न्यायप्रणालीबारे संविधानसभामा राजनीतिक दलबीच सहमत हुन नसकेको भन्ने समाचार नै यस आलेखको आधारस्रोत हो। सैद्धान्तिक वा व्यावहारिक केकस्ता विषयमा सहमत हुन नसकेको स्पष्ट छैन।न्यायप्रणाली र न्यायपालिकासम्बन्धी मान्यतागत अनभिज्ञताले अदालतको गठन, संरचना तथा व्यवस्थापनजस्ता विषयलाई न्यायप्रणालीबारे छलफल भएको भन्न खोजिएजस्तो देखिन्छ। पहिलो संविधानसभामा गठित ‘न्यायप्रणालीसम्बन्धी समिति' को प्रतिवेदनमा कुनै पनि न्यायप्रणालीबारे चर्चासमेत गरिएको थिएन। सबैभन्दा पहिले न्यायपालिका र न्यायप्रणाली पर्याय होइनन् भनेर बुझ्नु जरुरी छ।
प्रचलित ‘कमन ल' र ‘सिभिल ल' लाई न्यायप्रणाली भनेर बुझिन्छ। मध्यकालीन बेलायतमा प्रारम्भ भएको कमन ल नजिर संस्कृतिमा आधारित हुँदा यसलाई असंहितावद्ध न्यायप्रणाली भनिन्छ। बेलायती उपनिवेशलगायत नेपालजस्ता केही स्वतन्त्र देशमा यो न्यायप्रणाली प्रचलनमा रहेको पाइन्छ। अन्य युरोपियन तथा अधीनस्थ देशमा सिभिल ल अवलम्बन गरिएको छ। क्रमशः स्पेन र पोर्चुगल हुँदै उन्नाईसौँ र बीसौँ शताब्दिमा रुस तथा जापानी न्यायप्रणालीमा सुधारका निम्ति सिभिल ल प्रारम्भ भएको देखिन्छ। अमेरिकी न्यायप्रणाली भने उनीहरूकै मान्यतामा केही विशिष्ट मानिन्छ। साम्यवादी मुलुकमा नितान्त राजनीतिबाट परिचालित न्यायप्रणाली पाइन्छ। यीमध्ये कुनै पनि न्यायप्रणालीबारे संविधानसभामा छलफल भएको जानकारी छैन। विषयगत मान्यतामा फौजदारी न्यायप्रणाली, बालन्यायप्रणालीजस्तै नवीनतम् विधिशास्त्रको हैसियतमा विकसित पीडित न्यायप्रणालीबारे पनि संविधानसभामा छलफल भएको देखिन्न। तथापि, न्यायप्रणालीबारे सहमत हुन नसकेको भन्ने समाचार सार्वजनिक हुनु सिद्धान्ततः दिग्भ्रमित भएको आभास हुन्छ।
पूर्वीय मान्यताको नेपालको न्यायप्रणाली क्रमशः कमन लबाट प्रभावित देखिन्छ। यस न्यायप्रणालीले निकै लामो यात्रा तय गरिसकेको छ। यसको ठोस परिचय भन्नाले सर्वोच्च अदालतलाई अभिलेख अदालत र नजिरलाई न्यायाधीशनिर्मित कानुनको हैसियत प्रदान गर्नु हो। कमन लको यस्तो परिचयलाई परिवर्तन गर्ने प्रस्ताव पनि संविधानसभाको कुनै समितिमा आएको छैन। तसर्थ न्यायप्रणालीबारे छलफल भएको भनिएको सन्दर्भ आफैमा पत्यारिलो देखिन्न।
न्यायपरिषद् सदस्य उपेन्द्रकेशरी न्यौपानेको एकल प्रयासमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बुझाइएको ‘संघीय संविधानमा न्यायप्रणाली र अदालत व्यवस्थापन' नामक पुस्तिकाको पृष्ठ ३ मा उल्लिखित कमन र सिभिल लकै सन्दर्भ र मिश्रित स्वरूपको न्यायप्रणालीबाट समस्या देखिने तर्क प्रस्तुत गरिएको छ। दोस्रो संविधानसभाको निर्वाचनताका राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा पनि न्यायप्रणालीबारे उनीहरू आफै आश्वस्त र प्रतिवद्ध पाइन्न। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को घोषणापत्रको २.४.३ मा ‘न्यायपालिका', नेकपा (एमाले) को घोषणापत्रको पृष्ठ ११ मा ‘स्वतन्त्र न्यायपालिका' तथा मधेसी जनअधिकार फोरम नेपालको घोषणापत्रको पृष्ठ १६ मा ‘न्यायपालिकाको संरचना' शीर्षकभित्र न्यायप्रणालीबारे सन्दर्भ उठाइएको छैन। नेपाली कांग्रेसलगायत अन्य धेरै दलले त घोषणापत्रमा न्यायपालिकाबारे भिन्न शीर्षकमा विषयगत उल्लेख गरेको पाइँदैन, तर संविधासभामा न्यायप्रणालीबारे सहमति भए–नभएको समाचार सार्वजनिक हुनु भनेको विषयगत मान्यतामा विचलन भएको मान्नुपर्ने हुन्छ। घोषणापत्रमा उल्लेख भएभन्दा भिन्न वा उल्लेख नै नगरेको अवस्थामा राजनीतिक प्रतिवद्धता रहेको भनेर दम्भ गर्न दलहरूलाई सुहाउँदैन।
नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनामा ‘स्वतन्त्र एवं सक्षम न्यायप्रणाली' भन्ने वाक्यांश परेको छ। न्यायप्रणालीको स्वरूप विस्तृत र फराकिलो हुन्छ। र, त्यसभित्र न्यायपालिकाको व्यवस्थापन गरिएको हुन्छ। न्यायप्रणालीभित्र फौजदारी मुद्दाको अनुसन्धान गर्ने प्रहरी तथा अर्धन्यायिक निकाय पनि पर्छन्, तर न्यायपालिकाभित्र केवल अदालतको संरचना, गठन, व्यवस्थापन, सुनुवाई पद्धति, नजिरजस्ता विषय पर्छन्। सैद्धान्तिक मूल्य र मान्यताभन्दा अधिकारक्षेत्र तथा कार्यशैलीमा कतिपय अवस्थामा दुवैमा समानता देखिने भ्रम पनि यसपाला उत्पन्न भएको देखिँदैन। आफूहरू न्यायप्रणालीको नभई केवल न्यायपालिकाको सन्दर्भमा संवादरत् रहेको प्रतिवद्धता जाहेर हुनु आवश्यक हुन्छ। सैद्धान्तिक तथा वौद्धिक विचलन भएर छलफल गर्नुको अर्थ अरूलाई मुर्ख बनाउनुमात्र हो। सैद्धान्तिक, वौद्धिक वा वैचारिक ज्ञान छैन भने नजानेको हदसम्म समर्पण गर्नुपर्छ, अन्यथा लैलैमा लागेको भरमा आउने परिणामको दायित्व लिनुपर्दा लाज मान्नुपर्ने हुन्छ।
न्यायपालिकाकेन्द्रित छलफलमा अदालतको संरचनागत गठन तथा व्यवस्थापन विषय स्वतः आकर्षित हुन्छ। यस्तै अदालतको तह र क्षेत्राधिकार तथा न्यायाधीश नियुक्ति प्रक्रियाबारे तर्कवितर्क गर्न मिल्छ। अभिलेख अदालत र नजिरको मान्यता छलफलयोग्य विषय बन्नसक्छ। तर, ‘अगुल्टोबाट तर्सेको बिजुली देख्दा क्वाइँ' हुने सम्भावना भने प्रशस्त देखिन्छ। अनुभवले यसै भन्छ। विक्रम संवत् १९९७ उप्रान्त न्यायपालिकाले पाएको बेग्लै परिचय स्थिर र स्थायी हुननसकेको पीडा यसपालाको विषयगत अज्ञानता र अनभिज्ञताले गर्दा सहमतिको नाममा न्यायपालिकालाई राजनीतिक चलखेलको अखडा बनाइने छैन भन्न सकिँदैन। जताततै आफ्नो पकड मजबुत गर्न चाहने राजनीतिक स्वार्थको सिकार न्यायपालिका हुँदै आएको तथ्य जगजाहेर छ। राहु, केतु र शनी बनेर राजनीतिले न्यायपालिकाको स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भिक अस्तित्वमाथि नै निर्लज्ज हमला गर्दै आएको छ। न्यायाधीशहरूको दोस्रो सम्मेलनबाट जारी घोषणापत्र २०७१ को दफा १४ अनुसार ‘कुनै पनि दलीय राजनीतिमा संलग्न नरहेका व्यक्ति' मात्र न्यायाधीशमा नियुक्ति हुने मापदण्डले राजनीतिक अभीष्टविरुद्ध ठूलो कदम चालेको मान्नुपर्ने हुन्छ, तर ‘लेबी' बुझाउँदै राजनीतिक परिचय बोकेका व्यक्तिलाई यस वाक्यांशले संबोधन गर्नसक्छ कि सक्दैन भन्ने सम्बन्धमा स्पष्ट हुनैपर्छ।
