तीन वर्षदेखि घरेलु फुटबल नभएर भुत्तिएका नेपाली खेलाडीले राष्ट्रिय टोलीको जर्सीमा शुक्रबार भारतीय फुटबलको महारथी मोहन बगानमाथि ३-१ को सन्तोषजनक विजय हासिल गरे। अर्को हप्तादेखि बंगलादेशको ढाकामा हुने छैटौं साफ च्याम्पियनसिप तयारीमा रहेको टोलीले अभ्यास खेलमा कठिन प्रतिद्वन्द्वीविरुद्ध यस्तो सफलता हासिल गर्दा नेपाली समर्थक उत्साहित हुनु स्वभाविक हो। तर लगत्तै दोस्रो अभ्यास खेलमा नेपाल आइतबार भुटानसँग कठिन संघर्ष गर्दै २-१ ले विजयी भयो। मोहन बगानजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध तीन गोल गरेको नेपाल भुटानसँग जितका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुग्नुले पक्कै पनि टोलीको वास्तविक स्तरमा प्रश्न खडा गर्दछ।
तथापि फुटबलमा नतिजा सबैभन्दा ठूलो कुरा हो। प्रदर्शन र ९० मिनेटको संघर्ष नतिजा हात परिसकेपछि निरर्थक बन्ने गर्छ। त्यसैले नेपालले दुवै खेलमा विजय पाएको छ। यसले कम्तीमा साफ च्याम्पियनसिपका लागि टोलीको मनोबल उच्च पारेको छ। नेपाली फुटबल सधैं गोल गर्न नसक्ने टिमका रूपमा आलोचित बन्ने गरेको छ। प्रतिद्वन्द्वी जस्तोसुकै किन नहोस्, नेपालले राम्रो प्रदर्शन गरेर पराजित हुने टोलीका रूपमा आफ्नो परिचय स्थापित गरिसकेको अवस्था छ। तर यसपाली अभ्यास खेलसम्म दृश्य फरक भएको छ। गोल गर्न अक्षम टोलीका रूपमा परिचित नेपालले यसपाली दुवै अभ्यास खेलमा विजय हासिल गर्दा पहिला गोल खाएर खेलमा पुनरागमनसमेत गरेको थियो। गोल खाएपछि धैर्य अपनाएर खेल्न नसक्ने टिमका रूपमा लागेको आलोचना पनि टिमले यसपाली पखालेको छ। त्यसैले अभ्यासमा पाएका यी दुई जित नेपालका लागि मानसिक रूपमा अझ महत्वपूर्ण छन्।
वास्तवमा युवा खेलाडीको बाहुल्य रहेको टोलीबाट यसपाली पनि विगतमा झैं उपाधि भिœयाउने आशा राखिएको छ। विगतमा नेपालबाट राखिएको आशा सधैं तुहिने गरेको भए पनि यसपाली भने नयाँ इतिहास कोरिने आशा गर्ने केही आधार पनि छन्।
साफ च्याम्पियनसिपमा नेपाल सधैं अभागी टोलीका रूपमा दरिने गरेको छ। त्यसमाथि सधैं नेपाल कठिन समूहको सिकार बन्दै आएको छ। पछिल्ला दुई संस्करणमा नेपालले समूह चरणमा खेलेका दुई प्रतिद्वन्द्वी नै फाइनलमा भिडेका थिए। विगतमा नेपालमा घरेलु लिग भएको अवस्थामा पाउन नसकेको सफलता यसपाली पाउने आधार के त? टोलीले यसपाली प्रदीप महर्जन र लोकबन्धु गुरुङजस्ता खेलाडीको अनुभव पक्कै गुमाउनेछ। तथापि टोलीमा युवा जोश छ। उनीहरूमा केही गर्ने अठोट छ। मैदानमा पसिना बगाउने मात्र नभई आवश्यक परे रगत बगाएर समेत नेपाली समर्थकलाई मुस्कान उपहार दिने प्रतिबद्धता छ।
यसबाहेक अभ्यासमा पाएका जितको हौसला नेपालका लागि साफ च्याम्पियनसिपमा सफलताको द्योतक बन्न सक्छ। यसपाली पनि नेपालले समूह चरणमै डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र चार पटकको विजेता भारतसहित अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। तर दक्षिण एसियामा सधैं प्रतिस्पर्धा १९/२० को रहने गरेको छ। त्यसैले माल्दिभ्सको चुनौती पार गर्न नेपाललाई स्वभाविक रूपमा हौसला पर्याप्त हुन सक्छ। किनकि नेपाली टोलीमा दक्षिण एसियाका हरेक प्रतिद्वन्द्वीलाई चुनौती दिनसक्ने फुटबलिङ क्षमता सधैं छ। अर्को बलियो प्रतिद्वन्द्वी भारतले साफ च्याम्पियनसिपमा २३ वर्षमुनिको टोली पठाउने निर्णय गरिसकेको छ, जुन नेपालका लागि फाइदाजनक हुन सक्छ।
पहिलो पटक साफ च्याम्पियनसिप नेपाल भिœयाउनु नै टोलीको एकमात्र लक्ष्य हो र यो लक्ष्य हासिल गर्नका लागि अब खेलाडीसँगै प्लेयर बक्समा रहने प्रशिक्षक र टोली व्यवस्थापनको पनि समान महत्वपूर्ण भूमिका हुन्छ। मोहन बगानलाई हराउँदा भएको प्रदर्शन भुटानसँग किन भएन, प्रशिक्षकले त्यसको समीक्षा गर्नु जरुरी छ। अभ्यास खेल प्रतियोगिताअघि आफ्ना कमजोरी पत्ता लगाउनका लागि हो। प्रशिक्षकहरूले पक्कै दुई अभ्यास खेलबाट टोलीका कमजोरी पत्ता लगाएको हुनुपर्छ। अब ढाकामा ती गल्ती र कमजोरी नदोहोर्याउने गरी पाँच दिनमा टोलीलाई तयार पार्नु उनीहरूको जिम्मेवारी हो। यसो गर्न सकेमा मात्र कृष्ण थापा, महेश्वर मुल्मी र उपेन्द्रमान सिंह दक्ष प्रशिक्षक ठहरिने छन् अनि विराटजंग शाह सक्षम व्यवस्थापक हुन सक्ने छन्।