विकास र पूर्वाधारको साइनो
०९ मंसिर २०७१
•
१६ मिनेट पाठ
विकास र पूर्वाधारको साइनो
नेपाल सामन्तवादी छ कि पुँजीवादी भइसक्यो भन्ने बहसले चमेलिया जलविद्युत् योजना कति छिटो बन्छ र सुदूरपश्चिममा अन्धकार चिर्न सकिन्छ भन्ने प्रश्नको उत्तर पाइँदोरहेनछ।संविधान कस्तो हुनुपर्छ भन्ने बहसले काठमाडौं–तराई जोड्ने द्रूत मार्ग कस्तो बनाउने र कहिले सक्ने भन्ने प्रश्नको उत्तर प्राप्त हुँदोरहेनछ। भौतिक पूर्वाधार विकासजस्तो विशुद्ध प्राविधिक विषयमा पनि हामी राजनीतिकर्मी नै जान्नेसुन्ने बनिरहेका छौँ। केही समयअगाडि संसद्को विकास समितिमा जापानका प्रसिद्ध प्राध्यापक मोरिची आएका थिए। उनी एसियाकै पूर्वाधार विज्ञ रहेछन्। जापानको पूर्वाधार विकास नीतिमा सरकारले उनलाई नसोधी केही गर्दैन। उनलाई चीन सरकारले बोलाएर द्रूत गतिको ‘बुलेट रेल' कसरी बनाउन सकिन्छ भनेर सल्लाह लिएको थियो र सोहीअनुसार चीनले आगामी वर्ष बुलेट रेलको लम्माइ १८ हजार किलोमिटर बनाउँदै पनि छ। विज्ञ भनेका त्यस्ता हुन्छन्। हामी त यहाँ हाम्रै वरिपरि घुमेर जागिरको अपेÔा गर्नेलाई विज्ञ ठान्छौँ। तिनैलाई नियुक्ति दियो। राजनीतिक आन्दोलनमा सहयोग गरेका कारण खाउन् न त भनेर। गुदी केही पनि छैन। अर्कातिर भविष्यका मोरिचीहरू देश छाडेर गएका गयै छन्। नेपाली मोरिची नभएका हुँदै होइनन्।
हाम्रा ठेकेदार तथा परामर्शदाता पनि प्रायः झोलामा कार्यालय राख्ने परे। अनि काम पाउन कमिसन बुझाउनु, काममा ठग्नु, ठगेबापत फेरि कमिसन बुझाउनु आदिले कहिल्यै ‘कर्पोरेट संस्कार' विकास नहुनु, फेरि उही गोलचक्करमा फस्ने काम। जस्तो, आजसम्म दुई सय जना इन्जिनियर पाल्नसक्ने कुनै ठेकेदार निस्कनै सकेनन्। उस्तै अवस्थामा विकास भएका कोरिया र चीनका निर्माण कम्पनी अन्तर्राष्ट्रिय मेघा प्रोजेक्ट सञ्चालन गरिरहेका छन्। हाम्रो देशमा भने सधैँ ठूला प्रोजेक्टमा विदेशी नै ल्याउनुपर्ने अवस्था सिर्जना भइरहेको छ।
हामीले गोरो छाला भएको कुनै दातृनिकायको सहायक स्तरको कर्मचारी आउँदा पनि भयंकर विज्ञ आयो भन्ठानेर उसकै सिफारिस शिरोधार्य गर्न थाल्यौँ। हाम्रो प्रमुख समस्या के हो भन्ने त्यो सामान्य जागिरेलाई कति थाहा हुनसक्छ? हाम्रा यहाँका इन्जिनियरलाई विज्ञ बनाउने र उनीहरुलाई ल भन यो हाम्रो देशको हितमा छ कि छैन भनेर जाँच्ने काम हामीले कति गर्यौँल? किन हामी विदेशीको परामर्श लिन छाड्दैनौँ? कोरियाले यसै गरेको भए आज कोरियाली कम्पनी यसरी संसारमा परामर्श दिने र काम गर्ने अगुवा बन्न सक्थे? अब हामीले यस प्रश्नको उत्तर खोतल्नुपर्छ।




तीन छ, तीन छैन
