आधा दशकदेखिको संघीयताको बहस 'पहिचान' ले रोकियो भन्नेछ। समाधानमा मुख्य ३ वटा दृष्टिकोण आएका छन्। पहिलो, एकल जातीय पहिचान जो जनजातीमात्र हो भन्नेछ। दोस्रो, बहुपहिचान जो एकल जातीय पहिचान नभएर सबै जाती/जनजातीय पहिचानको समायोजन भन्नेछ। तापनि, दलित समुदाय छुटेका छन्। तेस्रो तथा पछिल्लो दृष्टिकोण, साझा पहिचान जो अमूर्त व्याख्याले घेरिएको छ। साझापनको आधार, यसको ऐतिहासिकता र वर्तमानको सम्बोधनप्रति अन्योल छ। तथापि, औचित्य निर्माणमा लागिपरेको छ।प्रतिष्पर्धीजस्ता देखिने 'जातीय', 'बहु' वा 'साझा' पहिचानका अवधारणाले ऐतिहासिक, राजनीतिक, आर्थिक, सांस्कृतिक घटना निर्मित पहिचानको अकाट्यता ख्याल गरेको छैन। यी अवधारण विगत छुटाएर वर्तमानमा बा"धिएका छन्। पहिचान सामाजिक मात्र होइन ऐतिहासिक पनि हुन्छ। सामाजिक सम्बन्धको आधारमा यसको निर्माण हुन्छ भन्ने तथ्य यसमा अटाएको छैन। कस्तो काम, ककसको सहयोगमा सम्पन्न गर्छ? सहयोगको लेनदेनले कस्तो सम्बन्ध विस्तार गर्छ? एकापसलाई कसरी बुझ्ला भन्ने भएन। समष्टिमा घर बनाइने कुरा गरेर कोठा निर्माणलाई भुलेजस्तो भएको छ। बराजु, बाजे, बाबु, छोरा हु"दै नातिसम्म पुग्दा त्यो सम्बन्ध उस्तै/त्यस्तै किन हु"दैन भन्ने कुरा समाजले बुझेन। त्यसले ती व्यक्तिको बारेमा कस्तो दृष्टिकोण बनाउला भन्ने कुरा सामाजिक पहिचानका आधार हुन् भन्ने छैन। पहिचान स्वयं परिवर्तित भिन्नताहरूको समग्रता हो भने यसमा साझात्व कहा" भेटिएला?
कसरी, कतातिर, कस्तो रूपमा सामाजिक पहिचान परिवर्तित हुँदै गएको छ भन्ने कुरा खोज्ने कष्ट भएको छैन। सजिलो लागे पनि, अप्ठ्यारो लागे पनि, साझा भनेको पहिचानले त्यसलाई समेट्दैन। एउटै समाज, एउटै समष्टि ऐतिहासिक सन्दर्भ र त्यसमा निर्माण हुने समाज कसरी फरक हुन्छ र? अस्तित्वका हिसाबमा सबै दृष्टिकोण ऐतिहासिक हु"दाहु"दै पनि विशिष्ट हुन्छन्, उत्तिकै महŒवका हुन्छन् भन्ने पनि छैन। यो त तिनले समाजको ऐतिहासिक परिवर्तन तथा यसले समाज र व्यक्तिको आर्थिक–सांस्कृतिक पक्षमा निर्माण गरेका चरित्रमा निर्भर रहन्छ। आममान्छेलाई परेको सजिलो वा अप्ठ्यारोलाई कति वस्तुगत स्वीकार्योप भन्ने कुरा महŒवपूर्ण हुन्छ। तापनि, सबै व्यक्ति एकै ढंगबाट प्रभावित भए भन्न सकिँदैन। भिन्न ढंगबाट पर्ने भिन्न प्रभावले नै फरक वा बहुपहिचानको निर्माण गरेको हुन्छ। साझा पहिचान कहा"नेर कसरी जोडिन्छ र?
एकल पहिचान, पहिचानको विशिष्टिकृत रूप हो। बहुपहिचान, विशिष्ट पहिचानहरूको समष्टि रूप हो। तर, साझा पहिचान कुन सन्दर्भमा उठ्ला भन्ने निक्यर्ौैल भएको छैन। बहु, एकल वा अन्य केमाथि साझापन खोजिएको हो प्रष्ट छैन। जस्तोसुकै पहिचानका कुरा होस्, सारतः पहिचान उभिने त उही आर्थिक गतिविधि, सांस्कृतिक अभ्यास, राजनीतिक रणनीतिमा नै हो। आर्थिक, राजनीतिक, सांस्कृतिक जगमा उभिने भन्नासाथ यो आफैमा विशिष्ट भइहाल्यो। विशिष्ट भन्नु नै साझा नहुनु हो। आममान्छेको जीवन मूलतः विशिष्टीकरणतिर डोरिएको छ। खेती, व्यापार, शिक्षा, नोकरी सबैमा। विवाहजस्तो संस्था, जसमा नश्ल वा जातको आधारमा हुने विशिष्टपन त झन् बराबरी शैक्षिक योग्यता, उमेर, आर्थिक आय आदिले खुट्याउन थालेको छ। परिवारको खानदान, जमिनको स्वामित्व र उब्जनीको प्रकार, सामाजिक प्रतिष्ठाको अवस्थाजस्ता साझा पहिचानलाई व्यक्तिविशेषको पहिचानले उछिनेको छ। विस्तारै उठ्दै, पहिचानको बहसमा मूलधार पक्रन खोज्दै गरेको साझा पहिचानको बहस उल्लिखित सामाजिक तथा अर्थराजनीतिक तथ्यमा उभिएको छैन। विशिष्ट वा समष्टि, केले साझापनको निर्माण गर्छ भन्ने खुलस्त छैन।
वर्तमान एक्लै ठिंग उभिएको, अर्थतन्त्र/राजनीति छुट्टाछुट्टै भएजस्तो भन्नेगरी साझा भनिएको हो भने त्यो गलत हो। गैरऐतिहासिक र अवस्तुगत हो। विद्यमान समाजको संरचना र चरित्रको विरुद्धमा हो। इतिहासलाई व्यक्तिको जीवनकथास"ग, सहरलाई गाउ"सँग, बाहुनलाई गुरुङसँग, अर्थतन्त्रलाई राजनीतिसँग, समाजलाई व्यक्तिसँग जोड्न भुल गरेजस्तो हो। चितवनलाई पर राखेर हुम्लाको समस्या केलाउन खोजेजस्तै, अरू देशलाई बिर्सिएर नेपालमात्र देखेजस्तो हो। साझा पहिचान भूगोलमा अड्न खोजेको हो भने अविचलित भूगोलमा परिवर्तन नआउने हु"दा सम्बन्धित भूगोलमा जीविका अपनाउनेलाई यो साझा वा निजी भनिरहनु नै परेन। होइन, विशिष्ट भूगोलमा बस्ने मान्छे र तिनको संख्यालाई साझा पहिचानको आधार मानिएको हो भने त्यो पनि गलत छ। जनसंख्या आफैमा अस्थिर छ। महामारी, दैवीप्रकोप, बसाईसराई, प्रजननदरमा गिरावटजस्ता कुराले यसलाई पिरोलिरहेको हुन्छ। जनसंख्या वा भूगोलबाहेकमा साझापन खोजिएको हो भने अर्थतन्त्र वा संस्कृति यसको प्राथमिक आधार हुनुपर्छ। यसलाई प्राथमिक आधार मानिएको हो भने यसको परिवर्तनशीलता पछ्याउनुपर्छ। पछ्याउने क्रम इतिहासभन्दा परबाट हुनसक्दैन।
साझा, बहु वा एकल भनेर यति धेरै पहिचानका कुरा किन उठे होलान्? जबसम्म सहरको संख्या र आकार यति धेरै ठूलो थिएन, समाजका धेरै मान्छे आफ्नै खेतबारीमा पितापुर्खाका पेशालाई अँगाल्नुलाई अकाट्य ठान्थे वा, पेशाको निरन्तरताले पनि जीविका चलेकै थियो। पहाडलाई तराई, गाउ"लाई सहर, दलितलाई उच्चजाती, रैतीलाई शासक र अन्य कसैलाई पनि आफू पहाडिया वा मधेसी, दलित वा उच्चजाती आदि केही भएकोमा पछुुतो वा आक्रोश थिएन। धेरै हदमा कोशौँ परको यातायात, कल्पनाबाहिरको सञ्चार पहु"च र सुविधा आदिले पनि यसलाई स्वाभाविक बनायो। तर, सहरको विकास, जीविककोपार्जनमा विशिष्टकरण, सहरकेन्द्रित अवसर र तीव्र प्रतिष्पर्धाले पहिचान खोज्न बाध्य गर्योह। यसको साथविनाको साझा पहिचान वस्तुनिष्ठाबाहिर हुनेछ।
हाम्रा सबै राजनीतिक दल र नेताविशेषका आआफ्नै व्याख्या छन्। त्यसलाई समाजशास्त्रले स्वाभाविक ठान्ला/नठान्ला! एमालेलाई बहुपहिचान हु"दै साझापहिचान, कांग्रेसलाई साझापहिचान, एमाओवादीलाई र अन्यलाई एकल जातीय पहिचान चाहिएको छ। सबै तर्क उत्तम भन्ने नै छ। राजनीति वा अर्थतन्त्र हामीले चाहेअनुकूल बनाउने भन्ने महŒवाकांक्षा छ। तर, आफूले चाहेअनुसार नभएको र हुननसक्ने अनुभव तथा तथ्यको सन्दर्भ छैन। त्यसो हु"दो हो त तत्कालीन राज्यव्यवस्थालाई प्रमुख समस्या ठानेर विद्रोहमा होमिएको माओवादी, उक्त विद्रोहलाई आतंककै रूपमा निस्तेज गर्नखोज्ने संस्थापनका बीचमा १२ बु"दे सम्झौता नै हुने थिएन। शासनमा भएका खास जातीले अन्य जातीलाई पेल्यो। बाहिर पार्योथ भन्ने छ। यसो हुन नदिन साझा, बहु वा एकल पहिचानका कुरा आएका हुन्। तर, एउटै देश वा समाजमा एकैचोटी फरक पहिचानलाई विधिवत स्थापित गर्न सकिँदैन भन्ने नै भएन।
नेपाल विभाजन र एकीकरण, विस्तार र संकुचन तथा जय र पराजयलाई जातीविशेष, कर्ताप्रमुखता, राजनीतिक आदर्शको प्रधानता जोजसस"ग जसरी जोडे पनि इतिहासको तथ्यलाई स्वीकार्नुको विकल्प छैन। त्योदेखि डराएर, त्यसलाई लाञ्छित गरेर वा त्यसलाई सकार्ने भन्दै वर्तमानको एक्लो अन्दाज गरेर, पहिचानका अतिरूपी व्याख्या पनि व्यर्थ हुन्छ।
सामाजिक सत्य सबैका लागि एउटै हुँदैन। धेरै पढ्नेलाई अनपढले लोकसेवाको परीक्षा उत्तिर्ण गर्दैन भन्ने हुनसक्छ। तर, जो अनपढ छन्, तिनले गरिवीले पढ्न पाइएन, लोकसेवाको जागिरे भइएन भन्ने होला। यी दुवै सत्य ऐतिहासिक पनि छन्, वस्तुगत पनि। संघीयता २०६२/६३ को जनआन्दोलनपछि अकस्मात, शून्यतामा रहस्यमयी भएर छिर्योऐ। त्यो रहस्यमयीतालाई सम्बोधन गर्न जातीय वा बहु होइन, साझा 'सूत्र' प्रयोग गर्नुपर्योत भनिएको छ। तर, संघीयतामात्र होइन, कुनै पनि सामाजिक यथार्थ फुत्त, अनपेक्षित देखापर्दैन। त्यसको ऐतिहासिक सन्दर्भ, वर्तमान समाजले गर्ने व्यवहार कस्तो हुने भन्नेमात्र भिन्न हुने हो। यो त श्ााहवंशीय केन्द्रिकृत शासन सकिएको अवस्थामा स्फुर्त देखिएको मात्र हो।
हामीलाई लाग्छ हाम्रो रूचि र दैनिकीका प्रतिकूल देखिने यावत कुरा फजुल हुन्। 'लहलहै' र 'ठाडो नक्कल' हुन्। किनभने हामीले आफ्नो भोगाई र देखाईमात्र सत्य भन्ने जानेका छौँ। तर, हामीलाई सजिलो भएका तथ्य अरूका लागि अप्ठ्यारो हुनुले नै इतिहास चलेको हुन्छ। हो, यही सत्यको अनुकूलताले नै पछिल्लो समय 'पहिचान' देखापरेको हो। जन्मिएको होइन। फेरिएरै सही, जाती/जनजाती, धर्म/धार्मिकता क्रियाशील नै छन्। एकीकरणताकाको बाहुन गणतन्त्रपछिको बाहुनजस्तो धार्मिकरूपमा ज्यादै कठोर नभएर, सांस्कृतिकरूपमा तरल भएजस्तो। धार्मिक दर्शनलाई निष्ठापूर्ण व्यवहारमा उतार्ने बराजुका बाहुन नाति क्रिसमस पार्टीमा सहरमा रमाएजस्तो।
हरेक दृष्टिकोण स्वाभाविक छन्। तर, त्यसको ऐतिहासिकता पुष्टि गर्न नसकुञ्जेल त्यो वस्तुगत हुनसक्दैन। यसमा टेकेर के भन्न सकिन्छ भने, साझा पहिचानका लागि पेश गरिएका दृष्टान्तले ऐतिहासिकता पुष्टि गर्न अझै वस्तुगत आधार दिनसकेको छैन। एकीकरणपछिको नेपालमात्र राष्ट्र, त्यसपूर्वका सबै राज्य जनजाती वा कबिला भन्ने कुरा। विशाल भूगोल, केन्द्रिकृत राज्यसत्ता, राज्य सञ्चालनको कर्मचारीकरण मात्रै राष्ट्र भनेजस्तो। व्याख्याले भनेजस्तो राज्यभित्र विभिन्न सामाजिक पक्षको योगदान, भिन्न भूगोल र जातीय समुहको योगलाई भिन्न आकार र चरित्रको राष्ट्र नभनेर के भन्ने? यसले त आधुनिक नेपाली समाजको गठन वा विघटनको लामो ऐतिहासिक प्रक्रियालाई नै उपेक्षा गर्छ। बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभौगोलिकको विकल्पमा खोजिएको 'साझा पहिचान' त निरपेक्ष विश्लेषणको अभीष्टमात्र हो।
समाज सिंगो अवधारणामात्र हो। यो न त कहिले बनिबनाउ मार्बल जस्तो छ, न यो हामीले अमूर्तरूपमा सोचेजस्तो पर्खाल नै हो। यो भत्किने, बन्ने, सच्चिने सत्यबाट चलिरहेको छ। जाती, भूगोल, संस्कृति वा धर्म जोसुकैको अनुहारमा होस्, सबैको आग्रह पहिचानमा छ। यही नै समानताको पर्याय हो। आफ्नो खास विशिष्टता सम्बोधन होस् भन्नेमा यो अडिएको छ। सबै जना जागिर चाहिने, सहरमा बस्नुपर्ने र आफ्ना अनगिन्ती आवश्यकता पूरा गर्न बजार दौडिनुपर्ने सामाजिक तथा अर्थराजनीतिक सत्यले बा"धिएका छन्।
अध्यापक, त्रिचन्द्र क्याम्पस