एक मित्रले हालै मलाई भने, हेर्नुहोस् राजनीतिबाट थाकिएको छ। अब नयाँ आन्दोलन गर्न पनि सकिँदैन, तर पार्टीमा सक्रिय रहन पनि जाँगर छैन।
त्यस्तै, यो हप्ता एक विदेशी नियोगले गरेको सर्भेका बारे पनि मलाई जान्ने मौका मिल्यो। देशका ६६ प्रतिशत जनता के ठान्दछन् भने, जनता र तिनका परिवारको हितलाई राजनीतिक दलहरूले प्रतिनिधित्व गर्नसकेका छैनन्।अर्थात्, नेपालमा प्रतिनिधिमूलक राजनीति हाल असफल छ।
बढ्दो राजनीतिक असन्तुष्टि
यी दुवै परिघटना आकस्मिक हैनन्।
नेपालमा राजनीतिप्रति असन्तुष्टि बढ्दै गैरहेको छ, खालि असन्तुष्टि अभिव्यक्त गर्ने तरिकामात्र फरकफरक खालका छन्। राजनीतिप्रति असन्तुष्टिको एउटा अभिव्यक्ति हो राजनीतिक वितृष्णा। यसक्रममा जनता राजनीतिदेखि वाक्क भएर निष्त्रि्कय रहन्छन् र राजनीतिमा के भैरहेको छ वास्ता गर्दैनन्। अर्कोथरी जनता आफ्ना हित, पहिचान र अधिकारको लागि आन्दोलन गर्छन्।
आन्दोलन र वितृष्णा, यी दुवै प्रक्रिया राजनीतिप्रति असन्तुष्ट जनताका फरकखालका अभिव्यक्ति हुन्। त्यसैले चुपचाप लागेका जनतालाई आफ्नो पक्षमा छन् भनेर मान्नु राजनीतिक दलहरूको भ्रम हो। लोकतन्त्रलाई बलियो बनाएर जनतालाई लोकतन्त्रको फल दिने हो भने राजनीतिक वितृष्णा र राजनीतिक आन्दोलन दुवैलाई राजनीतिक असन्तुष्टिका कारकका रूपमा लिनुपर्छ र सुधारका उपायप्रति संवेदनशील हुनुपर्छ।
यदि संविधान भनेको जनतालाई नेताबाट संरक्षण गर्नबन्ने दस्तावेज हो भने नेपालमा व्याप्त राजनीतिक सँस्कृतिका नराम्रा पक्षलाई नियन्त्रण गरेर जनता र देशलाई नेताबाट बचाउन नयाँ सामाजिक करारको खाँचो छ। नेपालमा मात्र हैन, विश्वभरि नै राजनीतिक दल र जनताको सम्बन्धमा एकैखालको परिवर्तन देखापरिरहेको छ। एकातिर परम्परागत राजनीतिप्रति साधारण नागरिकको असन्तुष्टि बढ्दो छ भने अर्कोतिर नागरिक समाज र बौद्धिक वर्गको राजनीतिमा चासो बढ्दो छ।
राजनीतिशास्त्रीहरूले लोकतन्त्रको वाहवाहीभित्र छिरेर यसका वस्तुगत समस्या केलाउँदा धेरैको भ्रम टुटेको छ। लोकतन्त्रमा जनताले शासन गर्दैनन्, खाली आफूलाई शासन गर्ने एउटा सीमित शासकवर्गमात्र छान्दछन् भन्ने मान्यता धेरै अघिदेखि छँदैथियो, यो झनै हावी हुँदै गैरहेको छ। पिटर मायर लेख्छन्– जनता अर्धसार्वभौम छन् भन्ने मान्यता पनि स्खलित हुँदै गैरहेको छ। नागरिक समुहको सार्वभौम अधिकार हराएको छ। यस्तोखालको लोकतन्त्र हामी आइरहेको देख्दछौँ जहाँ लोकतन्त्रको एउटा अमूल्य पाटो हराएको छ, लोकतन्त्रमा ‘लोक' नै हराएको छ।
निष्त्रि्कयता कि आन्दोलन?
नेपालमा राजनीतिप्रति वितृष्णा बढिरहेको छ। माथि उल्लेख गरिएझैँ दुईतिहाइ नेपाली जनता आफ्नो प्रतिनिधित्व हुननसकेको गुनासो गर्छन्। तुलनात्मकरूपमा खाली धनी वर्गमात्र राजनीतिक दलको प्रतिनिधित्वबाट खुसी छन्। जनताका प्रमुख समस्या मूल्यबृद्धि, विकास गतिविधिको अभाव र बेरोजगारी हुन्। एकपल्ट चुनाव जितेपछि अधिकांश् जनप्रतिनिधि जनताकहाँ फर्केर जाँदैनन्। ८३ प्रतिशत जनता आफ्ना प्रतिनिधिसँग कुनै पनि प्रकारको सम्पर्क राख्नसक्दैनन्। झन्डै दुईतिहाई जनतालाई आफ्ना प्रतिनिधिले संविधानसभामा के गरिरहेका छन् थाहा छैन र ४२ प्रतिशत त आफ्ना प्रनितिधिलाई फर्केर आएको देख्न पनि चाहँदैनन्। जनता स्थानीय प्रतिनिधि देख्न चाहन्छन्, तर ३५ वर्ष पुगेका युवाले पनि अहिलेसम्म स्थानीय निकायका लागि मत हाल्न पाएका छैनन्।
विभिन्न अध्ययनले देखाएका छन्, राजनीतिविरोधी भावनाले दुईखालको स्वरूप ग्रहण गर्नसक्छ। पहिलो स्वरूप, राजनीतिक वितृष्णा हो। जनता विस्तारै राजनीति र राजनीतिक दलबाट टाढिन्छन्। उनीहरूले राजनीतिक अधिकार भन्ने वस्तुले आफ्नो र समग्र राजनीतिक समुदायको हित प्रबर्द्धन गर्नसक्छ भन्ने विश्वास गुमाउँछन्। राजनीतिप्रतिको वितृष्णा, अविश्वास र आशंका यसको उपज हो।
लिपहार्टले यस्तो अवस्थालाई सहभागितामूलक असमानताका रूपमा चित्रित गरेका छन्। राजनीतिक अधिकारको प्रयोगबाट सबैभन्दा फाइदा हुनसक्ने गरिव र पहुँचविहीन वर्ग नै वितृष्णाका कारण राजनीतिक सहभागिताबाट सबैभन्दा पहिला पन्छिन्छन्। यदि उनीहरू राजनीतिमा सहभागी हुँदा हुन् त सेवा गर्नसक्ने राज्यको नीतिगत क्षमता अझ बलियो हुनेथियो।
राजनीतिविरोधी भावनाको अर्को स्वरूप आन्दोलन र हिंसा हो। आफ्नो राजनीतिक अधिकार भुत्ते भएकाले त्यसलाई बलियो बनाउन नागरिक समुहहरू आफ्ना शत्रुविरुद्ध आन्दोलन र हिंसाको सहारा लिनपुग्छन्। यो अझ नकारात्मक स्थिति हो। मधेसी र जनजाति समुहको आन्दोलनलाई पनि राजनीतिविरोधी भावनाको रूपमा बुझ्नसकिन्छ। आन्दोलनको अवस्थामा राजनीतिक स्रोत र साधनको उपयोग विधिविहीन तरिकाले हुनथाल्छ, सामुहिक हितका लागि गरिने निर्णय टिक्नसक्दैनन् र द्वन्द्व झन् बढ्छ।
राजनीतिक असन्तुष्टिले कस्ताखालका प्रतिक्रिया जन्माउँछ भन्ने उदाहरणका लागि वैद्य माओवादी समुहलाई लिनसकिन्छ। हालै यो दलमा ३ फरकखालका राजनीतिक धार देखिएका छन्। एउटा धार नेत्रविक्रम चन्द ‘विप्लव' सँगै नयाँ आन्दोलनमा होमिएको छ। दोस्रो धार प्रचण्डसँग मिल्ने तयारीमा पुगेको छ। तेस्रो धार भने भौतिकरूपमा वैद्यसँगै निकट छ, तर निष्त्रि्कय। बरू मानसिकरूपमा विप्लवप्रति उनीहरूको सहानुभूति छ।
वैद्य माओवादीको पहिलो धार र तेस्रो धार राजनीतिक असन्तुष्टिको द्योतक हो। पहिलो धारको ठम्याई छ, जनताको अधिकार स्थापना गर्न वर्तमान संरचना र राजनीतिलाई परिवर्तन नगरी हुँदैन। तेस्रो धार राजनीतिबाट थाकेको छ। उसको ठम्याई छ, आकाशमा थुक्दा आफ्नै मुखमा छिटा पर्छ। दोस्रो धारलाई असन्तुष्टिको अभिव्यक्तिका रूपमा लिनमिल्दैन, किनभने वर्तमान राजनीतिबाटै केही गर्नसकिन्छ भन्ने विश्वास यसले गुमाइसकेको छैन।
लोकप्रिय लोकतन्त्र कि उदार संविधानवाद्?
