सस्व अर्थराजनीतिका विसंगति
२५ मंसिर २०७१
•
१७ मिनेट पाठ
सस्व अर्थराजनीतिका विसंगति
सहरमा आजभोलि दुईथरी कुर्सीको चर्चा छ। बढ्दै गएको सवारी दुर्घटनाका लागि चालकको कुर्सीमा विराजमान हुनेलाई जिम्मेवार ठहर्यांउन कुनै अनुसन्धान विश्लेषण गरिरहनु पर्दैन। सामान्य व्यक्तिको नजरमा चालकको कुर्सीमा बस्ने स्वभावतः नियन्त्रक हो। दुर्घटनाका लागि मूलरूपले चलाउने, मोड्ने र रोक्ने अधिकार तथा शक्ति भएको व्यक्ति नै जिम्मेवार हुनुपर्छ। भवितव्यबाहेक यात्रुवाहक सवारी साधनको सुरक्षाको सम्पूर्ण जिम्मेवारी चालकको हो।




सरकारमा बस्नेहरूका हकमा भने सामान्य नियम लागु हुँदैन। अकर्मण्यता, अक्षमता वा प्रभावहीनताका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीको कुनै उत्तरदायित्व हुँदैन। प्रधानमन्त्रीले त झन् आशय जनाए वा उपदेश दिए पुग्छ। सरकारमा व्याप्त नातावाद, कृपावाद, जातिवाद, समुदायवाद, चाकरीवाद वा अन्य त्यस्तै प्रकारका चारित्रिक भ्रष्टाचारका लागि उनले स्पष्टीकरण दिनु पनि पर्दैन। सम्पत्तिका नाममा जम्माजम्मी तीन थान गोजी फोन बोक्ने सदाचारी कार्यकारी प्रमुखको योग्यता, क्षमता, प्रभावकारिता, निष्पक्षता र जागरुकतामा प्रश्न उठाउन नपाइने बौद्धिक मौनको सर्वसम्मति जो निर्माण गरिएको छ। 
दक्षिण एसियाली राष्ट्र वा सरकार प्रमुखहरूको दुई दिने जात्रालाई बढीमा 'चटनी त छ, रोटी पो छैन' भन्ने भावको अंग्रेजीको अभिव्यक्ति 'अल आइसिङ नो केक' भनाइ सापट लिएर भन्नुपर्ने हुन्छ। तर, सरकारको कुर्सीको महिमा अपरम्पार छ। त्यसैल पदासीन व्यक्ति पद छाड्न चाहँदैन। प्रतीक्षारत महत्वाकांक्षी जसरी भए पनि त्यही कुर्सी हत्याउन चाहन्छ। नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको आकुलता र आत्तुरी ठम्याउन गाह्रो छैन। चर्चा भने बिचरा विजयकुमार गच्छेदारको व्यग्रताको बढी छ जस्ले धेरै भेट्टाए भने मोटरमा झन्डासम्म हल्लाउन पाउनेछन्। गृह मन्त्रालयको तालुकसहित उपप्रधानमन्त्री हुँदा उनलाई आफ्नै सचिवालयको कार्यालय सहायकलेसमेत नटेर्ने अवस्थामा खासै फरक परेको छैन। दोस्रो संविधान सभाको गणितीय समीकरणले गर्दा मधेसी, जनजाति, दलित, एवं महिला जनप्रतिनिधिको मनोबलमात्रै खस्केको छैन तिनको नैतिक बलसमेत स्वात्तै घटेको छ।
सवारी चालकले त कमसे कम केही यात्रुलाई सकभर छिटो न्यूनतम असुविधा हुनेगरी गन्तव्यसम्म पुर्याजउने जिम्मा लिएको हुन्छ। त्यसबापत उसले पारिश्रमिक पाउने त छँदैछ अरूलाई सहयोग गरेको सन्तुष्टि पनि पाउँछ। दक्षिण एसियाली समाजमा सवारी चालकलाई धन्यवाद दिने चलन नबसेको मात्रै हो नभए यात्रुहरूको आवश्यकतापूर्तिमा वाहनको मालिकभन्दा कैयौं गुना महत्वपूर्ण भूमिका चालक एवं सहयोगीको हुन्छ। 
राजनीतिकर्मी अचेल मन्त्री वा प्रधानमन्त्री नै किन बन्न चाहन्छ? फ्रान्सेली भाषाको 'लेसे फेयर' अर्थराजनीतिलाई नेपालीमा 'सक्नेहरूको स्वतन्त्रता'का रूपमा अर्थ्याए पनि हुन्छ। छोटकरीमा 'सस्व' अर्थात् आफूसमेत। सस्व अर्थराजनीतिमा मूलरूपले नियन्त्रण भने स्थायी सत्ताकै रहन्छ। अन्य व्यक्तिले आआफ्नो भूमिकाअनुसार सम्पूर्ति पाउँछन्। सम्पूर्तिको तरिका भने फरकफरक हुन्छ। वाहन चालकले ज्यालामा सन्तोष गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री पदका आकांक्षी सिंहदरबारभित्र चन्द्र शम्शेरसँगै आफ्नो तस्बिर पनि झुन्डिएको हेर्न चाहन्छन्। मन्त्री पदमा न ज्यालाको आकर्षण लालच बढाउने किसिमको छ न त भित्तामा झुन्डिने तस्बिरको महत्व नै उति धेरै छ। नीति निर्माणमा मन्त्रीको पनि भूमिका हुन्छ भन्ने कुरा त अब कमैले पत्याउँछन्। सायद, अचेल मन्त्री हुनुको मूल उद्देश्य आफैँले आफैँलाई राजनीतिमा हुनुको सार्थकता देखाउन खोज्नु हो। 
कार्ल मार्क्सले कामदारको विराग (एलाइनेसन) बारे व्याख्या गरेका छन्। सस्व अर्थराजनीतिको मूल प्रवृत्ति नै स्नेह निवृत्ति प्रकारको हुनेहुँदा सर्वहारा लबस्तरो, बुर्जुवा लथरो, बुद्धिजीवी लवार प्रायः उद्यमी लालची एवं कामदार लर्तरो बन्न पुग्ने रहेछन्। सर्वत्र व्याप्त जराविहीनताको (लम्पेनाइजेसन) असरबाट राजनीतिमात्र मुक्त रहन सत्तै्कन। त्यसैले उद्देश्यविहीन, आदर्शच्युत एवं मूल्य तथा मान्यता हराएका राजनीतिकर्मी मन्त्री बन्नुलाई नै राजनीतिमा हुनुको एउटामात्र सफलता ठहर्याीउन थाल्छन्। सस्व अर्थराजनीतिले रुग्ण समाज निर्माण गर्छ। तर, सस्वका सिद्धान्तकारहरू समाजको अस्तित्वलाई नै स्वीकार गर्दैनन्। व्यक्ति वा बढीमा परिवारमात्र सत्य हो भने मोटरमा झन्डा झुन्ड्याउने वा अर्बपतिको सूचीमा नाम चढाउनेभन्दा ठूलो उपलब्धि अरू के नै हुन सक्छ र? त्यस मान्यतालाई सही ठहर्या उने हो भने न बढ्दो सवारी दुर्घटना अस्वाभाविक लाग्नेछ न त राजनीतिकर्मीहरूको कुर्सीमोह नै।


समथर मैदान
सस्व अर्थराजनीतिका पक्षधरहरू समथर खेलमैदान (लेभल प्लेयिङ फिल्ड)को अपरिहार्यताबारे खुप गफ छाँट्छन्। यथार्थ के हो भने चौर जतिसुकै खुला र चौडा भए पनि त्यसको मालिकको हित सर्वोपरी हुन्छ। सायद, त्यसैले सार्वजनिक यातायातमा सार्वजनिक क्षेत्रकै प्राथमिकता हुनुपर्ने अवधारणा आएको हो। जलमार्ग एवं वायुमार्गमात्र नभएर विश्वका अधिकांश स्थलमार्ग अहिले पनि सार्वजनिक क्षेत्रकै नियन्त्रणमा छन्। माल वा यात्रुवाहक सवारी साधन भने घोडचडीको जमानाबाट अगाडि बढ्न सकेका छैनन्। तिनमा निजी वा नाफा क्षेत्रको प्रभुत्व कायम छ। नियमनको चुनौती भने मूलतः सार्वजनिक स्थिर पूर्वाधार (सडक, पुल) एवं चलायमान् निजी वा नाफा क्षेत्रको वाहनका बीच तारतम्य कसरी मिलाउने भन्ने नै हो। वाहन चालक एवं अनुगमन संयन्त्रको भूमिका त्यसपछि आउँछ। उपभोक्ता अर्थतन्त्रलाई निरन्तर विस्तार गर्दै लैजानुपर्ने सस्व अर्थराजनीतिका बाध्यताले गर्दा सडक सञ्जालको लमाइ बढाउनुलाई सन् १९९० पछिका सबै सरकारले प्राथमिकतामा राख्दै आएका छन्। भन्नलाई 'खेतबाट बजार' नाम दिइएको भए पनि गुजारामूलक खेतीसँग बेच्ने वस्तु खासै केही हुँदैन। बजारले आफ्नो उत्पादन भने सबै ठाउँमा पुर्यातउँछ। किन्ने रहर र बेच्ने केही नहुने अवस्थाबीचको सन्तुलन विप्रेषणले मिलाउँछ। अनि, आयात जति नै बढे पनि भुक्तानी सन्तुलनका लागि नेपालले जनशक्ति निर्यात गर्नुको विकल्प रहँदैन। यस प्रकार सामान बोक्ने बाटामा यात्रुवाहक सवारी साधन निर्बाध चल्छन्। नेपालको सडक सञ्जालका अधिकांश सडक यात्रु सुविधा एवं सुरक्षाका दृष्टिले उपयुक्त छैनन् भन्ने चाहिँ कोही भन्न चाहँदैन। त्यसो गर्दा 'विकासवाद'को पोल जो खुल्छ।
चलायमात्र संयन्त्र (मोभिङ स्टक) पनि स्थिर पूर्वाधारभन्दा गतिला छैनन्। नेपालका सडकमा गुड्ने अधिकांश वाहन भारतका समथर मैदान वा कम भिराला इलाकाका लागि बनाइएका हुन्। मालवाहकका लागि डिजाइन गरिएको संरचनामा यात्रुवाहक ढाँचा थप्ने गरिन्छ। फलतः यात्रु क्षमता एवं इन्जिनको भारवहन क्षमतामा कुनै तालमेल हुँदैन। उदाहरणका लागि आठ टन क्षमता भएको गाडीले औसत सय किलो तौल भएका असी जनालाई बोक्न सक्छ। तर, त्यसको सिट व्यवस्था ४० भन्दा बढी हुँदैन। कुरा त प्राविधिकको हो तर नाफाका लागि सवारी साधन चलाउनेले गतिवान् गाडीको गुरुत्वाकर्षणको केन्द्रविन्दु हिसाब गरेर वजनको सन्तुलन मिलाउँदैनन्। सम्भवतः सक्ता पनि सत्तै्कनन्। 
संसारको सबैभन्दा जटिल भूवातावरणमा चालकको दृष्टि, घ्राण, सोच एवं निर्णय क्षमताको निरन्तर परीक्षण भइरहेको हुन्छ। कमसल सडक, अनुपयुक्त सवारी साधन एवं अल्पप्रशिक्षित चालकको डरलाग्दो सम्मिश्रणलाई थप घातक बनाएको छ सस्व अर्थराजनीति सिर्जित कार्टेल, गिरोह एवं सिन्डिकेटको गन्जागोलले। गाडी चालकमा आफ्नो पेसाप्रति लगाव बाँकी रहेन। काममा गौरव गर्ने त वातावरणै छैन। फलस्वरूप, चालक र गाडीबीचको सम्बन्ध अपनत्वको नभएर फगत मेसिन र कामदारबीचको उपयोगितामा सीमित हुनपुगेको छ। टे्रड युनियन ऐक्यबद्धताको नभएर गुटबन्दीका साधन बन्नपुगेका छन्। सबै सस्व अर्थराजनीतिमा संलग्न रहन थालेपछि प्रहरी वा अन्य नियमन निकायले अरण्यरोदनबाहेक केही गर्न सत्तै्कनन्।
प्रतिस्पर्धाको मैदान सतहमा हेर्दा समथरजस्तो देखिए पनि शिक्षा वा स्वास्थ्य क्षेत्रजस्तै सार्वजनिक यातायात सञ्चालन लगभग पूर्णतः निहित स्वार्थ भएका समूहहरूको कब्जामा छ। उपभोक्ताको छनोट बन्दी भएको छ र सुरक्षा नियतिको जिम्मा। अर्थराजनीतिका विसंगतिहरूले जीवनको हरेक क्षेत्रमा बेथिति उत्पन्न गराउँछ। यातायातका दुर्घटना कम गर्ने ओखती इन्जिनियरिङ, व्यवस्थापन वा नियमनमा मात्र खोजेर पाइँदैन। रोग छ देशको अर्थराजनीतिमा। त्यसको उपचार गर्ने इच्छाशक्ति अझसम्म देखिएको छैन।


अग्लो कुर्सी
संसदीय व्यवस्थामा प्रधानमन्त्री समानमध्येका पहिलामात्र हुन्। उनको कुर्सी उँचो हुँदैन अन्य मन्त्रीहरूको जस्तोमात्र हुन्छ। सुनिएअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फरक र अग्लो कुर्सीमा बस्छन्। पुरानो गणतन्त्रको त त्यस्तो गति छ भने राजतन्त्रको संस्कार यथावत् रहेको नेपालमा सिंहासनमा बस्ने मोह बलियो हुनु अस्वाभाविक होइन। र, सिंहासनमा बसे शक्ति सञ्चार स्वतः हुन्छ भन्ने मान्यता पनि राजतन्त्रकै परम्पराबाट आएको हो। झन्डै एक वर्षको मधुमास व्यर्थ गुमाएको नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धन कायम राखेर नेतृत्व परिवर्तनको खेल चल्न सत्तै्कन। यति त सबैले बुझेका छन्। सायद, त्यसैले अग्लो कुर्सीमा बस्न हतारिएका अध्यक्ष केपी शर्मा ओलीलाई जस्तो भए पनि एक थान संविधान निर्धारित मितिमै घोषणा नगरी भएको छैन। संघीयताबेगरको संविधानको अर्थ के हुन्छ? सन् १९९० को संविधान परिमार्जन गरेर पुग्ने भए दुई दुई पटक संविधान सभाको निर्वाचन गराउनै किन पर्थ्यो र? यस्ता प्रश्नहरूको उत्तर कुनै आदर्श, परिकल्पना, उद्देश्य वा कार्ययोजना लिएर राजनीतिसँग मात्र हुन्छ। फगत पदका लागि राजनीति गर्ने भएपछि शपथग्रहणमा बाहेक संविधानको उसै पनि महत्व रहँदैन। त्यसो भए संघीयतामात्र किन अन्य सबै प्रावधान खाली राखेर सादा कागजको मुठालाई संविधान घोषणा गरिदिए हुन्छ। दुईतिहाइ बहुमतले त्यो पनि पारित हुन्छ त। 
सारभूत संघीयता एवं समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रकारको संविधान बन्नसक्ने सम्भावना लगभग समाप्त भएको छ। त्यस्तै निर्क्योलमा पुगेकाले सायद केही मधेसी राजनीतिकर्मी 'जो हाथ सो साथ'को मनःस्थितिमा पुगेका हुन्। मन्त्री पदमा आसीन हुनु तिनलाई बाध्यता बन्न पुगेको छ। हिँड्नुको साटो जोखिम जति नै भए पनि बसमा झुन्डिएर यात्रा गर्ने लोभ संवरण गर्न थोरैले मात्र सक्नेरहेछन्। हुनत, गन्तव्यमा छिटो पुगे पनि पाउने केही हुँदैन भन्ने प्रायः सबैले बुझेका छन्। तर, मन न हो माने पो त! सस्व अर्थराजनीतिको सफलता नै व्यक्तिको अदम्य आकांक्षामा टिकेको हुन्छ। लोभको लाभ तत्काल देखिन्छ। विलाप त पछिको कुरा न हो। 
विकृति आर्थिक क्षेत्रसँग सम्बन्धित छ भने नियमनले असर तुरुन्त देखिन्छ। राजनीतिका बेथिति नेतृत्वले सल्टाउन सक्छ। अर्थराजनीतिक रोगको उपचार भने आन्दोलनमात्र हुनेगर्छ। त्यसको संगठन, नेतृत्व र अग्रसरता कस्ले लिने हो भन्ने चाहिँ स्पष्ट हुन बाँकी छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस