दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनका लागि राजधानी काठमाडौं सिँगारिदै छ। सडकमा दिनरात कामदार खटेका देखिन्छन्।कसैका हातमा कुचो छ धुलो बढार्ने, कसैका हातमा कुची छ, रंगरोगन गर्ने। मालीहरू पनि व्यस्त देखिन्छन् सडकबीचमा फूल रोप्न। चौडा सडकमा पेटीलगायतका संरचना बनाउन तल्लीन छन् मिस्त्रीहरू। पंक्तिकार, भक्तपुरवासी भएकाले कार्यालय आउँदाजाँदा माइतीघरदेखि बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरसम्मको यात्रामा दिनदिनै नयाँपन पाउँछ। अघिल्लो दिन खाली देखिएका सडकबीचका खाली संरचना भोलिपल्ट फूलका बोटबिरुवा हुर्केका भेटिन्छन्। बेलुका फर्कंदा त्यहाँ सयपत्रीलगायतका मौसमी फूल ढकमक्क फुलिरहेका हुन्छन्, हरियो दुबो रोपिएको भेटिन्छ। राजधानीको माइतघरदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चौडा सडकमा सौर्य बत्तीले उज्यालो छरिरहेको हुन्छ।
यो हिमाली देशले यसअघि पनि दुईपटक सार्क सम्मेलन आयोजना गरिसकेको हो। तर प्रत्येकपटक सार्ककै नाममा मात्र सिंगारिने अवसर पाउने रहेछ काठमाडौंले। सन् १९८७ मा तेस्रो सम्मेलन आयोजना हुँदा सहरको सुन्दरता बढाउन तत्कालीन राजा वीरेन्द्र आफँै सक्रिय थिए। उनी बेलाबेला निरीक्षणमा निस्किन्थ्ो। पञ्चायतकालीन कठोर राजनीतिक व्यवस्थाका बेला राजा आफैँ सडकमा आएर सार्क तयारीको रेखदेख गरेको चर्चा हुन्थ्यो त्यसबेला। काठमाडौंमा सार्वजनिक शौचालय त्यसैबेला बनेका हुन्। प्रज्ञा भवनले काँचुली फेरेको पनि त्यतिबेलै थियो। सन् २००२ मा दोस्रो सम्मेलनले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रौनक थपियो। सडकहरू सफा गरिए र कालोपत्रे थपिएको थियो त्यसबेला पनि। कतिसम्म भने तीनकुनेमा प्लास्टिक पोखरी बनाइएको थियो। अहिले अठारौं सार्क सम्मेलनलाई भव्य बनाउन सभागृहलाई दुलहीझैँ सिंगारिएको छ।
सार्कमा अफगानिस्तान, बंगलादेश, भारत, भुटान, मालदिभ्स, पाकिस्तान, श्रींलकाका राष्ट्रप्रमुख/ सरकारप्रमुखको आगमन हुँदैछ। विशिष्ट अतिथिको यथोचित स्वागत गर्नुपर्छ, आतिथेय देशले। नेपाल पनि यसै गर्दैछ। सार्क सम्मेलनका क्रममा दुई दिन सरकारी बिदा छ। झन्डै एक साता स्कुल–कलेज बन्द हुनेछन्। सवारीसाधन जोर र बिजोर नम्बर दिन बिराएर चलाउनुपर्नेछ। के हामी सार्कका नाममा अति गर्दैछौँ? सायद होइन। सार्क मुलुकमा विशिष्ट पाहुनाको सेवा, सत्कार गर्नु र सहर सुन्दर बनाउनु नेपालको दायित्व हो। दुई साताअघि चीनमा सम्पन्न एसिया प्यासिफिक समिट ( एपेक) मा बेइजिङ सिंगारिएको चर्चाले प्रमुखता पाएको थियो। एपेक सदस्यराष्ट्र अमेरिका, रुस, जापान, दक्षिण कोरियालगायतका विश्व राजनीति, अर्थतन्त्र र बजार व्यवस्थामा गहिरो अर्थ राख्ने मुलुकहरूको एपेक शिखिर बैठकमा बेइजिङका स्कुल, कलकारखाना बन्द गरिएका थिए। प्रदूषणले व्याप्त बेइजिङको आकाश सफा राख्ने प्रयत्न गरिएका थिए। हामी नेपाली पनि आफ्नो स्तरको तयारी गर्दछौँ। सत्कार गर्ने संस्कार, सफा र चौडा फूलबारीले ढाकिएका सडकका योजनामा विमति जनाउन पनि त मिल्दैन नि। तर, पहिलो सार्क सम्मेलनमा बनाइएका शौचालयबाट फैलिरहने दुर्गन्ध। दोस्रो सम्मेलनका दौरान बनाइएको प्लास्टिक पोखरी अस्तित्वहीन भएको विगतले अहिलेको कामकाज पनि त्यस्तै हुने त होइन? शंका हुन्छ। मंसिरको ठिहीमा सडकबीच रोपिएका फूल फक्रिरहने हुन् वा शिखर बैठकको समापनसँगै सुक्दै जाने हुन्? प्रश्न अनुत्तरित छन्। सार्कका नाममा फास्ट ट्र्याक नीतिअन्तर्गत भनेजति खर्च गर्न पाएका प्रशासक, प्राविधिक जवाफदेही बन्न सक्लान्? बेहिसाब खर्च गर्न तम्सिने र त्यसपछिका व्यवस्थापनमा पन्छिने हाम्रो प्रशासनयन्त्रको परम्परामा सार्कसँगै परिवर्तन आउला त?
सार्क मात्र होइन, हरेकजसो महत्वपूर्ण काममा अन्तिम समयमा तात्ने र हतपतमा लतपत गर्ने हाम्रो संस्कारमा परिवर्तन आउन सकेको देखिएन। नेपालले सार्क सम्मेलन आयोजना गर्नुपर्ने त नीतिनिर्माता, स्थायी सरकार र प्रशासनयन्त्रलाई कम्तीमा चार वर्षअघि नै थाहा थियो। तर हामीले अन्तिम समयमा मात्र तयारी थाल्यौँ र अहिले हतारहतारमा ‘काम सक्ने' उद्यम गर्दैछा्रँै। त्यसैले यस क्रममा हाम्रा कमजोरी उजागर हुने स्पष्टै छ। व्यवस्थापनमा कहाँकहाँ चुक्ने हो नेपाल? आउँदा दिनमा देखिँदै जानेछन्। मंसिर १ मा व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्क शिखर सम्मेलन आयोजनामा प्रशस्त कमजोरी रहेको औँल्यायो। समितिले सभागृहमा सहभागी बस्ने सिट साँघुरा भएको ठानेेको छ र त्यसमा सुधार हुनुपर्ने सुझाव दिएको छ। त्यस्तै सभागृहमा विद्युतको वैकल्पिक स्रोत नभएकाले जेनरेटर राख्न पनि भनिएको छ। समितिले दिएको सुझावअनुसार सुधार गर्नुपर्ने सूची लामो छ। तर समितिले दिएका कुनै पनि सुझाव कार्यान्वयन हुनसक्ने प्रकारका छैनन्। संसदीय समितिले सुझावका लागि सुझाव दिने हो कि प्रतिवेदन तयार गर्न सुझावका बुँदा राख्ने मात्र हो कि? आफैँ स्पष्ट भएको भए हुन्थ्यो। अन्तिम घडीमा दिइने कार्यान्वयन गर्नै नसकिने सुझावको के औचित्य?
अठारौँ सार्क शिखर बैठकका पाहुनाको सुरक्षा पनि नेपालका लागि चुनौती बन्न पुगेको छ। भारत–पाकिस्तानबीचको लामो शत्रुतापूर्ण सम्बन्ध आफ्नो ठाउँमा छँदैछ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण पनि सुरक्षा चुनौती थपिएको विश्लेषण सुरक्षा अधिकारीको छ। कतिपय मुस्लिम अतिवादी संगठन काठमाडौंमा सक्रिय रहेको भारतीयहरूले सन्देह गर्दै आएका छन्। सार्क सम्मेलनकै क्रममा प्रधानमन्त्री मोदीले जनकपुर र लुम्बिनीमा राजनीतिक तीर्थयात्रा पनि गर्दैछन्। जनकपुर र लुम्बिनी तीर्थाटन गर्ने मोदीको चाहनामा नेपालले उदार हुन आवश्यक थियो वा थिएन? त्यसको विवेचना हुँदै गर्ला। मोदीको नागरिक अभिनन्दनको औचित्य पुष्टि गर्न पक्कै सहज हुनेछैन।
तीर्थाटनमा जोडिएका राजनीतिक–कूटनीतिक उद्देश्य सहतमा देखिएझैं सरल र सामान्य नहुन सक्छन्। सार्कका पाहुनाका लागि नेपालले भारतको सहयोगमा बुलेटप्रुफ र भारतबाटै भाडामा अरू गाडी ल्याएको छ। भारतबाट ल्याइएका गाडीमा सवार नहुने भनेर पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ आफ्नालागि आफैं गाडी लिएर आउँदैछन्। प्रधानमन्त्री सरिफ नेपालले व्यवस्थापन गरेको सवारीसाधनमा सवार नहुनुको कारण सुरक्षा संवेदनशीलता हो कि जुँगाको लडाइँ? प्रश्न पेचिला छन्।
भारत, पाकिस्तानको आ–आफ्ना सुरक्षा चासो र दुई देशको कटुतापूर्ण सम्बन्धबीच सार्क सम्मेलन आयोजना हुँदै आएको छ। सार्कले गति लिन नसक्नुमा पनि यी दुई देशबीचको सम्बन्ध नै कारक छ। यही पेरिफेरीमा यो क्षेत्रीय संगठनको औचित्यमै प्रश्न गर्नेहरूको संख्या पनि सानो छैन। सार्क विश्वका अन्य क्षेत्रीय संगठन एपेक, आसियानजस्तै सदस्यराष्ट्रहरूको आर्थिक विकास, उन्नति, व्यापारजस्ता मामलामा केन्द्रित हुन सक्तैन। यसको कारण मूलतः भारत–पाकिस्तानको आपसी सम्बन्ध नै हो। दुई देशको आपसी अविश्वास र शंकाकै जगमा साफ्टाले अपेक्षित आकार लिन नसकेको हो।
बंगलादेशका राष्ट्रपति जिहाउर रहमानले सन् १९८० को दशकको अन्त्यमा परिकल्पना गरेर अघि सारेको अवधारणाले जसोतसो आकार लिनसके पनि सुरुदेखि नै सार्क शंकाको घेरामा पर्दै आयो। भारतले त्यसैबेलादेखि बंगलादेश, नेपाल र श्रीलंकाले आफ्नो दक्षिण एसियाली प्रभुत्वमा प्रश्न उठाएकोे अर्थमा लिएको थियो। उता, पाकिस्तानले भारतले आफूविरुद्ध सबै छिमेकीलाई एकत्रित गरेको अर्थमा लिन थाल्यो। भारत र पाकिस्तान दुवैले सार्कलाई हेर्ने, बु‰ने र ग्रहण गर्ने सिलसिलामा सन् १९८० को दशकमा बनाएको मानसिकतामा अहिलेसम्म परिवर्तन भएको देखिँदैन। बरु शंकालु वातावरणमै सार्क सम्मेलन आयोजना हुने शंका निवारण नगरी समाप्त हुने गरेको देखिन्छ। अहिले नेपाल सायद त्यसकै पुनरावृत्तिमा जुटिरहेको छ।
सार्क अविश्वास र शंकाबीच जन्मिएको क्षेत्रीय संगठन हो। यसैमा हुर्किरहेको छ र बढिरहनेछ। भारत–पाकिस्तान सम्बन्धले यसलाई न अघि बढ्न दिएको छ, न पछि हट्न। जबसम्म दुई देशबीचको सम्बन्ध तार्किक निष्कर्षसाथ हार्दिकतामा परिणत हुँदैन, क्षेत्रीय मुद्दाहरुको पृष्ठभूमिमा सार्कले आफूलाई लक्ष्यसाध्यको बाटोमा अभिमुख गराउन सक्दैन।