महत्वाकांक्षी सपना
पर्यटन व्यवसायीले नेपाल वायुसेवा निगमका लागि जहाज किन्न नदिए 'नेपाल पर्यटन वर्र्ष २०११' मा १० लाख पर्यटक ल्याउने सरकारको लक्ष्य असफल हुने बताएका छन्। टानका पूर्व अध्यक्षले थपे, 'नयाँ जहाज ल्याएर युरोप, अमेरिका, जापान उडान गर्न सके पर्यटन उद्योग धेरै माथि पुग्छ।' अर्का व्यवसायी तथा पर्यटन वर्षका संयोजकले भनिदिए, 'जहाज नकिने १० लाख पर्यटक आउनै सक्दैन।'
सन् २०११ मा हामी के यस्तो गर्दैछौं र १० लाख पर्यटक आउने? भ्रमण वर्ष १९९८ सफल मान्ने कि नमान्ने? नेपाल आएका कति पर्यटक दोहर्याएर आउने गरेका छन्? केही दिनअघि मात्रै पर्यटन नगरी पोखराका व्यवसायीले पर्यटकलाई एक्लै नहिंड्न सुझाव र अनुरोध गर्नुपरेको छ। कति महिला पर्यटकले गुन्डा हैन आफ्नै गाइडबाटै भएको यौन दुर्व्यवहार र ठगीको उजुरी गर्छन्। कति गन्तव्यमा सरकारबाहेक अरू धेरैलाई थुपै्र पटक शुल्क बुझाउनुपर्छ? सडकमा सुट्केस गुडाउँदै, टायरको मुस्लो खाँदै कति घन्टा लगाएर विमानस्थल पुग्नुपर्छ? पर्यटक संख्या गुणस्तरीय सेवाले बढ्ने हो, सरकारी घोषणा वा नाच गानले होइन।
पर्यटकलाई विकास नभए हुन्छ, चिल्ला सडक नभए हुन्छ, महंगा गाडी, ब्रान्डेड सामान, अति आरामदायी बिच्छ्यौना, विदेशी परिकार, राम्रा सहर, अत्याधुनिक सुविधा नभए हुन्छ। तर स्तरीय सेवा र आत्मीयता नभई हुन्न। १५ वर्षअघिसम्म नेपाल वायुसेवा निगमको विमानस्थल कार्यकक्षमा महात्मा गान्धीकोे उक्ति टाँगिएको थियो- 'अतिथिलाई सेवा गरेँ भनेर कृतज्ञ नहोऊ, बरु सेवाको मौका दिएकामा अतिथिप्रति आभारी होऊ।'
पर्यटकका लागि नेपालको छवी (इम्प्रेसन) झल्काउने पहिलो थलो नेपाल वायुसेवा निगम र प्रवेशाज्ञा दिने नियोग नै हो। हामीले आगन्तुकको देशदेखि नै कस्तो सेवा पुर्याउँदै आएका छौँ? विदेशमा नेपालको प्रतिनिधित्ज गर्ने हाम्रा कर्मचारीको क्षमता, छनोट प्रक्रिया र सेवा कस्तो छ? पर्यटकमाथिको व्यवहार कस्तो छ? यात्रा अवधिमा सेवा कस्तो छ? समयलाई कति महत्व दिइएको हुन्छ? निगम बजार व्यवस्थापन कस्तो छ? गन्तव्य स्थल (त्रिअवि)मा कस्तो सेवा छ? अध्यागमनमा सूचना व्यवस्था कस्तो छ? विमानस्थल बाहिर कत्तिको असुविधा (लुछाचुँडी) हुन्छ? होटलको यातायात सेवा कस्तो छ?
