दोस्रो जनआन्दोलनअघि जारी 'कार्यसंचालनका आधारभूत मार्गदर्शनहरू' उल्लंघन भएको निचोडमा नेपाललाई विकास र मानवीय सहायता उपलब्ध गराउने दाताहरू पुगेका छन्।
'जनयुद्ध' मा होमिएको माओवादीबाट समेत अनुमोदन गराएर चार वर्ष जति अघि जारी ' नेपालमा कार्यरत निकायहरूको कार्यसंचालनका आधारभूत मार्गदर्शनहरू', (बेसिक अपरेटिंग गाइडलाइन ( बीओजी)को राजनीतिक पार्टी तथा विभिन्न समूहबाट उल्लघन भइरहेकोमा चिन्ता प्रकट गरेर उनीहरूले अपिल नै जारी गरेका छन्।
आचार संहिता भन्न मिल्ने आधारभूत मार्गनिर्देशहरू सामान्यतया सम्बन्धित निकाय आफैँले पालना गर्ने नीतिगत बुँदा हुन्। तर, दाताले आफू कसरी सञ्चालित हुने भनेर तय गरेका बाटामा पनि नेपालका राजनीतिक र अन्य समूह बाधक भएको तिनले ठानेका छन्। उनीहरू भन्दैछन् ' हामी, हाम्रा कर्मचारी र कार्यक्रमले भोगेका चुनौतीहरूमा केन्द्रित छौं। चन्दा माग्न दिइने दबाब, आर्थिक तथा भौतिक सहयोगका कुरा र ठेक्कापट्टा प्रक्रियामा अनावश्यक हस्तक्षेपप्रति हामीले बढी सरोकार राखेका छौ।' अपिलमा 'हामी नेपाल सरकार, राजनीतिक पार्टीहरू र अन्य समूहहरू र सरोकारवालालाई कार्यसञ्चालन निर्देशिकामा अर्न्तनिहित सिद्धान्त कार्यान्वयन गर्न प्रोत्साहित गर्छौँं ' भनिएको छ।
गत आइतबार स्विस राजदूतावासमा स्विस राजदूत थोमस गास तथा संयुक्त राष्ट्र संघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि रोबर्ट पाइपरले पत्रकारहरूसँग मार्ग निर्देशनहरू उल्लंघन भएको गुनासो गरे। प्रत्येक साता जसो उल्लंघनका घटना हुने गरेको तिनले जानकारी दिए। नेपालका आउँदा दिन अझ चुनौतीपूर्ण हुने उनीहरूको अनुमान थियो।
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, डेनिस विकास सहयोग, स्विस विकास सहयोग, क्यानेडियन इन्टरनेसनल एजेन्सी, जर्मन एजेन्सी जिटिजेड, बेलायती डिएफआइडी, जापानी जाइका, फिनल्याण्ड, नेदरल्याण्ड सहयोग सस्थाहरू तथा अन्तर्राष्ट्रिय गैरसरकारी सस्था संंघ( एआइएन)ले मार्ग निर्देशनका बुँदा सार्वजनीकरण गर्दैछन्। उनीहरू निकै हतासिएको देखिन्छ। बितेको साता प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर तिनले वस्तुस्थितिको जानकारी गराए। माओवादी नेता बाबुराम भट्टराईलाई भेटेर मार्गनिर्देशन उल्लंघन नगर्न आग्रह गरे।
उनीहरूका अनुसार अहिले तीन वर्ष अघिको जस्त्ाो अवस्था छैन। उनीहरूका अनुभवमा परिस्थिति निकै जटिल भएको छ। धेरै प्रकारका पात्र सतहमा आएका छन्। त्यस्ता समूह दाताहरूलाई बन्दुक देखाएर चन्दा माग्छन्। त्यस्ता समूहभन्दा पनि 'जिम्मेवार' राजनीतिक दलहरूले मार्ग निर्देशिका बढी उल्लघन गरेको तीतो अनुभव उनीहरूको छ। हुनत, कूटनीतिज्ञहरू सोझै कसैलाई आरोप लगाउन रुचाउँदैनन्। तर, प्रधानमन्त्री र माओवादी नेता भट्टराईलाई समस्या सुनाउनुको अर्थ यही हो।
स्थानीय निकायमा अमुक ठेकेदारलाई ठेक्का दिनैपर्ने सर्वदलीय सहमति गरिन्छ। राजनीतिकदलहरू भागबण्डा मिलेमा जस्तो विषयमा पनि सहमतिमा गर्ने र ठेक्का पट्टा समेत मिलोमतोमा दिलाउने राजनीतिक कार्यकर्ताको प्रवृत्तिले दातालाई अप्ठेरो पारेको हुनुपर्छ। ठेक्का पट्टामा बाईसीएलको दादागिरी अरूका तुलनामा धेरै देखिएको छ। प्रतिस्पर्धात्मक बोलकबोलको चलन हराउन थालेको छ। यस्तो परिस्थिति दाताले मात्र भोगेका चाहिँ हैनन्। विराटनगरका निर्माण व्यवसायीले टेन्डरको प्रतिस्पर्धामा गुण्डाहरूको सहयोग नलिने निर्णय गरे। तर उनीहरू अहिले असुरक्षित महसुस गर्दैछन्।
ठेक्कापट्टामा माओवादीको सधैँ गहिरो चासो देखिन्छ। दाताहरूको अपिलमा टेन्डर प्रक्रियामा अनावश्यक हस्तक्षेप भएको आरोप पनि मूलतः माओवादीप्रति लक्षित भएको बुझ्न कठिन छैन। त्यसैले उनीहरूले भट्टराईलाई भेटेर समस्या राखेका हुनुपर्छ श्र
दाताहरूले जनआन्दोलन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट इमेलमार्फत् मार्गनिर्देशन पालन गर्ने प्रतिबद्धता पाएका थिए। अहिले दाताहरूलाई माओवादीका आधिकारिक नेताले अवरोध उत्पन्न गराएका हँुदैनन्। वाईसीएलले हैरान पारेको यथार्थ उनीहरू औपचारिक रूपमा भन्न चाहँदैनन्। दाताहरूका सामुको चुनौती यही हो। हुनत, बाबुरामले आफ्नो पार्टीले मार्गनिर्देशनका बुँदा पालना गर्ने आश्वासन दिएको बताइएको छ। तर, व्यवहारमा उनको आश्वासन कार्यान्वयन हुने गरेको छैन। हिजो बन्दुकका आडमा आफूलाई सबैभन्दा बलियो शक्ति ठान्ने माओवादी अहिले जनमतको आडमा विधि विधान, आचार संहिता र मार्गनिर्देशनहरू कुल्चिरहेको छ।
दाताहरू मार्गनिर्देशन र अपिलमात्र जारी गरिरहेका छैनन्। उनीहरू नेपालले गत वर्ष अनुमोदनमात्र गरेको आइएलओ १६९ अभिसन्धिप्रति औपचारिक प्रतिबद्धता व्यक्त पनि गर्दैछन्। बाँकेस्थित प्लान नेपालको कार्यालयमा केही दिन अघि थारु अधिकारवादीले तालाबन्दी गरेको घटना र जनजाति संघ, संस्थाले अभिसन्धि कार्यान्वयनका लागि दिएको दबाबको पृष्ठभूमिमा दाताहरूले यस्तो प्रतिबद्धता जारी गर्न लागेका हुन्। आधारभूत कार्यसञ्चालनसम्बन्धी मार्ग निर्देशनको परिशिष्टमा 'विकासका गतिविधिमा विविधता र समावेशीकरणको प्रवर्द्धन' शीर्षकमा आदीवासी, जनजातीलाई कर्मचारी भर्नामा प्राथमिकता दिने नीति दाताहरूले अख्तियार गर्नेछन्।
दाताहरूको कान फुक्न सक्ने बाठाटाठा आदिवासी, जनजाती नेताको दबाबमा परिशिष्ट थपिएको हुनसक्छ। तर उहिल्यै थाकखोला वा लिम्मुवान छाडिसकेका ठालु आदीवासी जनजाति थरधारीहरू भने विकासका नाममा बढी नै प्रशस्त लाभान्वित भइसकेका छन्। दाताहरूले अभिसन्धिको कार्यान्वयन गर्दा लामो समयदेखि निश्चित् भूभागमा बसोबास गर्दे आएका, आफ्नै भाषा, संस्कृति र परम्परामा रहेका आदीवासी, जनजाति लाभान्वित हुने हुन् कि घुमिफिरी ठालुहरू नै पोसिने हुन् भनेर हेक्का राख्नु आवश्यक छ।