संविधान निर्माणमा फेरि समस्या देखिन थालेको छ। एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र र त्यसै दलका वरिष्ठ नेता डा. बाबुराम भट्टराई सभापति रहेको संविधान सभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'संवादहीनता' निम्त्याएकाले अहिले संविधान निर्माण प्रक्रियै समस्यामा परेको हो। संविधानका अन्तरवस्तुमा भन्दा पनि सतहका विषयमा बढी छलफल गर्दैआएका दलहरूबीचमा संविधान सम्बन्धमा खासै ठूलो राजनीतिक र सैद्धान्तिक विमति देखिँदैन। शासकीय स्वरूप, न्यायप्रणाली, निर्वाचन पद्धतिका सन्दर्भमा धेरथोर विवाद भए पनि तिनलाई समाधान गरेर अगाडि बढ्ने संभावनाको देखिएको थियो। विसं २०६८ साल जेष्ठ २ गते दलहरू यी विषयमा एकप्रकारले सहमतिमा पुगिसकेका पनि थिए। त्यो सहमतिको 'मस्यौदा' अझै पनि भेटिन्छ। त्यसैलाई आधार बनाएर अगाडि बढ्ने हो भने पनि समस्या धेरै हदसम्म आफैँ समाप्त हुनसक्थ्यो। त्यसो भए किन संविधान निर्माणमा सहमति हुन सकिरहेको छैन त? यसको मूल कारण दलहरुभित्र रहेको त्रास नै हो। आफूले गरेको सहमतिका बारेमा प्रश्न उठ्दा जवाफ दिने आत्मविश्वासको अभाव हो। संविधान निर्माण भएमा त्यसको जस अरुले पो बढी पाउलान् कि भन्ने आहारिस हो। यस्ता कुण्ठा फालेर नेताहरू राष्ट्र र जनहितलाई सर्वोपरी ठानी दूरदृष्टि लिएर वार्तामा बस्ने हो भने समस्या पनि बाँकी रहनेछैन।
संघीयताका सबालमा संख्याको विवादमा दलका नेताहरू अल्भि्करहेका छन्। त्यस्तै अर्को विवाद नामाकरणमा पनि देखिएको छ। सबै दलका नेता 'संघको संख्याका बारेमा हामी लचिलो हुनतैयार छौँ ' भनिरहेका छन्। नामाकरणका सन्दर्भमा पनि यस्तै अवस्था छ। 'प्रान्तीय सभाले नामाकरण गर्न सक्ने' प्रावधानलाई नेताहरूले सहमतिका आधारका रूपमा फरकफरक मञ्चमा प्रस्तुत गरिरहेका छन्। जेष्ठ २, २०६८को सहमतिको मस्यौदा र नेताका पछिल्ला यी 'उदारता'लाई सँगै राख्ने हो भने संविधान निर्माण अप्ठेरो हुनुपर्ने देखिँदैन। अझ, संविधान निर्माणको आधारका रूपमा विस्तृत शान्ति सम्झौता र अन्तरिम संसद्को २०६३ जेठ ४ को घोषणा हाम्रा साझा आधारकारूपमा रहेका छन्। शान्तिसम्झौताको मस्यौदा गर्नेदेखि त्यसमा हस्ताक्षर गर्नेसम्मका नेता नै नयाँ संविधान निर्माणका लागि हुने प्रक्रियामा सहभागी छन्। यसले गर्दा ती संझौताको अक्षरको मात्र व्याख्या गरेर 'निहुँ' खोज्ने अवस्था पनि नआउनु पर्ने हो। तर, सँगै बसेर छलफल नै नगर्ने परिस्थिति निर्माण गर्दै नेताहरू आरोपप्रत्यारोपमा उत्रँदा भने समस्या थपिनेमात्र हुन्छ।
संविधान निर्माणमा विलम्ब हुँदा पनि समस्या झन् थपिने हो। अहिले संघीयतालाई बढी नै पेचिलो समस्याका रूपमा अगाडि सारिँदैछ। धर्म निरपेक्षताका विपक्षमा जनमत निर्माण गर्न ठूलै धु्रवीकरण हुनथालेको देखिन्छ। राजतन्त्रको सान्दर्भिकतामा समेत बहस थालिएको छ र केहीले त्यसलाई जनमत संग्रहमा लैजानुपर्ने तर्क गर्न थालेका छन्। यी सबै समस्यालाई सम्बोधन गर्ने सामर्थ्य समकालीन नेतृत्वमा देखिँदैन। संविधान सभाका बारेमा आफ्ना निकटका व्यक्तिसँग कुरा गर्दा गिरिजाप्रसाद कोइरालाले भन्नेगर्थे – 'संविधानसभा भनेको 'पान्डोराको बाकस' हो, यो नखोलौँभन्दा साथीहरू मानेनन्। अब के कस्ता कुरा यहाँबाट निस्कने हुन्?' अहिलेसम्म त संविधान सभा त पान्डोराको बाकस भइसकेको देखिँदैन। तर, संविधान सभालाई कामै गर्न नदिएर पान्डोराका बाकस बनाउन चाहने तत्वले यसलाई घेर्ने काम गरिरहेको छ। उदाहरणका लागि, प्रचण्डले थुप्रै पटक भनेका थिए – 'कांग्रेस – एमालेले संविधानका बारेमा साझा धारणा लिएर आउन्, त्यसमा छलफल गर्न हामी तैयार छौँ।' सायद यी दुई दलबीचमा सहमति बन्नेमा प्रचण्डलाई विश्वास थिएन। तर, कांग्रेस र एमालेले साझा धारणा ल्याएर त्यसमा छलफल गर्न खोज्दा उच्चस्तरीय राजनीतिक समितिका संयोजकलाई 'बंकरमा सुत्ने' इच्छा जाग्छ र उनी बैठक बोलाई छलफल गर्न अग्रसर हुनुको साटो रोल्पातिर हानिन्छन्। उनलाई प्रधानमन्त्री र सभामुखले अनुनयविनय गरेर बोलाउनु पर्छ। त्यसैगरी संवाद गराउने जिम्मेवारी भएको समितिका सभापतिले यो सहमतिमा छलफल गराउने 'आँट' नै गर्दैनन्। त्यसपछि समितिका बहुमत सदस्यले प्रस्तावउपर त्यहाँ छलफल नहुने भए संविधान सभामा छलफल गर्न लैजाउँ्क भनेर हस्ताक्षर संकलन गरी बुझाउछन्। त्यसको सुनुवाइ गर्नुको साटो भट्टराईको प्रतिक्रिया आउँछ – 'हस्ताक्षर बुझाएर झनै समस्या थपियो।' यी दुई उदाहरणले मात्रै पनि समकालीन नेतृत्वमा चुनौतीसँग जुझेर मुलुकलाई गतिदिने क्षतमा नरहेको पुष्टि हुन्छ।
कांग्रेस एमाले आन्तरिकरूपमा बहुमतले पेलेर संविधान बनाउनसक्ने हैसियत र पक्षमा देखिँदैनन्। यो तिनको उदारतामात्रै हैन। बरु, तिनीहरूभित्र त्यति ठूलो आँट गर्ने आत्मविश्वास पनि नभएकाले यस्तो भएको हो। त्यसकारण एमाओवादीले आफूलाई 'पेलेर' उनीहरू अगाडि बढ्ने हारको मानसिकतालिएर गरेको विश्लेषण आफैँमा गलत छ। विद्रोहबाट आएको यो शक्ति छिन्नभिन्न हुँदैछ र त्यसैमध्येको एउटा हाँगो सधैँका लागि 'क्यान्सर' बन्ने खतरा समेत छ। त्यसको एउटा ठूलो समूहलाई संविधान निर्माणमा राजीखुसीसाथ सहमत गराउन नसके कांग्रेस एमालेकोसमेत राजनीतिक भविष्य जोखिममा पर्नसक्छ। यस तथ्यलाई कांग्रेस र एमालेले बुझेकैछैनन् भन्नु गलत