निगमको दक्षता र व्यवस्थापन
- विदेशमा अंग्रेजी बोल्नको अप्ठ्यारोले चेक-इन काउन्टरमै नबस्ने कर्मचारी पनि मैले भेटेको छु।
- मेरा जापानी मित्रलाई (जो बिजीनेस क्लासका प्यासेन्जर थिए) टिकट झिक्न ढिलो गर्यो भनेर वरिष्ठ कर्मचारीले जथाभावी हकारेको देखेको छु मैले। त्यसपछि उनी सँधै थाइ एयरवेजमा यात्रा गर्छन्।
- आफ्नै सिटमा बसिरहेको यात्रुलाई सुपरभाइजर र स्टेसन मेनेजरले जहाजबाट उतार्ने धम्कीसहित हकार्दै पछाडि लघारेर त्यो सिटमा निगमका हाकिमलाई राखेको देखेको छु।
-निगमका कर्मचारी निर्देशकको पछिपछि एकातिर गइदिनाले १ सय पचास यात्रुलाई मैले नै ट्रान्जिट लाउन्ज पुर्याएको अनुभव छ मसँग।
-जहाजभित्र सफाइ गर्ने कर्मचारी चाँडै घर गइदिनाले ट्वीनअटरको पोखरा उडान रद्द भएको थाहा छ मलाई।
-दुबई जाने उडान ढिलो हुँदा विमानस्थलमै धर्ना बसेका यात्रुलाई चार घन्टासम्म पत्रकार कनक दिक्षितहरूले सम्हालेको थाहा छ मलाई। उनैले मन्त्रीदेखि उच्च तहकालाई फोनमा भनसुन गरेर निगमका सम्बन्धित कर्मचारीलाई बोलाउनु परेको थियो।
-२२ दिनको लागि सिचेक गर्न भनेर पुस ३ गते गएको जहाज ७ महिनापछि साउन ५ मा फर्कीने लापर्वाहीको इतिहास पनि छ निगमसँग।
नेपालले जस्तै आर्थिक, राजनीतिक अवरोह झेल्दै आएको मुलुक इथियोपियाको सबैभन्दा सफल संस्था इथियोपियन एयरलाइन्स हो। विश्वबैंकको अनुसन्धानले झण्डै ५ हजार कर्मचारी रहेको त्यो एयरलाइन्सको सफलताको रहस्य उच्चतहमा रहेको सूक्ष्म दक्ष व्यवस्थापन रहेको भेट्टायो। उनीहरूको एउटै उद्देश्य रहेछ - यात्रुको सन्तुष्टी। यसले 'अफ्रिकन एयरलाइन अफ द एयर' पुसरस्कार पनि हात पारेको छ।
यात्रा अनुभव व्यक्त गर्ने थलो एयरलाइन क्वालिटीडटकममा निगमका यात्रु किथ क्रायलले लेखेका छन्- "मैले दुर्भाग्यवश नेपाल एयरलाइन्समा टिकट काटें। यो एयरलाइन्स खत्तम छ भन्ने सुनेको थिएँ, भोगेको थिइन। मेरो दिल्लीबाट कनेक्टिङ फ्लाइट थियो। म एयरपोर्ट उडान रद्द भएको सुन्नमात्र पुगेछु। स्टाफले सहारा एयरमा पठाए। दिल्ली उत्रेपछि नेपाल एयरलाइन्सका यात्रु कतै फेला परेनन्। अर्को गन्तव्यको उडान छुट्यो। सात सय डलर खर्च भयो। नेपाल एयरलाइन्समा कहिले पनि नचढ्नु, यो बिल्कुलै बेकामको छ।" दैनिक लाखभन्दा बढीले पढ्ने यो इन्टरनेट थलोमा निगमसँगका यस्तै अनुभव भेटिन्छन्। व्यवस्थापन निकम्मा भए यात्रु यस्तो अनुभव साट्न बाध्य हुन्छन्। नयाँ जहाज ल्याएर मात्र हुन्न, यात्रु ल्याउन सक्नुपर्छ। यस्तो अनुभवले यात्रु आउँदैनन्।
नयाँ जहाज विवाद
तीन वर्षअघि निगमका एक कर्मचारी नेताले भनेका थिए, "जहाज आएपछि सबै व्यस्त हुन्छन्, काम गर्छन्। जहाज नभएर पो यिनले काम नगरेको त।" केही कर्मचारीलाई जहाज आउनेबित्तिकै सबै ठिक हुन्छ भन्ने भान छ। त्यसैले निगमका चार संघसंगठनले गत बिहीबार वक्तव्य निकालेका छन् - जहाज खरिद गर्न हामी सबै साथमा छौं। र खरिद प्रक्रियामा अवरोध नगर्न 'सचेत' पनि गराएका छन्।
-नयाँ जहाज खरिद प्रक्रियामा १ अर्ब ६ करोड कमिसनको चक्कर देखिएको सार्वजनिक लेखा समितिका सदस्य हृदयेश त्रिपाठीले बताएको राष्ट्रिय अखबारमा छापिएका छन्।
-जहाज खरिद प्रक्रियाअन्तर्गत ५ करोड ६० लाख भुक्तानी भइसकेको छ। यो रकमको भुक्तानी कसलाई गएको छ?
-निगमकै जहाज मूल्यांकन समितिले रकम घटाउन सकिने राय दिँदादिँदै १ अर्ब १९ करोड रकम बढी तिर्न लागिएके विवरण छ।
-निगम कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार 'सञ्चयकोषबाट १० अर्ब नआए अन्य ठाउँबाट रकम लिइन्छ' भन्दै हिंडे। 'अन्य ठाउँ' भनेको कुन् हो? राज्यकै महत्वपूर्ण अर्बौंको सम्पति खरिद प्रक्रियालाई अपारदर्शी तरिकाले निजी मोटरसाइकल किनेजस्तो व्यवहार गर्नु अपरिपक्व हठ हो।
-आफ्नै मूल्यांकन समितिको सुझावविपरीत, बिनाप्रतिस्पर्धा, बिनारकमको व्यवस्था, बिनापारदर्शिता, हतारहतार ऐनविपरीत करोडौं भुक्तानी हुँदा शंका उत्पन्न हुनु स्वाभाविक हो।
-लेखा समितिलाई खरिद प्रक्रियामा शंका गर्ने र सोधपुछ गर्ने पर्याप्त अधिकार छ। लेखा समितिको प्रश्न निगम कर्मचारीकै प्रश्न हो, जनताको प्रश्न हो। शंका लागेर प्रश्न गर्ने सबै निगम विरोधी भन्नू दादागिरी हो।
-खरिदकर्ताले प्रक्रियामा पारदर्शिता अपनाउँदा उसैको भलाइ हुन्छ। हरेक प्रश्नको चित्तबुझ्दो जवाफ ऊसँग हुनैपर्छ।
निगम जनताको सम्पति हो। राष्ट्रिय सम्पतिको निगरानी गर्न जनताले खडा गरेको निकाय हो लेखा समिति पनि। यी दुवै जनताप्रति जवाफदेही हुनुपर्छ। अपारदर्शी जहाज खरिद प्रक्रियामा अर्बौ रुपैँया हिनामिना हुने निश्चित् छ। जहाज आउने पनि लगभग निश्चितै छ। किनभने सबै ठूला पार्टी मौन छन्। साथै एक पटकको हिनामिनाभन्दा पनि ऋणमा ल्याइने नयाँ जहाज अपरिपक्व व्यवस्थापनको हातमा जाँदा निगमको अस्तित्व नै मेटीने पनि लगभग निश्चित न्छ।
राज्यलाई नै नयाँ जहाजको आवश्यकता छ भन्ने विषयमा विवाद छैन। तर नयाँ जहाज आउँदैमा सबै आफैँ ठीक हुँदैन। युरोप, अमेरिका, जापान उडाउँदा जहाजभित्र यात्रु पनि चाहिन्छ। रित्तै उडाएर काम छैन। यात्रु भर्ने व्यवस्थापनले हो। नयाँ जहाज आफैँले यात्रु भर्दैन। पाहुना आकर्षित नभएसम्म नेपालका पर्यटन व्यवसायीले चाहँदैमा पनि निगमको जहाज भर्न सक्दैनन्। अतिथिलाई निगमप्रति आकर्षित पार्ने व्यवस्थापनको भरपर्दो सेवा र सुबिधा हो व्यवसायी होइनन्। कतिपयमा निगमलाई थाइ, एत्तिहाद, सिंगापुर वा कतार एयरवेजसँग दाँज्न नमिल्ने कमजोर सोचाइ रहेको छ। किन मिल्दैन? उही गन्तव्य, उही साधन, उति नै समय, उस्तै भाडा अनि हाम्रो सेवा चाहीँ फरक भन्न मिल्छ? पैसा तिर्नेले उच्च सेवा र विश्वसनीयता खोज्छ र रोज्छ। निगमले माइक्रोबससँग प्रतिर्स्धा गर्ने होइन। यिनैसँग गर्नुपर्छ।
