कस्तो राजनीतिक प्रतिस्पर्धा?
१४ पौष २०७१
•
१६ मिनेट पाठ
कस्तो राजनीतिक प्रतिस्पर्धा?
नेपालमा विगत सातआठ वर्षदेखि राजनीति र राज्यको संरचनामा के कस्ता सुधार गर्नुपर्छ भन्ने बहस हुँदैआएको छ। बहसको केन्द्रविन्दुमा अहिले राज्य र जनताबीचको सम्बन्ध, राज्यको संरचना, निर्वाचन प्रणाली, शासकीय स्वरूप र न्यायपालिका प्रमुख रहिआएका छन्।




यी एक आपसमा जेलिएका विषयलाई नयाँ तरिकाले सोच्नु जरुरी छ। त्यो हो, नेपाली जनतालाई राज्य र नेतासँग कसरी बचाउने? यही प्रश्नका उत्तर दिने क्रम यस आलेखमा पनि जारी रहनेछ।
हुन त सबैलाई आफ्नै विचार र तर्क सबैभन्दा राम्रो लाग्छ। त्यसमाथि नेपालमा अर्काको विचार सुन्ने र आफ्ना विचार परिमार्जन गर्ने प्रवृत्ति पनि खासै छैन। तैपनि विगत तीनचार वर्षमा यस विषयमा अध्ययन गर्दा र घोत्लिँदा मेरा आफ्नै विचार केही परिवर्तित भएका छन्। त्यसैले शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे मेरा पछिल्ला विचार प्रस्तुत गर्ने जमर्को गरेको छु।

लोकतन्त्रको फल र लोकप्रिय प्रतिनिधित्व
संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणाली एक आपसमा जेलिएका विषय हुन्। एउटा कस्तो हुनुपर्छ भन्नेलाई अर्को कस्तो छ भन्नेले धेरै हदसम्म निर्धारण गर्छ ।
तर सबैभन्दा महत्वपूर्ण, नेपालको राजनीतिक संस्कृति र राजनीतिक प्रणाली सुधार गर्दा दुई आधारभूत प्रश्नको उत्तर भेटिनु पर्छ।
पहिलो प्रश्न हो, लोकतन्त्रको फल जनतासम्म पुर्याृउन कस्तो सुधार चाहिन्छ? दोस्रो प्रश्न हो, जनताको लोकप्रिय प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने?
यी दुई प्रश्नको उत्तर दिँदा हाल नेपालमा व्याप्त राजनीतिक कुसंस्कार र समस्या पनि केलाउन जरुरी हुन्छ। किनभने नयाँ बन्ने संविधानको एउटा प्रमुख उद्देश्य जनतालाई नेता र राज्यसँग बचाउनु पनि हुनुपर्छ।
जनतालाई राज्यसँग जोड्ने एउटामात्र कडी राजनीतिक दल हुन् र राजनीतिक दलविनाको लोकतन्त्र परिकल्पना गर्न सक्ने अवस्थामा हामी पुगेका छैनौ।
त्यसैले राजनीतिक दलहरूलाई प्रभावकारी, लोकतान्त्रिक र प्रतिनिधिमूलक कसरी बनाउने भन्ने प्रश्नको उत्तर झनै महत्वपूर्ण हुनआउँछ।
जनतालाई लोकतन्त्रको फल दिन लागि राज्य संयत्र प्रभावकारी हुनुपर्छ र राज्य सञ्चालन गर्ने व्यक्ति तथा निकाय संवैधानिक व्यवस्था र कानुनी राजप्रति उत्तरदायी हुनुपर्छ। लोकप्रिय प्रतिनिधित्व असफल भएको अवस्थामा पनि राज्य प्रभावकारी रहन सक्छ।
लोकप्रिय प्रतिनिधित्व असफल भएका ठाउँमा, लोकतन्त्रको समस्या हल गर्न उदार संविधानवादले संवैधानिक नियन्त्रण र सन्तुलनलाई जोड दिन्छ। शक्ति पृथकीकरणको माध्यमबाट एउटा संवैधानिक निकायले अर्को संवैधानिक निकायलाई सन्तुलनमा राखेर जिम्मेवार बनाउँछ। यसरी जनतालाई फलमात्र दिने हो भने जनप्रतिनिधिहरू कानुनी राजप्रति मात्र उत्तरदायी भए पुग्छ।
तर यसो गर्दा बिस्तारै जनता र राज्यबीचको सम्बन्ध टाढिँंदै जान्छ र अमेरिकामा जस्तो राज्यले सीमित संभ्रान्त वर्गको मात्र हितको पक्षपोषण गर्छ (यसका लागि प्रिन्सटन र नर्थवेस्टर्न विश्वविद्यालयका मार्टिन गिलेन्स र बेन्यामिन पेजले २०१४ अप्रिलमा सार्वजनिक गरेको अध्ययन हेर्नुहोस्)।
उनीहरुको अध्ययनले देखाएको थियो अमेरिकाको नीति निर्माणमा औसत नागरिकको हितको प्रनितिधित्व लगभग शुन्य छ। नेपालमा हालै भएको एक सर्भेमा पनि लगभग दुईतिहाइ जनता ठान्दछन् कि वर्तमान जनप्रतिनिधिहरुको उनको प्रतिनिधित्व गर्न सकेको छैन। खाली धनीवर्गले मात्र नेताहरुबाट केहि भएपनि सन्तुष्ट देखिन्छन्।
यसमा अर्को समस्या पनि छ। त्यो हो नेपालमा सबै संवैधानिक निकायमा अति राजनीतिकरण छ। राजनीतिक नियुक्तिकै कारण ती संवैधानिक निकायले अन्ततः सीमित नेता र दलकै निर्देशअनुसार काम गर्छन्। व्यवहारमा शक्ति पृथकीकरण भनिए पनि आखिरमा ‘चुुुच्चे ढुंगो उही टुंगो' भनेझैं सुशील कोइराला र केपी ओलीमा गएर सबै शक्ति टुंगिन्छ। यसरी साँच्चिकै शक्ति पृथकीकरण र संवैधानिक उदारवाद स्थापना गर्न पनि नेपालमा ठूलै चुनौती छ। एकातिर कानुनी राजको धज्जी उडाउन नेताहरू सफल छन् भने अर्कोतिर राज्यका हरेक निकाय दुई दल र दुई नेताप्रति मात्र उत्तरदायी देखिन्छन्।

दलहरुबीचको प्रतिस्पर्धा

साँच्चिकै लोकप्रिय लोकतन्त्र स्थापना गर्ने हो भने नेता तथा कार्यकर्ता दलप्रति उत्तरदायी हुने र दलहरू जनताप्रति उत्तरदायी हुने व्यवस्था हुनुपर्छ। हाम्रो देशमा दलीय व्यवस्था भएकाले दलहरु जनताप्रति उत्तरदायी हुने प्रणाली अपरिहार्य हुन्छ। अहिले प्रचलित प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा समस्या छन्।

गगन थापा वा रविन्द्र अधिकारीजस्ता मान्छेलाई जनताले जिताउँछन् तर के तिनले जनताको प्रतिनिधित्व गर्न सक्छन्? आखिरमा उनीहरू पार्टी नेता सामु निरीह हुन्छन्। जनताको प्रतिनिधित्व बीचैमा तुहिन्छ। किनभने पार्टीका नेता न पार्टीप्रति उत्तरदायी छन् न जनताप्रति।
अझ भन्ने हो भने पार्टीका नेता जनताप्रति भन्दा पनि पैसा र श्रमका व्यापारीप्रति सहानुभूतिशील हुन्छन् र तिनकै हितका लागि काम गर्छन्। अझ कतिपय अवस्थामा त तिनैलाई जनप्रतिनिधि बनाउँछन्। स्वास्थ्य, शिक्षा, जलस्रोत, रोडाढुँगा, यातायात आदि क्षेत्रका माफियाको प्रभाव त हामीले देखेकै छौँ।
यी सबै समस्या कम गर्न र दल र नेतालाई साँच्चिकै जनताप्रति उत्तरदायी हुन र जनताको हितमा काम गर्न कस्तो निर्वाचन प्रणाली र शासकीय स्वरूप उत्तम होला?
दल जनताप्रति उत्तरदायी हुने दुईवटा प्रमुख आधार छन्। पहिलो आधार दलहरुकै सुधार हो। यो पार्टी नेताको रोजाइको विषय नभएर नेपालकै लोकतान्त्रिक भविष्यको प्रश्न हो। संविधान निर्माणका क्रममा यस विषयलाई सबै जनताले गम्भीरताका साथ उठाउनुपर्छ। यसका लागि हरेका दलमा सदस्यता जनतालाई खुला राख्ने र ती साधारण सदस्यले पार्टीको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था हुनुपर्छ। त्यस्तै, दल र दलका नेताको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ। दलका हरेक व्यक्ति पार्टीका नीति र सिद्धान्तप्रति उत्तरदायी हुनुपर्छ।
दोस्रो, हामीलाई दलहरुबीच स्पष्ट र खुला प्रतिस्पर्धा चाहिन्छ। राजनीतिक दलहरुबीच कस्तो प्रतिस्पर्धा हुन्छ भन्नेे कुरा शासकीय स्वरुप र निर्वाचन प्रणालीले निर्क्यौल गर्ने हुनाले यतापटि्ट ध्यान दिनुपर्छ।
जनतालाई दलसँग सीधा जोड्न प्रत्यक्ष निर्वाचनभन्दा समानुपातिक निर्वाचन उपयोगी हुन्छ। पूर्ण समानुपातिक पद्धति अपनाउँदा दलहरुबीच स्पष्ट प्रतिस्पर्धा हुन्छ, र यो जनताको हितमा हुन्छ।
प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदा जनताले दलको चुनाव चिन्हमा छाप लाउँछन् तर पार्टी र जनताको मध्यस्थता कुनै व्यक्तिले गरिरहेको हुन्छ। तर समग्रमा राज्य सञ्चालन कुनै पार्टीको नेताले केन्द्रीकृत र अपारदर्शी तरिकाले गरिरहेको हुन्छ। त्यसको नियन्त्रण न गगन थापाले गर्न सक्छन् न रविन्द्र अधिकारीले। मिश्रित प्रणालीमा जाने हो भने हामीले दुईदर्जाका प्रतिनिधि सिर्जना गरिरहेका हुनेछौँ। यसको अनुभव राम्रो छैन।
समानुपातिक प्रणालीमा पनि प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ।
अहिलेको जस्तो सम्पूर्ण देशलाई एउटा निर्वाचन क्षेत्र नमानेर, संघीय प्रदेशलाई नै निर्वाचन क्षेत्र कायम गर्न सकिन्छ। यसरी बहुप्रतिनिधि भएका निर्वाचन क्षेत्र खडा गरेर समानुपातिक पद्धतिबाटै जनप्रतिनिधि छान्न सकिन्छ। निर्वाचन क्षेत्र जति सानो भयो, निर्वाचन जित्न उति धेरै मत ल्याउनुपर्ने हुन्छ। यसले गर्दा देशभर मत छरिएका ससाना अतिवादी दलहरूलाई जित्न गाह्रो हुन्छ। तर अल्पसँख्यकहरू एउटै क्षेत्रमा रहेछन् भने उनीहरुलाई जित्न सजिलो हुन्छ। यसरी बहुप्रतिनिधि भएका निर्वाचन क्षेत्र बनाउँदा संघीय इकाइका आधारमा वा प्रशासनिक इकाइका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न सकिन्छ।
साथै राष्ट्रिय परिपूरण (कम्पेन्सेसन)को पद्धतिअनुरूप महिला तथा अन्य अल्पसंख्यकलाई उपल्लो सदनमा प्रतिनिधित्व दिन सकिन्छ। यो अहिले छलफलको विषय पनि बनेको छ।
यसैगरी हामीलाई अमेरिकामा जस्तो दुई दलीय प्रतिस्पर्धा चाहिन्छ कि युरोपमा जस्तो सात आठवटा दलहरूबीच प्रतिस्पर्धा चाहिन्छ वा अहिले नेपालमा भएकोजस्तो अनगिन्ती? दलहरूको संख्या कम गर्न न्यूनतम मतको आधार (थ्रेसहोल्ड) क्रमशः बढाउँदै लैजान सकिन्छ। पहिलो निर्वाचनमा २ प्रतिशत र दोस्रो निर्वाचनमा ३ प्रतिशतसम्म पुर्याोउन सकिन्छ। यसबाट ससाना दललाई निरुत्साहित हुनपुग्नेछन्। थ्रेसहोल्डको आधार तय गर्नुको प्रमुख उद्देश्य ससाना अतिवादी समूहलाई निरुत्साहित गर्ने तर अल्पसंख्यक समूहलाई प्रतिनिधित्वको मौका दिने प्रकारको हुनुपर्छ।
जनताको लोकप्रिय प्रतिनिधित्व स्थापना गर्न विभिन्न समुदाय र वर्गले आफ्नो प्रतिनिधित्व भएको ठान्नु जरुरी हुन्छ। देशभर ६ देखि १५ वटासम्म समानुपातिक निर्वाचन क्षेत्र बनाउन सकियो भने त्यसले प्रत्यक्ष प्रनिनिधित्व पनि सुनिश्चित गर्नेछ र विविध समुदायको समावेशीकरण पनि हुनेछ। 
निर्वाचनमा सबै नेपाली सहभागी हुन पाउनु लोकप्रिय प्रतिनिधित्वको अर्को आधार हो। निर्वाचन आयोगका अनुसार २०६८ सालमा नेपालमा नागरिकता नभएका नेपालीको संख्या झन्डै २१ लाख थियो। अन्य अध्ययनले यो संख्या ४३ लाखसम्म हुनसक्ने देखाउँछन्। हालै महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको एउटा सर्भेअनुसार नेपालका २० प्रतिशत वयस्कसँग नागरिकता छैन। नागरिकतासम्बन्धी प्रावधान अहिले प्रस्तावित गरिएजस्तै कायम रहेमा २०७८ सालसम्म झन्डै ७० लाख नेपाली राज्यविहीन हुनेछन्। तराईभन्दा पहाडमा र पहाडभन्दा हिमालमा नागरिकता प्रमाणपत्र नलिएकाहरूको अनुपात धेरै छ।
सार्थक होस् या निरर्थक, नेपालमा नयाँ संविधान बन्ने क्रममा सबैजसो छलफल केही सीमित व्यक्तिहरूबीच हुने गरेको छ र सार्वजनिकरूपमा यस बहसले खासै गति र आकार लिनसकेको छैन। अहिलेको संविधान निर्माण प्रक्रिया अतिकेन्द्रीकृत र अपारदर्शी छ। सामान्य जनतासँग यो बहस जोडिनै सकेको छैन। अर्कातिर, संविधान सभाले बनाएको समयतालिका घर्कंदै गएको छ। फलस्वरूप, संविधान सभाले बनाएको खाकामा सार्वजनिक बहस हुनै नपाउने चिन्ता बढेको छ।
यस संविधानले नेपाली लोकतन्त्रका केही आधारभूत समस्या र संस्कृतिलाई सम्बोधन गर्न सकेन भने जनआन्दोलनपछिको यो इतिहास त्यतिकै खेर जानेछ। नेपालमा नयाँ बन्ने संविधान आगामी पुस्ताका लागि हो। तर लाग्छ, बूढा नेताहरू मरिसकेपछि पनि यो संविधान आफूसँगै बोकेर लैजान चाहन्छन्। त्यसैले नयाँ पुस्ता र समाजले केही नेता र दलले बनाउने संविधान कस्तो बन्नुपर्छ भनेर बहस गर्ने र दबाव दिने बेला आइसकेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस