अनुसन्धानमा लगानी वृद्धिको खाँचो
२१ पौष २०७१
•
११ मिनेट पाठ
अनुसन्धानमा लगानी वृद्धिको खाँचो
अनुसन्धानले देश कसरी धनी बन्छ भन्ने प्रश्नको जवाफ सामान्य उदाहरणबाट दिनसकिन्छ। भारतमा बनेको कोलगेट टुथपेस्ट नेपालमा बिक्दा हामीले तिरेको रकमको हिस्सा कोलगेटको मुख्यालय संयुक्त राज्य अमेरिका पुग्छ।कम्पनीको प्रतिवेदनअनुसार संसारका ४३ प्रतिशत मानिसले कोलगेटको उत्पादन प्रयोग गर्छन्। र, अनुसन्धानमा लगानी गर्योक कोलगेट कम्पनीले। आफूले गरेको अनुसन्धानात्मक निष्कर्षलाई अरूले चोर्न नसकुन् र आफ्नो व्यापारिक प्रयोजनमा मात्रै उपयोग गर्न सकियोस् भनेर कानुनी दर्ता ‘पेटेन्ट' लिनुपर्छ। कोलगेटले पेटेन्ट लियो र अनुसन्धानमा उसको एकाधिकार रह्यो। कोलगेट अमेरिकी कम्पनी भएकाले त्यसका अन्तिम प्रतिफल संयुक्त राज्य अमेरिकाले पाउने हो। त्यस्तै, जापानी कम्पनी टोयोटाले संसारका २६ देशमा रहेका आफ्ना कारखानामा उत्पादित कार १ सय ७० देशमा बेच्छ, तर बिक्रीको मुनाफा भने अन्ततः जापानमै पुग्छ। ७५ वर्षको यात्रामा अनुसन्धानमा धेरै लगानी गरेर मात्र टोयोटा संसारको सफल कार उत्पादक बनेको हो। फेसबुक, माइक्रोसफ्ट तथा एप्पलको प्रयोग संसारभर हुन्छ, तर तिनीहरूको अनुसन्धान तथा स्थापना अमेरिकामा भएकोले अन्त्यमा त्यसको मुनाफा पनि अमेरिका नै जान्छ। तसर्थ, कुनै पनि देश धनी बन्न अनुसन्धानात्मक कार्यमा लगानी अपरिहार्य छ।
अहिले संसारका सर्वाधिक धनी देश संयुक्त राज्य अमेरिका र चीन हो। उनीहरूको अनुसन्धानात्मक लगानी पनि सबैभन्दा बढी छ। वार्षिक चार खर्ब अमेरिकी डलरभन्दा बढी संयुक्त राज्य अमेरिकाले अनुसन्धानमा खर्च गर्छ भने चीनले यसमा तीन खर्ब डलर लगाउँछ। अनुसन्धान खर्चको ठूलो हिस्सा अनुसन्धानकर्ताको तलबभत्तामै जाने भएकाले औसत जीविका खर्च (लिभिङ स्ट््यान्डर्ड) कम भएको मुलुकका अनुसन्धान कम खर्चिलो हुन्छ। चिनियाको औसत जीविका खर्च अमेरिकीको तुलनामा निकै कम भएकाले धेरै कम खर्चमा अमेरिकाले गर्नेभन्दा बढी अनुसन्धान चीनले गर्नसक्छ। कुनै पनि देशको पेटेन्ट संख्याले उक्त देशको अनुसन्धान स्तर बताउँछ। हालै वालस्ट्रिट जर्नलले गरेको प्रक्षेपणअनुसार सन् २०१५ मा चीनले पाँच लाख र अमेरिकाले चार लाख पेटेन्ट गर्ने देखिन्छ। तसर्थ, कोलगेटको पेटेन्टमार्फत् संसारभरबाट अमेरिकामा पैसा जम्मा भएजस्तै भविष्यमा आफ्ना पेटेन्टमार्फत् चीनले धेरै पैसा कमाउने र लामो समयसम्म संसारको धनी देश बन्न सफल हुने देखिन्छ। कुनै पनि देशले विकास गर्न अनुसन्धानात्मक लगानी आवश्यक रहन्छ भन्ने तथ्य अब नयाँ रहेन। 
विश्व बैंकको प्रतिवेदनअनुसार जापान, संयुक्त राज्य अमेरिका, चीनजस्ता विकसित मुलुकले आफ्नो कूल गार्हस्थ्य उत्पादनको झण्डै ३ देखि ४ प्रतिशत रकम अनुसन्धानमा खर्च गर्छन्। नेपालले भने ०.३ प्रतिशतमात्र अनुसन्धानमा खर्च गरेको देखिन्छ। अझ रकममा तुलना गर्दा नेपालको सम्पूर्ण अनुसन्धान बजेट अमेरिकी विश्वविद्यालयको एउटा स्तरीय प्रयोगशालाको खर्चभन्दा पनि कम छ। अनुसन्धान नेपालको प्राथमिकतामा परेको छैन। अनुसन्धान क्षेत्रमा लगानी नबढाउने हो भने भविष्यमा समेत नेपालीको आर्थिक उन्नति हुन कठिन छ। 
नेपाल बसाईको क्रममा केही महिनाअघि राष्ट्रपति, प्रधानमन्त्री, अर्थ मन्त्री, कानुन मन्त्रीलगायत सरकारका उच्च पदस्थ अधिकारी, पत्रकार, राजनीतिज्ञसँग भेटको संयोग मिल्यो। वार्ता मुख्यतः नेपालमा अनुसन्धानका सम्भाव्यता र आवश्यकतामा केन्द्रित रह्यो। धेरै खर्चिलो हुने भएकोले नेपालले अनुसन्धानमा लगानी गर्नु हँुदैन भन्ने केही व्यक्तिको तर्क आयो। तर, अधिकांशको सरोकार भने न्यून लगानीमा कसरी उत्पादनशील अनुसन्धान गर्न सकिन्छ भन्ने थियो, जुन अस्वाभाविक थिएन। वार्ताका क्रममा महँगो अत्याधुनिक अनुसन्धानमा रकम खर्चिनु भन्दा नेपालले कम खर्चिलो तथा उच्च प्रतिफल दिनसक्ने स्थानीय स्रोतसाधन केन्द्रित रिसर्च गर्नुपर्छ भन्ने कुरामा जोड दिइयो। 

सन् १९९७ मा अमेरिकाको टेक्सस राज्यको एउटा कम्पनीले भारतमा उत्पादन हुने बासमती धानलाई आफ्नो जैविक उत्पादन दाबी गर्दै त्यहाँ पेटेन्ट दर्ता गर्योन। लामो कानुनी संघर्ष र प्रमाण पुर्यापएपछि अमेरिकी कम्पनीको बासमती धानको पेटेन्ट रद्द भयो। र, भारतले बासमती धानको पेटेन्ट पायो। बासमती धानमा भारतको पेटेन्ट भएकाले त्यसको व्यावसायिक उत्पादन तथा अनुसन्धानमा उसको एकाधिकार छ। स्थानीय जैविक उत्पादनलाई सम्बद्ध मुलुकले आफ्नो जैविक सम्पत्तिको रूपमा पेटेन्ट गर्नसक्छ भन्ने उदाहरण हो बासमती धानको पेटेन्ट। 
तिब्बत र नेपालको सीमानामा पर्ने पश्चिमी हिमाली भेगमा पाइने यार्चागुम्बा अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको महँगो वनस्पति हो। स्थानीय उत्पादन भएकाले व्यापारीकरण र अनुसन्धानका निम्ति पेटेन्ट दर्ता गर्ने प्रथम अधिकार नेपालको हो। बजारमूल्य हेर्दा यो जंगली वनस्पति यार्चागुम्बाको उत्पादन बढाउनसके देश विकासमै सहायक हुनसक्छ। त्यसको लागि यार्चागुम्बा केन्द्रित अनुसन्धान जरुरी देखिन्छ। हजारौँ वर्षअघि धान पनि जंगली अन्न थियो। तर, वर्षांैको अनुसन्धान र अनुभवपछि धान स्थानीय बालीको रूपमा विकास भयो। तसर्थ, हालको जंगली वनस्पतिको अध्ययनअनुसन्धानमा लगानी गर्ने हो भने भविष्यमा यार्चागुम्बाको व्यावसायिक खेती गर्न सकिन्छ। हालका अधिकांश बालीनाली कुनै समय जंगली वनस्पति नै थिए भन्ने तथ्यले यार्चागुम्बाको अनुसन्धानलाई थप बल दिन्छ। 
धनी मुलुकमा अनुसन्धान गर्न खर्चिलो हुने भएकाले स्तरीय जनशक्ति उपलब्ध हुने र प्रशासननिक जटिलता नभएको गरिव मुलुकमा ‘रिसर्च ल्याब' सञ्चालन गर्ने प्रचलन छ। यही नीतिअनुरूप नै ठूला फर्मास्युटिकल कम्पनीहरूले आफ्ना अनुसन्धानात्मक ल्याब खर्च कम हुने मुलुकमा सारेका हुन्। संयुक्त राज्य अमेरिकाको न्यासनल साइन्स फाउन्डेसनले गत जुलाईमा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् १९९१ मा औषधि उत्पादक कम्पनीले विदेशमा अनुसन्धान गर्न ८० करोड डलर खर्च गरे भने उक्त रकम सन् २०११ मा बढेर १३ खर्ब डलर पुग्यो र यो क्रम निरन्तर बढ्ने अनुमान छ। संसारका विभिन्न मुलुकमा अनुसन्धानात्मक ल्याब खोल्ने कम्पनीले नेपालमा प्रयोगशाला नखोल्ने होइन। अनुकूल नियम र प्रशासनिक झमेला न्यून गर्नसक्ने हो भने विदेशी कम्पनीहरूको नेपालमा रूचि हुने सम्भावना छ। तर, त्यसका लागि सरकारीस्तरबाटै आवश्यक पहल र सहजीकरण आवश्यक पर्छ। कम खर्चमा पर्याप्त रिसर्च परिणाम दिनसकिने भएकाले प्राज्ञिक तथा गैरप्राज्ञिक निकायसमेत गरिव मुलुकमा अनुसन्धान स्थानान्तरण (आउट सोर्सिङ)गर्न उत्साही देखिएका हुन्। उक्त प्रयोजनका खातिर अनुसन्धानात्मक जनशक्ति पर्याप्त रहेको एउटा क्षेत्रलाई प्राथमिकता दिँदै सरकारी पहलमा नेपालमा एउटा मोडल ल्याब खोल्नु आवश्क देखिन्छ। 
आफ्नो स्रोतसाधनलाई उपयोग गरी अनुसन्धानलाई कसरी परिणाममुखी बनाउने भन्नेमा ध्यान दिनु जति आवश्यक छ त्यति नै अन्य देश तथा बाह्य कम्पनीको लगानीमा मुलुकभित्र कसरी अनुसन्धानको अवसर सृजना गरी आर्थिक विकास गर्ने भन्नेमा पनि नेपालको दृष्टि पुग्नु जरुरी छ। त्यसका लागि यार्चागुम्बाको अनुसन्धान हाम्रो राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ भने कसरी अनुसन्धानलाई स्थानान्तरण गर्न उत्साही कम्पनी तथा ल्याबलाई नेपालमा आकर्षित गर्ने भन्नेमा सरकारको ध्यान जानु आवश्यक छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस