आर्थिक मन्दीको असर
१३ मंसिर २०६६
•
१२ मिनेट पाठ
आर्थिक मन्दीको असर
सन् २००९ को वर्ष मन्दीद्वारा बढी प्रभावित भएकोले नेपाली अर्थतन्त्रमा सन् २०१० देखिमात्र सुधारको लक्षण देखा पर्न थाल्नेछ।

सन् २००८ को उत्तरार्धबाट सुरु भएर २००९ मा विश्व अर्थतन्त्र मन्दीको चरणमा प्रवेश गरेको थियो। पूँजीवादी अर्थतन्त्र व्यापार चक्रको अनेकौ उतार चढावबाट अघि बढिरहेको हुन्छ। ठूला अर्थतन्त्रमा आएको मन्दी र उत्थानले समग्र विश्व अर्थतन्त्रलाई नै प्रभावित पार्छन्। साना अर्थतन्त्रमा आएका परिवर्तनले भने विश्व अर्थतन्त्रमा खासै असर पार्न सक्तैनन्। ठूला अर्थतन्त्र सेयर र पुँजीबजारमा आएको परिवर्तनबाट प्रभावित हुन्छन् भने साना अर्थतन्त्र तीसँगको व्यापारिक सम्बन्ध र आफ्ना आन्तरिक संरचनात्मक कारणबाट प्रभावित हुन्छन्।

सेयर र पुँजी बजार (खासगरी घरजग्गा कारोबार) को विश्वव्यापी अध्ययनका लागि तथ्याङ्कको अभाव छ। विश्वका १९ औद्योगिक राष्ट्रका हकमा १९५९ देखि बजारको तथ्याङ्क पाइन्छ। तर घरजग्गा कारोबार (रियल स्टेट बिजिनेस) को तथ्याङ्क १४ औद्योगिक राष्ट्रका सन्दर्भमा भने सन् १९७०देखि उपलब्ध छ। सन् १९५९ देखि २००२ सम्म १९ वटा औद्योगिक राष्ट्रमा ५२ वटा मन्दी देखा परेका छन्। समग्रमा हेर्ने हो भने प्रत्येक राष्ट्रमा करिब १३ वर्षको अवधिमा एक पटक मन्दीको चरण आएको देखिन्छ र तिनमा औसत ३७ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको पाइन्छ। त्यसैगरी उत्थान र मन्दीबीच सेयर मूल्यमा सरदर ४५ प्रतिशतले फरक आएको छ।

सन् १९५९ पछि आएकामध्ये सन् १९७० का आर्थिक मन्दीहरू सबैभन्दा भयानक थिए। सन् १९७३ को आर्थिक मन्दी झन्डै अढाई वर्ष कायम रहेको थियो। व्रेटन उड्स सम्झौताअनुसारको मुद्राको स्थिर विनिमय दर प्रणाली हट्नु र तेलको संकट आउनुले विश्व अर्थतन्त्र मन्दीको चरणमा धकेलिएको थियो। त्यस आर्थिक मन्दीमा सेयर बजारको मूल्यमा ६० प्रतिशतले गिरावट आएको थियो।

सामान्यतया व्यापार चक्रको नियमअनुसार प्रत्येक आर्थिक वैभवपछि सुस्ती र मन्दीको चरण आउने मान्यता रहेको छ। तर सबै उत्थान मन्दीमा नै गएर टुँगिन्छन् भन्ने चाहिँ हैन। सन् १९५९ देखि सन् २००२ सम्मको विश्व अर्थतन्त्रको विकासक्रमलाई सूक्ष्मरूपले नियालेर हेर्दा एक चौथाई आर्थिक उत्थानमात्र मन्दीमा गएर टुंगिएका देखिन्छन्।

पुँजीवादी अर्थतन्त्रको स्वरूप बढी मात्रामा प्रतिविम्बित हुने संयुक्त राज्य अमेरिका र बेलायतको अनुभवले पनि झन्डै यही पुष्टिगर्छ। त्यहाँ करिब ३७ वटा आर्थिक उत्थान १२ वटा मन्दीपछि आएका थिए। उत्थान र मन्दीबीच कमजोर क्रमबद्धता रहनुमा दुई प्रमुख कारण छन्। पहिलो, आर्थिक उत्थानको अन्त्यमा सुस्ती आउँदा केही उद्योगले खास कारणवश हुन पुगेको अतिरिक्त उत्पादन लामो समय लगाएर खपत हुने धारणा राख्न पुग्छन्। यसले गर्दा सेयर बजारमा भ्रमपूर्ण सन्देश पुग्छ र मूल्यमा खास गिरावट आउँदैन। त्यस्ता उद्योग अर्थतन्त्रको प्रमुख क्रियाकलाप भएमा सेयर बजार धेरै प्रभावित बन्दैन। फलस्वरूप, सुस्तीबाट मन्दीको चरण नआई सोझै उत्थानको चरण देखा पर्न सक्छ। दोस्रो, लामो समयसम्म सन्तुलित कारोबारमा अघि बढिरहेका उद्योगले केही सुस्ती व्याप्त भए पनि उत्थानको सानो झिल्को देखिए पनि सेयर मूल्यमा आउन सक्ने ठूलो गिरावटलाई रोक्न सक्छन्। यी अवस्थामा उद्योगमा भएको पुँजी लगानीको उत्पादकत्वभन्दा पनि ती औद्योगिक उत्पादनका लगानीकर्ता र उपभोक्ताको विश्वासले उद्योग मन्दीको चरणमा प्रवेश गर्नबाट जोगिन्छन्।