वास्तवमा निगम वैकल्पिक जहाज नभएर छवी, विश्वास र बजार गुमाउँदै धरासायी हुने अवस्थामा छ। निगमसँग बजार छ, गन्तव्य छ, जनताको माया छ, दक्ष प्रविधिक समूह छ। प्रतिस्पर्धात्मक बजारमा नयाँ जहाजसँगै निगमलाई नयाँ चुस्त र दक्ष व्यवस्थापनको पनि उत्तिकै खाँचो छ।
पर्यटन व्यवसायीले नेपाल वायुसेवा निगमका लागि जहाज किन्न नदिए 'नेपाल पर्यटन वर्र्ष २०११' मा १० लाख पर्यटक ल्याउने सरकारको लक्ष्य असफल हुने बताएका छन्। टानका पूर्व अध्यक्षले थपे, 'नयाँ जहाज ल्याएर युरोप, अमेरिका, जापान उडान गर्न सके पर्यटन उद्योग धेरै माथि पुग्छ।' अर्का व्यवसायी तथा पर्यटन वर्षका संयोजकले भनिदिए, 'जहाज नकिने १० लाख पर्यटक आउनै सक्दैन।'
सन् २०११ मा हामी के यस्तो गर्दैछौं र १० लाख पर्यटक आउने? भ्रमण वर्ष १९९८ सफल मान्ने कि नमान्ने? नेपाल आएका कति पर्यटक दोहर्याएर आउने गरेका छन्? केही दिनअघि मात्रै पर्यटन नगरी पोखराका व्यवसायीले पर्यटकलाई एक्लै नहिंड्न सुझाव र अनुरोध गर्नुपरेको छ। कति महिला पर्यटकले गुन्डा हैन आफ्नै गाइडबाटै भएको यौन दुर्व्यवहार र ठगीको उजुरी गर्छन्। कति गन्तव्यमा सरकारबाहेक अरू धेरैलाई थुपै्र पटक शुल्क बुझाउनुपर्छ? सडकमा सुट्केस गुडाउँदै, टायरको मुस्लो खाँदै कति घन्टा लगाएर विमानस्थल पुग्नुपर्छ? पर्यटक संख्या गुणस्तरीय सेवाले बढ्ने हो, सरकारी घोषणा वा नाच गानले होइन।पर्यटकलाई विकास नभए हुन्छ, चिल्ला सडक नभए हुन्छ, महंगा गाडी, ब्रान्डेड सामान, अति आरामदायी बिच्छ्यौना, विदेशी परिकार, राम्रा सहर, अत्याधुनिक सुविधा नभए हुन्छ। तर स्तरीय सेवा र आत्मीयता नभई हुन्न। १५ वर्षअघिसम्म नेपाल वायुसेवा निगमको विमानस्थल कार्यकक्षमा महात्मा गान्धीकोे उक्ति टाँगिएको थियो- 'अतिथिलाई सेवा गरेँ भनेर कृतज्ञ नहोऊ, बरु सेवाको मौका दिएकामा अतिथिप्रति आभारी होऊ।'