नेपालमा आजभन्दा पैसठ्टी वर्षअघि विश्वेश्वरप्रसाद कोइरालाले लोकतान्त्रिक संस्थाहरूमार्फत् राष्ट्र र जनताको उन्नति हुन्छ भन्ने विश्वासका साथ २००७ सालमा जनक्रान्तिको नेतृत्व गरेका थिए। लोकतान्त्रिक संस्थामार्फत् देश र समाजलाई रूपान्तरण गर्न नै बीपीले नेपाली कांग्रेसको निर्माण गरेका थिए। क्रान्तिपछि पनि कांग्रेस लामो समय प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्षरत रह्यो। यही संघर्षका क्रममा कांग्रेसको राजनीतिक लक्ष्य अगाडि बढ्यो तर सामाजिक आर्थिक रूपान्तरणको विषय गौण भएर गयो। राजनीतिक क्रान्ति, बलिदान र जुझारुपनको इतिहासबाट देशमा लोकतन्त्रको स्थापना गर्न कांग्रेस सफल भयो। सरकारको नेतृत्व गर्ने अवसर पनि यही पृष्ठभूमिका कारण कांग्रेसले बारम्बार पाइरहेको छ।
अहिले देशमा नेपाली कांग्रेसले नेतृत्व गरेको सरकार छ। अर्थात् बीपी विचारले अनेकौं आरोहअवरोहबीच पनि नेपालमा मूर्तरूप लिइरहेको छ। बीपी कोइरालाले आफ्नो जीवनकालमा लोकतान्त्रिक सस्थामार्फत नेपाली समाजको रूपान्तरण गर्ने अवसर पाएनन्। तर पनि बीपीको अठार महिने शासनकाललाई अझै पनि कांग्रेसले निर्वाचनमा नेपाली जनतासँग मत माग्ने आधार बनाएको छ। यही आधारमा टेकेर विगत अढाई दशकदेखि कांग्रेसले पटकपटक सरकारको नेतृत्व गर्ने अवसर पाइरहेको छ।
बीपीका पिता कृष्णप्रसाद कोइराला गरिब नेपाली जनताको एउटा समूह फाटेको लुगा लगाएर कामको खोजीमा भारत पसेको देख्दा मर्माहत भएका थिए। नेपाली जनताको दारुण अवस्था देख्न नसकेर पिताजी तत्कालीन सर्वशक्तिमान शासक श्री ३ चन्द्रशम्शेरसामु जनताका प्रतिनिधि भएर उभिए। त्यसबापत प्रवास, जेल र यातना भोग्न उनी बाध्य भए। बीपीको राजनीतिक र सामाजिक चेतनाको भ्रूण पिताजीका यिनै घटनाबाट उत्पन्न भएको मानिन्छ।
लोकतान्त्रिक संस्था नागरिकका लागि हुन्छन्। बीपी विचार यस्तै थियो। लोकतान्त्रिक संस्थाले सबैलाई समान व्यवहार गर्ने विश्वास गरिन्छ। जनताको करबाट खडा भएका यस्ता संस्थाले सबै नागरिकप्रति समान व्यवहार गरेमा देशमा विद्रोह र विखण्डनको जोखिम कम भएर जान्छ। राज्यसँग नागरिकको अन्तरसम्बन्ध यस्तै संस्थामार्फत निष्पक्षरूपमा कायम हुनुपर्नेे हो। यस्ता संस्था बलिया र विश्वसनीय भएमा सरकार, प्रणाली र नेताको साख र विश्वास जनस्तरमा बढ्छ। बीपी नेपालमा यस्तै लोकतान्त्रिक अभ्यास अगाडि बढाउन चाहन्थे।
वर्तमान प्रधानमन्त्री सुशील कोइराला लामो समय विपी कोइरालासँग संगत गरेका व्यक्ति हुन्। तसर्थ उनमा पनि संस्थागत विकासमा जोड दिने हठयोगी सोच देखिन्थ्यो विगतमा। सिद्धान्ततः अझै पनि होला । प्रधानमन्त्री कोइरालाका यिनै पृष्ठभूमिले गर्दा लोकतान्त्रिक संस्थाहरूबाट जनताले बढी नै अपेक्षा राखेका थिए । कोइराला प्रधानमन्त्री हुनुभन्दा अगाडि चारजना कम्युनिस्टहरू देशमा प्रधानमन्त्री भएका थिए। कम्युनिस्ठहरूको शासनमा राज्य संचालन पार्टीले गर्छ कि निर्वाचित निकायले भन्ने अझै पनि नेपालमा टुँगो हुनसकेको छैन। तर कांग्रेस वैचारिक र दार्शनिकरूपले नै पार्टी पद्धतिबाट राजकाज चल्नुपर्छ भन्ने सिद्धान्तको विरुद्ध उभिने संगठन मानिन्छ। कांग्रेसको