मन्दीको चरणमा घरजग्गा कारोबार पनि उत्तिकै प्रभावित भैरहेको हुन्छ। तर विगतका विश्वव्यापी अनुभवले सरदर ३७ प्रतिशतले सेयर बजारमा आएको गिरावटले घरजग्गा कारोबारमा आधाभन्दा कम (१४५) घटेको देखाउँछ। साथै सेयर बजारको तुलनामा घरजग्गा कारोबार अलि कम मन्दीको चरणमा प्रवेश गरेको पाइन्छ। सन् १९७० देखि सन् २००२ सम्म सेयरबजार करिब २५ पटक मन्दीको चरणमा प्रवेश गरिसकेको छ भने घरजग्गा कारोबार २० पटक प्रवेश गरेको छ। औद्योगिक राष्ट्रमा सेयर बजार सरदर १३ वर्षमा एक पटक मन्दीको अवस्थाबाट गुजि्रएको देखिन्छ भने घरजग्गा कारोबार करिब २० वर्षमा एक पटक। घरजग्गा कारोबार सन् १९८० - ८२ र सन् १९८९ - ९२ बीच धेरै पटक मन्दीको चक्रमा परेको थियो भने सेयर बजार कुनै खास समयमा केन्द्रित भएको देखिँदैन।

घरजग्गा कारोबारमा सेयरबजारको तुलनामा तरलता र मूल्यमा उतार चढाव तुलनात्मक रूपले कम हुन्छ। तर घर जग्गा कारोवार कमरूपमा मन्दीको चरणमा प्रवेश गरे पनि लामो समयसम्म प्रभावित रहन्छ। विगतको अनुभवले यो क्षेत्र मन्दीको चक्रमा परेको अवस्थामा करिब ४ वर्ष त्यसबाट निस्कनको लागि लागेको देखिन्छ। यो अवधि भनेको सेयर बजार उत्थानको अवस्थामा पुग्न लाग्ने समयभन्दा करिब डेढ वर्ष बढी हो। सेयर बजार र घरजग्गा कारोबारमा आउने उतार चढावबीचमा एउटा पक्ष चाँहि धेरै हदसम्म मिल्दोजुल्दो रहन्छ। यी दुवै बजार मन्दीको अवस्थामा एकै साथ प्रभावित हुन्छन्। सन् १९७० देखि १९९० दशकसम्मको अवस्था हेर्ने हो भने दुवै बजार सँंगसँंगै मन्दीद्वारा प्रभावित भएका चरण धेरै छन्। महत्वपूर्ण के छ भने घरजग्गा कारोबार प्रायशः व्यापार चक्रको सबै चरण पार गर्दै जान्छ भन्ने सेयर बजार व्यापार चक्रका सबै चरणमा पक्कै पनि प्रवेश गर्छ नै भन्ने होइन।

सन् २००८ को मध्यदेखि विश्वव्यापीरूपमा आएको आर्थिक सुस्ती सबै राष्ट्रमा मन्दीका रूपमा आएको छैन। उदाहरणका लागि संयुक्त राज्य अमेरिका, बेलायत, जापान, क्यानाडा जस्ता राष्ट्र मन्दीको चरणमा प्रवेश गरिसकेका थिए। दक्षिण अफ्रिका, भारत, चीनजस्ता अरू देशमा आर्थिक गतिविधिमा शिथिलता मात्र देखा पर्‍यो तर तिनीहरू मन्दीकै चरणमा भने प्रवेश गरेनन्। झन्डै त्यही स्थिति अस्ट्रेलियाको पनि रह्यो। यसै कारणले संयुक्त राज्य अमेरिकामा सन् २००७ को अन्त्यदेखि र अन्य औद्योगिक राष्ट्रहरूमा सन् २००८ को अन्त्यदेखि प्रष्टरूपमा देखिएको आर्थिक मन्दी र सुस्ती धेरै लामो समयसम्म रहेनन्। सन् २००९ मा प्रायः सबै औद्योगिक राष्ट्रहरूमा गार्हस्थ उत्पादनमा वृद्धि दर ऋणात्मक हुने स्थिति रहे पनि सन् २०१० मा दक्षिण युरोपेली राष्ट्र इटाली र स्पेनबाहेक अन्य राष्ट्रमा गार्हस्थ उत्पादन बृद्धि दर धनात्मक रहने अर्न्तराष्ट्रिय मुद्राकोषले प्रक्षेपण गरेको छ। साथै सन् २००९ (मन्दीको सबैभन्दा बढी असर परेको वर्ष) मा विश्व गार्हस्थ उत्पादन ०.५ प्रतिशतले बृद्धि हुने देखिएकोमा सन् २०१० मा ३ प्रतिशतले बृद्धि हुने अनुमान मुद्राकोषले गरेको छ।

विकासशील राष्ट्रमा मन्दीको असर पाँच प्रकारबाट पर्नेगर्छ। ती हुन्, अर्न्तराष्ट्रिय व्यापार, विदेशी लगानी, पर्यटन व्यवसाय, वैदेशिक सहयोग र रेमिटेन्स। सीमापार व्यापार जति मात्रामा छ, वित्तीय उतार चढावका असरले पनि त्यही मात्रामा सीमापार आफ्ना असर छोड्न समर्थ हुन्छन्। नेपालका सन्दर्भमा समुद्रपार निर्यात परम्परागतरूपमा नै कमजोर रहेकोले र प्रमुख निर्यात सम्बन्ध भारतसंँग भएकोले भारतीय अर्थतन्त्रको सुस्तीले नेपाललाई प्रत्यक्ष प्रभाव पार्छ नै। त्यसैगरी भारतपछि नेपाल आउने पर्यटक प्रायः जी - ७ समूहका राष्ट्रबाट नै भएकोले नेपालको पर्यटन व्यवसाय प्रभावित रहनु स्वाभाविकै हो। विदेशी लगानीको सन्दर्भमा मन्दीद्वारा बढी प्रभावित ठूल्ाा अर्थतन्न्त्र भएकोले उनीहरूको विदेशी लगानी स्वतः कम हुन पुग्छ। नेपालको सन्दर्भमा मुख्य वैदेशिक लगानीको संभाव्य क्षेत्र जल विद्युत भएकोले यसमा निर्माणधीन परियोजनामा सुस्ती र नयां आयोजना कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक परिणति हुन्। त्यसैगरी सरकारी स्तरमा वैदेशिक ऋण र अनुदानमा निश्चित्रूपले कमी देखा पर्छन्। पाचाँैं असर भनेको वैदेशिक रोजगारीमा जानेको रोजगारीमा कमी आउनाले रेमिटेन्स आय कम हुन थाल्छ। सन् २००९ को वर्ष मन्दीद्वारा बढी प्रभावित भएकोले माथि उल्लेखित पक्षमा नेपाली अर्थतन्त्रमा सन् २०१० देखि मात्र सुधारका लक्षण देखा पर्न थाल्नेछ।
लेखक अर्थशास्त्री हुन्।
अर्को समाचार
आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा असर
२९ माघ २०८०
•
१ मिनेट पाठ
आर्थिक मन्दीको कारण सहकारी क्षेत्रमा असर
सहकारी ऐन र नियममा सहकारी क्षेत्रको प्रवर्धन विकास तथा विस्तारमा बाधक र संकुचित दफाहरू संशोधन नहुँदा सहकारी क्षेत्रमा समस्या परेको सहकारीकर्मीले औंल्याएका छन्।

उनीहरूले सहकारी संस्थामा वित्तीय कारोबारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी अभाव र बैंक वित्तीय संस्था र सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धाको कारण समस्या बढेको बताएका छन्।

देशभरका बहुउद्देश्यीय सहकारी संस्थाहरूको साझा संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको नवौं, दशौं र एघारौं साधारणसभामा उपस्थित सहकारीकर्मीले देशको आर्थिक मेरुदण्डको रूपमा रहेको सहकारीमा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताएका हुन्।

साधारणसभाको उद्घाटन गर्दै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले समस्या आउनुको मुख्य जड सरकारको वेवास्ता भएको बताए। उनले कोभिड–१९ महामारी र आर्थिक मन्दीको कारणले देशको अर्थतन्त्रमा आएको समस्याले गर्दा बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरूमा गम्भीर असर परेको धारणा राखे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस