नेपालमा उच्चपदस्थ राजनीतिक पदाधिकारीले सचिवालयमा नातेदार तथा आफन्त नियुक्ति गर्दै आएका छन्। छोरा–छोरी, भाइ–बुहारी, भतिजा–भतिजी तथा भान्जा–भान्जीलाई नियुक्त गरी सचिवालयलाई आफन्त भर्तीकेन्द्र बनाएको कुरा बेलाबखत चर्चामा रहन्छ। तर, नातेदारलाई सचिवालयमा नियुक्त गर्दा त्यसले केकस्ता प्रभाव तथा असर पार्दछ भन्नेबारे गहन अध्ययन भएको छैन। राजनीतिक नेतृत्व भ्रष्टाचारका क्रियाकलापमा संलग्न हुनुमा नातेदार तथा परिवारको प्रमुख हात रहेको अध्ययनहरूले पुष्टि गरेका छन्।परिवार विश्वव्यापी सामाजिक संरचना हो। परिवार विश्वव्यापी रहेको समाजशास्त्री मुरडकको भनाइ छ। परिवारमा व्यक्तिको जीवनको प्रारम्भ हुन्छ, संगठित हुन्छ र सामाजिकीकरणको प्रक्रिया सुरु हुन्छ। मानवशास्त्री लरिसा लोमिनाजले बीसौँ शताब्दीको मध्यतिर चिलीका मध्यमवर्गीय व्यक्तिमा गरेको एक अध्ययनमा राजनीतिक नेतृत्व, कर्मचारी तथा अन्य सार्वजनिक पद धारण गर्ने अधिकारीले आफ्नो परिवार, नातेदार तथा इष्टमित्रको अपेक्षा र चाहना पूरा गर्नका निम्ति भ्रष्टाचार गर्नेगरेको तथ्य भेटेका थिए। अध्ययनका क्रममा भ्रष्टाचारमा संलग्न भएका अधिकारीले आफ्ना श्रीमान–श्रीमती, छोरा–छोरी तथा अन्य नातेदारका जायजनाजायज अपेक्षा पूरा गर्नको लागि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुपरेको बताएका थिए।
यसैगरी, भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तलको केही समयअघि प्रकाशित ‘इन्डिङ करप्सन' नामक पुस्तकमा पारिवारिक अपेक्षा तथा दबाबका कारण भारतमा भ्रष्टाचार मौलाएको तथ्य प्रस्तुत गरिएको छ। भित्तलका अनुसार भारतका ठूलाखालका भ्रष्टाचार परिवार र नातेदारको अपेक्षालाई पूरा गर्नको लागि भएका छन्। उनले जातलाई परिवारको विस्तारित रूप भएको उल्लेख गर्दै त्यसैका कारण भ्रष्टाचार संस्थागत भएको तथ्य पेश गरेका छन्। अर्का विद्वान क्विम्पो भन्छन्– ‘शासनव्यवस्था निरंकुश होस् या लोकतान्त्रिक होस्, परम्परागत होस् या आधुनिक होस् हरेक किसिमका शासनव्यवस्थामा राजनीतिक नेतृत्वलाई भ्रष्टाचार गर्न परिवार र नातेदारको अपेक्षा र दबाबले भूमिका खेलेको हुन्छ।'
चिली र भारतमा मात्र होइन नेपालमा पनि अधिकांश ठूला भ्रष्टाचारका काण्डमा जिम्मेवार अधिकारीका परिवारका सदस्यको भूमिका रहेको स्पष्ट देखिन्छ। इतिहासलाई पल्टाउने हो भने राणाहरूले आफ्नो परिवार र नातेदारको चाहना तथा आवश्यकता अनि सुखसयललाई बढाउनको लागि भ्रष्टाचारजन्य क्रियाकलाप गरेका थिए। त्यसअघिको समयका माथवरसिंह थापाले आफ्ना काका भीमसेन थापाको शक्तिको आडमा व्यापक भ्रष्टाचार गरेका थिए। पछिल्लो समयमा पञ्चायतकालमा पनि यस्तै इतिहास दोहोरियो। प्रजातान्त्रिक शासनव्यवस्थामा घटेका धमिजा काण्ड होस या चेज एयर काण्ड, परिवारको अपेक्षा र चाहना पूरा गर्ने क्रममा भएका थिए।
राजनीतिक भ्रष्टाचारमा परिवार र नातेदारको भूमिकालाई विश्लेषण गर्दा तीन वटा धार देखिन्छन्। पहिलो, अदृश्य धार। यसमा राजनीतिक नेता तथा पदाधिकारीका परिवारका सदस्य र नातेदारले आफन्तलाई लाई पद र शक्तिको दुरुपयोग गरेरै भए पनि पैसा कमाउन र आफ्नो आर्थिक उन्नतिको लागि दबाब दिने गर्छन्। तर, यिनीहरू सार्वजनिकरूपमा देखिँदैनन्। यस धारमा परिवारका सदस्य आफै कुनै सार्वजनिक पदमा नियुक्ति लिँदैनन्। राजनीतिक व्यक्तिको पछाडि बसेर उनीहरूलाई आर्थिक उपार्जनको लागि दबाब दिने वा प्रेरित गर्ने गर्दछन्। यो पर्दा पछाडि अर्थात् अदृश्य हुन्छ। धेरैजसो उच्च अधिकारीका श्रीमती तथा छोराछोरीले यस किसिमले भूमिका खेलेका पाइन्छ।
दोस्रो, अर्धदृश्य धार। यसमा परिवार वा आफन्त अवैतनिक पीएको रूपमा नियुक्ति लिएर छाया मन्त्री, प्रधानमन्त्री वा उच्च अधिकारीको काम गरेर भ्रष्टाचारमा संलग्न हुने गर्छन्। यस किसिमका नियुक्ति पाएका सचिवालय सदस्य तथा स्वकीय सचिवहरू विकृतिका प्रमुख जड हुन्। यस्ता पीए तथा सल्लाहकारको नियुक्तिको हालसम्म कुनै पनि मापदण्ड बनेको छैन, जसले गर्दा प्रहरी, प्रशासन, सरुवाबढुवा, ठेक्कापट्टामा यिनीहरू हाबी हुन्छन्। राजनीतिक भ्रष्टाचारको सुरुवात यहीँबाट हुन्छ। यसमा राजनीतिक पद लिएका व्यक्तिले निजी सहायक, स्वकीय सचिव वा पीएको रूपमा परिवारका सदस्य वा आफन्तलाई नियुक्त गर्दछन्। यसरी नियुक्ति लिएका व्यक्तिले आफन्तको शक्तिको आडमा अवैधानिक र अनियमित किसिमले सम्पत्ति आर्जन गर्छन्। यस धारमा प्रत्यक्षरूपमा राजनीतिक नेतृत्वलाई प्रभाव पार्ने काम हुन्छ। यो सार्वजनिकरूपमा देखिन्छ, तर यिनीहरूमाथि कानुनी बन्धन हुँदैन। यस्ता पदमा विज्ञभन्दा पनि आफन्त र नातेदारको नियुक्ति बढी हुनेगरेको छ। यिनीहरूलाई कुनै पनि किसिमको कानुनी दायित्व नहुने भएकाले जसरी हुन्छ पैसा कमाउनेतिर लाग्छन्।
पछिल्लो समय यो धार बलियो हुँदै गएको छ। प्रायःजसो मन्त्री तथा प्रधान मन्त्रीले आफ्नो सल्लाहकार तथा पीएका रूपमा आफन्तलाई नियुक्ति गर्ने परम्परा झाँगिदै गएको छ। कहीँ नियुक्ति वा शपथ नखाएका स्वकीय सचिव छानबिनको दायरामा पर्ने स्थिति पनि रहन्न। भ्रष्ट र घुसखोरीलाई नेता वा मन्त्रीसँग निकट पार्ने काममा उनीहरूकै संलग्नता हुन्छ। यिनीहरूले नै मिलाएको ‘च्यानल' मार्फत् मन्त्री तथा नेताले भ्रष्टाचार गर्नका लागि बाटो भेट्छन्।
तेस्रो, दृश्य धार। यसमा राजनीतिक अधिकारी तथा दलका नेताहरूको शक्तिको आडमा राजनीतिक पद, सार्वजनिक संस्थान वा निकायमा नियुक्ति लिने र त्यसमार्फत् आफै भ्रष्टाचारमा संलग्न हुने गर्छन्। घटनाक्रमलाई मिहिनरूपमा हेर्ने हो भने, स्वतन्त्र प्रतिस्पर्धामार्फत् नियुक्ति लिएका भन्दा राजनीतिक नियुक्ति लिनेहरू भ्रष्टाचारजन्य क्रियाकलापमा बढी संलग्न भएका देखिन्छन्। सार्वजनिक संस्थानमा भ्रष्टाचार भएका कतिपय घटनामा छानबिन गर्ने क्रममा संस्थान प्रमुखले त्यसरी कमाएको रकमको केही हिस्सा आफूलाई नियुक्ति दिने राजनीतिक व्यक्तिका हातमा पुर्याीउने गर्छन्। यसमा राजनीतिक दलका नेता तथा उच्च अधिकारीका आफन्त वा नातेदारलाई समानुपातिक सभासद्, सार्वजनिक संस्थान तथा निकायका विभिन्न पदमा नियुक्ति लिने र सोहीमार्फत् आर्थिक अनियमिततामा संलग्न हुनेगर्छन्। उदाहरणको लागि संविधानसभा २०७० मा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), सद्भावना पार्टीका अध्यक्षले आफ्ना श्रीमतीलाई समानुपातिक सभासद् बनाएको घटना, एनेकपा माओवादीकी नेतृ हिसिला यमीले विभिन्न सार्वजनिक निकायमा गरेको आफन्तको नियुक्ति, २०६३ चैत १८ मा मन्त्री भएका राजेन्द्र महतोले पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्ष आफ्नै भाइ योगेन्द्र महतोलाई गरेको नियुक्ति आदिलाई लिनसकिन्छ।
भारतका पूर्व केन्द्रीय सतर्कता आयुक्त एन भित्तल जातप्रथालाई परिवारको विहंगम स्वरूप मान्दछन्। उनले भनेजस्तै वर्तमान नेपाली समाजको विश्लेषण गर्ने हो भने जातप्रथा पनि परिवारकै विस्तृत रूप हो। अहिले नेपालमा पनि राजनीतिक अधिकारीहरूले आफ्नो परिवार, जात, धर्म, लिंग र क्षेत्रका व्यक्तिलाई मात्र बढी स्थान दिने गरेका छन्। उदाहरणको लागि २०५९ सालमा प्रधान मन्त्री भएका लोकेन्द्रबहादुर चन्द र २०६१ सालमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले नियुक्त गरेका सल्लाहकार समुहलाई लिनसकिन्छ। चन्दले त्यसबेला ११ जना सल्लाहकार नियुक्त गरेका थिए। जसमा सबै बाहुनक्षेत्री थिए। त्यसैगरी देउवाले १७ जना सल्लाहकार नियुक्त गरेका थिए जसमध्ये १३ जना सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका बाहुनक्षेत्री परेका थिए। यसैगरी २०६३ चैत १८ गते नेपाल सद्भावना पार्टी आनन्दीदेवीका राजेन्द्र महतो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका थिए। यसपछि २०६४ मंसिर ४ मा सोही पार्टीका श्यामसुन्दर गुप्ता उक्त पदमा नियुक्त भएका थिए। यी दुवै नेताले सो अवधिमा २३ वटा संस्थानका प्रमुखमा राजनीतिक नियुक्ति गरेका थिए, जसमा एकजना मात्र पहाडिया मूलका र बाँकी सबै मधेसी समुदायका थिए। सार्वजनिक पदहरूमा मधेसी दल तथा नेताहरूले मधेसी मूलका व्यक्तिमात्र, जनजातिले जनजाति नै र पहाडिया बाहुनक्षेत्रीले सोही समुहका व्यक्तिलाई नियुक्ति दिने क्रम बढ्दो छ। यो परिवारको बृहत् रूप हो। यस किसिमको पारिवारिक भूमिका र संलग्नताले राजनीतिक भ्रष्टाचारलाई मलजल गरिरहेको छ।