लोकतान्त्रिक चरित्र यहीँनेर नेपालका अन्य दलभन्दा पृथक हुनुपर्ने हो, हुनुपर्छ। तर किन हो सिंहदरवार र बालुवाटारको बसाइ नै दोषी हो की वा अन्य कारण छन् सुशील कोइरालाको लोकतान्त्रिक संस्था बलियो बनाउने र शासनलाई जनतामैत्री बनाउर्ने लक्ष्य नै निर्धारण हुनसकेन। त्यही कारण झन्डै एक वर्ष बित्न लागेको उनको कार्यकाल शासन सञ्चालनका दृष्टिले प्रभावहीन र अनेकौं काण्ड एवं भ्रष्टाचारबाट चर्चित रह्यो। प्रधानमन्त्री कोइरालासँग जोडिएको कुनै काण्ड चर्चामा नभए पनि समग्र सरकारको समीक्षा गर्दा जनताले चित्त बुझाउने ठाउँ कतै पाउँदैनन्।
यस लेखको सुरुमा कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्नुपर्ने कारण अरू केही नभएर भर्खरै ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्ट राष्ट्रहरूको सूचीमा नेपालले झनै 'अब्बल' अंक पाएकोले हो। यस्तो 'अब्बल' अंक अरू कसैको नेतृत्वमा नभएर जीवनभर सादगी र निष्कलंक छवि बनाएका प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा पाइयो। बीपी र पिताजी कृष्णप्रसादको परम्परा सुशील कोइरालाले बोकेका छन्। तर उनकै कार्यकालमा यति भ्रष्ट राष्ट्रको सूचीमा देश किन पुगेको प्रधानमन्त्रीज्यू भनी कसरी सोध्ने? प्रधानमन्त्री कोइराला स्वयं मन्त्रिपरिषद्मा देश कसरी भ्रष्ट हुँदैगएको भनेर सोध्न र छानबिन गरी सजाय दिन अग्रसर हुनुपर्ने कि नपर्ने?
सबैलाई थाह छ, सुशील कोइरालासँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जस्तो वक्तृत्वकला, विकास धारणा र अन्तर्राष्ट्रिय व्यक्तित्व छैन। यी दुवै प्रधानमन्त्री परिवारविहीन नभए पनि पारिवारिक झमेला र दबाबबाट मुक्त रही जनहितमा लाग्नेछन् भन्ने विश्वास सामान्य मानिसमा देखिन्छ। उता मोदीले आफन्तलाई राजकाजको दुरुपयोग गर्नबाट टाढै राखेर जनताबीच कोइरालाबाट पनि त्यस्तै अपेक्षा बढाइदिएका छन्। कोइराला मोदीजस्ता साधुसन्तको संगतबाट राजनीतिमा आएका नभए पनि नेपाली राजनीतिमा अरूभन्दा फरक देखिन्थे। नेपालको सङ्क्रमणकालीन राजनीतिलाई सम्बोधन गर्न प्रधानमन्त्री कोइरालाको त्यागी छवि र निःस्वार्थभाव जनमानसमा निरन्तर प्रवाहित भइरहनुपर्छ, त्यसमा दाग लाग्नदिनु हुँदैन भन्ने छाप जनमानसमा परेको छ। प्रधानमन्त्री कोइरालाप्रति नेपाली जनताको भरोसा र विश्वास अझै सबै समाप्त भएको देखिँदैन। तर सचेत र सावधान हुनुपर्ने खाँचो भने प्रशस्त छ।
प्रधानमन्त्री कोइरालाको शासनकालको मूल्यांकन गर्ने बेला भएको थिएन। एकवर्ष पुग्नसमेत अझै केही समय बाँकी नै छ। तर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमार्फत् उनको शासनकालको समीक्षा गरेको छ। अर्थात् नेपालमा उनको कार्यकालमा भ्रष्टाचार बढेको सूचना सार्वजनिक भएको छ। सरकार प्रमुख कोइरालामात्र होइन कांग्रेसका 'क्रिम' भनिने समूह र कांग्रेसबाट वंशसत्तालाई प्रतिनिधित्व गर्ने मन्त्रिपरिषद्का अन्य सदस्य पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनबाट लज्जित हुनुपर्ने हो। तर के यस्ता सूचकांकलाई गम्भीरतापूर्वक लिएर तिनले नेपालमा शासकीय सुधारको पहल गर्ने अपेक्षा गर्न सकिन्छ?
यथार्थमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले नेपालमा भ्रष्टाचार बढेको देखाउँदैमा नेपालको राजनीतिमा खासै फरक पर्ने थिएन। तर शिक्षा मन्त्रालयले लिने एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्रमा माफिया सञ्जाल, कृषि उत्पादनमा कुनै खर्च नगर्ने तर तारे होटलमा कार्यशाला र गोष्ठीमा अर्बौंको खर्च, चमेलिया जलविद्युत्मा लागतभन्दा दोब्बर अर्थात् अढाइ अर्ब भेरिएसन अडरका नाममा भ्रष्टाचार, श्राद्ध गर्न नेताको नाममा करोडौंको रकम राजस्वबाट दिने निर्णय, स्थानीय निकायको अभावमा सबै रकमको पार्टीकरण, सरकारी सेवामा अतिरिक्त शुल्क तिर्नेपर्ने बाध्यताजस्ता कार्य निर्वाचित सरकारको छात्रछायामा चलिरहँदा नेत्रविक्रम चन्द 'विप्लव' र सिके राउतजस्तालाई विद्रोह गर्न मलजल पुग्दैन भनी कसरी भन्ने?
वर्गीय, जातीय र क्षेत्रीय असन्तुष्टिलाई मलजल गर्ने काममा खुला बजार नीतिलेे सघाउ गर्छ भन्ने मान्यता अव कम्युनिस्टहरूको नारामात्र रहेन। यही कारण विश्वका सयभन्दा बढी देशमा अहिले आन्तरिक द्वन्द्व छ। सम्पत्ति बढेको छ, केही व्यक्तिको हातमा थुप्रिएको छ। सरकारहरू कमजोर भएका छन् र असहाय देखिन्छन्। सम्पति थुपार्नेले सरकार चलाउँछ। यसरी सम्पत्ति असमान वितरणका कारण सरकारमा पहुँच भएका र सरकारमा पहुँच नभएकाबीच ठूलो द्वन्द्व छ। एकपल्ट आँखा घुमाएर नेपालका तराई, हिमाल, पहाड र विभिन्न सांस्कृतिक समूहहरूलाई हेराँै, अनि राज्यको स्वरूपलाई तुलना गरौँ। सम्पत्ति कहाँ कसरी थुप्रिएको छ भनी बुझ्न नेपालमा पनि गाह्रो छैन। राज्य एकथरीका लागि छँदैछैन र अर्काथरीका लागि सबै भरथेग राज्यबाट भएको छ। अनि यस्तो राज्य कसरी स्थिर, दिगो र अग्रगामी हुनसक्छ।
नेपालमा लोकतन्त्रलाई संस्थागत र भ्रष्टाचार कम गर्न सहज छैन भन्ने सबैले बुझेकै हो। सुशील कोइरालालाई पनि नारा र दबाब दिएर भ्रष्टाचार रोकिन्छ भन्ने विगतमा लागेको थियो भने प्रधानमन्त्री भएपछि त्यस्तो भ्रमबाट उनी मुक्त भए होलान्। तर उनले संविधान निर्माण कार्य अगाडि बढाउँदै गर्दा पनि लोकतन्त्रलाई संस्थागत र भ्रष्टाचारलाई नियन्त्रण गर्ने प्रारम्भिक कार्यको थालनी गर्नसक्थे। देशको बहुमूल्य समय र स्रोत साधन संविधान निर्माणको रटानमा खेर गयो। अझै समय कति खेर जाने हो भन्नसक्ने अवस्था छैन तर प्रधानमन्त्री कोइरालाको सत्ता भने अप्ठेरोमा पर्दैछ।
स्थानीय निर्वाचन गर्ने प्रधानमन्त्री कोइरालाको वचन पूरा भएन। यस्तै २०७१ साल माघ ८ गते संविधान घोषणा गर्ने अवसर पनि अब कोइरालालाई जुर्नेछ भनेर पत्याउने ठाउँ रहेन। ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन कोइराला र उनका सहयोगीलाई अप्रशन्न पार्ने गरी आयो। यस्तो अवस्थामा अब प्रधानमन्त्री कोइरालासँग दुईवटा मात्र विकल्प छन्।