२०४६ सालको आन्दोलनमा अदालतको गठन–विघटन, संरचना, अधिकारक्षेत्र, न्यायाधीश नियुक्तिजस्ता कुनै पनि विषयमा विरोधका स्वर उठेको थिएन, तर नेपाल अधिराज्यको संविधान, २०४७ जारी हुँदा न्यायपालिकामा आमूल परिवर्तन गरिएको थियो। साविकको न्यायपालिकाविरुद्ध गरिएको त्यत्रो परिवर्तनको तात्विक आधार र कारण कसैले दिन सकेन। न्यायालयबाट ‘अदालत' नामकरण गरिँदा पजनीको आँधी नथामिँदै इलाका, जिल्ला, अञ्चल, क्षेत्रीय हुँदै जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतमा रुपान्तरित हुनुपर्ने अढैया र साँढेसाती दशा न्यायपालिकामाथि नै बज्रेेको देखिन्छ। बीचबीचमा उच्च अदालतको दशाभोग पनि यही निकायले भोग्नुपरेकै हो। यसरी न्यायपालिका स्वार्थ र षडयन्त्रको चौतारीमात्र नभई यसलाई प्रयोगशाला बनाउँदै तहसनहस गर्ने काम पनि जारी रह्यो।
अहिले संघीय संरचनाको सन्दर्भमा न्यायपालिकाको संगठनात्मक संरचनाबारे अन्यौल सिर्जना भएको छ। हालै सम्पन्न न्यायाधीशहरूको दोस्रो सम्मेलनबाट जारी घोषणापत्र २०७१ को ‘भावी संविधानमा न्यायपालिकाको स्वरूप सम्बन्धमा' शीर्षकअन्तर्गत दफा ७ मा ‘प्रादेशिक उच्च अदालत' को प्रस्ताव पारित भएको छ। दफा ८ मा ‘एकीकृत र सरल न्याय व्यवस्था नै उपयुक्त हुन्छ' भनेपछि एकीकृत न्याय व्यवस्थाअन्तर्गतको हालको पुनरावेदन अदालतको स्थानमा ‘प्रादेशिक उच्च अदालत' राख्दा विरोधाभास झल्कन्छ। सम्मेलनको उद्घाटनसत्रमा कानुनमन्त्रीले संविधानमा एकात्मक न्यायिक संरचनाको समर्थन गरेको देखिन्छ। संघीय राज्यव्यवस्था संघीय न्यायपालिकाको आधारस्तम्भ होइन। न्यायालयको औचित्य सधैँ राजनीतिक धरातलमा राखेर हेरिनुपर्छ भन्न मिल्दैन। दफा १७ को पारित प्रस्तावमा न्यायपरिषद्मा न्यायाधीशको वजन बढाउन खोज्नु न्यायाधीशीय मान्यतामा उपलब्धि हुनसक्छ। राजनीतिक पद्धतिसित मेल नखाने संसदीय सुनुवाई हटाउन दफा ११ मा गरिएको प्रस्ताव राजनीतिकर्मीलाई कत्तिको पच्ला भनेर सोच्नैपर्ने हुन्छ। व्यक्तिलक्षित भएर प्रधानन्यायाधीश हुन कम्तीमा एकवर्षको कार्यावधि आवश्यक हुनुपर्छ भन्ने सम्बन्धित समितिबाट पारित प्रस्तावको जवाफमा उल्लिखित घोषणापत्रको दफा १० मा प्रधानन्यायाधीशमा नियुक्ति हुनको लागि कुनै निश्चित अवधि वाधक हुनु हुँदैन भनिएको छ। यी प्रस्तावहरू संविधानसभाभित्र राजनीतिक तराजुमा राखेर हेर्न बाँकी नै छ। न्यायपालिकामा आफ्नो उपस्थिति कसरी मजबुत पार्ने भन्ने खेलमा राजनीतिकर्मीहरू कत्तिको सफल हुनेछन्, त्योचाहिँ हेर्न बाँकी नै छ।
राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति हुने विषयको जनस्तरमा विरोध भएकै हो, जुन तथ्यलाई उल्लिखित घोषणापत्रले पनि आत्मसात गरेको छ। न्यायाधीशहरूले यस्ता राजनीतिक प्रस्ताव पारित गर्न मिल्छ/मिल्दैन भनेर बेग्लै छलफल गर्न सकिन्छ। तर, न्यायपालिकाको संरचनामा परिवर्तन गरिनु हुन्न भने तापनि आफैबाट पारित प्रस्तावका कारण न्यायपालिकाको रेखाचित्र परिवर्तन हुने सम्भावना प्रशस्त देखिन्छ। यस्ता विषय न्यायप्रणालीसम्बद्ध मानिन्न, तर न्यायपालिकाको साखमाथि खुला हमला हुँदा न्यायप्रणालीको मूल्य–मान्यतामा विचलन आउने परिदृश्य बिर्सियो भने भावी संविधानमा न्यायपालिकाको हकमा शुभलक्षण देखिने सम्भावना रहन्न। न्यायपालिका सबैको साझा सरोकारको विषय हुँदा यसको स्वतन्त्र, सक्षम, निष्पक्ष र निर्भिक अस्तित्व बचाउन सबैजना सजग हुनु आवश्यक छ।