बोधिचित्तको सानो बीउ
१७ पौष २०७१
•
१३ मिनेट पाठ
बोधिचित्तको सानो बीउ
असंख्य बोधिसत्व हाम्रै वरिपरि हामीजस्तै भएर बाँचिरहेकाछन्। हाम्रै वरिपरि विचरण गरिरहेकाछन्, करुणामा भिजेर जगत्को भलो गरिरहेकाछन्। तर ती सितिमिति देखिँंदैनन्। आफ्ना आँखालाई अरूका दोषमात्र देख्न तालिम दिएका हामी, आफूजस्तै अर्को कुनै प्राणीभित्र रहेको बोधिचित्तको आभास पाउँदैनौ। अरूका सुकर्मको आभा देख्दैनौ। र यही दृष्टिदोषका कारण आफैँभित्र रहेको बोधिचित्तको बीजलाई पनि बिस्तारै ओइलाउँदै जान दिइरहेका हुन्छौँ।यस कथनको यथार्थ असल मानिसलाई भेट्दा अनुभूत हुन्छ। अति सामान्य पनि हुनसक्छन् त्यस्ता असल मानिस। केही महिनाअघि एकजना अति सामान्य, गरिब र रोगग्रस्त महिलालाई एउटा यात्राका क्रममा चिनेको थिएँ। धेरै टाढाबाट आएकी एउटी विदेशी महिला थिइन् तिनी। उनलाई चिन्ने मानिस ज्यादै कम होलान् उनकै थातथलामा पनि। तर यतिबेला मलाई लाग्दैछ, 'ज्याक' भनिने ती महिलाभित्र बोधिसत्वको बीज लुकेको थियो- बोधिचित्तको एउटा मूर्त रूप। र जब तिनमा रहेको त्यो बोधिचित्तको आभास पाएँ आफ्नै वरिपरिका अरूमा पनि देख्न थालेँ त्यही उज्यालो। जब जब त्यस उज्यालोको आभास हुन्छ, लाग्छ – म बोधिसत्वहरूबाटै त घेरिएकोछु। देख्न नसक्नु मेरै कमजोरी हो।




त्यस यात्राको पृष्ठभूमि यस्तो थियो
विकट पहाडी क्षेत्रका कम जनसंख्या भएका र छरिएर रहेका ससाना गाउँमा स्वास्थ्य सेवाको चुनौती घना जनसंख्या भएका ठाउँमा भन्दा फरक हुने सबैलाई थाहै भए पनि त्यस्ता ग्रामीण क्षेत्रका निम्ति कस्तो स्वास्थ्य प्रणाली उचित होला भन्ने प्रश्न अझै अनुत्तरित नै छ। प्रोफेसर मथुरा श्रेष्ठ केही दशक पहिलेदेखि नै 'अस्पतालविहीन स्वास्थ्य सेवा'को कुरा गर्नुहुन्थ्यो। जबजब फरक परिस्थितिमा रहेका जनताका स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्नसक्ने स्वास्थ्यप्रणालीसम्बन्धी प्रश्न उठ्छ म उहाँका कुरा सम्झन्छु। मलाई बेलाबेलामा गाउँतिर डोर्यावउने प्रेरणा हो ­ दुई दशकअघि देखी आफ्नै मनमा खेलिरहेका तर केही अभ्यास गरेपछि हाल 'कोमामा गएर' ढलिरहेका केही विचार। उतिबेला टीका भट्टराई, नेत्र क्षेत्रीलगायतका केही 'विकासे' साथीहरूको संगतले अस्पतालको घेरा नाघेर चेपाङहरूको बस्तीतिर छिथर्ेा कहिले कहीँ। तिनका बीचमा काम गर्दा अभ्यास गर्न खोजेको 'सशक्तीकरणका निम्ति ज्ञानको निरहस्यीकरण' (डिमिस्टिफिकेसन') र 'सशक्तीकरणका लागि स्वास्थ्य' जस्ता विचारले जब केही असर देखाउन थाले, यी नारामात्रै हैन रहेछन्, परिवर्तनका महत्वपूर्ण वाहन रहेछन् भन्ने यथार्थको चेत खुलेको थियो। तर सहरमा बढी केन्द्रित पेसागत गतिविधिले समय कसरी खाइदिएछ भने उतिबेलाका धेरै विचार 'कोमा'मा गएछन्। तिनलाई बिउँताउने चाहना एकाएक जागेको छ अचेल र त्यही स्वार्थले डोर्यााउन थालेकोछ गाउँतिर । जुनसुकै तहको चिकित्साविज्ञानको अध्ययन र प्रशिक्षणमा मानविकीको अंश हुनुपर्छ र शिक्षार्थीहरूले सामाजिक यथार्थसँग निरन्तर साक्षात्कार गरिरहनुपर्छ भन्ने विश्वासले गर्दा विद्यार्थी वा युवा सहकर्मीको साथ खोज्छु यस्ता यात्रामा। यसपटक पनि अघिल्लो पुस्ताले आफ्ना सपनाको भारी बोकाइदिएको एक जना युवक थिए साथमा – शल्यचिकित्साको 'फेलोसिप'को अन्तिम वर्षमा मेहनत गरिरहेका कोविद। संयोगले फेरि एकपटक महावीर पुनको साथ पनि जुरेको थियो। अनि साथमा लागेका थिए जिम र एन पनि जो यथार्थमा महावीरको सामुदायिक पर्यटनका ग्राहकमात्र थिए। हाम्रा कुरा सुनेपछि साथमा लागेका थिए ती। आफू सेवा निवृत्त भइसकेका सामान्य शिक्षक र प्राविधिक भए पनि नेपालमा 'सकेको जति गर्न मनलाग्यो' भन्दै थिए उनीहरू। र उनीहरूकै साथमा थिइन् 'ज्याक' जसलाई उनीहरु छोरीलाई जस्तै व्यवहार गर्दा रहेछन्।

कहिले जङ्गल, कहिले गाउँ, कहिले ठाडो भिर र कहिले चिप्लो बाटो हुँदै किंवदन्तीहरू सुन्दै, गफिँदै हामी हिँडिरह्यौँ। हेप्याटोबिलियरी सर्जन बन्न हतारिएका कोविद गाउँका स्वास्थ्य चुनौती देखेर विस्मित भइरहे, बिरामी हेरिरहे र आफूले जानेको गरिरहे। आफूले जाने जतिका ज्ञान सबै उपयोग गर्नुपर्ने बाध्यता थियो त्यहाँ। स्वास्थ्यका सामाजिक निर्धारकहरू बारे उनी प्रत्यक्ष अनुभव गरिरहेका थिए। म भने ऊनीबाट फुर्सद पाउनासाथ जिम, एन र ज्याकका बारेमा अझ बढी बुझ्नतिर लाग्थेँ। पटक्कै जिम्मेवारी नलिने र अत्यन्त स्वार्थी चरित्रको बाबुले ज्याकका लागि बाजेले छोडिदिएको अलिकति सम्पत्ति पनि खाइदिएको रहेछ। विभिन्न हन्डर, ठक्कर खाँदै नर्स बनेकी ज्याकले आफ्नी बज्यै बिरामी हुँदा उनको सेवा गर्नका निम्ति जागिरै पनि छोडेकी रहिछन्। त्यसपछि पाएको बेलामा काम गर्ने र केही पैसा बचाउने, अनि बाहिर घुम्न जाने र सकेको सामाजिक सेवा गर्ने गरेकी रहिछन्। जति सुन्दै गएँ – भर्खरकी युवतीजस्ती देखिने ती जटाधारी बयालीस वर्षे महिलाप्रति सम्मान बढ्दै जानथाल्यो। गाउँमा कुकुरहरू भुक्थे। ज्याकले कसोकसो गरेर हात देखाउँथिन्। कुकुर लुटुपुटु गर्दै उनीसँग खेल्न थाल्थ्यो। तर्सिएका भैंसीहरू रातो आँखाले हामीलाई हेर्थे तर कहिल्यै भैंसी नदेखेकी ती अमेरिकी केटीका अगाडि परेपछि शान्त हुन्थे। हामी त्यतिबेला हाँस्थ्यौँ। पछिमात्र सम्झेर विस्मित हुन्थ्यौँ। गाउँमा जो पनि उनको सम्पर्कमा आउँथ्यो, त्यो साथी बन्थ्यो। योजना बनाउँदै, जो सकेको सेवा दिँदै हिँडिरह्यौँ हामी। हाम्रो साथ ती विदेशीले पनि छोडेनन्। एकदिन करिब दस घन्टा हिँडेपछि एउटा गाउँमा पुग्ने बेलामा ज्याक बेसरी नै बिरामी भइन्। खाना नखाई आराम गर्न गइन्। जब उनी बेसरी नै बिरामी भएको थाहा भयो, हामी उनलाई हेर्न गयौँ। त्यस बखत बल्ल एनबाट थाहा भो – उनी त 'सोग्रन्स् सिन्ड्रोम' भनिने अवस्थाबाट ग्रस्त रहिछन्। जुनसुकै किसिमको अतिवाद, उग्रवाद र आतङ्कवादले जस्तै अटोइम्युन रोगहरूले पनि शत्रुलाई वशमा लिन उपयोग हुनुपर्ने संयन्त्र आफ्नै शरीरलाई सिध्याउन प्रयोग गर्छन्। यस्तै एउटा अटोइम्युन रोग हो 'सोग्रन सिन्ड्रोम' जसका कारण रगतका श्वेत कोषिका शरिरमा आवश्यक विभिन्न बहिर्मुखी रसहरू बनाउने ग्रन्थीलाई नष्ट पार्न प्रयोग हुन्छन्। यस्ता बिरामीको मुख सुक्छ, आँसु आउँदैन, नाक सुख्खा हुन्छ । धेरै दुःख हुन्छ बिरामीलाई। ज्याकले कहिल्यै केही भनेकी थिइनन्। उनलाई गर्नुपर्ने हेरचाह हामी कसैले गरेका थिएनौं। र अहिले अन्य कारणले ती ढलेकी थिइन्। तत्कालीन परिस्थितिमा गर्न सकिने र गर्नुपर्ने कुरा गर्यौँ । भोलिपल्ट उनी ठीक भइन्। एक दुई दिन त्यही गाउँमा आराम गर्ने सल्लाह दिएर हामी अघि बढ्यौँ। केही समयपछि हामी काठमाडौं फर्क्यौँ। एकदुई दिनपछि उनीहरू पनि फर्केछन्। घर फर्किने तयारीमा थिए उनीहरू। दिल्लीको बाटो भएर जाँदै रहेछन्। ज्याक भने- 'दिल्लीसम्म हवाईजहाजबाट गएर किन त्यत्रो पैसा खर्च गर्ने, म त बसबाट जान्छु' भन्दै थिइन्। मैले गाली गरेजस्तै गरेँ- किन दुःख भोग्छ्यौ भनेर। जिम र एनले मलाई कुरा लगाएझैँ भने- 'यो केटी यस्तै छ, अब कसैले उसको निर्णय फेर्नसत्तै्कन ­ डाक्टरले पनि!'

छुट्िटने बेलामा अचम्म भयो- पैसा बचाउन त्यत्रो मेहनत गरेकी ती गरिब महिलाले हजारका अट्ठाइसवटा नोट निकालिन् र मलाई दिँदै भनिन्- 'हाम्रो यात्रालाई सार्थक बनाइदिएको धन्यवाद! मसंग भएको पैसाले तिम्रो योजनामा केही पनि गर्न सक्दैन भन्ने मलाई थाहा छ। मैले यतिमात्रै जोगाएकी छु। तिम्रो विवेकले देखेको जुनसुकै राम्रो र सार्थक काममा यसलाई खर्च गरिदेऊ, प्लिज!'

म केही बोल्न सकिन। आँसुले बाटो पायो। त्यो गरिब, दुःखी, बिरामीका रूपमा उभिएकी केटीको कद ठूलो हुँदै गएको देखेँ, रूप झन् सुन्दर हुँदैगएको देखें। मनमा शब्द गुन्जियो- करुणा! बोधिचित्त! बोधिसत्व! केही सम्हालिंदै मैले जिम र एनतिर हेरें – 'हेर न, यो के गरेकी!' जिमले कुम हल्लाए। अनि आफै अप्ठेरो मान्दै कपाल कन्याउँदै पाँच, दस, सयका केही नोट निकाले र भने – 'यो त झन् थोरै छ, झन्झट पनि छ, तर यसलाई पनि कतै राम्रो काममा खर्च गरिदेऊ, प्लिज।'उनीहरूको पैसा नलिने मेरा तर्क र कारण केही काम लागेनन्। उनीहरू 'प्लिज' र 'थ्याङ्क यु' भनिरहे।

उनीहरूको नासोले अहिले मेरो सानो 'सोसल फन्डमा' डेरा पाएको छ। त्यो रकम त कतै खर्च होला तर त्यसको महत्व जति खर्च गरे पनि सकिँदैन। किनभने करुणाले भिजेको बीउ छ त्यसमा। त्यो बीउभित्र लुकेको विशाल करुणावृक्ष एकदिन उभिइनेछ।

नयाँ वर्षमा करुणाका बीउलाई टुसाउन दिन र हुर्काउन सकौं! सबैलाई शुभकामना!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस