति हुँदै जाने र सहमति हुन नसक्ने विषयमा असहमतिका बुँदा राख्न पाउने लचिलो राजनीतिक अभ्यास हुन सक्यो भने मात्र मुलुकले संविधान पाउन सक्ने देखिन्छ। त्यस्तो संविधान परिणामदायी र भरपर्दो हुन्छ। यसअघि विसं २०४७ मा संविधान जारी गर्दा एमालेले २७ वटा असहमतिका बुँदा अघि सारेर संविधानमा आलोचनात्मक समर्थन गरेको थियो। अहिले पनि सहमत हुन नसक्ने विषय लिएर जनतामा जान सकिने अवस्था बाँकी नै छ।