'क्रूर क्रान्ति'को पुनरावृत्ति!
१० मंसिर २०७१
•
१८ मिनेट पाठ
'क्रूर क्रान्ति'को पुनरावृत्ति!
बर्दिया जिल्लाको सूर्य पडवा गाउँ विकास समितिअन्तर्गत वार्ड नं.४ स्थित डल्ला गाउँ अहिले 'होम स्टे'को लागि प्रसिद्ध छ। चार नम्बर वडाभित्रका चार वटाबाहेक अरू सबै घर स्थानीय थारुहरूको हो। र, प्रत्येक घरमा अहिले पर्यटकलाई खानबस्न सुविधाजनक 'होमस्टे'को बन्दोबस्त मिलाइएको छ। यस वडाभित्र थारु जातिलाईबाहेक घरजग्गा विक्री गर्नसमेत स्थानीय वासिन्दाले प्रतिबन्ध लगाएका छन्। गत चार वर्षदेखि संचालन गर्न थालिएको 'होमस्टे'ले डल्ला गाउँवासीलाई आर्थिक लाभ भएकै छ, द्वन्द्व कालको 'त्रू्कर क्रान्ति'को कथा बिर्सन पनि सहयोग गरेको छ। 
माओवादी युद्धकालमा मात्र होइन, अहिले पनि डल्ला गाउँ एनेकपा (माओवादी) बहुल इलाका हो। माओवादी द्वन्द्वको समयमा यही वडाबाट मात्र २४ जना युवाले ज्यान गुमाएका थिए। त्यही गाउँका वासिन्दा यमराज योगी (थारु)को परिवारबाट मात्र पाँच जनाको सहादत भएको छ। यमराज योगी क्रान्तिको त्रू्कर तस्बिरलाई मनको एउटा कुनामा थन्क्याएर जीवन संघर्षको अनवरत यात्रामा छन्। शान्ति र संविधानको माओवादी कार्यदिशाले मुलुकलाई के कति फाइदा वा नोक्सान गर्योो भन्ने हिसाबकिताब उनले गरेका छैनन्। तर पार्टीको उल्लेखित कार्यदिशाले आफ्नै पसिना बगाएर दुई छाक खान पाइने वातावरणदेखि सन्तुष्ट छन्। शान्तिकालपछि कुनै ठूला माओवादी नेता डल्ला गाउँमा गएका पनि छैनन्। ठूला नेता नआएकोमा उनलाई त्यत्रो विधि चासो त छैन तैपनि उनीसँग एउटा गुनासो भने छ – यति ठूलो क्रान्तिपछि पनि हाम्रो गाउँ र हाम्रो दुःख जस्ताको तस्तै रह्यो। किन?
योगी र योगी जस्ता हजारौँ युवाको समान गुनासोलाई उनीहरूको चेतनाको स्तर र आफूले समर्थन गरेको दलप्रतिको भावनात्मक कोणबाट हेर्दा सामान्य मानिएला। तर यस्ता अनगिन्ती गुनासाको गहिराइ र प्रभाव सतहबाट देखिएभन्दा अपेक्षाकृत बढी नै गंभीर छ। आफैँले गरेको क्रान्तिले कसरी केही नेता र कार्यकर्ताको जीवनमा आमूल परिवर्तन ल्याइदियो र केहीलाई चाँहि पहिलेभन्दा पनि अझ खराब अवस्थामा पुर्यााइदियो भन्ने प्रश्नको चित्त बुझ्दो उत्तर नपाएपछि पूरै माओवादी आन्दोलन तीव्र गतिमा विघटन भइरहेको छ। विघटनको प्रभावले 'क्रान्ति' र 'शान्ति'को माओवादी कार्यदिशा गन्जागोल बन्दैछ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहितको एउटा समूहले 'शान्ति र संविधान'को कार्यनीति सही हुँदाहुँदै पनि नेपाली कांग्रेस र नेकपा (एमाले)ले 'धोका' दिएकाले पार्टी असफल भएको गुनासो गरिरहेको छ। अर्कोतिर एमाओवादीबाट अलग भएर मोहन वैद्यको अध्यक्षतमा संगठित नेकपा–माओवादीले चाहिँ अध्यक्ष दाहालले 'धोका' दिएकोले 'क्रान्ति' असफल भएको तर्क दिन्छ। वैद्य माओवादीबाटै अलग भएको नेत्रविक्रम चन्दको माओवादीले त झन् वैद्य नेतृत्वको नियत 'क्रान्ति'को पक्षमा नभएको गुनासो गर्दै उक्त 'धोका'बाट आफूलाई अलग गरेको घोषणा गरेको छ। प्रश्न उठ्छ – कुन नेताको नियत कति बेला बिग्रियो र समग्र माओवादी आन्दोलनमा कसले कसलाई 'धोका' दियो? उत्तर कुनै अमुक व्यक्तिको नियतमा होइन, बदलिएको विश्व परिवेश र सिद्धान्तको आलोकमा खोजिनुपर्छ।
पहिलो र दोस्रो विश्व युद्धका अवधिमा संसारका धेरै मुलुकमा सशस्त्र संघर्ष भए। त्यस प्रकारका सशस्त्र संघर्षको मूल चरित्र राष्ट्रिय मुक्ति आन्दोलन वा निरंकुश राजतन्त्रविरुद्ध 'प्रजातन्त्र', 'लोकतन्त्र' वा 'जनवाद' प्राप्तिको आन्दोलन थियो। पहिलो र दोस्रो विश्व युद्धको आसपास सम्पन्न त्यस प्रकारका राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्वमा साम्यवादी कम्युनिस्ट नेतृत्व ज्यादै बलशाली थियो। त्यसकारणले गर्दा अधिकांश मुलुकमा कम्युनिस्टले सशस्त्र संघर्षलाई राष्ट्रिय मुक्ति आन्दोलनको साथसाथै वर्गीय मुक्ति अन्दोलनमा बदल्न पनि सफल भए। तत्कालीन सोभियत रुसको समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्ति त्यसैका उपज थिए। पहिलो विश्व युद्धको क्रममा विशाल भूभागमा फैलिएको तत्कालीन सोभियत संघको समाजवादी क्रान्ति तथा दोस्रो विश्वयुद्धको अवधिमा विशाल जनसंख्या र भूगोल रहेको चिनियाँ जनवादी क्रान्तिको सफलताले धेरै ससाना मुलुकमा ठूलो प्रभाव पारेको थियो। र, त्यस्तो प्रभावको सिको गर्ने वा सामान्यतया अनुकूल वस्तुगत र आत्मगत स्थिति रहेका मुुलुकलाई समाजवादी शिविरबाट वैचारिक, आर्थिक र सैन्य सहयोग हुनसक्ने अवस्था पनि थियो। सोभियत संघको समाजवादी क्रान्तिले बुल्गारिया, रोमानियालगायत मुलुकमा चलेका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनलाई सफलतामा टुंग्याउन मद्दत गर्योव। उता चिनियाँ क्रान्तिको सफलताले चाँहि उत्तर कोरिया, भियतनाम, लाओस, कम्बोडियालगायतका राष्ट्रमा चलेका आन्दोलनलाई सफलतामा पुर्याेउन मद्दत गर्यो्।
पहिलो र दोस्रो विश्वयुद्धको प्रभाव समयको वरपर सम्पन्न क्रान्तिहरूको मूल चरित्र पुँजीवादी जनवादी थियो। साम्राज्यवाद र सामन्तवादबाट मुक्ति उनीहरूको पहिलो प्राथमिकता थियो। अधिकांश राष्ट्र तानाशाही राजतन्त्रबाट शासित थिए र त्यहाँका जनता मताधिकारको प्रयोग गरेर प्रतिनिधि छान्नबाट समेत वन्चित थिए। विभिन्न खाले साम्राज्यवादी युद्धमा संलग्न मुलुकमा विकसित राष्ट्रिय मुक्ति आन्दोलन तथा बाध्यकारी युद्धको विभीषिकाबाट मुक्तिको उत्कट चाहनाको परिणाम तत्कालीन सशस्त्र क्रान्तिको विजयका रूपमा प्रकट भएको थियो। तर सीमित संसदीय व्यवस्थाको अभ्यास गर्ने अवसर भएका मुलुकमा भने त्यसप्रकारका क्रान्ति भीषण दमनको सिकार बनेर सिद्धिए वा देशको पुँजीवादी प्रजातान्त्रिक प्रारूपलाई समर्थन गर्दै शान्तिपूर्ण राजनीतिक मार्गमा अवतरित भए। सन् ७० को दशक यता संसारभरि यस्ता 'त्रू्कर क्रान्ति' बारम्बार दोहोरिने बासी कथामात्र भएका छन्। 
नेपालको कम्युनिस्ट आन्दोलनमा माओवादीको उदय, सशस्त्र संघर्षको सुरुआत, शान्तिमार्गमा अवतरण र पुनः सःशस्त्र संघर्षका नाममा पार्टीको अनन्त विभाजन प्रक्रियाको परिणाम पनि यसभन्दा भिन्न हुने सम्भावना छैन र रहेन। आफैँले उठाएका विषयको हत्यामा पार्टीको मूल नेतृत्व संलग्न रहेको आरोप लगाउँदै गत दुई वर्ष अगाडि एनेकपा (माओवादी) विभाजित भएर नेकपा –माओवादी बनेको थियो। र, अहिले माओवादी पनि उही र उस्तै आरोपमा पुनः विभाजित भएको छ। त्यसले पार्टीको कथित क्रान्तिकारी उत्तराधिकार थाम्न नेत्रविक्रम चन्दले दाबी गरेका प्रतिबद्धताको नयाँ शृंखलालाई बुझ्न घटना, अनुभव र पात्रहरूबाट मात्र संभव सकिँदैन। कारण, संपूर्ण माओवादी शिविरको संघर्षसम्बन्धी अवधारणामै भयंकर त्रुटि रहेको देखिन्छ। त्यसैको क्षतिपूर्ति एमाओवादीको संगठनात्मक विघटनमार्फत् हुँदैछ। 
बाह्र बुँदे सहमतिमार्फत शान्ति प्रक्रियामा आएपछि एमाओवादी नेतृत्वले 'शान्ति र संविधान'को 'लाइन' नै एकमात्र सही राजनीतिक लाइन भएको दाबी गर्योर। तर पार्टीभित्र बिस्तारै विद्रोहमार्फत् सत्ता कब्जा गर्ने लाइनको वर्चस्व पनि बढ्दै गयो। उता पार्टीको मूल नेतृत्वमा रहेका पुष्पकमल दाहाल आफैँ पनि संघर्षको विधि र लाइनबारे सधैं दुविधामा रहे। किनभने उनी वास्तवमा पार्टीभित्र शक्तिसाली बनिरहने 'लाइन'मा मात्र थिए। सैद्धान्तिकरूपमा शान्ति र संविधानको राजनीतिक लाइनको प्रतिनिधित्व बाबुराम भट्टराइले गर्थे भने विद्रोहको लाइनको प्रतिनिधित्व मोहन वैद्यले। तर अध्यक्ष दाहालले कहिले पनि आफ्नो प्रतिबद्धता कुनै पनि धारप्रति देखाएनन्। परिणामस्वरूप एमाओवादीको ढुलमुले चरित्र सदैव कायम रहिरह्यो। यस्तो दुविधाबाट पार्टीलाई मुक्त गर्न दुईविपरीत ध्रुवबाट बाबुराम र वैद्यको संघर्ष चलिरह्यो। तर 'शान्ति र संविधान'को पक्षमा वकालत गर्नेले शान्ति मार्गमा आएपछि कुनै पनि प्रकारको संघर्षको आवश्यकता नरहेको कुरा गर्न थाल्यो भने अर्कोतिर विद्रोही पक्षले चाँहि संघर्ष भन्नासाथ सशस्त्रबाहेक अर्को रूपै नहुने पैरवी गर्न थाल्यो। पार्टीको सम्पूर्ण ऊर्जा यही अनावश्यक आन्तरिक विवादकोे अतिवादी चपेटामा परेर स्वाहा भयो। पहिलो संविधान सभाको सबैभन्दा ठूलो दल यही विवादले कमजोर बनेपछि संविधान सभा र पार्टी दुवै विघटन र विभाजित बने। 
संविधान सभाको उपस्थितिभित्र पनि संसद्को विपक्षमा रचनात्मक संघर्षको पर्याप्त संभावना र आवश्यकता थियो। संविधान सभालाई देखाएर जनताका समस्याप्रति सरकारको कुनै सरोकार रहेको थिएन। सरकारमा स्वयं एमाओवादी र एमाले थिए। त्यसैकारण दाहाल र भट्राईले संघर्ष भनेको या त सशस्त्र हुन्छ या हुँदैहुँदैन भन्ने अतिवादी सोचको वकालत गर्न थाले। र, तत्कालीन अवस्थामा कुनै प्रकारको संघर्षको आवश्यकता नरहेको जिकिर गरे। त्यसबाट चिढिएको वैद्य पक्षले पनि विपरीत अतिवादबाट आक्रमण गर्दै नेतृत्वलाई जवाफ फर्कायो – संघर्ष भनेको सशस्त्रमात्र हुन्छ र पुनः सशस्त्र विद्रोहबाहेक संघर्षको अर्को उपाय छैन। यसै प्रस्थापनालाई आधार बनाएर विभाजित बनेको दलभित्र पुनः सशस्त्र संघर्षको विषयमै मत बाझिएपछि पार्टी पुनः विभाजित भएको छ। तत्काल सशस्त्र संघर्ष प्रारम्भ गर्ने अठोट लिएर चन्दसहितको एउटा नेतृत्व पंक्ति वैद्य माओवादीबाट विभाजित बनेपछि एमाओवादीको शान्ति र संविधानको लाइनको सफलता र असफलताबारे स्वंय एमाओवादीमा समेत विवाद उत्पन्न हुन थालेको छ। खासगरी संविधान सभाको प्रक्रियालाई नमान्ने र सहमति नभए संविधान सभा छोडेर जाने दाहालको अभिव्यक्तिपछि दाहालको लाइन असफल भएको र चन्दको लाइन नै ठीक रहेको अभिव्यक्ति एमाओवादीभित्र पनि सुनिन थालेको छ। 
'शान्ति र संविधान'को आफ्नो लाइनबाहेक अर्को कुनै विकल्प नभएको बताएर पार्टी विभाजन झेल्न पनि तयार भएका दाहालले दिएका पछिल्ला अभिव्यक्तिमा उनको राजनीतिक लाइन असफल भएको स्वीकारोक्ति देखिन्छ। के त्यसो भए चन्दको लाइनलाई दाहालले सहर्ष स्वीकार गरेर अगाडि बढ्न तयार छन्। दाहाल त्यसो पनि गर्न तयार छैनन्। जतिबेला आफूले जे बोल्यो त्यही नै राजनीतिक लाइन हुने भएपछि नेतृत्व विशृंखल र अराजक बन्नु स्वाभाविकै हो। त्यसकारण माओवादीमा देखिने 'क्रान्ति' प्रेम दाहालको दोहोरो चरित्रद्वारा निर्मित ऐंजेरु बन्न गएको छ। र पुँजीवादमा देखिने हरेक प्रकारको संकटलाई कथित क्रान्तिको पक्षमा अनुकूल वस्तुस्थितिको निर्माण भएको अर्थमा सामान्यीकरण गर्ने 'क्रान्तिकारी'हरूको विश्लेषण पनि उदेकलाग्दो छ। यसले माओवादी आन्दोलनको असफलताको कारण व्यक्तिको नियतमा खोज्ने अवैज्ञानिक चिन्तन प्रक्रियाको पुनरुत्पादनमात्र गरिरहेको छ। भोलि पुनः कसैको नियन्त्रणभित्र नरहने एउटा व्यक्तिको 'नियत खराब' भएपछि चन्दलाई सराप्दै अर्को समूह क्रान्तिको खोजीमा विभाजित बन्नेछ। 
अन्यमा, एउटै रुटमा चल्ने उही रुट नम्बरको जुनसुकै गाडीमा चढे पनि उही गन्तव्यमा पुगिन्छ। अर्थात १४ नम्वरको रुटमा चल्ने जुनसुकै गाडीले लगनखेल ओराल्छ। कथित क्रान्तिको उही नारा, उही साधन, उही विधि र उस्तै नेतृत्वले पुर्याचउने ठाउँ पनि उही हो। एउटै पुस्ताले उस्तै सशस्त्र संघर्षको पुनरावृत्ति गर्न संभव र आवश्यकता दुवै छैन। हो, पुँजीवादसँग प्रतिष्पर्धा र संघर्ष गर्नुपर्छ, गर्न सकिन्छ र गर्न आवश्यकता पनि छ। तर त्यसो भन्दैमा हाम्रै पुस्ताले लडेर प्राप्त गरेका लोकतान्त्रिक अधिकारसमेत गुम्ने खतरा बढी भएको वर्तमान समयमा कथित सशस्त्र संघर्षको कुनै आवश्यकता छैन। कदाचित त्यसो भएमा आगामी 'क्रूर क्रान्ति'को परिणाम पनि नयाँ दाहालले अवतार लिनबाहेक अर्को हुने संभावना देखिँदैन। एकै परिवारका आधा दर्जन सदस्य गुमाएका यमराज योगीहरूले अहिले राम्रोसँग बुझिसकेका छन्- यस्तो क्रान्तिले केही नेतालाई मात्र परिवर्तनको स्वाद चखाउँने रहेछ। किनभने नयाँ संझौता गर्दा फेरि पनि नेता काठमाडौंमै हुन्छन्। र, काठमाडौंमा बस्नेहरू कहिल्यै गाउँ फर्किदैनन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस