दक्षिणपन्थी कहिल्यै देशभक्त थिएनन्। राजतन्त्रलाई विवादमा पारेर समाप्त पार्ने तिनीहरू वास्तवमा विदेशीका गोटी हुन्।
'पुरानालाई ध्वंश नगरी नयाँ निर्माण हुँदैन' भन्ने माओ त्से तुङको यो विचार पछ्याएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १२ बुँदे दिल्ली सम्झौता, २०६३ मंसिरको विस्तृत शान्ति सम्झौता, संविधा सभा निर्वाचन, गणतन्त्र घोषणा, ९ महिने सत्ता संरचनाको अनुभव र नागरिक सर्वोच्चतासम्म आइपुग्दा के देख्यो? दलहरूले भन्दै आएका अढाई सय वर्ष (इतिहासअनुसार ४ सय ७५ वर्षभन्दा बढी हुन्छ। द्रव्य शाहबाटै गणना गर्नुपर्ने हुन्छ।) पुरानो राजतन्त्र दश वर्षे 'युद्ध'का जगमा फाल्न सक्नेलाई पशुपतिको पुजारी र एउटा सिपाही परिवर्तन गर्न केले रोक्यो? दसाँैं हजारको रगत बगाएर गणतन्त्र ल्यायौंँ या कसैको हतियार बन्यौंँ? आखिर हाम्रा 'देशभक्त क्रान्तिकारी' मित्रले भनेजस्तो पुरानो सत्ताको संरचनामा परिवर्तन राजतन्त्रको अन्त्यले सिद्ध गर्न सकेनभन्दा आपत्ति मान्नुपर्ने कारण छैन।
यो प्रश्न दक्षिणपंथी (मण्डले)हरूमा त्यत्तिकै लागू हुन्छ। सन् १९७४ मा सिक्किम विलयपछि बीपी कोइराला नेपाल फर्कनु भयो (त्यसको पहल मैले गरेको थिए।) उहाँलाई फाँसीको माग गर्नेहरू २०४६ देखि २०६४ सम्म आइपुग्दा कहाँथिए? शैलजा आचार्य, कृष्णप्रसाद भट्टराई उभिएको जगमा राजाको वरिपरिका दक्षिपंथी उभिन नसक्नुले तिनीहरू राजाका अनुयायी नभएर कम्बोडियामा राजा सिंहानुकलाई विस्थापित गर्ने सनकथान, लोननोलजस्तै कसैका गोटी थिए भन्ने पुष्टि हुन्छ। आजपनि दक्षिणपंथीको जासुसी जालो कमजोर छैन। यसकारण मुलुकमा गणतन्त्रका अनुयायी २०३६ सालमा बीपीलाई फाँसीको माग गर्ने दक्षिणपंथीको गैरजिम्मेवार प्रवृत्तिका आधारमा निर्माण भएकोमा विमति छैन। तिनै यतिबेला प्रजातन्त्रका निकै ठूला ठेकेदार बनेका पनि छन्।
राजनीतिक दललाई उछित्तो काढ्ने दक्षिणपंथीको नक्कली राष्ट्रवादले देशलाई कहाँ पुर्यायो? आज यिनीहरू कुन नैतिक धरातलमा प्रजातन्त्रको रक्षाको कुरा गर्दैछन्? अब प्रश्न उठ्छ हामी कहाँ चुक्यौं? यो प्रश्न वामपंथी, प्रजातन्त्रवादी वा दक्षिणपंथी सबैलाई हो। यतिबेला सबैका अगाडि यक्ष प्रश्न खडा छ। मुलुकको शान्तिपूर्ण विकास कसरी गर्ने? कसैले कसैलाई पर्दाभित्रका कुनै शक्तिका आडमा पन्छाएर (बाइपास गरेर) जान हिजो पनि सम्भव थिएन र आज पनि छैन। त्यसैले नेपालको भूधरातल र सामयिक विश्व राजनीति र दक्षिण एसियाको भूराजनीतिलाई केन्द्रमा राखेर जिम्मेवारी बोधका साथ नयाँ आधारमा एकता र ध्रुवीकरण अनिवार्य छ।
यो हिजोको अमेरिका र रुसका वरपर विश्व दुई ध्रुव विभाजित भएको अवस्था होइन। त सन् १९९० को सोभियत संघ विघटनपछिको एक धु्रवीय विश्व नै हो। सन् २००८ को ओलम्पिक समापनपछि माओको नेतृत्वको जगमा चीनलाई विश्व बजारमा प्रतिस्पर्धामा अग्रभागमा उभ्याएका देङ्ग सियाओ पिङ हुँदै हु जिन्ताओ सम्मको अहिलेको विशाल छिमेकी अर्कोतर्फ दक्षिणी छिमेकीका आआफ्ना सुरक्षा चिन्ताबीच हामीले उनीहरूलाई विश्वास दिलाउन सक्ने आधार के छ? अहिलेको सबैभन्दा जटिल प्रश्न यही हो। हामीले भावी पुस्तालाई कतातिर लैजाँदै छौँ? इतिहासले हामीलाई भोली के भन्ला? भन्नेतर्फ जिम्मेवारीपूर्ण चिन्तन र तत्कालको लाभहानि वा व्यक्तिगत पारिवारिक स्वार्थका आधारमा राजनीतिलाई दुरुपयोग गर्ने चिन्तनबाट मुक्त हुने हो भने निकास टाढा छैन।
हाम्रो भूधरातल, राजनीतिक प्रणाली, राजनीतिक शक्तिप्रति छिमेकी मुलुकहरूको चिन्ता के कारण सिर्जना भयो? यसमा हाम्रा छिमेकी मुलकले पनि आआफ्ना विगतका कमजोरीलाई मूल्यांकन गर्ने अवस्था हाम्रोभन्दापनि उनीहरूका आआफ्नै आन्तरिक सुरक्षा चिन्ताका कारण सिर्जना भएको हो।
वामपंथी र प्रजातान्त्रिक शक्तिबीच चुलिँदो अविश्वास अन्त्य तथा छिमेकीले राखेको सुरक्षा चिन्ताप्रति विश्वास सिर्जना गर्न र उग्रवामपंथी आवरणमा पर्दाभित्र कसैका गोटी बनेका तिनै दक्षिणपंथीको चिन्तनबाट मुक्त हुनु अनिवार्य छ। एकातर्फ यसबाट नयाँ एकता निर्माण गर्ने आधार बन्नेछ भने अर्कातिर त्यसले हाम्रा दवै छिमेकी आश्वस्त हुने वातावरण पनि निर्माण हुनसक्छ। विश्व र दक्षिण एसियाली राजनीति नै उथलपुथल भएका अवस्थामा हामी आफूलाई सही दिशामा उभ्याउनु उत्तिकै आवश्यक छ।
नेपालको सन्दर्भमा राजतन्त्र बहसको विषय बनेको थिएन। तर दक्षिणपंथीहरूले राजतन्त्रको घेरा फराकिलो पार्दै दुरुपयोग गरेको परिणामस्वरूप यो विवादको विषय बन्न गयो। तिनै दक्षिणपंथीले देशभक्त राष्ट्रवादीहरूलाई सधैं बदनाम गराए। फलतः आज ती हिजो बीपीलाई फाँसीको सजाय माग्ने हुन् या वामपंथीलाई ढाल बनाउने दक्षिणपंथी हुन् आज मुसाले झैँ दुलोभित्र टाउको लुकाएर बसेका छन्। ती ठूलाठूला राष्ट्रवादको कुरा गरेर वैचारिक नेतृत्व र विचारको उछितो काढ्नेहरू आज कहाँ छन् र के गर्दै छन्?
कम्बोडियामा सनकथान र लोननोल बनेर अस्तित्व खोज्नेहरूको अन्ततः १९७५ सम्म आइपुग्दा जसरी पतन भयो यहाँ पनि त्यस्तै भएको छ। इतिहास दोहोरिँदैन तर नयाँ भूमिका अवश्य पनि खोजिरहन्छ। आजको सूचना संचार र बदलिदो विश्व परिवेशले संसारलाई नजिक र वैचारिकरूपमा सचेत बनाउँदै गएको छ। यस अवस्थामा लोननोल, सनकथान बनेर भूमिका स्थापित गर्न खोज्नेहरू समाप्त हुनु स्वाभाविकै हो। शासकीय स्वरूपको विषयमात्र बहसमा रहेको राजतन्त्रलाई विवादमा ल्याउनेहरू अहिले विभिन्न आवरणमा छन्। कहिले जनमतसंग्रह त कहिले त्यसलाई जनताबीचमा अल्पमतमा देखाएर स्वार्थसिद्ध गर्नेहरूदेखि सचेत रहनै पर्छ।
मुलुकमा अहिलेको अवस्था सिर्जना गर्ने तिनै दक्षिणपंथी हुन्। सबैभन्दा ठूला गणतन्त्रवादी कोही हुन् भने राष्ट्रवादको आवरणमा लोननोल र सनकथानका नयाँ नेपाली संस्करणका दक्षिणपंथी हुन्। ती वास्तविक देशभक्तहरू कहिल्यै पनि थिएनन् र छैनन्। भोलि पनि हुने छैनन्। विदेशी शक्तिलाई खेल्ने अवसरपनि तिनै दक्षिणपंथीले दिएका हुन्। २०५८ जेष्ठ १९ को हृदयविदारक अकल्पनीय दरबार घटनामा पनि हाम्रा राजनीतिक दलले जिम्मेवारीपूर्ण भूमिका पूरा गरेका थिए। राजालाई घेराबन्दी गरेर गणतन्त्रको बहसको आधार बनाएका अति दक्षिणपंथीले जस्तै क्रान्तिकारी आवरणभित्रका उग्रदक्षिणपंथी विदेशी प्रभावका केही तत्वले भ्रम फैलाएर त्यतिबेलै मुलुकलाई अफगानिस्तान बनाउने प्रयत्न गरेका थिए। तर जिम्मेवार नेता र दलहरूले त्यस दुर्घटनाबाट मुलुकलाई बचाएको इतिहासले मूल्यांकन गर्नेछ। पुष्पलाललाई गद्दार भन्ने उग्रदक्षिणपंथी र बीपीलाई दलाल भन्ने दक्षिणपंथीहरू बाँचे पनि मरेसरह छ भने उहाँहरु मरेर पनि बाँचिरहनु भएको छ।
हिजोका सकारात्मक र नकारात्मक घटनाक्रमबाट शिक्षा लिंँदै राष्ट्रवादी आवरणका चरम दक्षिणपंथी र क्रान्तिकारी आवरणका उग्रवामापंथीको जालोबाट मुक्त गरी राजनीतिक आधारमा प्रजातन्त्रवादी, राष्ट्रवादी, वामपंथी देशभक्तहरूको नयाँ एकताबाट निकास दिन हामी अवश्य सक्षम हुनेछौं।