राजनीतिक क्रान्तिको काम सकिएको र अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने गफ आजकल राजनीतिक दल तथा कार्यकर्तामाझ ‘फेसन' भएको छ। आर्थिक क्रान्ति जानेर वा नजानेर औद्योगीकरणसँगै जोडिएको छ। औद्योगीकरणका लागि ६ पक्ष अपरिहार्य छन् – एक पुँजी, दुई प्रविधि, तीन जनशक्ति, चार कच्चा माल, पाँच उत्पादित मालको बजार र सबैभन्दा महत्वपूर्ण छैटौं उद्योगमैत्री नीति। हामीसँग जनशक्ति र कच्चा मालको अभाव छैन। विश्वका दुई ठूला जनसंख्या भएका मुलुकको छिमेकी हुनु र दुवै मुलुकसँग सौहार्द्र सम्बन्ध हुनुका नाताले हामीसँग बजारको पनि अभाव छैन। अन्तर्राष्ट्रिय कानुन र विकसित प्रविधिले गर्दा विश्व बजार पनि हाम्रा लागि खुलै छ। हामीसँग अभाव छ भने पुँजी र प्रविधिको। आजको युगमा पुँजी र प्रविधि पनि विश्वव्यापी हँुदैगइरहेको सन्दर्भमा त्यो प्राप्त गर्न पनि खासै कठिन छैन। तर हामीसँग नभएको र हामीले नबनाई अन्तबाट प्राप्त पनि नहुने विषय हो उद्योगमैत्री नीति।
उद्योगमैत्री नीतिले पुँजीको स्वागत र सम्मान गर्ने भन्छ। सम्पत्तिको हकको ‘ग्यारेन्टी' गर्ने भन्छ। उत्तम पूर्वाधार उपलब्ध गराउने भन्छ। उत्पादित मालको बजार विस्तारमा सहजीकरण गर्ने भन्छ। ऊर्जा र श्रम संकट नहुने सुनिश्चित गर्ने भन्छ। श्रम संकट हुन नदिन उचित श्रम कानुन माग गर्छ। उद्योगमैत्री कर प्रणाली, कर कानुन तथा कर प्रशासनको माग गर्छ। विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी करको दर निर्धारण गर्ने, ऊर्जा र श्रम संकट आउन नदिने तथा ती क्षेत्रमा उच्चस्तरीय सञ्चार तथा यातायातको सम्बन्ध विस्तार गर्ने नीति र कार्यक्रम अनिवार्य छ।
‘औद्योगिक क्रान्ति गर्छौं' भन्ने सबै दल पालैपालो सरकारमा जान थालेको वर्षौं भइसक्यो तर सिंगो मुलुकमा मात्र एउटा कम्पनी रजिस्ट्रारको कार्यालय छ र त्यो पनि काठमाडौंमा। जुम्लामा लगानी गर्न चाहनेले समेत काठमाडौंमा कम्पनी दर्ता गर्न आउनुपर्ने भएपछि हुने अनुत्पादक खर्च लगानीमा जोडिने भयो। अब आयन्दा कुनै व्यक्ति वा व्यक्तिहरूले कुनै पनि उत्पादक काम (खेतीपाती, पशुपालन, चरापालन, वस्तु वा सेवा उद्योग) कम्पनी दर्ता गरेर मात्र गर्न पाइने नियम बनाउने, कम्पनी रजिस्ट्रारको कार्यालय कम्तीमा जिल्ला तहसम्म विस्तार गर्ने र कम्पनी प्रशासनलाई जनमैत्री बनाउने काम तदारुकताका साथ नगर्ने हो भने औद्योगीकरण गफमात्र सावित हुनेछ।

शिक्षा, स्वास्थ्य, सूचना र यातायात
शिक्षामा प्रतिगामी हुने कि अग्रगामी भन्ने निर्क्योल तुरुन्त गर्न आवश्यक भइसक्यो। कक्षा १, २, ३ मा एबीसीडीसम्म पनि नचिनाई कक्षा ४ मा ‘गुडमर्निङ सर' पढाउने हाम्रो शिक्षा नीतिले अहिले काम खोज्न विदेशमा जाँदासमेत ससाना फारम भर्न र संवाद गर्न अरुले सघाइदिनुपर्ने बनायो। अझै पनि अंग्रेजी माध्यम लागु गरौँ भन्दा नाक खुम्च्याउने राष्ट्रवादीका सन्तान कहाँ के गर्दैछन् सोधखोज गर्नुपर्ने बेला भएको छ। स्थानीय भाषा र जनजातीय भाषाका माध्यमबाट दिइएको शिक्षा लिएका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउने क्षेत्र (स्कोप) कति हो घोरिएर विचार गरौँ। अंग्रेजीमा पढे विश्वभर, नेपालीमा पढे कम्तीमा नेपालभर र भारत, भुटान वा बर्माका नेपाली भाषीसम्म पहुँच पुग्न सक्छ तर थारू वा राई भाषामा पढे/पढाए?

