जताततै सार्ककै चर्चा छ अचेल। आफ्नै राजधानीमा हुने यति महत्वपूर्ण क्षेत्रीय एवं अन्तर्राष्ट्रिय जमघटमा नागरिकको चासो हुनु स्वाभाविकै हो। झन् त्यही निहुँमा सडक पनि सफा र चौडा हुनथालेपछि रमाइलो नलाग्ने त कुरै भएन। 'गर्नै पर्दा त सकिने रहेछ नि' भनेर हरेक पेसाका मानिसले भनिरहेको सुनिन्छ जताततै।एक किसिमको सकारात्मकता पलाएको अनुभूति हुन्छ सहरमा। दुईचार दिन बिदा बस्न पाइने मौकाले समेत रमाइलो मान्नेहरू कम छैनन्। अल्छीहरूको देशजस्तो लाग्ने यही ठाउँमा रातदिन मानिसहरू निर्माण, पुनर्निर्माण, शृंगारका काममा खटिरहेका देखिएका छन्। तर यी सबै गतिविधिको पातलो पर्दा पारी हाम्रो समाज, संस्कार र राज्ययन्त्रको मनोविज्ञान पनि देखिइरहेको छ। हाम्रो जीवनको हरेक अंशमा रहेका अनेक किसिमका मनोग्रन्थी पनि देखिइरहेकाछन्। कहिले 'मुस्कुराइरहने अल्छी मानिस'को अवतारमा हामी देखिन्छौँ, कहिले समय बितिसकेपछि हतार हतार 'साइत छोप्ने' काममा अाित्तइएका देखिन्छौँ। विदेशीसितको व्यवहारमा त हाम्रो झन् अचम्मैको रूप हुन्छ। कहिले शंकालु भएर 'छट्टु छिमेकीले भलो गर्दैन, यसले जे भने पनि विरोधै गर्नु पर्छ' भन्ने ठान्छौँ र ठाउँकुठाउँ विरोध जनाइरहेका हुन्छौँ। कहिले ' उनीहरु बलिया छन्, के गर्ने!' भनेर जे भने पनि, जे गरे पनि चुपचाप मानिरहेका हुन्छौँ, सहिरहेका हुन्छौँ। आफ्ना हुर्किइसकेका सन्तानका लागि लाजै नमानी विदेशी दूतावासका कर्मचारीका अगाडि छात्रवृित्तको याचना गर्ने देशका 'मूर्धन्य नेता'हरू अचानक तिनै देशविरुद्ध चिच्याएर आफू देशभक्तिमा चुर्लुम्म डुबेको बहाना गर्छन्। (बहानामात्र पनि नहुन सक्छ, सायद यही भ्रममा हुन्छन् उनीहरू!) आफ्नो अगाडी कुनै विदेशी हुँदा 'यस् सर! यस सर!' भन्दै नदुखुन्जेल मुन्टो हल्लाएर, शिर झुकाएर नथाक्ने 'हाम्रा' कुनै अर्को विदेशीका अगाडि पर्नेबित्तिकै अघिल्लोलाई सराप्न थाल्छन्। वैदेशिक सम्बन्धहरूमा आत्मसम्मानका साथ राख्नुपर्ने सन्तुलन र अग्रनिर्णयको प्रायः अभाव नै हुन्छ। सार्क सम्मेलनको तयारीकै क्रममा कहिले स्पष्ट कहिले अस्पष्ट देखिन थालिसकेका यी दृश्यहरू, सम्मेलनकै बेलामा घनिभूत हुने हुन् कि पातलिने हुन्, हेर्न बाँकी नै छ।
कुनै पनि स्तरको अन्तर्राष्ट्रिय जमघट हुँदा माग्ने र दिने कुरा निस्कन्छ नै। कति सजगता, पहल, आत्मसम्मान र चातुर्यका साथ आफूलाई चाहिएका कुरा प्राथमिकताका आधारमा लिनसकेको छ; अनि अर्कालाई जे दिइन्छ, त्यस बापत कति कृतज्ञता बटुल्न सकेको छ भन्नेले नै यस्ता जमघटका खेलाडीको क्षमता देखाउने होला। क्षेत्रीय स्तरमा समान हितका साझा सबालमा सहयोगको कुरा गर्दा आफ्नो विश्वसनीयता कति स्थापित गर्न सकिन्छ भन्नेले नै नेतृत्व क्षमता देखाउने होला। कूटनीतिमा वाक्चातुर्यको ठूलै भूमिका हुछ। तर विश्वसनीयता वाक्चातुर्यले मात्रै स्थापित हुनसक्ने विषय हैन। कसैलाई सम्यक सोचले डोर्यािएको छ कि तत्क्षणको 'परिवेश'ले दास बनाइरहेको छ, निश्चित प्राथमिकताका साथ सजग भएर प्रस्तुत भइरहेको छ कि 'औपचारिकता पूरा गर्ने' काममात्र गरिरहेको भन्ने बुझ्न समकक्षीलाई शायद गाह्रो नपर्ला। कूटनीतिका दिग्गजहरूलाई सामान्य नागरिकका यस्ता कौतुहल हास्यास्पद पनि लाग्न सक्लान् तर नागरिकका हैसियतले घच्घच्याइरहनु हाम्रो अधिकार हो र कर्तव्य पनि हो। नागरिकका पंक्तिमा रहेका धेरैलाई डर छ हाम्रा प्रतिनिधि हाम्रो आफ्नो राष्ट्रिय हितसँग जोडिएका कार्यसूचीमा स्पष्ट होलान् कि नहोलान्? आफ्नो राष्ट्रिय प्राथमिकताका आधारमा टेकेर केही बोल्न, केही गर्न, केही माग्न र केही दिन सक्षम होलान् कि, अरुकै कुरामा अरूकै अजेण्डामा अरूकै प्रभावमा 'यस्' र 'नो' भन्दै मुन्टो हल्लाएरमात्रै बस्लान्?
क्षेत्रिय सम्मेलनमा सबै छिमेकी नै हुन्छन्। विभिन्न छिमेकीसँगको सम्बन्धमा सन्तुलन राख्नु निश्चय नै आवश्यक हुन्छ। तर 'सन्तुलन' कुनै जडसूत्रमा आधारित हुँदैन। सन्तुलनका लागि लचकता, सजगता, छरितोपन र यथार्थपरकता नभई नहुने पूर्वसर्त हुन्। कुनै छिमेकी देशको नेताबाट आफ्ना मुलुकको हितमा थप प्रतिबद्धता पाउन सकिने सम्भावना भएका बेला, त्यस सम्भावनालाई सक्दो उपयोग गर्नुको सट्टा 'अन्य छिमेकीसँगको सन्तुलन'का नाममा छिमेकी नेतालाई 'भाषण गर्न' नदिने जस्ता कुराको कति सार्थकता हुन्छ? मैले बुझ्नसकेको छैन। अन्य छिमेकीलाई त्यसको वास्तासम्म पनि होला कि नहोला कुन्नि? कुनै क्रियाकलाप वा निर्णयले पनि कति फाइदा दिन्छ, र कति नोक्सान गर्छ भन्नेमा स्पष्ट हुनु पनि सन्तुलनका निम्ति नभई नहुने विषय हो कि?
महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनका बेला सबै प्रकारका औपचारिकता पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन्। यस्ता औपचारिकतामा हाम्रा गण्यमान्यले बिजोग पार्छन् भन्ने उहिल्यैदेखि सुनिंदैआएको छ। बेलायत भ्रमणमा जङ्गबहादुरको ओभरकोट बेलायती ढोकेले लिँदा उनका सहयोगीले झोक्किंँदै खोसेका थिए रे! यो किंवदन्ति हामी सबैले हाँस्दै सुनेका हौँ। दुई शताब्दी बितिसकेपछि आजका दिनमा पनि ठूला औपचारिक वातावरणमा हाम्रा नेताले लगाउने गरेका लुगाका कुरा, पीएका बेला गरेका व्यवहारका कुरा, अनि 'टेबल म्यानर'देखि लिएर 'रेस्टरूम म्यानर'सम्मका अनेकौं चर्तिकलाका कथा सुनिनेगरेको छ। विदेश भ्रमण र विदेशीका संगतको प्रशस्त अनुभव बटुलिसकेका आजका हाम्रा गण्यमान्यले यी औपचारकतामा यसपाली चाहिँ सारै बिजोग नपार्लान् कि भन्ने आशा र कामना गर्नुसमेत नागरिकका निम्ति स्वाभाविक हुन पुगेको छ।
जे होस्, आफ्नो पालो आएपछि गर्नैपर्ने भए पनि, सार्कका शीर्षस्थहरूको जमघट यसपाली हामीकहाँ हुनसक्नु राम्रो पक्ष हो। महत्वपूर्ण अवसरका रूपमा सार्क शिखर सम्मेलन आएको छ। सामान्य कुराले पनि कहिलेकहीँ हामीभित्र निहित सम्भावना र ल्याकतलाई देखाइदिने काम गर्छन्। तिनै सामान्य कुराले हामीभित्रका नहटाई नहुने कमजोरीलाई पनि देखाइदिन्छन्। बेला छँदै तयारी नगरेर अन्तिम अवस्थामा सबथोक थाल्नु कमजोरी भए पनि र सम्मेलनको तिथि मुखैमा आइसक्दा समेत धेरै काम बाँकी भए पनि, जे जति हुनसकेको छ थोरै समयमा, त्यसले धेरै पाठ सिकाएको छ। 'इच्छाशक्ति हुने हो भने त गर्न सकिने रहेछ नि!' भन्ने जनमानसमा पर्नु भनेको अति सकारात्मक विषय हो। यस ऊर्जालाई निरन्तरता दिन सकियो भने देशले विकासको ठूलै फड्को मार्न सक्छ। हुनत, गुणस्तर, स्पष्ट दिशाबोध आदिको समस्या छँदैछ तैपनि, 'गर्न सकिने रहेछ' भन्ने छाप जनमानसमा पर्नु चानचुने विषय हुँदैन। हाम्रा सामान्य व्यवहारमा वाञ्छित परिवर्तन ल्याउन पनि यस्ता अवसरले मद्दत गर्लान्। डुङ्ग पिसाब गनाउने बाटोका किनारामा चुन छरेर यस्ता सम्मेलनका बेला इज्जत जोगाउनुपर्ने स्थितिबाट केही कदममात्रै भए पनि अगाडि बढिसकेको छ काठमाडौं। विदेशीलाई देख्ने बित्तिकै मानिसहरू वाल्ल पर्ने स्थितिबाट पनि निकै पर आइसकेको छ यो देश। तर हाम्रो जता पायो त्यतै 'हाक्थु' गरेर थुक्ने बानी अझै गइसकेको छैन। हरेक दृष्टिले परदेशी र पर्यटक मैत्री वातारण बनाउन अझै मेहनतको खाँचो छ। शिखर सम्मेलनका बेलामा बाटोमा गुड्ने गाडीको संख्या आधा बनाउँदैमा सार्वजनिक यातायातमा रहेका समस्या छोपिंँदैनन्। करिबकरिब अपराध संस्कारकै संघारमा पुग्न थालिसकेको सार्वजनिक यातायातको स्थितिलाई सुधार गर्न ठुलै निर्णय गर्नु आवश्यक भइसकेको छ। बाटाघाटा, सार्वजनिक स्थल र भवनहरू अपाङ्गमैत्री बन्ने कार्यमा लाजमर्दो गरी ढिलो भइसकेको छ। महिला मैत्री शौचालयको उत्तिकै अभाव छ जताततै। काठमाडौंका बाटाघाटालाई सिंगारपटार गरिरहँदा, यी कामको पनि सम्झना हुने हो भने् र केही गर्ने अठोट गर्ने हो भने देशको भलो नै हुनेछ।
दक्षिणबाट उठेको 'हुदहुद'ले केही बिगारेर र पश्चिमको 'निलोफरले' केही तर्साएर गइसकेपछि, देशमा मौसम राम्रो हुँदैछ। चिसै भए पनि आकाश सफा हुँदैछ। सप्रिंदै गएको यो मौसममा हुनलागेको सार्क शिखर सम्मेलनपछि सबै कुरा सप्रिँदै जानेछ भन्ने आशा गरौँ- हाम्रो देशका निम्ति र दक्षिण एसिया क्षेत्रकै निम्ति पनि!