हुनेछ। अहिलेको प्रश्न त संविधान निर्माणमा उत्पन्न गतिरोधलाई हटाउने प्रक्रियामा मात्र हो। प्रक्रिया भन्नासाथ दुईतिहाइले संविधान पास गर्ने र एमाओवादीलाई 'बाइपास' गर्ने हो भन्ने विपक्षीको बुझाइलाई कांग्रेसएमालेले चिर्न नसक्ता पनि समस्या उत्पन्नभएको हो। लोकतन्त्रले नै राजनीतिक प्रणालीलाई गतिशील बनाइराख्छ। यसको व्यावहारिक प्रयोगमात्र अहिले कांग्रेस र एमालेले गरेका हुन्। संविधानमा सहमति बन्न नसकेको र दिनहुँ उपलब्धिहीन बैठक बसेर समस्यालाई जस्ताको तस्तै राख्नुभन्दा एउटा प्रस्ताव लिएर छलफलमा बसौँ र त्यस प्रस्तावमा पनि सहमति नभए संविधान सभामा लैजाउँ्क भनिएको न हो। संवाद समितिले संविधान सभामा पठाउँदैमा त्यहाँ फटाफट मतदान गरेर टुङ्ग्याई हालिने त हैन। छलफल र सहमति खोज्ने प्रशस्त चरण र मौका त्यसपछि पनि बाँकी नै रहन्छन्। त्यहाँ पुगेर भए पनि सहमति गरौँला, अहिलेलाई एक कदम अगाडि बढौं भन्दैमा एमाओवादी नेताहरूलाई यसरी मनको बाघले खानु त आत्मविश्वासको कमीमात्रै हो।
लोकतान्त्रिक संस्कृतिलाई स्वीकारेको र बहुलवादमा विश्वास गर्ने समाजमा पूर्ण सहमति खोज्न थाल्ने हो भने समाज विकासका सबै प्रक्रिया अवरुद्ध हुनेछन्। लोकतान्त्रिक अभ्यासमा निरन्तर सहभागी हुँदै जनताको समर्थनमा आफ्ना एजेण्डा स्थापित गर्दैजानु नै लोकतन्त्रीकरण हो। विसं २०४७ सालको संविधान जारी हुँदा एमालेले 'आलोचनात्मक समर्थन'मात्र जनाएको थियो। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भनेका थिए – 'हामीले दही चिउरा खान खोजेका थियौँ, अहिले पानी र चिउरामात्र पायौँ। यही खाँदै दही चिउरा प्राप्तिका लागि अगाडि बढ्नु नै हाम्रा लागि उचित हुनेछ।' अहिले पनि संविधान निर्माणका क्रममा पूर्ण सहमति बनिहाल्छ भन्नेछैन। तर, सहमति हुन नसकेका विषयलाई 'पानी चिउरा' का रूपमा ग्रहण गर्दै त्यसैले पेट भरी दही च्यूरा खोज्न सक्ने हिम्मत सबै दलले फेरि पनि गर्नुपर्ने बेला आएको छ। यसको अर्थ हो पूर्ण सहमतिका नाममा लोकतान्त्रिक प्रक्रियालाई समेत अस्वीकार गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। अहिलेको प्राथमिकता संविधान हो। त्यसका लागि दही चिउरा उपलब्ध हुँदैन भने पनि पानी चिउरा खाएर अगाडि बढ्ने हिम्मत गर्नुपर्छ। यो हिम्मत प्रदर्शन गर्दै संवादहीनताको अवस्था अन्त्य गर्ने हो भने संविधान निर्माणमा बिलम्व हुनुपर्ने देखिँदैन। विलम्ब गरी समस्या थप्दै जाने कि जनमतमा विश्वास गरेर आंशिक असन्तुष्टिलाई भोली संशोधन गर्न सकिन्छ भन्ने आत्मविश्वास लिएर संविधान निर्माणमा अगाडि बढ्ने भन्ने रोजाइ चाहिँ नेताहरू कै हो।