सत्ताकेन्द्रित राजनीति र राजधानीकेन्द्रित राज्यले तराईको वास्तविक समस्या बुझ्ने प्रयास कहिल्यै गरेन। चिकित्सकले रोग पत्ता लगाउन नसकेझैँ वा रोग बुझेर पनि गलत औषधि दिएझैँ तराईको वास्तविक समस्या एकातिर छ, यसको व्याख्याविष्लेषण अर्कोतिर! विगतझैँ अहिले जाडोले तराईमा मान्छे मर्ने क्रम सुरु भएको छ। न्यानो लुगा र स्रोतसाधन नहुँदा मान्छेको ज्यान गइरहेको छ। शीतलहर वा जाडो अन्य मुलुकमा पनि हुन्छ। तर, त्यहाँ जाडोले मान्छे मरेको कमै सुनिन्छ। नेपालको तराईमा तापक्रम १० डिग्रीभन्दा तल झर्ने बित्तिकै मृत्युको शृंखला सुरु हुन्छ।‘शीत' भनेको चिसो पानी मिश्रित हावा र ‘लहर' भनेको वेग अर्थात् प्रवाह हो। शीत र लहरले यतिबेला तराईको जनजीवन अक्रान्त छ। गर्मीयामको ‘लू' जस्तै जाडोयाममा चल्ने शीतलहर केही वर्षयता प्रकोप बन्न थालेको छ। तराईका प्रायः सबै जिल्ला शीतलहरको मारमा छन्। जनकपुर, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायतका जिल्ला बढी प्रभावित छन्।
यसपछक पुस पनि नलाग्दै जाडो सुरु भयो। पुस नलाग्दै चलेको शीतलहरका कारण तराईमा ३ जनाको ज्यान गयो। जाडो निरन्तर बढ्दो छ। हिमाली तथा कतिपय पहाडी भेगमा पनि हिमपातले जाडो बढेको छ। त्यहाँको रहनसहन जाडो छल्ने किसिमको छ। हिमालमा जाडोकै कारण बिरलै ज्यान जानेगर्छ। तर, तराईमा शीतलहरले बर्सेनि दर्जनौँ सर्वसाधारणको ज्यान लिन्छ।
जाडो प्राकृतिक हो, स्वाभाविक हो। यसलाई न रोक्न सकिन्छ न छोप्न। यसको प्रतिकार पनि हुनसक्दैन। यसबाट बच्नु र यसलाई छल्नुबाहेक कुनै उपाय छैन। शीतलहरको चिसो छल्ननसक्दा मानिसको अकालमा मृत्यु हुनु स्वाभाविक होइन। यसलाई प्राकृतिक मान्न सकिँदैन। कम खर्चमा पनि यसबाट बच्न सकिन्छ। कुहिरो र जाडो काठमाडौँमा पनि हुन्छ छ। पहाडी भेगमा पनि जाडो हुन्छ नै। तर, चिसोकै कारण राजधानी वा पहाडतिर कसैको ज्यान गएको देखिन्न। तराईमा पनि सदरमुकाम वा सुगम क्षेत्रमा शीतलहरकै कारण ज्यान गएको बिरलै सुनिन्छ। शीतलहरबाट ज्यान गुमाउने मान्छे प्रायः ग्रामीण क्षेत्रका हुन्छन्। ग्रामीण भेगमा गरिव बढी बस्छन्। त्यसकारण शीतलहरले गरिवलाई छान्छ। अति निम्न वर्गीय तराईवासीको वास्तविकता यही हो। मृत्युको दोष शीतलहरलाई दिइए पनि धरातलीय यथार्थ त्यो होइन। मान्छे गरिवीका कारण मर्दैछन्, न कि शीतलहरले!
सामान्यतः हुनेखाने वर्गको जीवनमा चिसोले खासै प्रभाव पार्दैन। सामान्य प्रभाव पारे पनि जाडो छल्ने स्रोतसाधन अनेक हुन्छन्। एकसरो लुगासमेत राम्ररी लगाउननसक्नेे गरिव जनताका लागि जाडो अभिशाप बन्नेगर्छ। त्यसमा पनि गरिव परिवारका बृद्धबृद्धा, बालबालिका र महिला सबैभन्दा बढी प्रभावित हुनेगरेका छन्।
पुस र माघलाई छाडेर बाँकी महिना मधेसमा गर्मी हुने भएकाले जाडोका लागि न्यानो लुगाको व्यवस्था गर्ने परिपाटी छैन। दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेहरूसँग नयाँ लुगा किन्ने क्षमता पनि हुँदैन। बढ्दो जाडोसँगै न्यानो कपडा र दाउरा बाँड्ने कार्य सुरु भइसकेको छ। कतिपय ठाउँमा उद्दार पनि जारी छ। यो अभियान राम्रो भए पनि यसलाई समाधान मान्न सकिन्न। मौसमलाई मात्रै दोष दिन मिल्दैन। सरकार तथा अन्य सम्बद्ध निकायको मौनता बुझिनसक्नु भएको छ।
तथ्यांक विभागका अनुसार गरिवी दर सबैभन्दा बढी बाजुरामा ६४.०५ प्रतिशत छ। सबैभन्दा कम कास्कीमा ४.०२ प्रतिशत छ। तराईका जिल्लामध्ये बाँकेको होलियामा गरिवीको दर सबैभन्दा उच्च ६६.९९ छ। सप्तरीको गोबरगाढामा ६४.८५ र कैलालीको खैरालामा ६२.०६ रहेको देखिन्छ। तराईमा सबैभन्दा बढी गरिवीको दर सप्तरीमा ३९.४९ प्रतिशत छ। दातृनिकायले समेत आफ्ना कार्यक्रम पहाडकेन्द्रित गर्ने गरेका छन्।
बजेट विनियोजनमा मधेसमाथि विभेद हुँदै आएको छ। त्यो विभेद मुलुक गणतन्त्रमा गइसकेको अहिलेको अवस्थासम्म पनि कायमै छ। राज्यको कूल राजस्वमा करिब ८० प्रतिशत मधेसको योगदान छ। चालू आर्थिक वर्षको बजेट हेर्दा विभेदको निरन्तरता कायमै रहेको देखिन्छ। मधेस क्रमशः मरुभूमिमा परिणत हुँदैछ। कृषि, उद्योग, ऐतिहासिक एवं पर्यटकीय स्थल, सडक यातायात र रोजगारीको अवस्था दयनीय छ। पहाडमा १० हेक्टर र मधेसमा २० हेक्टर जमिन एकीकृत गरी खेत गरेकालाई ऋणमा ५० प्रतिशत ब्याज अनुदान दिने सरकारको योजना छ। यो पनि विभेदपूर्ण छ। विकासका लागि विनियोजन गरिएको ४७ अर्बमध्ये मधेसमा केवल ५ अर्ब खर्च गरिएको छ।
छिमेकी देश भारत र चीनले समेत पहाड र हिमालकेन्द्रित लगानी गरेका अनेक उदाहरण छन्। छिमेकको घरेलु राजनीतिमा प्रायः मौन रहने चीनले पहाडलाई मात्र ध्यान दिँदै आएको छ। साना विकास परियोजनाको नाममा नेपाल सरकारसँग सहमति लिएका १५ जिल्लामध्ये मधेसको एउटा पनि जिल्ला त्यसमा परेको छैन। प्रत्यक्ष लगानी गर्नपाउने सुविधासहित चिनिया परियोजना शतप्रतिशत पहाडी जिल्लामा पर्नु संयोगमात्रै होइन।
एकात्मक शासन प्रणालीमा हिमाल, पहाड र तराई/मधेसका साथै ५ विकास क्षेत्रमा हुनेगरेको सरकारी खर्च र बजेटको बाडफाँटमा व्यापक असन्तुलन रहेको छ। अमर्यादित र क्षेत्रीय स्वार्थनिहित राजनीतिक हस्तक्षेपले गर्दा मुलुकको सन्तुलित विकास हुनसकेन। देशको लगभग ५० प्रतिशत जनसंख्या बसोवास गर्ने तराई/मधेसमा कूल राष्ट्रिय खर्चको लगभग १७ देखि १९ प्रतिशतभन्दा बढेन। अर्थशास्त्रको विश्वव्यापी सिद्धान्तविपरित मानव विकास सूचकांकको हिसाबले समृद्ध तथा मुलुकको कूल जनसंख्याको लगभग ४४ प्रतिशतमात्रै हिस्सा ओगटेको पहाडी क्षेत्रमा सरकारी खर्चको लगभग ७७ प्रतिशतसम्म छुट्याइयो। यसप्रकार बजेटको ठूलो हिस्सा पहाडी क्षेत्रमा सीमित हुनपुग्यो र विशेषगरी मधेस, कर्णाली र सुदूरपश्चिम क्षेत्र आर्थिक दृष्टिले निकै पछाडि धकेलिएको विशेषज्ञहरूका अध्ययनले देखाएका छन्।
तराईमा शीतलहरका कारण ज्यान गुमाउने नागरिकको रक्षाका लागि तत्काल उचित व्यवस्था गर्न सर्वोच्च अदालतले पनि यही मंसिर १८ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले नागरिकको बाँच्न पाउने अधिकार रक्षा गर्ने जिम्मेवारी सरकारको भएकाले समयमै उचित कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ। कम्बल, बासस्थान निर्माण र स्थानीय निकायमार्फत् अन्य आवश्यक व्यवस्था मिलाउन पनि सर्वोच्चको आदेशमा उल्लेख छ। तर, सरकारले अहिलेसम्म कुनै ठोस कदम चालेको छैन।
विकास समानरूपमा हुनुपर्ने हो। चाहे त्यो तराई होस्, पहाड या हिमाल। विकासमा हुने विभेदले गरिवी निम्त्याउँछ। जगजाहेर छ, तराई वर्षौंदेखि विभेदको सिकार हुँदैआएको
छ। स्रोतसाधानको असमान वितरणले मधेसी गरिव मर्कामा परेका छन्। अहिले जाडोमा भइरहेको मृत्युको कारकतत्व शीतलहरलाई मानिए पनि यसको वास्तविक कारण गरिवी
नै हो। जनताको आर्थिकस्तर उकास्न समान स्रोतसाधान र समान अवसर चाहिन्छ। त्यसका लागि विभेद अन्त्य हुनु अनिवार्य छ। राज्यले सबै प्रकारका विभेद अन्त्य गर्नुपर्छ। उसो त मधेसभित्रै पनि व्यापक विभेद छ, असमानता छ। मधेसभित्रै एउटा दलित र अर्को उच्च जातबीच गहिरो खाडल छ। मधेसमा आर्थिक, सामाजिक रूपान्तरण जरुरी छ। त्यसका लागि समान अवसर र पहुँच चाहिन्छ। तराईबासीले हरेक वर्ष शीतलहरका कारण ज्यान गुमाउनुपरेको यथार्थलाई सरकारले गम्भीरता साथ लिनैपर्छ।