राजनीतिले व्यवहारको माग गर्नेबित्तिकै अधिकांश राजनीतिकर्मीको निधारमा गाँठो परेको हेर्न समाजशास्त्रको 'पावरवाला' चस्मा लगाइरहनु पर्दैन। नांगो आँखाले नै तिनको सामाजिक र राजनीतिक जीवनको अन्तरविरोध प्रष्ट देख्न सकिन्छ।सामाजिक जीवनको राजनीतिक पक्षमा उभिएको व्यक्तिको मनोविज्ञानले समाजीकरणबाट धेरै टाढा पुग्दा पनि अत्तोपत्तो पाउँदैन। केन्द्रीकृत ढाँचामा उभिएका दल र तिनको अग्लो टाकुरोमा बसेको मूल नेतृत्व सीमित संसर्गमा रहने थोरै नेताको जाहेरीमा निर्भर रहेपछि उसको संकुचित मानसिकता निर्माण हुनु स्वाभाविकै हो। तर, यस्तो संकुचित मानसिकताले उत्पन्न गर्ने परिणाम भने संबन्धित दलले मात्र हैन सम्पूर्ण मुलुकले नै भोग्नुपर्ने हुन्छ।
राज्यसत्ताका संपूर्ण अंगलगायत शिक्षा, स्वास्थ्य, कृषि, उद्योग आदि नयाँ राज्य निर्माणका आधारभूत पक्षको पुनःसंरचना गर्ने उद्देश्य लिएको पहिलो संविधान सभा भंग भएपछि राज्य पुनःसंरचनाको ठाउँ कुलो, पुलपुलेसो र बाटोले खोसेको तथ्य पछिल्लो संविधान सभाको निर्वाचनले प्रष्टै देखाएको हो। बु‰ने र बुझ पचाउने दुवै शक्ति एकै ठाउँमा छन् र भन्दैछन् – एउटै सवारी साधन चढे पनि विपरीत दिशामा रहेका गन्तव्यमा एकैचोटि पुगिन्छ। र, त्यस्तो अद्भूत साधनको नाम 'सहमति' राखिएको छ। तर बितेका छ वर्षदेखि उक्त सहमतिको सवारी साधन जहाँको त्यँही छ र समयमात्र दौडिरहेको छ। वैज्ञानिक तथ्य के हो भने समयले पछाडि छोडेको कुनै पनि साधन धेरै दिन टिक्दैन बरु नयाँ 'भर्सन'ले त्यसलाई विस्थापित गरिदिन्छ। गोरु ग्ााडालाई सयौं बर्ष पछाडि छोडेर मोटरहरू त्यसै अगाडि बढेका होइनन्।
आजको समयमाथि उभिएर दोस्रो संविधान सभालाई हेर्दा राजनीतिको भयाक्रान्त तस्बिर देखिन्छ। नयाँ संविधानमा सम्बोधन गरिनुपर्ने विषयको बहस बर्गेलिएर सहमतिबाट झन् टाढाटाढा भागिरहेको छ। संविधानका अन्तर्वस्तुमा दलीय अडान हिजो के थिए र आज के छन् भन्नेमा समेत द्विविधा उत्पन्न भएको छ। यस्तो द्विविधा जनसाधारणमा मात्र होइन, संबन्धित दलका कार्यकर्ता र सभासद्मा समेत उत्पन्न भएको देखिन्छ। राज्यसत्तालाई पुनःसंरचित गर्नुपर्ने गहन दायित्व बोकेको संविधान सभाको निरीहताले परिवर्तनका विषयको पनि भयावह तस्बिर प्रस्तुत गरिरहेको छ। 'प्रक्रिया कि सहमति' भन्ने एउटै सिक्काका दुइटा पाटा बोकेर सत्तापक्ष र प्रतिपक्षबीचमा तीव्र धु्रुवीकरण भइरहेको छ। समयको निकट अन्तरालमा राजनीतिको भयाक्रान्त तस्बिरलाई दिशाविहीन आन्दोलनले कतातिर उडाउने हो कसैलाई पत्तो छैन। एउटै बहुराष्ट्रिय कम्पनीले सत्तापक्ष र प्रतिपक्षको प्रायोजन गर्न थालेपछि जनतामा राजनीतिको भयाक्रान्त स्वरूप नदेखिएर देखियोस् पनि के?
