सेयर दलालको संख्या कम हुँदा निश्चित् व्यक्तिले बजारमा बढी चलखेल गर्ने मौका पाएका हुन्।
बजारको आकार बढ्रदै गए पनि सेयर दलालको संख्या घटेको छ। नेपाल स्टक एक्सचेन्ज २०५० सालमा स्थापना हुँदा ६० कम्पनी सूचीकृत थिए। दलालको संख्या ३२ थियो। अहिले बजारमा सूचीकृत कम्पनीको संख्या १ सय ६५ पुगेको छ। दलालको संख्या भने घटेर २३ मा झरेको छ। लगानीकर्ताको संख्या करिब १५ लाख छ। यी सबै लगानीकर्ताले प्राथमिक बजारबाट सेयर किनेपनि विक्री गर्ने दलाल मार्फत् नै हो।
अहिले बजारमा सेयर किन्न जाने लगानीकर्ताको संख्या घटेको छ। बजार सहज स्थितिमा आएमा दलालकोमा सेयर किनबेच गर्नेको भिड बढ्छ। त्यस भिडलाई थाम्न दलाललाई कठिन हुनेछ। गतवर्ष बजार माथि गएको बेला दलाललाई सेयर किनबेचमा निकै कठिन परेको थियो। कतिपय अवस्थामा त लगानीकर्ताले झगडासमेत गरेका थिए।
एक वर्षअघि बजारमा दलालको संख्या ५० पुर्याउन २७ दलाल थप्ने प्रक्रिया अगाडि बढेको थियो। संविधानसभाको चुनाव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप र अदालतमा मुद्दा परेकोले त्यो प्रक्रिया रोकिएको थियो। अहिले अदालतमा परेका तीन मुद्दा किनारा लागिसक्दा समेत प्रक्रिया अगाडि बढाइएको छैन। एक्सचेन्जले अदालतबाट फैसलाको लिखत नआएकोले प्रक्रिया अगाडी बढाउन नसकिएको स्पष्टीकरण दिँँदै आएको छ। नेप्सेले अदालतबाट फैसलाको लिखितप्रति मगाउन कर्मचारी खटाएको भए पनि त्यसका लागि कति समय लाग्ने हो भन्न सकिने अवस्था छैन।
दलालको नयाँ कम्पनी स्थापनाका लागि एक आवेदन दर्ता गर्नेले कम्तीमा ५० हजार रुपैँया खर्च गरेका छन्। दलाल बन्नका ३ सय ३४ कम्पनीको आवेदन मध्ये नेप्सेले ३ सय १६ को प्रक्रिया अगाडी बढाएको थियो। आवेदनका लागि निजी र पब्लिक कम्पनी दर्ता गरिएको थियो। अहिलेसम्म यसको टंुगो नलागेकाले उनीहरू अन्योलमा छन्। आवेदकको लगानी फसेको छ। यसले गर्दा निश्चित प्रक्रियाअनुरूप काम हुन्छ भन्ने विश्वास टुटेको छ।
दलालको कम्पनी खोल्न यस्तो लामो प्रक्रिया जरुरी छैन। संख्या तोक्न पनि आवश्यक थिएन। कम्पनी रजिष्ट्रारको कार्यालयमा कुनै कम्पनी दर्ता गर्न दिएजस्तै गरी दलाललाई पनि आउन दिनुपर्छ। यसका लागि निश्चित् पुँजी र क्षमता तोके हुन्छ।
दलाल धेरै भएपछि साना लगानीकर्ताले अवसर पाउँछन्। किनबेचका लागि सेवा राम्रो भएका दलालकोमा लगानीकर्ता जान पाउँछन्। लगानीकर्तालाई आकर्षित गर्न दलालले प्रभाव पार्ने काम गर्छ। प्रतिस्पर्धा भएपछि दलालले नयाँ लगानीकर्ता खोज्छन्। अहिले सीमित संख्यामा रहेका दलाललाई नयाँ लगानीकर्ता खोज्ने फुर्सद छैन। लगानीकर्ताको संख्या बढेपछि बजार निश्चित व्यक्तिको नियन्त्रणमा रहँदैन। निश्चित व्यक्तिले चाहँदैमा बजारमा सेयरको मूल्य घटबढ हुन सक्तैन। प्रतिस्पर्धाबाट बजारमा सेयरको मूल्य कायम हुन्छ।
अहिले दलालको संख्या थोरै भएकोले कतिपय लगानीकर्ताले चाहेको बेलामा सृयर किन्न र बेच्न पाएका छैनन्। किनबेच सहज भए बजार अहिलेको अवस्था रहने थिएन। दलालको संख्या थपिएपछि उनीहरूले पाउने कमिसन घट्छ। अहिले तोकिएभन्दा कम कमिसनमा दलालले काम गर्छन्। यसबाट बहुसंख्यक लगानीकर्तालाई फाइदा हुन्छ। अहिले सेयर दलाल उपत्यकामा सीमित छन्। यसले बजार संकुचित बनाएको छ। सेयर दलालले काठमाडौंबाहिर शाखा खोल्न पाउने कानुनी व्यवस्था भएपनि कार्यान्वयनमा ल्याइएको छैन।
कम्पनीले निष्कासन गरेको साधारण सेयर देशभरका लगानीकर्ताले किन्ने गरेका छन्। तर बिक्री गर्ने सुबिधा उपत्यकामा मात्रै छ। देशभर पुर्याउन नसकिए पनि प्रमुख सहरमा सेयर किनबेचको सुविधा पुर्याउनुपर्छ। यसका लागि दलालको उपस्थिति आवश्यक हुन्छ।
काठमाडौंबाहिर पनि दलाल भएका अवस्थामा लगानीकर्ताको संख्या निकै बढ्ने छ। लगानीकर्ता काठमाडौंमा मात्रै सेयर किनबेच गर्नुपर्ने वाध्यताबाट मुक्त हुनेछन्।
पहिले कराएर सेयर किनबेच गर्ने प्रथा अहिले हटेको छ। स्टकमा कराएर सेयर किनबेच गर्ने दलालहरू अहिले कार्यालयबाट सेयर किनबेच गर्छन्। तर यो कार्यालयमा एउटामात्र कम्प्युटरबाट किनबेच गर्नुपर्ने हुन्छ। तैपनि लगानीकर्ता दलालको कार्यालयमा गएर दिउँसो १२ देखि ३ बजेसम्म बस्छन्। कम्पनीको सेयर मूल्य घटेमा किन्छन् र बढेमा बिक्री गर्छन्। एउटा कम्प्युटरबाट मात्र किनवेच गर्नुपर्ने नियम हटाइएमा सुबिधा हुनेछ।
सेयर बजारमा लगानीकर्ताकोे संख्या बढिरहेको छ। सबै उमेर र समूहका लगानीकर्ता देखिएका छन्। रोजगार बजारमा थपिने केही संख्याले सेयर किनबेचबाटै रोजगारी प्राएसरह भएको छ। सेयर बजारको राम्रो विकास भएमा रोजगारी सिर्जनामा पनि सहयोग पुग्ने देखिन्छ।
सरकारलाई लगानीकर्ताले सेयरको नाफाबाट कर बुझाउँदै आएका छन्। थन्किएर बसेको रकम बैकिङ प्रणालीमा ल्याउने माध्यमसमेत सेयर बजार बनेको छ। अतः यसको विकासका लागि दलालको संख्या बढाउन र उपत्यका बाहिर पनि पहुँच बढाउन आवश्यक छ।