देशको एकमात्र राष्ट्रिय स्तरको विश्वविद्यालय जम्मा १२ प्रतिशत विद्यार्थी पास गर्छ अर्थात् ८८ प्रतिशत विद्यार्थी फेल हुनका लागि विश्वविद्यालय जान्छन्। सार्वजनिक विद्यालयको छानो छैन। शिक्षक वर्षौंदेखि ‘काज' मा छ र खेतालाले पढाउँछ। निःशुल्क शिक्षा दिने भनिएका विद्यालयमा शुल्क नतिरेसम्म परिणाम र लब्धांकपत्र रोक्का गरिन्छ, त्यो पनि सरकारले निःशुल्क शिक्षा र थप छात्रवृत्ति दिने आश्वासन दिँदैआएको मुक्त कमलरी र लोपोन्मुख समुदायका बालबालिकासमेतको। हिजो छोराहरु विद्यालय जान्थे, छोरीहरु मेलापात। आज छोरीहरु सामुदायिक विद्यालय छिर्दा छोराहरु निजी विद्यालय छिरे। हुनेखानेले पढाउने निजी विद्यालयमा शुल्क वृद्धि हुँदा चर्काे आन्दोलन हुन्छ। तर गरिब पढ्ने निःशुल्क भनिएको विद्यालयमा शुल्क असुल गर्दा कसैलाई ध्यान छैन। विद्यालय निजी होस् कि सामुदायिक त्यसले महत्व राख्दैन। अझ शिक्षा क्षेत्रमा निजी लगानी आकर्षित गर्नुको सट्टा गरिएको लगानीसँग समेत हामी अमैत्री बनेका छौँ।
शिक्षामा सरकारी अनुदान शिक्षाका लागि हो कि रोजगारीका लागि हो? यो बढ्दो बेरोजगारी समस्या समाधानका लागि हो भने विद्यालयहरुलाई शिक्षा मम्त्रालयको सट्टा रोजगार मन्त्रालयअन्तर्गत राखिनुपर्छ। हैन, विद्यार्थीका लागि हो भने उतिनका अभिभावकलाई प्रतिबालबालिका निश्चित रकम मासिक उपलब्ध गराइदिनु राम्रो हुन्छ। राहत शिक्षक दरबन्दी विद्यार्थीलाई राहत हो कि विद्यालय प्रशासन र व्यवस्थापनमा लागेकाहरुलाई हो वा स्वयं त्यो शिक्षक हुन आउने बेरोजगारलाई हो? यस्तो नक्कली पारा तुरुन्त बन्द गर्नुपर्छ। अभिभावकले सोझै रकम पाउने हो भने राम्रो र मन लागेको विद्यालयमा पढाउन ऊ स्वतन्त्र हुन्छ र गुणस्तरहीन विद्यालय आफैँ बन्द हुन्छन्। सक्नेले थपेर महँगोमा पढाउँछ भने केको रिस, केको विरोध? असल अनुगमन गर्ने हो भने यो अत्यन्त उत्तम उपाय हुनसक्छ।
स्वास्थ्य क्षेत्रमा हाम्रो विकास प्रयासको एउटा नमुनाको कुरा गरौं। स्थानीय अर्थतन्त्रले नधानेपछि गाउँ र पहाडबाट बिस्तारै मानिस सहर र तराई झरिरहेका छन्। वर्षौंपहिले १० हजार जनसंख्याका लागि बनाएका तराईका अस्पताल लाखौं जनताको सेवा गर्न बाध्य छन्। तर त्यही गतिमा तिनको सेवा विस्तार गर्ने र तिनलाई ‘माइक्रो स्पेसियालिटी सेन्टर' मा विकास गर्ने त कुरै छाडौं, भवन, डाक्टर र सुविधा सम्पन्न पार्नतिर पनि ध्यान दिइएको छैन। सहरका सरकारी अस्पताल नक्कली बाटोबाट निजी अस्पताललाई लाभ दिइरहेका छन्। उता २५ पैसाको सिटामोल खच्चरमा ढुवानी गरेर (अझ म्याद नाघेका) दूरदराजसम्म पुर्याइइन्छन्। अनकन्टार बस्तीमा स्वास्थ्य चौकी बनाइन्छ जहाँ उपचार सम्भव नै छैन। सजाय दिएर साइबेरिया पठाइएजस्तो कर्मचारी किन र केका लागि काम गर्छ?

मानिस खेतखेतमा मोबाइलमा कुरा गर्छन् र म्यासेज पठाउँछन्। तर महिनौंसम्म पनि चिठी पत्र पुर्यारउन नसक्ने हुलाक गाउँगाउँमा सबैभन्दा थोत्रो घर र सबैभन्दा कम तलब पाउने कर्मचारी पालेर स्रोत र जनशक्तिको बर्बादी गर्दै कुन्नि कसलाई पर्खिरहेको छ। उता सहरमा भने कुरियर र कार्गाे गर्न निजी क्षेत्रलाई भ्याईनभ्याई छ। प्रविधिबिना आजको युगमा विकासको कल्पनै गर्न सकिँदैन। झन् सूचना प्रविधि त अपरिहार्य सर्त बनिसक्यो तर हाम्रो सूचना प्रविधिको हविगत त बनेपामा छताछुल्ल भएको छ। मुलुकको एकमात्र आइटी पार्कमा समेत गुणस्तरीय इन्टरनेट सेवा छैन।

बिनाअध्ययन विद्यालय खोल्ने अनुमति दिने अनि थोरै समयपछि विद्यालय गाभ्ने, बैंक खोल्ने अनुमति फटाफट दिने अनि ‘मर्ज' पनि फटाफट नै हुने क्रम जारी छ। निजी विमान सेवा पो राम्रो हो, सरकारीले काम गर्न सक्दैन भन्ने हो भने नेकोन एयरले मुख थुन्छ। निजी कम्पनी स्तरीय सेवा दिँदैनन् सरकारी कम्पनी चाहिन्छ भन्ने हो भने नेपाल वायु सेवाले बोल्न दिँदैन। साना साना जहाजले सेवा राम्रो हँुदैन ठूलो जहाज चाहिन्छ भन्ने हो भने फोकर लिलाम भएकै हो। काठमाडौंमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलाएर कहिले पर्यटनको विकास होला? त्यो पनि यति साँघुरो ठाउँमा कि क्षेत्र विस्तारसमेत गर्न मिल्दैन। पूर्वदेखि पश्चिमसम्म ४ वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइदिने हो भने र पर्यटकले विमानस्थलमा नै अनुमति लिन पाउने हुन् भने खप्तड र राराले पनि कमाउनेछन् अनि अन्नपूर्ण र सगरमाथा ‘ओभर क्राउडेड' हुनबाट पनि बच्नेछन्।
सभापति, विकास समिति, व्यवस्थापिका–संसद्
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस