करि महिना दिन पहिले न्याय तथा कानुन मंत्री नरहरि आचार्यको पहलमा गणराज्य अभियानका केही अभियन्ता र अन्य केही साथीहरू धुलिखेलमा संविधान निर्माणको अवस्था र व्यवस्थाका बारेमा छलफल गर्न बसेका थियौँ।मैले जनता निरपेक्ष र निराश पारेर संविधान निर्माण कसरी संभव होला र भन्ने धारणा राखेको थिएँ। विसं २०४७ सालको संविधान निर्माणका समयमा जनता जुरुक्क उठेका थिए। राजनीतिक नेतृत्व निस्वार्थ थियो र जनताले नेताप्रति असीम विश्वास र भरोसा गरेका थिए। यही कारणले संविधान समयमा आउन संभव भयो। अहिले परिस्थिति त्यस्तो छैन र संविधान समय आउला भन्नेमा मात्र होइन संविधान सभावाट संविधान लेखिएला भन्ने विश्वास नै हराएको छ जनतामा। दुईपटकको संविधान सभा निर्वाचन इतिहासमा निरर्थक अभ्यास प्रमाणित हुनसक्छ। यस्तै कुरा भएका थिए त्यहाँ।
मन्त्री आचार्यले त्यहाँ भनेका थिए – ‘संविधान माघ ८ गते ल्याउन हामी दिनरात लागिपरेका छौँ, ल्याउँछौँ। तर यतिखेर सबैभन्दा सजिलो भविष्यवाणी र मन्तव्य संविधान समयमा आउँदैन भन्ने नै हो।' सरकारमा बस्ने र सरकार बाहिरबाट राजनीति हेर्नेहरूबीच धेरै ठूलो अन्तर हुँदोरहेछ भन्ने मैले बुझेको थिएँ। नेपालमा मात्र होइन विश्व राजनीतिमा जहाँ पनि देखिने यो स्वाभाविक फरक हो। यसबीच सरकारमा बस्नेहरू सबै ‘समयमा संविधान ल्याउँछौ' भनी आश्वासन बाँड्न तल्लीन भए। प्रधानमन्त्री सुशील कोइरालाले विगत एक वर्षमा संविधान निर्माण अनि शान्ति र विकासको माला नै जपे। प्रधानमन्त्री कोइराला सार्क सम्मेलनपछि धेरै नै उत्साही देखिएका थिए। तर संविधान माघ ८ मा त नआउने भयो। अब के गर्ने? अझै पनि केही नाटक मंचन होला सहमतिको दस्तावेज वा मस्यौदाका नाममा। अर्थात् संविधान समयमा ल्याउन संभव भएन भन्दै अहिलेलाई केही गरी जनतालाई चित्त बुझाउने प्रपञ्च रचिएला। रच्नै पर्योन।
बितेको एक वर्षभित्र कुनै पनि दिन संविधान समयमा आउँछ भन्ने विश्वास जनतालाई थिएन। नेताहरूले जनताको कानै टट्टाउने गरी माघ आठमा संविधान आउँछ भनिरहेकै छन्। तर तिनै नेताले कहिल्यै आफ्ना सभासद्लाई विश्वास गरेर संविधान माघ ८ मा ल्याउने वातावरण बनाउन चाहेनन्। सभासद् संविधान ल्याउन सक्रिय हुँदा जनता पनि संलग्न हुनपुग्थे। सभासद्ले जनता परिचालन गर्थे। अनि पो संविधान आउने वातावरण बन्थो। समयमै संविधान निर्माणका लागि देशैभर जुलुस, नारा र संगठित आवाज उठ्न सक्थ्यो। तर नेतालाई जनता पनि संविधान निर्माणका लागि अपरिहार्य हुन्छन भन्ने हेक्कै भएन। जनतालाई दलका उम्मेदवारलाई भोट हाल्ने वस्तुमा सीमित गरियो। यस्तो कार्य नेपालमा नेताहरूले पटकपटक गरेकाछन्।
स्थानीय निकायको निर्वाचन संविधान निर्माणका लागि जनपरिचालन गर्ने अवसर हुनसक्थ्यो। तर कुनै पनि राजनीतिक दलका नेताको प्राथमिकतामा स्थानीय निर्वाचन कहिल्यै परेन। नेताहरूले ६ महिनाभित्र स्थानीय निर्वाचन गर्छैँ भनेका थिए। तर त्यसतर्फ कसैले ध्यानै नदिँदा जनतामा नेताहरू केही पनि गर्न सक्तैनन् भन्ने छाप पर्योर। यही मनोदशाले अहिले संविधान निर्माण भए पनि ठीकै छ, नभए पनि केही सप्रने वा बिग्रने छैन भन्ने ठानेर जनता निस्पृह भएका छन्। समयमै स्थानीय निर्वाचन भएको भए त्यो राजनीतिक अभियान संविधान निर्माणको अर्को राजनीतिक अभियान सफल पार्न सहायक हुन्थ्यो। निर्वाचित पदाधिकारीको उपस्थिति भएको भए अहिले ७ र १० प्रतिशत खर्च हुने विकास बजेट ७० र १०० प्रतिशत खर्च हुन्थ्यो। राजनीतिक र आर्थिकरूपले परिचालित जनताको दबाबले यतिखेरसम्म संविधान निर्माणको वातावरणमात्र बन्ने होइन संविधान निर्माण नै सम्भव हुनसक्थ्यो। तर कोठे राजनीति र कोठे आर्थिक विकासमा विश्वास गर्ने राजनीतिक नेतृत्वको मानसिकताले एक दशक लामो संक्रमणकाल अझ लम्मिने भयो। नेपाली जनता अझै अनिश्चितता र अराजकता सहन बाध्य हुने भए।
मन्त्री आचार्यको माथिको कथनमा असहमत हुने ठाउँ छैन। संविधान निर्माण कार्य जहाँ पनि जटिल र चुनौतीपूर्ण हुन्छ। तर यो दिनरात केही सीमित व्यक्तिले खटेर बनाउने प्राविधिक विषयमात्र थिएन। संविधान निर्माण त राजनीतिक विषय हो। अढाइ दशक अगाडि गिरिजाप्रसाद कोइरालाले संविधान निर्माण गर्न खेलेको सक्रिय भूमिका प्राविधिक नभएर राजनीतिक थियो भन्ने अहिलेका सबै कांग्रेस नेताले बिर्सेको देखियो। विसं २०४७ सालको संविधान निर्माणमा राजासँग र पुराना पँचसँग कोइरालाले अगाडिबाट राजनीतिक लडाइँ लडेका थिए। अनिमात्र कृष्णप्रसाद भट्टराई र विश्वनाथ उपाध्यायले संविधान निर्माण गर्न सकेका हुन्। विगत एक वर्षमा कुनै पनि राजनीतिक नेताले गिरिजाप्रसादले २०४७ सालको संविधान निर्माणमा खेलेको राजनीतिक भूमिका खेल्न सकेनन्। अनि कसरी बन्छ संविधान?
नेपालको सामाजिक धरातल र आर्थिक विषमताले गर्दा संविधान निर्माणमा होस गुमाए देशको अखण्डतामै प्रश्न उठ्नेछ। मधेसका सिके राउतहरूको सक्रियता देखेरमात्र यसो भनिएको होइन। नेपालमा जातीय, वर्गीय, क्षेत्रीय आदि अनेकौं विभेद राज्यबाट गरिन्छ। जन्मले, वर्णले, जातले, सामाजिक सम्पर्क र प्रभावले सामाजिक ढाँचा निर्माण भएको छ। अवसर समान होइन जन्मले निर्धारण गर्छ। एउटा मुसहर परिवारमा जन्म लिएको आजको बच्चाको पच्चीस वर्षपछिको भविष्य र जीवनचर्यालाई राजधानीमा सम्पन्न परिवारमा जन्मेको बच्चासँग तुलना गरौँ त अहिलेबाटै। अनिमात्र राज्यबाट विभेद भएको छ छैन भन्न्े थाहा हुन्छ। अहिले विगतमा मधेस आन्दोलन हुँदा दुलो पस्ने नेताहरू दोस्रो संविधान सभाको निर्वाचनपछि केही तंग्रिएका छन् र भाषणवाजी गर्न सक्छन् भने तिनलाई त्यो शक्ति असक्षम मधेसी नेताले नै प्रदान गरेको हो भनी बुझ्नुपर्छ। तर मधेसमा सानोतिनो हावा चलेमा तिनीहरू फेरि राजधानीबाट तराई झर्ने छैनन्।
प्रधानमन्त्री सुशील कोइरालालाई नेपालको यही विविधतामा एकता ल्याउन नै ‘सबैले जित्ने संविधान संविधान सभाबाट बनाउन आवश्यक छ' भन्नुपरेको होला। त्यस्तै बीपी कोइरालाले २००७ सालको क्रान्तिपछि जनतालाई परिचालित गरी संविधान सभाबाटै संविधान बनाउन खोज्नुको कारण पनि त्यही हुनुपर्छ। विविध जाति, भाषा, धर्म र अवस्थालाई सम्मान र सम्बोधन गर्ने राजनीतिक दस्तावेज संविधानमात्र हुनसक्छ। तर प्रधानमन्त्री कोइरालाले चाहना र व्यवहारबीच तालमेल राख्न सकेको देखिएन।
प्रधानमन्त्री कोइरालाको राजनीतिक ‘ड्राइभ' कमजोर भएको प्रष्टै देखियो। प्रधानमन्त्री मधेसवादी , एनेकपा (माओवादी)लगायत संविधान सभा निर्वाचन बहिष्कार गरी बसेका सबैसँग आत्मीयता प्रदर्शन गर्नसक्छन् तर उनी जनपरिचालनमा भने चुकेका छन्। प्रधानमन्त्रीको यही कमजोरीमाथि सत्ता साझेदार दल एमालेले चारैतिरबाट आक्रमण गर्न थालेको सहजै बु‰न सकिन्छ। संविधान सभा अध्यक्ष सुवास नेम्वाङको सबै दलले सहमति गरी जिम्मा दिएमा ‘एक्लै दस दिनभित्र' संविधानको मस्यौदा बनाउन सक्छु भन्ने उद्घोषको पछाडि यही मानसिकताले काम गरेको हुनुपर्छ।
नेपाली राजनीतिले वकिलहरूको सेवा लिएको छ तर वकिलहरूले कहिल्यै राजनीतिक नेतृत्व लिन सकेनन्। कुनै वकिल पनि राजनीतिज्ञ जस्ता देखिएनन् कहिल्यै पनि। त्यसविपरीत अहिले सभामुखको दह्रो राजनीतिक प्रस्ताव आयो। अर्थात्, उनले सत्ता राजनीतिको अढाइ दशकपछि कालो कोट फ्याक्ने आँट गरे। अत्यन्त सालिन, नापीतौली बोल्ने र सबैका प्रिय सभामुख नेम्वाङको आँटिलो प्रस्तावले नेपाली राजनीतिमा आठ रेक्टरको भुँइचालो नै ल्यायो। कुम्भकर्ण निन्द्रामा सुतिरहेका बाबुराम भट्टराई र कृष्णप्रसाद सिटौलाले आफू सभापति भएको समितिको नाम त्यसपछि सम्झन पुगे। नेम्वाङको बोलीबाट कतिपयले जर्मनीको वाइमर संविधान र हिटलरलाई सम्झन पुगे। सुस्त र दिशाहीन गतिमा भइरहेको संविधान निर्माणको वार्तालापलाई सभामुख नेम्वाङले एउटै बोलीबाट ठेगानमा ल्याउन सके। अब संविधान निर्माण माघ ८ गते संभव नभए पनि नेम्वाङ झटकाले केही सकारात्मक परिणाम भने अवश्य ल्याउने लक्षण छ नेपाली राजनीतिमा।
यतिखेर गैँडाको छाला फ्याँकेर मनुष्य चोला धारण गर्न सभामुख सुवासचन्द्र नेम्बाङ तम्सिएको देखियो। नेम्बाङको विचार कति संवैधानिक र लोकतान्त्रिक छ त्यसबारे बहस गर्न सकिएला तर गैडाको छाला फ्याक्ने जमर्को गरेर कालोकोटेबाट राजनीतिज्ञ बन्न सभामुख नेम्बाङलाई दुई दशकभन्दा बढी समय लाग्यो। उनी संवेदनाशून्य भएर बस्न सकेनन्। त्यसैले सभामुखले राजनीतिक नेतालाई ‘होमवर्क' दिए। गृहकार्य गरेर बुझाउन सबै नेता लागिपरेका पनि छन्।
सभामूखले संविधान निर्माणमा दिएको दबाब र विकल्प धेरै ढिलो गरी आयो। तर नेपाली राजनीतिमा यसले एउटा तरंगै ल्याएको छ। सबै नेतालाई नैतिक संकटमा पार्न सकेको छ उनको सक्रियताले। नेम्बाङले धारण गरेको नयाँ चोला एमाओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड'ले भनेझँै बल्खु मुख्यालयबाट सम्प्रेिषत होइन भने यसले महत्व राख्छ। राख्नु पनि पर्छ। ‘कि यो मितिसम्म सहमति गर होइन भने म यसरी गर्छु' भन्ने आवाज पहिलो पल्ट नेपाली राजनीतिमा नेम्बाङबाट गुञ्जियो।
म गर्छु' भन्नेलाई ‘तानाशाह बन्न खोजेको र विदेशीको लेबल' लगाउने लामो शंृखला नेपाली राजनीतिमा चलेको छ। सभामुख नेम्बाङमात्रै त्यसमा कसरी अपवाद हुनसक्थे र? अहिले सभामुख तानाशाह बन्न खोजेको आरोप बेहोर्दै छन् सत्तापक्ष र विपक्ष दुवैतिरबाट।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो पार्टी र प्रधानमन्त्रीलाई संकट पर्दा निष्त्रि्कय देखिए पनि एमाओवादीका नेता प्रचण्डलाई कतैबाट सामान्य संकट पर्नेबित्तिकै जाग्छन्। त्यतिबेला उनको क्रियाशीलता हेर्न लायक हुन्छ । अहिले त्यस्तै भएको छ। सिटौलाको सक्रियता सभामुखको कारण सम्भव भयो। उता एमालेका बारेमा जानकारी राख्नेहरू सभामुखको संविधान मस्यौदामा एक्लै गर्न कम्मर कस्ने आँटका पछाडि एमाले पार्टी उनीसँगग पंक्तिबद्ध छ भन्ने विचार अगाडि सार्छन्। जुनबेला सभामुख एक्लै जागे, त्यही समय एमालेका उपप्रधानमन्त्री वामदेव गौतम र पूर्वअध्यक्ष झलनाथ खनाल संविधान माघ ८ मै आउँछ, संविधान लेखिसकिएको छ र अब दिपावली गर्नमात्र बाँकी छ भन्ने भाषण गर्दैथिए। एमालेको जोस र जाँगरको प्रतिक्रियामा कांग्रेसको निद्रा खुल्यो। एकातिर सभामुखदेखि एमालेका वर्तमान र पूर्व अध्यक्ष, महासचिव र सम्पूर्ण पार्टी पंक्ति राजनीतिकरूपले सक्रिय र ऊर्जावान् देखिए भने कांग्रेस राजधानीको चिसोमा कोठाभित्र हिटर तापेर उँघेको भान भएको छ। विडम्बना, अहिले पनि कांग्रेसबाट वृद्ध र बिरामी प्रधानमन्त्री सुशील कोइरालामात्र संविधान निर्माणमा अहोरात्र खटिन बाध्य छन्।
कोइरालामा संविधान निर्माणको सदिच्छा छ तर तयारी छैन भन्ने त बल्खुमा जमघट हुने सबै एमाले नेताले बुझेकै छन्। प्रधानमन्त्रीको यही कमजोरीमा टेकेर एमाले बल्खुमा संविधान तयार गर्दैछ भन्ने अड्कलवाजी चल्दैछ। एमाले नेताका अभिव्यक्तिबाट यस्तै बुझिन्छ। एकातिर सभाध्यक्ष नेम्बाङको दबाब र विकल्प प्रस्ताव अनि अर्कातिर माघ ८ मा जसरी पनि संविधान ल्याउनै पर्ने नागरिक दबाबबीच सम्पूर्ण कांग्रेस किंकर्तव्यविमुख झँै देखिएको छ। प्रधानमन्त्री कोइरालालगायत सबै राजनीतिक पार्टीका नेता आआफ्नो राजनीतिक जीवनको श्रद्धाञ्जली होइन सम्मानको हक राख्छन् तर त्यस्तो हक नेतालाई जनतालेमात्र दिने सक्छन्। तसर्थ जनतासँग माफी मागेर जनअपेक्षाअनुरूप संविधान निर्माणमा फेरि पनि अहोरात्र खटिनुको विकल्प नेतालाई छैन। केही ढिलै भए पनि ‘‘संविधान माघ ८ गते ल्याउन हामी दिनरात लागिपरेका छौँ, ल्याउँछौँ' भन्ने मन्त्री नरहरि आचार्यको बोली पुगोस्!