पटक पटकको राजनीतिक अस्थिरता, बन्द,हडताल, व्यापारीको मिलेमतो र अस्थिरताले वस्तु तथा सेवाको भाउ अकासिएको छ । विकास खर्च हुन नसकी सरकारी कोषमा २७ अर्ब रुपैयाँ जम्मा भएकोले बैकिङ क्षेत्रले लिने र दिने ब्याज पनि बढेको छ ।
यी दुई समस्या समाधान गर्न अप्राकृतिक मूल्य वृद्धि रोक्ने र विकास खर्च बढाएर बजारमा नगद पठाउने गर्नुपर्छ । सरकारले वस्तु र सेवाको मूल्य सीमाभित्र राख्न खाद्य संस्थान मार्फत अभियान थालेपनि स्थिति जस्ताको तस्तै छ । विकास खर्च बढाउन नसकी सरकारले पैसा थन्क्याएर राखेकाले बैकिङ क्षेत्रलाई नगद जुटाउन धौधौ परेको हो ।
सधैं भारतको मूल्यसाग प्रभावित हुँदै आएको नेपाली बजारलाई यसपटक छोएन । भारतमा शून्य दशमलव एक प्रतिशत मात्र मूल्यवृद्धि छ । नेपालमा भने राष्ट्रबैंककै तथ्यांकअनुसार पनि मूल्यवृद्धि १३ दशमलव १ प्रतिशत छ । अर्थात्, भारतमा मूल्य बढ्दा नेपालमा असर पर्छ तर घटेको मूल्य नेपाल आउँदैन । राष्ट्रबैंकको संयन्त्र र सामथ्र्यले मूल्यवृद्वि नियन्त्रण गर्न नसक्ने गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले बताएका छन् । उनी त आपूर्ति व्यवस्था कमजोर भएकोले मूल्य अकासिएको भन्छन् । आपूर्ति व्यवस्था सहज बनाउन लाग्नुपर्ने निकाय भने मौन छन् ।
मूल्य धेरै माथि गएकोले सर्वसाधारणको वस्तु र सेवा खरिद गर्ने क्षमता कमजोर भएको छ । साथै बचत गर्ने क्षमता पनि घटेको छ । यसले सर्वसाधारणको दिनचर्या कष्टकर बनेको छ । हुन त बैंकको ब्याजमाथि गएको अवस्थामा सर्वसाधारण बचत गर्न प्रेरित हुन सक्थे तर खर्च नै बढी भएको अवस्थामा कसरी बचत गर्ने ?
बैंकको ब्याजदर न्यून भएको अवस्थामा अन्यत्र लगानी बढ्ने गर्छ । लगानी भएमा रोजगारी सिर्जना हुन्छ । सरकारको राजस्व बढ्छ । यसका लागि लगानीको अनुकूल वातावरण निर्माण प्रमुख सर्त हो । यो बन्न सकेको छैन । अहिले ब्याजदर बढ्ने र लगानीको वातावरण नबन्ने कारणले रोजगारी सिर्जनाका लागि अन्यत्र लगानी गर्ने वातावरण झन् बिग्रेको हुन्छ ।
राजस्व वृद्धि उच्च भएपनि विकास खर्च लक्ष्यअनुसार नहुँदा सरकारी कोषमा ठूलो रकम जम्मा भएको हो । सरकारी कोषमा यति धेरै रकम जम्मा भएको यो पहिलो पटक हो । सरकारले विकास खर्च गर्न नसक्दा पैसाको चल्ती हुन छाडेको छ । फलस्वरूप बैंकिंङ प्रणालीभित्र आउने क्रम पनि रोकिएको छ ।
ब्याज बढेकाले बैंकबाट ऋण लिई घरजग्गा, मोटर किन्न वा ब्यवसाय गर्न बढी खर्च गर्नुपर्ने भएको छ । निक्षेपमा १ प्रतिशत ब्याज बढ्दा कर्जामा न्यूनतम २ प्रतिशत ब्याज बढाउने गरिएको छ । अधिकांश बैंकको कर्जामा वाषिर्क ब्याजदर ११ देखि १२ प्रतिशत पुगेको छ । बैंकले सर्वसाधारण बचतको ब्याजदर बढाएपछि कर्जाको ब्याज पनि बढेको हो । अहिले बचतमा लिने र कर्जामा दिने ब्याजको फरक -स्प्रेड दर पाँच प्रतिशतभन्दा बढी छ । यस्तो अवस्थामा निक्षेपको ब्याज बढ्दा कर्जाको ब्याज झन् उकालो लाग्छ । यसले कर्जा लिनेलाई हतोत्साही बनाउँछ । कर्जा लिएर लगानी गर्ने पछाडि हट्छन् ।
बचतको ब्याज बढेपछि त्यसको मार उपभोक्तालाई नै पर्छ । उच्च दरमा मूल्य नबढेको भए बचतको ब्याज बढ्दा बैंकमा पैसा राखेर आम्दानी गर्ने विकल्प हुनसक्थ्यो । तर यो अवस्था पनि रहेन ।
मूल्यवृद्धि उच्च भएको बेला बचत र कर्जाको ब्याज बढ्नु मौद्रिक नीतिका हिसाबले ठिकै मानिन्छ । यद्यपि, ब्याज बढी र मूल्य वृद्धि दर कम भए सर्वसाधारणको बचत गर्ने क्षमता बढ्ने थियो । राष्ट्र बैंकले वित्तीय संस्थालाई घरजग्गामा लगानी कम गर्न सुझाव दिँदै आएको छ । तर, उद्योग, ठूला परियोजनामा जाने कर्जामा पनि ब्याज दर वृद्धिले नकारात्मक असर पारेको छ । यसको उदाहरण हो, तामाकोशी जलविद्युत् परियोजना । यसलाई कर्मचारी संचयकोष लगायत वाणिज्य बैंकले केही समय अघि ८ दशमलब ५ प्रतिशतमा कर्जा दिने जानकारी दिएका थिए । अहिले १० प्रतिशतभन्दा घटीमा कर्जा दिन नसकिने जनाएका छन् । यसले अरू परियोजनाका लागि लिइने कर्जा घटाउने संकेत गरेको छ ।
ब्याजदर बढ्दा ऋण लिने उद्योग तथा कम्पनीको लागत बढ्छ । ऋणको ब्याजदर बढेपछि किस्ताबन्दीमा गाडी, घरजग्गा लगायतको बिक्री प्रभावित हुनेछ । यसबाट आर्थिक गतिविधिमा थप सुस्ती आउने छ ।
बजारमा नगद घटेपछि नयाँ वाणिज्य बैंकले बचतकर्तालाई तान्न र पुरानाले ग्राहकलाई अन्यत्र जान नदिन ब्याजदर बढाएका हुन् । नयाँ बैंकले ८ देखि १० प्रतिशतसम्म ब्याज दिएका छन् । अधिकांश वाणिज्य बैंकले अहिले बचतमा ५ देखि ८ प्रतिशत ब्याज दिएका छन् । कर्जामा बैंकले लिने ब्याजदर ९ देखि १५ प्रतिशत पुगेको छ ।
सरकारी नीतिबाट तर्सिनेले पनि पैसा लुकाएका छन् । हजार र पाँच सयका नोटको प्रयोग घटेपछि पैसा लुकेको अनुमान गरिएको हो । सरकारले कुनबेला कस्तो नीति ल्याएर अप्ठेरोमा पार्छ भन्ने शंका बढेकोले पैसा लुकाइएको हो । नयाँ सरकार नबनी यस्तो अवस्थाको अन्त्य हुने देखिंदैन ।