पहिले विकल्प, आफूले एकवर्षभित्र स्थानीय निर्वाचन, संविधान निर्माण र सुशासन दिन्छु भनेको सम्भव भएन भनी नेपाली जनता सामु सत्यतथ्य बोल्ने र सरकारबाट बिदा हुने। यो बाटो सजिलो छ। यसबाट प्रधानमन्त्री कोइरालाको गुम्दै गएको निजी साख पुनर्स्थापित हुनसक्छ। तर कोइराला राजनीतिक नेता हुन्। तसर्थ उनलाई यो बाटो हिँड्न सहज छैन। उनीसँग अर्को विकल्प भनेको सरकार ताजा र युवा व्यक्तिबाट निर्माण गरी नयाँ ढंगले सुरु गर्छु भन्ने संंदेश दिने हो। कोइरालाको समूहमा अहिले ऊर्जा र उत्साह समाप्त भएकाको बाहुल्य छ। ऊर्जा र उत्साह नै नभएकाहरूबाट कोइरालाको कुनै पनि ध्येय पूरा हुन सम्भव थिएन। अहिलेसम्म हुने लक्षण पनि देखिएन। प्रधानमन्त्री सुशील कोइराला सरकारमा ताजा थिए। तसर्थ उनले सबै सहयोगी 'फ्रेस' नै लिन सक्नुपर्ने रहेछ। हो, उनले संविधान निर्माणका लागि बेग्लै सहयोगी टोली बनाउन सक्थे। दोस्रो विकल्पले कांग्रेस पार्टीलाई ऊर्जावान् बनाउनुका ािथै युवा शक्ति निर्माणमा पनि सघाउ पुर्यालउँथ्यो। कोइरालासँग आफ्ना दुई विकल्प भए पनि सत्ता साझेदार दल नेकपा (एमाले)सँग भने छुट्टै व्यवहार गर्नुपर्ने अवस्था छ।
राजीतिकरूपले प्रधानमन्त्री कोइराला 'स्मार्ट' बन्छन् कि एमाले नेता खड्गप्रसाद ओली भन्ने रमाइलो खेल अब देखिनेछ नेपाली राजनीतिमा। एमालेका नेता ओलीले संचार माध्यमबाट जति 'डेन्टपेन्ट' गरे पनि सुशील कोइराला सरकार उनको महत्वाकांक्षाकै कारण धरापमा पर्दैछ। कोइरालालाई अक्षम प्रधानमन्त्रीको विशेषण एमालेबाटै भिराइनेछ भन्नेमा सायद धेरै कमले शंका गर्लान्। नेता ओलीको एमाओवादी र मधेसवादीसँग भएका भेटघाट, घन्टौं लामो बहस र छलफल उनको स्वास्थ तन्दुरुस्त रहेको प्रचारप्रसारका लागि पक्कै पनि होइन। अनि संविधान निर्माणका लागि पनि ओलीले त्यत्रो जाँगर देखाए होलान् भनेर पत्याउन गाह्रो छ। जनताले ओलीको चलखेललाई नयाँ सत्ता समीकरणको खेल हो भन्ने अनुमान सहजै लगाउन सक्छन्। ओलीको गतिविधिले कोइरालालाई त सशंकित बनायो भने सामान्य जनताले पृथकरूपमा कसरी सोच्न सक्लान् र? तर यहाँनेर ओलीले पनि बुझ्नुपर्ने के छ भने सुशील कोइराला सहजै सत्ता छाडेर हिड्ने साधु सन्त होइनन्। नेपालमा सत्ताका सबैभन्दा कठोर खेलाडी सुशील कोइराला नै हुन्। यस अर्थमा भावी दिनमा नेपाली जनताले संविधान निर्माणको छलफल होइन सत्ता समीकरणका नयाँनयाँ अभ्यास हेर्न पाउने संभावना छ। यहाँनेर बावुराम आचार्यको चर्चित पुस्तक 'फेरि त्यस्तो कहिल्यै नहोस्'को स्मरण हुन्छ। नेपालको इतिहासमा भएका नृशंश हत्याकाण्डहरूको वर्णन भएको त्यो पुस्तक प्रकाशित भएपछि पनि राजदरबार हत्याकाण्ड भयो। अर्थात् इतिहास आफैँ दोहरियो।