नयाँ संविधानको तीर्खा अझै नमेटिए पनि लोकतन्त्रका बाटोमा बिस्तारै बामे सर्न थालेको छ देश। धेरै कुरा भइरहेकाछन् यहाँ। मानिसका आआफ्नै आग्रह छन्, पूर्वाग्रह छन् र पनि केही सार्थक बहस, केही राम्रा प्रयत्न भइरहेका छन्।परम्परागत राजनीतिको फोहोर आहालबाट निस्कन नसके पनि त्यसमा खेलिने फोहोरी खेलबाट जनता वाक्क र दिक्क हुन थालेकाछन्। हुनथालेका सार्थक बहसलाई परम्परागत राजनीतिले बेलाबेलामा अर्कोतिर मोडिदिए पनि जनताले सोच्न छाडेका छैनन्। हुनथालेका राम्रा प्रयत्नलाई राजनीतिक पूर्वाग्रहले बेलाबेलामा तुहाइदिन्छन् ता पनि जनताले प्रयत्न छाडेका छैनन्। नराम्रा कुरा अझै अनगिन्ती छन् यहाँ तर पनि लोकतन्त्रको आलोकमा सुन्दर र असुन्दर छुटिटन थाल्दैछ बिस्तारै।
भर्खरै थालेको लोकतान्त्रिक अभ्यासका अनगिन्ती ‘आइटम'मध्ये प्रािज्ञक क्षेत्रमा राजनीतिक हस्तक्षेपविरुद्धको अभियान पनि एउटा हो। यसले राम्रै गति लिन खोजेको थियो। यस्तो अभियानको सार्थकता र सान्दर्भिकता पटक्कै घटेको छैन। तर बिस्तारै त्यस अभियानको चरित्र परिवर्तन भइरहेको हो कि भन्ने सुनिन थालेको छ। नयाँ मेडिकल कलेजका सम्बन्धनका बारेमा अनेक समाचार सुनिन्छन्। परम्परागत राजनीति र व्यापारको मिश्रणबाट जन्मेको कुरूप दृश्यहरू बेलाबेलामा देखिन्छन्। तैपनि, चिकित्साशास्त्र अध्ययन अध्यापनकै बारेमा सार्थक र गहन बहसले भने अझै गति लिनसकेको छैन। यतिबेला चिकित्साशास्त्रसँग नाता भएका सबै सरोकारवालाले गर्नु पर्ने प्रश्न भनेको १. कुन उद्देश्यका निम्ति २. कस्ता चिकित्सक ३. कति संख्यामा ४. कुन विधिले ५. कति समयभित्र तयार गर्ने भन्ने नै हुन्। यी प्रश्नका बारेमा जति गम्भीर चासो देखिनुपर्ने हो त्यो देखिँदैन। बरु आआफ्ना साँगुरा राजनीतिक वा व्यापारिक स्वार्थ पूर्तिका निम्ति हतियारका रूपमा मेडिकल कलेजका विषयलाई उपयोग गर्ने प्रवृित्त भने बढ्न थालेको छ। यसले गर्दा ‘ऋषिमन' भएकै अभियन्ता पनि राजनीतिक दाउपेचका हतियार बन्नसक्ने खतरा बढ्छ।
मेडिकल कलेज कुन भौगोलिक क्षेत्रमा बनेको छ भन्ने विषयले प्रभाव नपार्ने हैन। केन्द्रदेखि बाहिर मोफसलमा, त्यो पनि विकट ठाउँमा मेडिकल कलेज खुल्ने हो भने केही न केही सकारात्मक प्रभाव पर्छन् नै। यस्ता सकारात्मक प्रभाव स्थानीय विकासका मामलामा अझ बढी टड्कारो देखिएलान्। मेडिकल कलेजको उपस्थितिले स्थानीय जनताको स्वास्थ्य सेवामा पनि केही न केही सकारात्मक प्रभाव पर्छ नै। तर भौगोलिकतालाई नै आजको चिकित्साशिक्षणको मूल विषय बनाउनु कत्तिको ठीक हुन्छ? कस्ता डाक्टर तयार गर्दैछौँ भन्नेमा मेडिकल कलेज कुन ठाउँमा अवस्थित छ भन्ने तथ्यभन्दा पनि मेडिकल कलेजको उद्देश्य, अध्यापन विधि, विद्यार्थी छनोट प्रवि्र्कया आदि निर्णायक हुन्छन्। मेडिकल कलेजहरू केन्द्रमा हुन् वा मोफसलमा शिक्षण विधि वा विद्यार्थी छनोटको प्रवि्र्कया ठीक भएन भने तिनले दूरगामी चरित्रको नोक्सानी गरिरहेका हुन्छन्। हामीकहाँ चिकित्साशास्त्र अध्ययन अध्यापनसँग जोडिएर गुणात्मकताका कुरा त बेलाबेला उठ्ने गर्छन्। तर अत्यन्त यान्त्रिक हिसाबले उठ्छन् ती कुरा। कुनै पनि मेडिकल कलेजको कति जमिन छ, कति भवन छन्, कति कोठा छन्, कति टेबल कुर्सी छन्जस्ता कुराको पनि एकहदसम्म मात्र अर्थ रहन्छ। समुदायमा आधारित (कम्युनिटी बेस्ड), समस्यामा आधारित (प्रोब्लेम बेस्ड) जस्ता गतिशील, विद्यार्थी केन्द्रित र जीवनपर्यन्त सिकाइलाई सघाउने किसिमका शिक्षण विधि अपनाउँदा आवश्यक पर्ने भौतिक पूर्वाधार परम्परागत जडसूत्रीय शिक्षक केन्द्रित घोकन्ते शिक्षण विधिका निम्ति उपयुक्त पूर्वाधारभन्दा फरक हुन्छन्। हाम्रो जस्तो देशमा स्वास्थ्य सेवामा होस् वा चिकित्साशास्त्र अध्यापनमा हामीले भोगिरहेका चुनौती विकसित देशहरूका भन्दा ठूला र फरक प्रकृतिका छन्। आधारभूत स्वास्थ्य सेवासम्म पनि प्रदान गर्न नसकिरहेको अवस्था छ एकातिर भने अर्कातिर संसारमा भइरहेका प्रगतिका बारेमा बेखबर भएर, नयाँ प्रविधिलाई वास्ता नगरेर बस्न नसकिने स्थिति छ। दह्रोसँग भुईंमा खुट्टा टेकेर आकाश छुनुपर्ने बाध्यता छ हाम्रा चिकित्सक र चिकित्सा शिक्षाशास्त्रीहरूलाई। यस्तो परिस्थितिमा चिकित्साशास्त्र अध्यापनका परम्परागत शैलीलाई मात्र पछ्याएर हाम्रा समस्या हल हुन सत्तै्कनन्। आफ्ना यथार्थमा उभिएर युग सुहाउँदो शिक्षण विधि तय गर्नु आवश्यक छ। नयाँ चुनौतीको सामना गर्नै भनेर खुलेका संस्थानहरूलाई साँगुरो राजनीतिक दुराग्रहका सिकार हुनुबाट जोगाउनुपर्ने आवश्यकता एकातिर छ भने नयाँ मेडिकल कलेजहरूलाई नियमन गर्न ‘खडेबाबा'लगायतका ‘रित पुर्याोउने' काम गरेनगरेको हेरेरमात्रै पुग्दैन। यस्ता निरर्थक रीत पुर्याकउनुको सट्टा मेडिकल कलेजहरूले युग सुहाउँदो सूचना सञ्चार प्रविधिको प्रयोग गर्दा नवीनतम ज्ञान आर्जन गर्न विद्यार्थीलाई सजिलो हुन्छ। बढीभन्दा बढी समय समुदायमा व्यतित गरेर वास्तविक सामाजिक जीवनमा स्वास्थ्य र रोगव्याधिलाई बु‰न विद्यार्थीलाई प्रेरित गर्दा देशलाई कामलाग्ने डाक्टर तयार पार्न मद्दत पुग्छ।
सामाजिक उत्तरदायित्व वहन गर्नसक्ने नयाँ पुस्ताका डाक्टर तयार गर्ने काम चानचुने छैन। नयाँ पुस्ताका धेरै डाक्टरमा देशको यथार्थका बारेमा चिताउनै नसकिने तहको अज्ञान छ। देशको भौगोलिक, जातीय, सांस्कृतिक विविधताका बारेमा, देशको राजनीतिक स्थितिका बारेमा पटक्कै ज्ञान नभएका धेरै नयाँ डाक्टर देखेको छु मैले। स्पष्ट छ – चिकित्साशास्त्र अध्यापनमा सान्दर्भिक मानविकीलाई प्रवेश गराउन अब ढीलो गर्नु हुन्न। मानव स्वास्थ्यलाई कसरी बुझ्ने? हाम्रो स्वास्थ्य प्रणालीमा के के कुरामा सुधार गर्नुपर्ला? स्वास्थ्य अर्थनीतिसंग जोडिएका प्रश्नलाई नयाँ पुस्ताका डाक्टरले कसरी हल गर्ने? के गर्दा स्वास्थ्य सेवामा सामाजिक न्याय स्थापित हुन्छ? यस्ता प्रश्नमा विद्यार्थीको चासो बढाउने पाठ्यक्रम निर्माण नगरी हँदैन।
चिकित्साशास्त्रका विद्यार्थी पहिलो वर्षदेखि नै मृत मानव शरीरको सम्पर्कमा आउँछन्। उत्तर किशोरावस्थाका विद्यार्थीका निम्ति नजिकबाट मृत मानव शरीर हेर्नु, स्पर्श गर्नु कौतुहल, डर, रमाइलो, घीनजस्ता अनेकौं भाव मिश्रित अनुभव हुन्छ। कुनै उरन्ठेउला विद्यार्थी ठट्टा गर्न पनि थाल्छन्। त्यस उमेरका विद्यार्थीलाई मानव शरीरको सम्मान गर्न कसरी सिकाउने? शरीर संरचना सिकाउने अरू उपाय होलान् कि नहोलान्? मानव शरीरलाई नितान्त यान्त्रिक ढङ्गले मात्र हेर्न सिकेको विद्यार्थी भविष्यमा कस्तो डाक्टर बन्ला? यस्ता विषयमा अझै पनि चिकित्साशिक्षा शास्त्रीहरूको यथेष्ट ध्यान पुगिसकेको छैन किजस्तो लाग्छ।
राज्य सक्षम हुने हो भने चिकित्साशास्त्रको शिक्षा पूर्णतः राज्यकै उत्तरदायित्व भएको राम्रो हुन्थ्यो होला। तर अहिलेको परिस्थितिमा निजी वा गैरराज्य क्षेत्रको पनि चिकित्साशास्त्र शिक्षणमा भूमिका नभई हुँदैन। निजी क्षेत्रले चिकित्साशास्त्रको शिक्षणमा प्रवेश गरेको निकै समय भइसकेको छ। यतिका वर्ष बितिसक्ता पनि राज्य, निजी, गैरकारी संस्ता, सहकारीआदि अनेक क्षेत्रको स्वामित्वमा रहेका मेडिकल कलेज र अस्पतालको भूमिकाका बारेमा स्पष्टता छैन। सबैले एउटै भूमिका पूरागर्ने कि आआआफ्ना वैशिष्ट्यका आधारमा केही फरक हुनुपर्छ?
यी त केही उदाहरण मात्र हुन्। चिकित्साशास्त्र अध्यापनको गुणात्मकताका बारेमा चर्चा गर्दा ध्यानमा राख्नुपर्ने अझै महत्वपूर्ण कुरा धेरै छन्। यी यावत् विषयमा प्रवेश नै नगरी अत्यन्त सतही रूपमा तर्क गरेर र अनुगमनका तरिका नितान्त कर्मकाण्डीय बनाएर गुणस्तर कायम हुनसत्तै्कन। चिकित्साशास्त्रको शिक्षणसँग जोडिएका महत्वपूर्ण विषयको गहिराइमा पसेर सार्थक छलफल गर्न अब ढिलो गर्नु हुँदैन। नत्र अन्य संवेदनशील विषयलाई जस्तै मेडिकल एजुकेसनलाई पनि निहुँमात्रै बनाउने र आफ्नो स्वार्थसिद्ध गर्ने परम्परागत राजनीतिको खेलले अर्को मैदानमात्र पाउनेछ।