वस्तुगत जगत््
नागरिक अधिकार खोसेर शक्तिशाली बनेको राज्य सत्ता र आफ्नै सदस्यको अधिकतम अधिकार न्यूनीकरण गरेर शक्तिशाली बनेको दलीय नेतृत्वबीचमा अन्तरसम्बन्ध र अन्तरविरोध खोज्न सजिलो छैन। दलीय संरचनालाई अति केन्द्रीकृत गरेर आफ्नै पंक्तिबाट आलोचनाको मार खपिरहेका दलले राज्य सत्तामार्फत अधिकतम नागरिक अधिकार प्रदान गर्ने दाबी पत्याउन नागरिकहरू तयार छैनन्। नागरिक र सदस्यको अधिकार कटौती नगरीकन राज्य सत्ता वा दल 'शक्तिशाली' बन्दैनन्। मुलुकको लोकतन्त्र र दलीय प्रणालीले 'माथि' र 'तल'को जस्तो प्रकारको तहगत संरचना तयार गरेको छ त्यसले पाँच वर्षमा एक पटक भोट हाल्न पाउने अधिकारलाई नै नागरिक अधिकारको मानक निर्धारण गरेको छ। उता दलीय संरचनाको हकमा त सदस्यको त्यति अधिकार पनि खोसिदै आएको विषय हो।
मुलुकको 'सार्वभौमसत्ता जनतामा निहित हुनेछ' भनेर संविधानमा लेख्दैमा सार्वभौमसत्ता जनतामा आइहाल्ने होइन। सार्वभौमसत्ताको कानुनी रूपभन्दा पछाडि अर्को प्रभुसत्ता लुकेर बसेको हुन्छ जसलाई राजनीतिक प्रभुसत्ता भनिन्छ। र, कानुनी प्रभुसत्ता जहिले पनि राजनीतिक प्रभुसत्ताको मातहत काम गरिरहेको हुन्छ। तर कहिलेकाँही यसको क्षेत्राधिकारमा विवाद उत्पन्न हुनेगर्छ र एकले अर्कोलाई पार्ने प्रभावले जनताको अधिकारलाई स्थापना गर्ने वा खोस्ने काम गर्छ। कतिबेला राजनीतिक प्रभुसत्तालाई प्रधान मान्ने वा कानुनी प्रभुसत्तालाई प्रधान मान्ने विषय तात्कालिक राजनीतिक परिस्थितिमा निर्भर रहन्छ। 'संविधानविद् वा विधिशास्त्रीले जुन कानुनी प्रभुसत्तालाई मान्यता दिन्छ त्यसकै पछाडि अर्को प्रभुसत्ता पनि रहिरहेको हुन्छ जसको अगाडि कानुनी प्रभुसत्ता पनि झुक्छ।' विधिशास्त्रका एकजना अंग्रेज विद्वान् ए. बी. डाइसीको भनाइ हो यो। उनको विचारमा कानुनी प्रभुसत्ताको तुलनामा राजनीतिक प्रभुसत्ता सर्वोच्च हुन्छ। अर्थात् राजनीतिक प्रभुसत्ताविपरीत कानुनी प्रभुसत्ता लादियो भने उक्त कानुन धेरै दिनसम्म चल्न सक्तैन।
हाम्रो संविधान निर्माणको वस्तुगत जगत पनि यही सैद्धान्तिक माखेसांग्लोमा जकडिएको छ। मुख्य गरेर राजनीतिक दलभन्दा बाहिरको जगतलाई यहाँ वस्तुगत जगत भन्न खोजिएको छ, जहाँ परोक्षरूपमा संविधान निर्माणसँग सबैभन्दा ठूलो जनसमुदाय जोडिएको छ। एकातिर संविधान रचनाको कार्यमा भइरहेको ढिलाइले जनमानसमा नकारात्मक प्रभाव पारिरहेको छ भने अर्कोतिर संविधान निर्माणको बहानामा राजनीतिले जनताका समस्या उपेक्षा गरिरहेको छ। नयाँ बानेश्वरस्थित संविधान सभा भवन देखाएर जनतालाई धैर्य धारण गर्न लगाएको राजनीतिले वैधता गुमाउँदै जाँदा वस्तुगत जगत राजनीतिदेखि भयाक्रान्त छ। अर्थात्, राजनीतिक प्रणाली निरन्तर बदलिँदो परिस्थितिलाई समायोजन गरेर समाजका नयाँ मागलाई पूरा गर्न असमर्थ भएको छ। त्यसले गर्दा राजनीतिक नेतृत्वको माथिल्लो हिस्साबाहेक अन्य संपूर्ण जगत राजनीतिसँग वैरभाव राख्ने अवस्थामा पुगेको छ। वस्तुगत जगत््को चुलिँदो आक्रोश र भयाक्रान्त रूपले दलीय नेतृत्वलाई अझ बढी अनुदार र शक्तिको केन्द्रीकरण गर्न बाध्य तुल्याउनेछ। परिणामस्वरूप क्रमशः कमजोर बन्दै आएको अन्तरिम संविधानको कानुनी प्रभुसत्ताको बचेखुचेको वैधता पनि राजनीतिक प्रभुसत्ताले समाप्त पार्नेछ।
राजनीतिक प्रणालीको प्रवाहलाई संस्थागत गर्न नसक्नु वा संस्थागत प्रणालीको विध्वंस गर्नाले नै राजनैतिक अस्थिरता उत्पन्न हुन्छ। राजनीतिक प्रणालीले वस्तुगत जगत््बाट प्राप्त गर्ने तत्वलाई 'इनपुट' अर्थात् निवेश भनिन्छ र स्वयं प्रणालीले उत्पादन गर्ने तत्वलाई 'आउटपुट' अर्थात् निर्गत भनिन्छ। र, राजनीतिक दलहरूलाई जनताको 'माग र समर्थन'का रूपमा निवेश प्राप्त हुन्छ भने दलहरुले 'नीति र निर्णय' बनाएर जनतालाई निर्गतका रूपमा फिर्ता दिनुपर्छ। तर हामीकहाँ वस्तुगत जगत््बाट लिनुपर्ने 'इनपुट' र दलले दिनुपर्ने 'आउटपुट'को सन्तुलन नराम्रोसँग खलबलिन गएको छ। परिणामस्वरूप राजनीतिको पर्यावरण चक्र बिग्रेर ध्रुवीकरणका नयाँ प्रवाह प्रभुत्वशाली भइरहेका छन्। यसलाई शीघ्र नयाँ सहमतिद्धारा समाधान नगर्ने हो भने कानुनी प्रभुसत्ताको संक्रमणकालीन रूप नष्ट भएर नयाँ राजनीतिक प्रभुसत्ताको स्थापनार्थ राजनीतिक द्वन्द्व बढ्दै जानेछ। त्यसको रूप प्रतिगामी वा सामाजिक विध्वसंकारी प्रकारको पनि हुनसक्छ।
आन्तरिक जगत
राजनीतिक सहमतिद्वारा प्रक्रियाको चयन गर्ने कि प्रक्रियाको माध्यमबाट सहमति स्थापित गर्ने भन्ने नै राजनीतिक दलहरूभित्रको आजको महत्वपूर्ण प्रश्न हो। तर यसको अन्तर्यमा रहेको राजनीतिक लाभको कोणबाट निर्देशित दलहरू कुनै पनि निर्णयमा पुग्न सकिरहेका छैनन्। प्रक्रिया र सहमतिका लागि अपनाउनुपर्ने उल्लेखित वैकल्पिक बाटाले राज्यमा सामाजिक नियन्त्रणको प्रकृतिमाथि फरक दृष्टिकोण राख्छन्। त्यसैले 'भैँसी देखेर जोगी डराउने र जोगी देखेर भैँसी डराउने' परिस्थिति उत्पन्न भएको हो। यो राजनीतिक दलहरूको आन्तरिक भयाक्रान्त रूप हो। यसले दलीय ध्रुविकरणको गतिलाई बढाइदिएको छ। अर्थात् नेपाली कांग्रेस र नेकपा (एमाले)लगायत केही दल लामो समयको बर्बादी पछि पनि 'सहमतिबाट प्रक्रियामा पुग्ने' तरिका असफल भएपछि 'प्रक्रियाद्वारा सहमति कायम गर्ने' पक्षमा छन् भने एमाओवादी र मधेसवादीलगायत केही दल 'सहमति कायम गरेरमात्र प्रक्रियामा प्रवेश गर्न सकिने' अडानमा छन्। दलहरूको यसप्रकारको भयाक्रान्त रूपले दोस्रो संविधानसभा पनि खेर जाने जोखिम बढ्दैगएको छ।
राजनीतिक दलहरूको वर्चस्वमाथि लोकतान्त्रिक परिवेशले प्रश्न उठाइरहेको भए पनि राजनीतिक संक्रमणका नाममा दलहरूले अनावश्यक विशेष सुविधा पाइरहेका छन्। उता राजनीतिक तहको असफलतालाई नागरिक तहबाट परिपूर्ति गर्न सकिने खालको कुनै मध्यावधि संरचना हामीकहाँ छैन। त्यसैले संक्रमणका नाममा नागरिक अधिकारको सीमा मिचिँदै जाने र दलीय अधिकारको सीमा विस्तारित हुँदै जाँदा पनि जनता टुलुटुलु हेरेर बस्न वाध्य छन्। त्यसले गर्दा संविधान रचनाको प्रक्रियामा जनताको उदासीनता बढ्दै गएको हो। आफूलाई अग्रगामी दाबी गर्ने दलहरूले पनि जनताको आधारलाई बलियो बनाएर होइन माथिल्लो नेतृत्वको स्वार्थमा केन्द्रित रहेरमात्र राजनीतिक मोलतोल गर्ने गरेका छन्। कथित आन्दोलनको घोषणा पनि प्रष्ट राजनीतिक उदेश्यभन्दा वैयक्तिक स्वार्थको सम्बोधनको दबाबमा केन्द्रित छ। त्यसैले जनताले वर्तमान आन्दोलनको धम्की रूपी घोषणासँग कुनै सरोकार राखेका छैनन्। किनभने जनअधिकारको पक्षमा यस आन्दोलनको 'गोरु बेचेको साइनो' पनि छैन। त्यसैले आन्दोलनको घोषणा गरेका शक्ति पनि आफ्नै घोषणाबाट तर्सेका देखिन्छन्।
सरकारी दलहरूको यथास्थितिवादी चिन्तन भने सहमतिबाट टाढा भाग्दै गएका दलको समर्थनविना संविधान जारी गरे पनि कुनै अर्थ नहुने कारणबाट भयाक्रान्त छ। हिजोका समस्या जहाँको त्यँही राखेर मुलुकको समाधान हुने भए संविधान सभाको माध्यम रोज्नुपर्ने आवश्यकता हुने थिएन। तर संविधान सभा बोक्ने शक्ति एमाओवादीले नै राजनीतिक विषयलाई जथाभावी बोक्ने र छोड्ने गर्नाले उसको आफ्नै शक्ति छिन्नभिन्न बन्न पुग्यो। र, एमाओवादीको कमजोर अवस्थाले संसदीय व्यवस्थाको भित्ता भत्काउने त कुरै छोडौँ एमाओवादीको फरक रंग पोत्ने रहरसम्म पनि पूरा हुने संभावना देखिएन। देशभर पार्टीको सांगठनिक सञ्जाल र संविधान सभामा सबैभन्दा ठूलो दल हुँदा जनता पनि छन् भन्ने होस नपुर्यांएका एमाओवादी र मधेसवादी दलले अहिले आन्दोलनको घोषणा गरेर जनता सम्भि्कनु भनेको पहिले पर्याप्त चुरोट छँदा तानेर फालेका ठुटा अभावको समयमा तान्नुजस्तै हो। त्यसैले एमाओवादी र मधेसी दल पनि आन्दोलनका धम्कीबाट पनि सरकारी दल तर्सिएनन् भने के गर्ने भन्ने प्रश्नबाट भयाक्रान्त छन्।
यसरी माघ ८ गतेको तिथिमिति आउँदै गर्दा जनता, दलहरू, अन्तर्राष्ट्रिय समुदायआदि सबै समान रूपमा भयाक्रान्त देखिन्छन्। सबै राजनीतिक दलभित्र उत्पन्न 'विशिष्ट' समूहको हित साधनाले लोकतन्त्रलाई नोकरशाही संयन्त्र नियन्त्रण गर्नेसानो समूहको स्वार्थमा पतन गराएको छ। त्यसमा भने सत्तापक्ष र प्रतिपक्षबीचमा कुनै भिन्नता छैन। यही नै नेपाली राजनीतिको अहिलेको भयाक्रान्त रूप हो।