विश्वभरि नै जनताको प्रतिनिधिको रूपमा राजनीतिक दलहरूले निर्वाह गर्ने भूमिका घट्दै गैरहेको छ र यो भविष्यमा अझ घट्दै जानेछ। आमजनता परम्परागत राजनीतिको मैदानबाट फर्किरहेका छन् भने राजनीतिक दलहरू स्वयं जनताको घरदैलो र गाउँघरका मैदानबाट आफ्नै निजी स्वार्थको मैदानमा फर्किरहेका छन्। फलस्वरूप उनीहरूको केन्द्रबिन्दु राज्य र सरकार बन्नपुगेको छ।
झट्ट हेर्दा आमनागरिकको परम्परागत राजनीतिक दलहरूप्रतिको वितृष्णाले सिर्जना गरेको समस्याको हल गर्न बौद्धिकवर्गको चासो बढेको हो कि जस्तो भान हुन्छ। तर, यथार्थ केही फरक छ। नागरिक समाज र बौद्धिकवर्ग लोकप्रिय लोकतन्त्र स्थापना गर्नभन्दा पनि उदार संविधानवाद्तर्फ उन्मुख देखिन्छन्। विश्वका विभिन्न राजनीतिक चिन्तकको बिचार पढ्दा राजनीतिमा जनसहभागिता बढाउनभन्दा पनि आमसहभागिता घटाउनतिर उनीहरू लागिरहेका हुन् कि जस्तो देखिन्छ। राजनीतिमा जनताको वितृष्णा बढिरहेको सन्दर्भमा लोकतन्त्रको अवधारणालाई नै पुनर्परिभाषित गरेर लोकतन्त्रलाई सुदृढ बनाउने उनीहरूको चासो रहेको देखिन्छ। ‘लोक' अनुपस्थित भएको अवस्थामा लोकतन्त्रको नयाँ परिभाषा गर्नु उनीहरूको उद्देश्य हो। यस चासोले विश्वका लोकतन्त्रहाई उदार संविधानवाद्तिर धकेलिरहेको भान हुन्छ।
यसका लागि पहिला राजनीतिशास्त्रीहरूले संवैधानिक लोकतन्त्र र लोकप्रिय लोकतन्त्रबीचको भिन्नता उजागर गरेका छन्। संवैधानिक लोकतन्त्रको अवधारणाले ‘जनताका लागि' भनेर बनेको सरकारलाई सफल बनाउन संविधानमा रहेका नियन्त्रण र सन्तुलनका संयन्त्रहरूमा जोडदिन्छ भने लोकप्रिय लोकतन्त्रको अवधारणाले आमजनताको सहभागिता अर्थात् ‘जनताद्वारा' गरिने प्रक्रियालाई महत्व दिन्छ।
फरिद जाकारिया भन्छन्, ‘आधुनिक इतिहासमा युरोप र उत्तर अमेरिकाका सरकारलाई विश्वका अन्य सरकारबाट छुट्याउने प्रमुख चरित्र लोकतन्त्र हैन, संवैधानिक उदारवाद् हो। ‘पश्चिमेली नमुना' को उच्चतम प्रतिबिम्ब आममतदाता हैनन्, बरू निष्पक्ष न्यायाधीश हुन्।' यसको अर्थ हो, पश्चिमेली लोकतन्त्र मतदाताको सहभागिता हैन कि सुशासनका लागि बनेका संवैधानिक संयत्रहरूका कारण सफल भएका हुन्।
पिटर मायरका अनुसार आमसहभागितालाई भन्दा संवैधानिक प्रक्रियालाई जोड दिनुपर्ने प्रमुख कारण राजनीतिक दलहरूको अकर्मण्यता हो। राजनीतिक दल असफल भएका कारण नै लोकप्रिय लोकतन्त्र पनि असफल भएको हो। यसरी दलहरूभन्दा पृथक समाधान खोज्नु भनेको लोकतन्त्रमा आमसहभागितालाई न्यून गर्नु हो। राजनीतिक दलहरूको असफलता भनेको प्रतिनिधिमूलक सरकारको असफलता हो।
जाकारिया र अन्य चिन्तकको प्रयास यस्तो लोकतन्त्रको परिकल्पना गर्नु हो जसले काम गर्छ, जसले वैधानिकता पाएको हुन्छ, तर जसले नागरिकको नियन्त्रणको अवधारणालाई केन्द्रबिन्दु मान्दैन। यो नै उदार संविधानवाद्को मर्म हो।
जनतालाई नेताबाट कसरी बचाउने?
आजको दिनमा राजनीतिक दलहरूले जनताको प्रतिनिधिको भूमिका कमजोर भए तापनि, लोकतन्त्रको बाहकको रूपमा खेल्ने भूमिका बढ्दो छ। अर्थात्, उनीहरूको राज्यसञ्चालन गर्ने भूमिका कमजोर भएको छैन। राजनीतिक दललाई जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न असफल भएकोमा हामी आलोचना गर्छौं, तर उनीहरूले राज्यसञ्चालनमा भूमिका खेल्नहुँदैन भनेर भन्दैनौंँ।
नेपालका लागि संवैधानिक उदारवाद उपयुक्त विकल्प नहुनसक्छ, किनभने यसले लोकतन्त्रको आधारभूत समस्या, अर्थात् राजनीतिक वितृष्णालाई समाधान गर्दैन। राजनीतिक दलहरूलाई सफल बनाउनु अहिलेको एकमात्र विकल्प हो। त्यसैले नेपालको राजनीति सुधार गर्ने हो भने सबैभन्दा पहिला राजनीतिक दलहरूकै सुधार गर्नुपर्छ। जनताको दृष्टिकोणबाट हेर्दा नयाँ लेखिने संविधानको सबैभन्दा महत्वपूर्ण प्रश्न हो : जनतालाई नेताबाट कसरी बचाउने?