पाकिस्तानमा १६ डिसेम्बरमा भएको सैनिकका बालबालिकाको आमसंहारमा चर्चित तालिबान खासमा के हो, कसरी जन्म्यो, किन पाकिस्तानमा यस्तो गर्योत, आममानिसलाई थाहा नहुनसक्छ। अफगानिस्तानको तालिबान नै हो कि यो, फरक हो? फरक हो भने कुन हो, कहाँको हो? यी सवालको पनि उत्तर मिडियामा आएको छैन। सबै तालिबान एकै भन्नेमा छन् जनमानस। झन् तालिवान (मूल) ले त यस कार्यलाई इस्लामविरोधी भन्दै पाकिस्तानी जनताकासाथ दुःख बाँड्न चाहेको विज्ञप्ति पढ्नेलाई अलमल हुने नै भयो।तालिबानी जन्मकथा :
अफगानिस्तानमा १९७९ सोभियत कब्जापछि सोभियत सरकारका विरुद्ध विभिन्न समुहको जन्म भयो। अमेरिकी समर्थित मुजाहिदीनको कडा प्रतिकारका कारण १९८९ को सोभियत ‘विथड्रल' हुनेहुने अवस्थामा सत्ता हातपार्न आन्तरिक तथा वाह्य शक्तिबीच हानथाप परेको अवस्थामा सीआईए (सेन्ट्रल इन्टेलिनेन्स एजेन्सी) र पाकिस्तानले जन्माएको शक्ति हो तालिबान। यो उत्तरी पाकिस्तान अर्थात् पस्तुनीहरूको इलाकामा देखापर्योक। पाकिस्तानले अफगानिस्तानका किशोर पस्तुनीलाई पाकिस्तानका पस्तुनी मदरसाहरूमा ल्याएर उग्र इस्लामिक शिक्षासँगै सैनिक तालिम दिएको हो। पस्तु भाषामा तालिम अर्थात् विद्यार्थी शब्दबाटै बनेको हो तालिबान। अफगानिस्तानको वहुसंख्यक ‘ट्राइब' पस्तुन पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा पनि वहुसंख्यक नै छ। पस्तुनीहरू पाकिस्तानको दोस्रो ठूलो ट्राइब हुन्। पठान भनेको पनि पस्तुन नै हो। अफगानी भनेको पनि पस्तुनी नै हो। यसको मुजाहिदीनका मुल्ला ओमरले नेतृत्व गरेका थिए।
सुरुमा अमेरिकी इशारामा साउदीले आर्थिक सहयोग गर्दा यी कडाखालका (हार्डलाइनर) सुन्नीहरू धार्मिक सम्मेलनमा मात्रै सीमित थिए। परन्तु यिनले १९९४ मा कन्दहर कब्जा गरे। (इन्डियन प्लेन हाइज्याक गरी लगिएको स्थान। साथै, महाभारतमा वर्णित शकुनीको राज्य) त्यसपछि विश्वको ध्यानआकर्षित गर्न सफल भयो। झन १९९६ मा त काबुल नै कब्जा गर्यो् यसले। १९९७ मा संयुक्त राज्य अमेरिकाकै चम्चाबाट जन्मेर उसैको दुश्मन बन्न पुगेको बिन लादेनसँगको घनिष्टता बढेपछि दृश्य बदलियो। १९९८ सम्ममा त पूरै अफगानिस्तानको शासन नियन्त्रणमा लियो। परन्तु यसको उग्र इस्लामिक रबैयाले गर्दा पुरानो सहयोगीकै कारण २००१ मा सत्ताबाट हट्नुपर्योि। इस्लामिक एमिरेट अफ अफगानिस्तान नामकरण गरिएको यसको सत्तालाई युएई, साउदी र पाकिस्तानले मात्र समर्थन गरका थिए। विश्वले त्यसलाई वहिष्कार गर्योफ। डाँकाहरूको निर्मूल गरेर व्यापारमा बृद्धि गराउनेजस्ता कार्यले गर्दा प्रारम्भमा तालिबानी जनताबीच ज्यादै लोकप्रिय भए। तर, उग्र सरिया लागु भएपछि भने जनआक्रोस बढ्दै गयो। महिला शिक्षा बन्द, टेलिभिजन, सिनेमा, संगीत सुन्न निषेध, दाह्री र बुर्का अरबमा झैँ अनिवार्य, पाइन्ट लगाउन नपाइनेजस्ता निषेधका साथै कुटेर मार्नेलगायतका अरबी शैलीका सजाय लागु भयो।
पेशावर घटनासम्बद्ध पाकिस्तानी तालिबानी :
सन् २००१ सेप्टेम्बर ११(९/११)को टि्वनटावर आक्रमणपछि अमेरिकी चेतावनीका कारण पाकिस्तानले तालिबानलाई समर्थन बन्द त गर्योण, तर आफ्नैविरुद्ध तालिवानीमा पाकिरहेको खिचडीबारे चालै पाएन, एसियाको श्रेष्ठ जासुस मान्ने आइएसआईले। आफैले अफगानिस्तानका पस्तुनीलाई तालिवानी बनाएझैँ अफगानिज तालिबानीले पाकिस्तानका पस्तुनीलाई पनि पाकिस्तानविरुद्ध मोर्चाबन्दी गरेको थाहै पाएन, सेना र सरकारले पनि।
सन् २००७ मा तालिबानी नेता बैतुल्लाह महसुदको नेतृत्वमा विभिन्न १३ तालिवानी गुट मिलेर बने, तहरिक—ए—तालिवान (टीटीपी)। लक्ष थियो : (१) पाकिस्तानको वर्तमान डेमोक्रेटिक व्यवस्थाको अन्त्य गर्न पाकिस्तानका हरक्षेत्रमा पसेर अस्थिरताको सिर्जना गर्ने। (२) उग्र इस्लामिक कानुन सरिया लागु गर्ने। अर्को अर्थमा पाकिस्तानलाई सत्रौँ शताब्दीको अवस्थामा पुर्यानउने। (३) अफगानिस्तानमा कार्यरत नेटो फौजका विरुद्ध अफगानी तालिबानलाई प्रतक्ष सहयोग र समर्थन गर्ने।
पाकिस्तानबारे अफगानी तालिबानको नीति :
पाकिस्तानविरुद्ध कुनै पनि कार्य नगर्ने, पाकिस्तानसँग राम्रो सम्बन्ध राखिराख्ने। अफगानिस्तानको पुनःकब्जापश्चात् देशको पुनःनिर्माणमा पाकिस्तानी अर्थ र प्रविधिको सहयोग लिनखोज्ने।
अफगानिज तालिबानकै एक समवर्गी समुह भए पनि टीटीपी भने पाकिस्तानकै विरुद्ध स्थापित भएको थियो। यसलाई उनीहरूले अभियानका रूपमा लिएका छन्। तहरिक भनेको अभियान हो। तालिब भनेको धर्म विषयका विद्यार्थी हुन्। अर्थात् धर्म विषयक विद्यार्थीको अभियान हो तहरिक—ए— तालिबानी। पाकिस्तानविरुद्धको धार्मिक अभियान।
यो पाकिस्तानी तालिबानीहरूको बालबालिकाको हत्याकाण्डको लगत्तै मूूल तालिबानी (अफगानी) प्रवक्ता मोहम्मद खोरासानीले इस्लामविरोधी कार्य भन्दै पाकिस्तानी जनताको दुःख बाँड्ने वक्तव्य दिएकोले पनि फरक बुझ्नुपर्छ। सबैले तालिवानी भनिरहे पनि यसलाई पाकिस्तानी तालिबानी या टीटीपी तालिबानी भन्नु सही हुन्छ। मूलतः पाकिस्तानकै विरुद्धको संगठन भए पनि २००९ को अफगानिस्तानको ‘सीआईए बेस क्याम्प' च्यापम्यानमा भएको आत्मघाती हमला र टाइम स्क्वायरमा भएको कार बमको प्रयास आफूले अमेरिकनविरुद्ध गरेको दाबी गरेको सन्दर्भले यसको कार्यक्षेत्र या पहुँच क्षेत्र पाकिस्तानको पस्तु क्षेत्रमात्रै भनिरहन उचित हुँदैन। हुन त हाल कट्टर धर्मगुरु तथा अन्यको उपयोग गरेर कराँचीमा यसले आफ्नो प्रभाव अत्यधिक बढाएको तथ्यलाई हेर्दा अब यो पस्तुन अर्थात् ‘नर्थ वेस्ट पाकिस्तान' मा मात्रै सीमित रहने रणनीतिमा छैन भन्ने बुझिन्छ। पूरा पाकिस्तानमा नफैलिई पाकिस्तान सरकार ढल्दैन भन्ने बुझेको छ यसले।
गत जुन १५ बाट पाकिस्तानी सेनाले जर्व—ए—अज्व नामक एक उग्र सैनिक अप्रेसन उत्तरी बजिरिस्तानमा सञ्चालन गरेपछि तालिबानीले भोगेको ट्याक्टिकल डिफिटकै आक्रोस हो पेशावर हत्याकाण्ड। सैनिक अप्रेसनमा १२०० तालिबानीले ज्यान गुमाइसकेका छन्। २६ अर्ब (पाकिस्तानी) खर्च भइसकेको यस मिसनमा १० लाख जनता घरबारविहीन भएका छन्। तालिबानी आतंकबाट त्रसित पस्तुनी जनताले सेनालाई साथ दिइरहेका छन्। तालिबानी सरिया कानुन मान्न जनता तयार छैनन्। हालसम्म ३ सयभन्दा बढी स्कुल बमले उडाइसकेका यिनै तालिबानी हुन्, जसले लगाएको महिला शिक्षामाथिको बन्देजका विरुद्ध विद्रोह गरेकी थिइन् २०१२ मा बालिका मलाला युसुफजाईले। मलालाले नोबेल शान्ति पुरस्कार पाएपछि पाकिस्तानी जनता तथा पस्तुनी महिलासमेतले प्रकट गरेका हर्षबढाईले पनि यिनीहरूलाई यस काण्ड गर्न उत्सुक बनाएको अनुमान गरिएको छ। तर, मुख्य कुरा के हो भने, मलाला पस्तुन समाजमा आमजनता, विशेषगरी महिलाका लागि तालिबानको शक्तिलाई चुनौती दिनसकिन्छ भन्ने विश्वासको एक प्रतीक बन्दैछिन्। नोबेल पुरस्कारले त झनै बढी व्यापकता लिएको छ उग्र इस्लामिक सोचका विरुद्ध। बालिका मलालामाथिकै रिसले बालबालिकामाथिको आक्रोशको मनोवैज्ञानिक कारण मैले अनुमान गरेको छु। हुन त अमेरिकन ड्रोनका कारण २०१४ मै ३ ठूला नेता मुल्ला नजिर, बलुर रहमान तथा हकिमुल्लाह मेहसुद मारिएको घटनाले पनि यिनीहरू उत्तेजित भइरहेका हुन्।
५ लाख सेना भएको पाकिस्तानमा करिब अढाई लाख सशस्त्र मुजाहिदीन रहेको पश्चिमी विज्ञहरूको अनुमान छ। यही पृष्ठभूमिमा पाकिस्तानको सामु अब ठूलै चुनौती छ, देशलाई आतंकवादबाट मुक्त गर्न। छिमेकीलाई डस्न घरको पछाडि लुकाएर राखिएका काला नागहरू घरका तलातला, कोठाकोठामै घुसेर घरलाई नै विषमय बनाउँछन् भन्ने सत्य बल्ल बुझ्यो पाकिस्तानले। स्मरण रहोस्, नब्बेको दशकमा तालिवान खडा गर्न सीआईएले दिने ३ बिलियन डलरले भूमिका खेलेको थियो। जर्नेलसापहरूमा लालच उत्पन्न भयो। सर्त राखे, उक्त ३ बिलियन डलर कसरी र केमा खर्च गर्ने र सीआईए या अन्य आर्थिक निकायलाई पनि सोध्नु या जानकारी दिनु नपर्ने! अन्यथा सहयोग नलिने। सीआईएले मानेपछि मात्रै जन्मेको हो अफगानिस्तानी तालिबान। यसको विषपुत्र पाकिस्तानी तालिबानीको कथा र पाकिस्तानी व्यथा यही नै हो। हुन त यो प्रारम्भमात्रै हो।
अन्त्यमा, पाकिस्तानले बुझेको छ कि, असल आतंक र खराब आतंक हुँदैन। अर्काका विरुद्ध पालिएको असल आतंकले नै अन्ततः आफ्नाविरुद्ध खराब आतंक जन्माउने रहेछ। अमेरिकालाई बिन लादेन तथा अल काइदाले पाठ सिकायो, भारतलाई तामिल गुरिल्लाहरूले। नेपालले पनि जानीनजानी भारतलाई खुच्चिङ भन्दै भारतबिरोधी इस्लामिक तŒवहरूमाथि चिम्लिरहेको आँखामा एक दिन एसिड छ्यापिने छ।