कार्यसम्पादनको हिसाबमा मानिसको दिमागलाई ३ भागमा बाँड्न सकिन्छ– निम्न, मध्यम र उत्कृष्ट। निम्न दिमागले मानिसको बथ्वाइँमा समय खर्चन्छ र उसले व्यक्तिकेन्द्रित समाधान खोज्छ।मध्यम श्रेणीको दिमाग भएको व्यक्तिले घटनाको व्याख्या गर्छ र त्यसैको सेरोफेरोमा समाधान खोज्छ। उत्कृष्ट दिमागले भविष्यको सपना देख्छ र तदअनुरूपको काम गर्छ। शासनमा उत्कृष्ट दिमागको बोलवाला हुने मुलुकले फड्को मार्छ, तर यस्तो व्यक्ति देशले सधैँ पाउँदैन। राजनेताको जन्म दशकौँमा एकपल्ट हुने हो। मध्यम दिमागले शासन गर्दा देश यथास्थितिमा रहन्छ, अधिकांश शासक यसै श्रेणीमा पर्छन्। निम्नबुद्धिका सरकार सञ्चालक हुँदा देश भड्खालोमा पर्ने हो।
पञ्चायतकालमा शासन सञ्चालक धनीमानी हुन्थे। शासनमा ठकुरी, क्षेत्री, शाहको बोलवाला थियो। अन्य जातजातिबाट प्रतिनिधित्व गर्ने पञ्चायतका शासकहरू पनि सम्भ्रान्त तथा धनी परिवारका थिए। रोल्पाका बालाराम घर्ती मगर, सिरहाका विश्वेश्वर मरवैता, धादिङका बुद्धिमान तामाङलगायत फत्तेसिंह थारु र पद्मसुन्दर लावतीजस्ता पात्रलाई उदाहरणका रूपमा लिनसकिन्छ। पञ्चायती शासनमा एउटा निश्चित जात तथा धनीको मात्र प्रतिनिधित्व भएकाले मध्यमवर्गको सहभागितामा २०४६ सालको आन्दोलन भयो। बहुदलिय व्यवस्थाको पुनर्स्थापना भयो। त्यसपछिको सरकार सञ्चालनमा मध्यमवर्गको बर्चस्व रह्यो। उनीहरूको कामकारबाही आफूलाई स्थापित गर्ने मध्यमवर्ग केन्द्रित भयो। गरिववर्ग सरकारको आँखामा खासै परेन। व्यवस्था परिवर्तनको अनुभूति गर्नसकेनन् विपन्नले। गरिवको उत्थान गर्ने र सरकारमा विपन्नको सहभागिता हुने सर्तमा माओवादी आन्दोलन भयो र त्यसले सफलता पनि हासिल गर्योन। राजतन्त्र समाप्त भयो र देशको शासनमा उच्चवर्ग तथा निश्चित जातिको बर्चस्व रहने परम्परा टुट्यो।
माओवादी आन्दोलनले गरिवलाई आफ्नो हकअधिकारप्रति जागरुक गरायो। संविधान सभाको प्रथम निर्वाचनमा गरिव उत्थानको वकालत गर्ने एमाओवादी सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित भयो। वर्गसंघर्षमा विश्वास राख्ने एमाओवादीले सरकारमा रहँदा गरिवको उत्थानमा ठोस पहल गरेेन। मेचीदेखि महाकाली तथा हिमालदेखि तराईसम्म रहेका गरिवको उत्थानलाई निरन्तरता दिनुको बदला पिछडिएका जातजातिलाई साथ लिएर सत्ताप्राप्त गर्नसकिने निष्कर्ष निकाल्यो एमाओवादीले। जातीय राज्य तथा आरक्षणमा रुमलियो। राष्ट्रव्यापी गरिवीको मुद्दा बोकेर देशलाई जोड्नुको बदला कुनै स्थानविशेषमा रहेका जातजातिको वकालत गर्दै देशलाई विभक्त गर्ने मनसाय देखियो तिनको। अर्कोतिर, पार्टी आदर्शमा सबैलाई गोलबद्ध गर्नेभन्दा कुनै जातविशेषमा कसरी आफ्नो पहुँच बनाउने भन्ने क्षणिक सोचमा पुग्यो नेपाली कांग्रेस पनि।
गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिको लोभ देखाएर कुनै पनि सम्झौता गर्न–गराउन सकिने यथार्थ बुझेका पुष्पकमल दहाल प्रचण्ड, कृष्ण सिटौलालगायतकाले धर्म निरपेक्षता, संघीयता, जातीय आरक्षणलगायतका दीर्घकालीन महŒवका विषयमा कोइरालालाई सहमत गराए र ती विषयलाई देशको अन्तरिम संविधानमा लिपिबद्ध गरे। धर्म र संघीयतालाई हालका लागि पन्छाउँदै यस पंक्तिकारले यो आलेख जातीय आरक्षणमा केन्द्रित गरेको छ। देशका प्रचलित कानुनमुताविक राज्यका प्रत्येक तहमा विभिन्न जातजाति, मधेसी, महिलाको स्थान सुरक्षित गर्नुपर्छ। जागिर, नियुक्ति, मनोनयनलगायतका सबै पक्षमा आरक्षण गरे सम्बन्धित पक्षको उत्थान र देशको विकास हुन्छ भन्ने नेताको सोच देखियो।
संयुक्त राज्य अमेरिकाको ३ सय वर्षको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपतिको कुर्सीमा पुगेका छैनन्। बेलायतको इतिहासमा मार्गरेट थ्याचरमात्र हालसम्मकै एक्ली महिला प्रधानमन्त्री हुन्। अब दक्षिण एसियाको राजनीति हेरौँ, बंगलादेशमा महिला द्वय सेेख हसिना र खालिदा जियाले सत्ता सम्हालेको धेरै भयो र उक्त क्रम छिटो भंग होलाजस्तो पनि देखिन्न। श्रीलंकामा आमा–छोरी बन्दारा नायके धेरै वर्ष सत्तामा बसे। त्यस्तै, पाकिस्तानमा बेनजिर भुट्टो र भारतमा इन्दिरा गान्धीको शासन बिर्सने बेला भएको छैन। संसारको भूगोल नियाल्दा दक्षिण एसियाली राजनीतिमा महिलाको नेतृत्व अन्यत्रभन्दा धेरै गुणा बढी रह्यो। महिलाले सत्ता सम्हाल्दा नारीको उत्थान हुने भए दक्षिण एसियाका महिला संसारका सर्वाधिक सम्पन्न हुनुपर्ने हो, तर त्यसो भएको छैन। महिलाको सर्वाधिक दर्दनाक कथा र पीडा यही क्षेत्रमा छ। सत्तामा बसेकै भरमा कुनै वर्गको उत्थान हुँदैन भन्ने प्रमाणित गर्छ यो परिदृश्यले।
अब लेबनानको सत्ता साझेदारी हेरौँ, क्रिस्चियन, सिया र सुन्नी मुसलमानको बसोबास रहेको लेबनानमा सत्तामा सबै पक्षको सहभागिताले स्थायित्व र विकास हुन्छ भन्ने सोचियो। र, सत्ता साझेदारीको सम्झौता भयो। उक्त सहमतिअनुसार लेबनानमा राष्ट्रपति क्रिस्चियन हुने, सिया मुस्लिमले मात्र संसद्को सभामुख बन्न पाउने र प्रधान मन्त्री बन्न सुन्नी हुनुपर्ने अनिवार्य सर्त बन्यो। त्यसैअनुसार देशको शासन चल्यो। तर, सत्ता साझेदारीको सहमति भएको केही वर्षमै देश गृहयुद्धमा फस्यो। धार्मिक अराजकता भयो, देश तहसनहस भयो। जातीय मुद्दालाई सत्ता बाँडफाँटमा मिसाउँदा देश तहसनहस हुन्छ भन्ने उहाहरण हो लेबनान।
जनमत संग्रहताका भारतीय साप्ताहिक पत्रिका दिनमानले सप्तरीको कोइलाडी नेपालको सबैभन्दा शिक्षित गाउँ रहेको प्रतिवेदन प्रकाशित गर्योस। त्योबेला नै उक्त गाउँमा ३ सय जना डाक्टर र इन्जिनियर थिए। अर्कोतिर महोत्तरीको पलार गाउँमा केहीअघि पंक्तिकार जाँदा एक जना पनि प्रवेशिका उत्तीर्ण गरेको मानिस भेटिएन। कोइलाडी र पलार दुवै मधेसी बर्चस्वको गाउँहो। तसर्थ, मधेसीको लागि आरक्षित जागिरको कोटामा पलारका वासिन्दाले कति लाभ पाउलान्? साथै, मधेसीका लागि आरक्षित कोटामा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा तथा प्रधान न्यायाधीश रामकुमार साहका सन्तानले जागिरमा प्रतिस्पर्धा गर्दा गाउँको स्कुलमा पढेका सोझासीधा मधेसीका छोराछोरीको कस्तो स्थान होला?
अस्टे्रलियाको धनीको श्रेणीमा सूचीकृत भएका शेष घले तथा जापानमा बस्ने गैरआवासीय नेपालीका पूर्वकेन्द्रीय अध्यक्ष देवमान हिराचनका सन्ततिले जनजातीका लागि आरक्षित कोटामा प्रतिस्पर्धा गर्दा नेपालको दुर्गम गाउँमा हुर्किएका सोझा र अनपढ जनजातिको हातलाग्ने त शून्य नै हो। फत्तेसिंह थारु, सुरेन्द्र चौधरी तथा विजय गच्छेदारले आफूलाई आदिवासीको आरक्षणमा राख्दा अरू थारुले न्यायको आशा कति गर्ने? तसर्थ मधेसी, जनजाति तथा उत्पीडित जातलाई छुट्याइएको आरक्षणको प्रतिफल सम्भ्रान्त परिवारमै पुग्ने भएकाले यस्ता आरक्षणका सम्बन्धमा पुनर्विचार गर्नै पर्ने देखिन्छ।
प्रत्येक क्षेत्रमा आर्थिक, राजनैतिक तथा शैक्षिकरूपमा उपल्लो र निरिह तह (क्लास) छ। र, प्रत्येक जातमा धनी र गरिव वर्ग छ। गरिवीका कारण निमुखाका सन्तानले स्कुल जानसकेनन्। शिक्षाको अभावमा अघि बढ्न सकेनन्। प्रतिस्पर्धामा उत्रने क्षमता भएन उनीहरूको। तसर्थ, समतामूलक समाज निर्माणको लागि आरक्षण जातको नाममा होइन बरू आर्थिक सूचांकको आधारमा गरिनुपर्छ। जातको बहानामा सम्पन्न व्यक्तिले त्यही जातकै गरिवको आरक्षण खोस्नु न्यायोचित हुँदैन।
स्थायी र न्यायोचित समाधानका लागि कम्तीमा १० वर्षको लागि झण्डै १० प्रतिशत अति विपन्न परिवार पहिचान गरी उनीहरूका निम्ति शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा आरक्षणको संवैधानिक व्यवस्था गर्नु आवश्यक छ। गरिव जनताको सही पहिचान कसरी गर्ने भन्ने प्रश्नको उत्तर सरकारले खोज्ननसक्ने भए विदेशमा बसेर उच्च शिक्षा हासिल गरेका नेपालीलाई उक्त दायित्व दिए हुन्छ। उनीहरूले देशका लागि उक्त काम निःशुल्क गर्नसक्छन्। सरकारी स्तरमा वर्गीय आरक्षणसम्बन्धी मामिला हेर्ने एउटा बेग्लै शक्तिशाली निकाय गठन गरी गरिवको स्तर उकास्न विभिन्न कार्यक्रम गर्नसकिन्छ। गरिवी र अशिक्षा द्वन्द्वको कारण रहेको वास्तविकता नबुझी जातजातिलाई समस्याको कारक ठान्दै समाधान खोजे देशमा अर्को आन्दोलन हुन्छ। शिक्षाले विपन्नलाई प्रतिस्पर्धी बनाउने भएकाले पठनपाठनमा गरिवको सहज पहुँच तथा शिक्षालाई अनिवार्य गर्नुपर्छ। अन्तरिम संविधानमा भएको जातजातिको नाममा हुने आरक्षणको बदला गरिवकेन्द्रित ‘रिजर्भेसन'लाई आगामी संविधानमा लिपिबद्ध गर्नसके मुलुकमा द्वन्द्वको स्थायी समाप्ति तथा देशको विकास हुने थियो।