संविधान निर्माणको जिम्मेवारी पाएका नेताहरू सार्वजनिक झगडामा उत्रेका छन्। उदेक लाग्दो अवस्था छ देशमा। नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको ओठे जबाफका कारण यस्तो भएको हो कि एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'को हीनताग्रन्थीले यस्तो परिस्थिति उत्पन्न भएको हो भन्ने बुझिसक्नु छैन। नेपालमा राजनीतिक नेताको मनोविश्लेषण गर्ने चलन र पद्धति हुँदो हो त तिनका मनोरोगबारे नेपाली जनताले त्यसको जानकारी पाउनसक्थे।नेताहरूको छलफल र भेलालाई टेलिभिजनबाट प्रसारण नगरुन्जेल जनताले सत्यतथ्य कहिल्यै थाहा पाउने भएनन् भनेर धेरैपटक कुरा उठिसकेको छ। तर नेताहरू नै सायद आफ्नो आनीबानी नेपाली जनतासमक्ष पुगोस् भन्ने चाहँदैनन्। यसैले उनीहरू वार्तालाई पारदर्शी गर्न तयार छैनन्। प्रचण्ड र ओलीको सार्वजनिक जुहारीमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल ओलीको प्रतिरक्षामा निस्केका छन्। तर प्रधानमन्त्री र कांग्रेस सभापति सुशील कोइराला भने रहस्यमय मौनमा रहेका छन्।
प्रधानमन्त्री कोइराला आफ्नो जीवनको उत्तरार्धमा संविधान सभाबाट सहमतिको संविधान ल्याएर राजनीतिक जीवनलाई विश्राम दिन इच्छुक हुनसक्छन्। तर निस्पृह भएर मौन बस्दा कोइरालाले चाहेको ऐतिहासिक दायित्व पूरा हुँदैन। अहिले नेपाली जनताले कोइरालाबाट सक्रिय एवं सार्थक हस्तक्षेपको अपेक्षा गरेका छन्। आफूमात्र होइन एमाले अध्यक्ष खड्ग ओली पनि राजनीतिक जीवनको उत्तरार्धमा छन् र उनी पनि संविधान निर्माणको जस आफैँ लिन चाहन्छन् भन्ने चाहिँ कोइरालाले बुझ्नु जरुरी छ। त्यसका लागि कोइरालाको प्रधानमन्त्री पद उनलाई बाधक लाग्नसक्छ। ओलीका निकटवर्तीहरू भन्न पनि थालेका छन् – अहिलेका प्रधानमन्त्रीबाट नेतृत्व पुगेन, यसैकारण अबको एकमहिना पछि ओली कमरेड प्रधानमन्त्री भएर सहमतिको संविधान ल्याउनेछन्।
प्रधानमन्त्री कोइराला राजनीतिक दलका बैठकहरूमा कसरी प्रस्तुत हुन्छन् भन्ने थाहा छैन तर जुनसुकै कार्यक्रम र जमघटमा पनि निश्चित थेगो दोहोर्याभउने गर्छन्।। कोइरालाका थेगो हुने गरेका छन् – संविधान माघ आठ गते आउँछ ढुक्कहुनुहोस्, एकता र सहमतिको विकल्प छैन र सबैले जित्ने परिस्थिति निर्माण हुन्छ। कोइरालाले काठमाडांै विश्वविद्यालयको दीक्षान्त समारोहदेखि सप्ताह पुराणसम्ममा दोहोर्याेउने वाक्य यिनै हुन्। अर्थात् प्रधानमन्त्री कोइरालाको ध्येय र सदिच्छा संविधान ल्याउनमा मात्र केन्द्रित देखिन्छ। तर के संविधान ल्याउनकैे लागि कोइरालाको ‘सुगा' शैली पर्याप्त थियो त? पक्कै थिएन। संविधान राजनीतिक दस्तावेज हो। त्यसले नेपालको बहुजाति, बहुभाषी, अल्पसंख्यक, दलित, महिलामात्र होइन क्षेत्रीयरूपमा देखिएको विकास असन्तुलनलाई समेत सम्बोधन गर्ने दृष्टिकोण र रूपरेखा प्रधानमन्त्रीबाट आउन सक्नुपर्थो। उनले जनतासँग प्रत्यक्ष संवाद गर्न र संंविधान सभाभित्र सभासद्हरूलाई संविधान निर्माणमा सहभागी बनाउन विश्वासको वातावरण निर्माण गर्नसक्थे। तर त्यसो पनि भएन। सभासद् र नागरिकलाई सहभागी नगराई संविधान बन्न सम्भव थिएन। यसैले बनेन। आउने दिनमा पनि यी महत्वपूर्ण पक्षलाई बेवास्ता गरेर संविधान बन्नसक्तैन।
सबै राजनीतिक दलका नेताले २०७१ साल माघ ८ गते संविधान ल्याउन व्यक्त गरेको प्रतिबद्धता तिनका चाहनाका कारणबाट मात्र सार्वजनिक भएको होइन। सभासद् र जनतासँग पृथक रहेर संविधान निर्माण गर्न खोज्दा अहिले यो सम्भव नभएको हो। अब दलहरूको संयुक्त विज्ञप्तिमार्फत् जनतालाई संविधान समयमा बनाउन नसकेको जानकारी गराउने समय आयो। यसको मूल दोष स्थानीय निर्वाचन गराउन नसकेजस्तै संभवतः प्रधानमन्त्री कोइरालामाथि नै लाग्ला। त्यसपछि एकअर्कालाई आरोपप्रत्यारोपको लहर पनि चल्नेछ केही समय। तर अगाडिका दिनमा आरोपप्रत्यारोपमा समय खेर फाल्नुभन्दा व्यवस्थापिका संसद्को कार्यकालभित्रै नयाँ संविधान जारी गर्नेछौँ र नयाँ संविधान आएको ६ महिनाभित्र ताजा जनादेश लिनेेछौँ भनी दलका नेताहरूले प्रतिबद्धता सार्वजनिक गर्नु अहिले आवश्यक देखिन्छ।
सबैलाई थाहा छ, संविधान निर्माणको ‘सर्टकट' बाटो छैन र हुनुपनि हुँदैन। अर्थात्, जनताबीच मस्यौदामा व्यापक छलफल नगराई संविधान जारी गर्ने काम प्रत्युत्पादक हुनसक्छ। यसबाट नेपालको अखण्डतामै चुनौती थपिनसक्छ। अब संविधानको मस्यौदा पनि माघ आठमा जारी गर्न संभव देखिँदैन। तसर्थ, नयाँ ढंगबाट नया सोचसहित अगाडि बढ्नुको विकल्प छैन।
किन पूरा नहुने भयो माघ ८ को वाचा?
नयाँ ढंगबाट संविधान निर्माण गर्दा अहिलेसम्म संविधान बन्न नसक्नुका कारणको गम्भीर विश्लेषण जरुरी छ। सर्सर्ती हेर्दा सबै राजनीतिक दलका नेताहरू संविधान सभाबाटै संविधान बनाउन चाहन्छन्जस्तै देखिन्छ। जनतालाई नेताहरूले यसै भनिरहेका छन्। बीपी कोइराला संविधानलाई कागजको खोस्टो भन्थे, महात्मा गान्धीको पनि करिबकरिब त्यस्तै विचार यही हो। तर त्यही कागजको खोस्टो अर्थात् संविधान बनिरहेको छैन किन? के सविधान नेपालमा बन्नै नसक्ने दस्तावेज हो, वा संविधान बनाउने क्षमता नै यस देशका नेताहरूमा नभएको हो?
संविधान नबनेको देख्दा केटाकेटीमा पाठशालामा नैतिक शिक्षा भनी पढाएको एउटा कथाको स्मरण हुन्छ। एक जना पुरोहित जजमानको घरमा श्राद्ध सम्पन्न गरी सिदा बोकी घरतर्फ लाग्छन्। आकाशतिर हेरेर हिँड्ने बानी परेका पुरोहितले बाटाका बीचमा बनेको इनार देख्दैनन् र त्यसमा खस्छन्। अधिकाश पुरोहितहरू जजमानलाई स्वर्ग पुर्यानउने सामर्थ्य राखे पनि आफू भने बाटाको खाल्डो नदेख्ने नै हुन्छन्, नेपालका नेताहरूजस्तै। भाग्यवश, इनारमा पानी हुँदैन, सुख्खा हुन्छ। पुरोहितले राम्ररी समातेको दाल, चामल, घिउ, मह, फलफूल आदि भएको सिदा पनि बिग्रन पाउँदैन। इनार खासै गहिरो हुँदैन। सामान्य प्रयत्नबाट बटुवाले पुरोहितलाई सजिलै इनारबाहिर निकाल्न सक्थे। तर पुरोहित भने हात दिन तयारै हुँदैनन्। अझ दुवै हातले सिदा समातेर ‘बरु यहीँ मरौँला, हात त दिन्न' भन्दै थपक्क इनारमा पलेटी कसेर बस्छन्। पुरोहितलाई इनारबाहिर निकाल्ने जुक्ती साँझसम्म पनि सफल हुँदैन। तैपनि पुरोहित भने बीच जंगलको इनारबाट निस्कन पनि हात दिनै तयार हुँदैनन्।
यत्तिकैमा एक जना बटुवाले भने –’ल मेरो हात लिऊ' आश्चर्य, त्यसो भनेको सुन्नेबित्तिकै पुरोहितले एउटा हातले सिदा र अर्को हातले बटुवाको हात समाते। अनि बटुवाले ती पुरोहितलाई इनारबाट बाहिर निकाने।
नेपालमा संविधान किन बनेन भन्ने जान्न यिनै इनारमा खसेका पुरोहितको मनोदशा बुझ्नुपर्छ। सबै राजनीतिक दलका नेताले आआफ्नो आग्रह छातीमा टँासेर बसेका छन्। कोही केही छाड्न तयार देखिँदैनन्। सबै नेतालाई सबैथोक चाहिएको छ। त्यतिमात्र होइन दलका नेताले आआफ्नै आग्रह र पूर्वाग्रहसमेत छातीमा टाँसेका छन्। संविधान निर्माणमा संलग्न सबै दलका नेता बाहुनैमात्र देखेर भनेको हैन। अहिलेको अवस्था देखेका नेपाली जनताले त्यही बुझेका छन्।
संस्कारगतरूपमा सविधान निर्माणमा खटिएका दलका नेता बाहुन भए पनि तिनले बोकेको राजनीतिक दर्शनले जातपात र वर्ण विभाजन मान्दैन। संविधान निर्माणमा संलग्न नेताहरू ती इनारमा खस्ने पुरोहितको प्रवृत्तिबाट माथि उठेर नै नेता भएका होलान् भन्ने लाग्छ। तर व्यवहार सिद्ध सत्य भने शीर्ष नेताहरूको रक्तकोशिकामा संस्कारगत पुरोहित प्रवृत्ति दौडिरहेको देखिन्छ। त्यस अवस्थामा सहमतिको संविधान कसरी आउँछ? तिनले छोड्ने के? सविधान निर्माण गर्न खटिएका सबै पुरोहितलाई भविष्यमा स्वर्ग अर्थात् सत्ता सुनिश्चित गर्नुपर्ने बाध्यता छ। हिजोआज नागरिक शास्त्र भन्ने विषय विद्यालय र कलेजमा पढाइ हुँदैन। नैतिक शिक्षा पनि पठनपाठनबाट हटाएको दशकौं भयो। अनि राजनीतिमा ‘पुरोहित प्रवृत्ति' विकास हुनुलाई कसरी अस्वाभाविक भन्नु?
नेपालमा संसदीय पद्धतिको विकृत अभ्यास भएको सबैलाई थाहा छ तर यतिखेर सबैलाई यही पद्धति चाहिएको छ। भन्नलाई कांग्रेसको छातीमा संंसदीय व्यवस्थामात्र छ भनिन्छ तर एमालेको नौटंकी हेरौँ न। एमाओवादीले संविधान निर्माणमा सहमति नभए बहुमतीय प्रक्रियाबाट पनि संविधान निर्माण हुन्छ भनेर चुनाव घोषणापत्रमै लेखेको छ। त्यस्तै एमालेको शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनेछ भन्ने घोषणापत्रमा उल्लेख छ। तर ती सबै त अहिले जनता झुक्याउने खेलमात्र सिद्ध भए। सबै ‘पुरोहित'लाई संसदीय व्यवस्थामा पालो आउला, सत्ता पाइएला भन्ने लोभ होला।
त्यस्तै काठमाडौं केन्द्रित भारदारी शासन प्रणालीले गाउँ र गरिबको हित गर्न सक्तैन तर पनि कम्युनिस्ट नामधारी एमालेलाई नाममात्रको संघीयता पनि चाहिएको देखिएन। प्रधानमन्त्री स्वयं संघीयता देशले धान्न सक्तैन भन्ने अभिप्रायको अभिव्यक्ति दिन्छन्। यस्ता अभिव्यक्तिले सहमतिको संविधान होइन बहुमतवाट बनेको संविधान पनि टिक्दैन, टिकाउन सकिँदैन। दशकौँको संसदीय अभ्यासपछि पनि अहिलेको एकात्मक प्रणालीलाई राज्य आफैँले कहाँ धान्न सकेको छ र? व्यवस्थापिका संसद् भवनभित्र दान, कृपा, अनुदानबाट प्राप्त सामग्री हेरे सबै स्पष्ट भइहाल्छ।
उता एमाओवादी र मधेसवादी आआफ्नै राजनीतिक कार्यसूची कांग्रेस एमालेलाई भिराउँदा पनि दुःखित र द्रवित छन्। संविधान सभा, संघीयता र गणतन्त्र एमाओवादी र मधेसवादी दलको राजनीतिक कार्यसूची हुन्। अहिले कांग्रेस एमालेले हाम्रो एजेन्डा लिए भनी यी गनगन गर्न पो थालेका छन्। यथार्थमा तिनीहरू त हर्षित हुनुपर्ने हो। सगौरव दुवै ऐतिहासिक कार्यसूचीलाई संस्थागत गर्न एमाओवादी र मधेसवादी लाग्नुपर्ने थियो। तर विचरा प्रचण्ड र उपेन्द्र यादव आआफ्नो राजनीतिक संगठन भताभुङ्ग हुँदै गर्दा कमजोर र असुरक्षित मानसिकतामा देखिएका छन्। त्यसैको परिणाम हो यी संविधान निर्माणमा ध्यान केन्द्रित गर्न नसक्नु। कांग्रेस एमाले नेतृत्वमा सविधान निर्माण भए आआफ्नो राजनीतिक अवसान हुने प्रचण्ड नेतृत्वको बाइसदलीय मोर्चाभित्र सबै भयग्रस्त देखिन्छन्।
प्रधानमन्त्री कोइरालाले कमजोर मानसिकता र भयग्रस्त अवस्थामा रहेका मोर्चावालासँग अभिभावकीय राजनीतिक संवाद गर्नसकेको देखिएन। संविधान निर्माणका लागि यो प्राथमिक सर्त हो। प्रधानमन्त्री ओठे जबाफ फर्काउनेबाट घेरिएका छन्। यसरी त संविधान बन्दैन। अब संविधान माघ ८ मा नआउँदा नेपालको लोकतान्त्रिक अभ्यास अवरुद्ध हुन्छ भन्ने भय वितरण गर्ने काम पनि प्रधानमन्त्री कोइरालाले छाड्नुपर्छ। यथार्थ के हो भने विश्वमा कहीँ पनि लोकतन्त्रले छोटो समयमा एकैपटक स्थायित्व पाएको छैन। छिमेकी भारतकै लोकतन्त्र पनि अझै स्थिर र समावेशी हुने क्रममै छ। नियमित आवधिक निर्वाचन र शासन पद्धतिमा निरन्तरको सुधारबाट पनि बेलायतमा लोकतन्त्रको जग बसाल्न झन्डै डेढसय वर्ष लागेको थियो। त्यस्तै फ्रान्स, जर्मनी र जापानमा पनि दशकौँको प्रयाशपछि मात्र लोकतन्त्रले दिगो हुनसकेको हो।
प्रधानमन्त्री कोइरालाले सार्वजननिकरूपमा ‘सबैले जित्ने संविधान ल्याउनुपर्छ' भनिरहेको सुनिन्छ। लोकतान्त्रिक पद्धति र उदार व्यवस्थामा विश्वास गर्ने नेताले देशमा कुनै पनि नागरिकको हार नहोस् भन्ने सदिच्छा राख्छन् भने लोकतन्त्र सार्थक हुनपुग्छ। यस अर्थमा सबैको ‘विनविन पोजिसन’ भन्ने प्रम कोइरालाको सदिच्छामा शका गर्न मिल्दैन। तर सबै पार्टीलाई ‘विनविन पोजिसन'मा पुर्याकउने जिम्मेवारी कस्को हो? निसन्देह प्रधानमन्त्री र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापतिका हैसियतमा सुशील कोइरालाकैे हो। अहिले देशका नेता सुशील कोइराला हुन् भने अरू पार्टी नेता हुन्।