दोस्रो संविधान सभा निर्वाचन सम्पन्न भएको एक वर्ष पुग्नलाग्दा निरीहता नेपाली राजनीतिको मूलभूत चरित्र भएको पुनः एकपटक स्पष्ट भएको छ। भूपि शेरचनले हो सायद 'क्यारम बोर्डको गोटी'को उपमा प्रयोग गरेका। न्युटनको गति नियमलाई सिद्ध गर्दै नेपाली राजनीतिका गतिवित्रि फेरि पनि वाह्य दबाबविना यथास्थितिमा रहिरन अभिशप्त देखिँदैछन्।
क्यारम बोर्डमा बरु स्टा्रइकर एउटामात्र हुन्छ। खेलभन्दा झेल बढी हुने नेपाली राजनीतिमा कुन बेला कस्तो रंगको स्टा्रइकर देखिने हो कसैलाई पत्तो हुँदैन। गोटीले खेलाडी चिन्ने त झन् कुरै भएन। अदृश्य शक्तिको प्रतीक्षा नेपाली राजनीतिको नियति भएको छ।
पहिलो संविधान सभाको अवसानका सबै कारणहरू यथावतै छन्। शासन पद्धतिको विवाद नयाँ राजा कसरी छान्ने भन्ने तर्कमा अडि्कएको छ। संसदीय व्यवस्थामा कार्यकारी प्रमख निर्वाचित सम्भ्रान्तहरूले छान्ने गर्छन्। राष्ट्रपतीय प्रणाली प्रत्यक्ष होस् वा अप्रत्यक्ष प्रभुत्वशाली वर्गको हितअनुरूप सञ्चालन हुने गर्छ। संसदीय प्रणालीमा सरकार अस्थिर हुनेगर्छ भने राष्ट्रपतीय प्रणालीमा समग्र राज्यसत्ता। नागरिक निगरानी बलियो भएन भने यी दुवैथरी व्यवस्थाका बारेमा अंग्रेजी भाषाको शब्द सापट लिएर ' सेम डिफरेन्स' भन्न सकिन्छ।
अनुभव उत्साहप्रद छैनन्। निर्वाचितको साटो जन्मजात अध्यक्ष हुने पञ्चायत राष्ट्रपतीय प्रणालीको प्रारूपमा आधारित थियो भने समसामयिक नेपालका धेरैजसो बेथिति संसदीय व्यवस्थाका अन्तरनिहित कमजोरीबाट उब्जिएका हुन्। छनोटको जोखिमप्रति दुवै अवस्थामा सचेत त रहनै पर्नेछ।
संसदीय व्यवस्थाभित्र संघीयताको अभ्यास प्रायः असहज नै हुनेगर्छ। कार्यपालिकाको जननी एवं न्यापालिकाको स्रोत स्थल भएकाले संसद्ले आफ्नो सार्वभौमिकतामा कुनै प्रश्न उठाइनसक्ने सम्भावनाका लागि ठाउँ नै बाँकी राख्दैन। कार्यकारी राष्ट्रपति भने अपेक्षाकृत आश्वस्त रहने भएकाले संघीय संरचनासँग डराउँदैनन्। जोखिम भने फेरि पनि दुवैतिर छ। संसदीय व्यवस्थाभित्र संघीय इकाइहरूले बढी स्वायत्तताका लागि आवाज उठाउने गर्छन्।
कार्यकारी राष्ट्राध्यक्ष प्रणालीभित्र भने असन्तुष्ट बहिष्कृतहरूलाई आत्मसमर्पण वा आत्मनिर्णयबाहेक बीचको बाटो उपलब्ध रहँदैन। संसदीय व्यवस्थाले सामान्यतः संघीयताको अवधारणलाई नै स्वीकार गर्दैन। भारत एवं कयानाडाजस्ता प्रयोग अपेक्षाकृत नयाँ हुन्। संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा संघीयताको बहस बल्ल सुरु हुँदैछ। त्यसैले सरकारमा रहेका दलहरूको संघीय नामाङ्कन सीमाङ्कनबारे विवाद गरिराख्नु जरुरी छैन।
संघीयताको अर्थ र मर्म स्वीकार नगरेसम्म जेजस्तो प्रारूपको कुरा गरे पनि त्यो एकल जातीय वर्चस्वको केन्द्रीकृत 'राष्ट्रियता' खुकुलो पार्ने किसिमको हुनै सत्तै्कन। त्यससँग असहमत हुनेहरू बित्थामा गनगन गर्नुको साँटो संघर्षको अर्को चरणका लागि तयार हुनुपर्ने बाध्यता त संविधान सभाको दोस्रो निर्वाचन परिणामले नै उत्पन्न गरिसकेको छ। नयाँ संविधान चाहिएकै हो भने सम्मानको संघर्षलाई तत्कालका लागि स्थगन नगरी सुखै छैन। र, नयाँ संविधान जारी गर्न यथास्थितिवादी शक्तिहरूलाई हतारो त के चासोसमेत छैन। जति धेरै गन्जागोल बढ्दै जान्छ पुरातन शक्तिलाई उत्ति नै खेल्न सजिलो हुँदै जानेछ।
निर्वाचन पद्धतिको अन्योल त झनै बुझी नसक्नुको भएको छ। ध्वनि मत एवं हात उठाएर मत दिने जमानाको प्रत्यक्ष प्रजातान्त्रिक अभ्यासबाट बाकसमा मत खसालेर प्रतिनिधि छान्ने प्रचलन जटिलतातिरको यात्रा हो। जटिलताले अत्याउनु स्वाभाविकै हो। सायद, समानुपातिक प्रणालीको डर त्यस्तै हो। नभए जोखिम त फेरि दुवै पद्धतिमा छन्। बाहुबलीलाई प्रत्यक्ष निर्वाचन सजिलो, धनपतिलाई समानुपातिक। त्यस्तै कृपावाद प्रत्यक्ष निर्वाचन प्रणालीभित्र फस्टाउँछ र राजनीतिक दलका हर्ताकर्ताहरूका लागि नातावाद अभ्यास गर्ने वातावरण समानुपातिकले बनाइदिन्छ। सरकारको तह र निर्वाचन प्रणालीको सोहीअनुरूपमा अभ्यास नेपालको बाध्यता हो। स्थानीय सरकारमा पूर्ण प्रत्यक्ष, प्रान्तीय सरकारमा मिश्रित एवं केन्द्रमा पूर्ण समानुपातिक सम्भाव्य विकल्प एवं छलफलको प्रस्थान विन्दु हुनसक्छ। विचार विमर्शका लागि चाहिने संवेदनशीलता नभएपछि त जे गरे पनि हुने कुरा छँदैछ। जे पनि गर्न पाए केही पनि हासिल हुँदैन भन्ने त स्वतः स्पष्टै छ।
संवैधानिक अदालतको प्रावधान नेपालको कानुन एवं न्याय व्यवस्था वर्चस्वशाली समूहको पूर्ण कब्जामा रहेकाले चाहिएको हो। उही अदालतको अर्को बेन्च खडा गरेर परिवर्तनका लागि आवाजको सही सुनुवाइ हुनसत्तै्कन। तर 'न्याय नपाए गोरखा जानु'जस्तो विरुदावली रचनाकारहरूले सिर्जना गरेको किंवदन्तिको संस्कारमा हुर्केका खाओवादी हुन् वा माओवादी तिरस्कृत एवं बहिष्कृतका चाहना ठम्याउनसमेत असमर्थ छन्। अदालतले सामान्यतः जहाँ पनि यथास्थितिलाई निरन्तरता दिने हो। त्यसै निकायलाई परिवर्तनको पहरेदारी सुम्पँदा कमजोरको रक्षाका जिम्मा पशुपतिनाथकै काँधमा रहिरहने पक्का छ। अनि धर्मनिरपेक्षता बारे जति नै पुराण लगाउँदै गरे पनि देशको अर्थराजनीति धार्मिक अन्धविश्वास वा उन्मादबाट मुक्त हुनसक्ने छैन।
स्वतः स्पष्ट देखिनुपर्ने संवैधानिक विषयहरूमा समेत निरर्थक विवाद जन्मिनु बाहिरियालाई अनौठो लाग्नसक्छ। सायद, त्यसैले नेपाली कांग्रेस र नेकपा (एमाले) गठजोडले अन्तर्राष्ट्रिय समुदायका दाता गुरुहरूलाई निम्त्याएर स्पष्टीकरण पेस गर्ने आवश्यकता देखेको हो। त्यस्तो अभ्यास भने जरुरी थिएन। जस्तो भए पनि एक थान संविधानको चाहना नेपालीहरूलाई भन्दा बढी नेपालको मित्रराष्ट्रका कूटनयिकहरूमा देखिँदैछ।
कुनै बेला बेलायतले शासन गर्न असम्भव भएको भन्ने निष्कर्षमा पुगेर परित्याग गरेको सम्भाव्य उपनिवेश अन्तर्राष्ट्रिय समुदायको नजरमा अहिले पनि अराजक नै छ। जस्तो भए पनि एकथान संविधानले नेपाललाई पुनः बफादार शासकमार्फत् नियन्त्रण तथा निर्देशनबाट सञ्चालन गर्ने आकांक्षा एकभन्दा बढी शक्ति राष्ट्रमा पलाएको छ। बीपी कोइरालासँग घनिष्ठ सम्बन्ध राखेका कानुनवेत्ता गणेशराज शर्माको निष्कर्ष के छ भने राजा वा राजनीतिकर्मीहरूको प्रयासभन्दा पनि नेपालको अस्तित्व शक्ति राष्ट्रहरूको प्रभाव क्षेत्रको द्वन्द्वले गर्दा जोगिएको हो। सायद, अराजकता पनि त्यसैबाट उब्जिएको हो। र, त्यसैले गर्दा नेपालका शासकहरूमा आस्थाको मोलमोलाइ गर्ने प्रवृत्ति सामान्य बन्न पुगेको छ।
बफादारीको विक्री
ऊर्दु हिन्दी भाषामा मूल्यमान्यताको हेक्का नराखी गरिने सेवाको किनबेचलाई 'बजारु' शब्द प्रयोग गर्ने गरिन्छ। बाध्यताले अस्तित्व रक्षाका लागि बजारु हुनु एउटा कुरा हो। तर, महत्वाकांक्षाले राजनीतिकर्मी वा शासकलाई बजारु बनायो भने चाहिँ त्यसको मूल्य राज्य समाजले पुस्तौँ पुस्तासम्म चुक्ता गर्नुपर्ने हुन्छ। जंगबहादुरले आ फ्नो बफादारी बेलायत साम्राज्यलाई बेचेको ऋण गोर्खालीहरूले दुई महायुद्धसम्म तिरी रहे। ऋण मुक्त भने अझै हुनसकेका छैनन्।
हाकाहाकी संशोधनवादी भएको दाबी गर्ने इतिहासविद्का व्याख्या जेसुकै भए पनि गाथगादी जोगाउन र शाह शासन पुनःस्थापना गर्ने सर्तमा राजा त्रिभुवनले आफ्ना निष्ठाको सौदा दिल्ली दरबारसँग गरेका हुन्। उनका छोराले शीतयुद्धताका पश्चिमाहरूको खेमा बढी सुरक्षित देखे र आफ्नो वर्तमान चहकिलो बनाउन राष्ट्रको भविष्य निर्वाचित संसद् सँगसँगै बलिवेदीमा चढाइदिए। राजा वीरेन्द्रको त्रासद अन्त्य हृदय विदारक भएकाले उनको शासनकालका सौदाबाजीहरू बिर्सिन थालिएका छन्। नेपाली सेनाको सेवा उपलब्ध गराएबापत प्राप्त कुनसक्ने लाभको मोलमोलाइ बारे गिरिजाप्रसाद कोइरालाले कुनै खुलासा नगरे पनि कृष्णप्रसाद भट्टराई भने सामूहिक छलफलमा समेत राजाका सर्तहरू स्पष्टसँग राख्ने गर्थे।
राजाहरूको त त्यस्तो गति भने राजनीतिकर्मीका बजारु प्रवृत्तिबारे जति कुरा गरे पनि पुग्दैन। भारतीय कूटनयिकहरूको वृत्तान्तमा स्वार्थ अभिप्रेरित अतिशयोक्ति हुनु स्वाभाविक हो। तर, सन् २००५ सम्म नयाँ दिल्लीका जिम्मेवार अधिकारीहरू एउटै कुरा दोहोर्या उने गर्थे 'राजादेखि नेतासम्म जो नेपाली भेटिए पनि आफ्नो हित सुरक्षित गरिदिनुपर्ने अर्जी लिएरमात्र यहाँ आउँछन्। नेपालको समग्र हितको खाका कसैसँग हुँदैन। अनि त कि भारतले हस्तक्षेप गर्नुपर्छ जा हात बाँधेर बस्नुपर्छ। पश्चिमाहरूको जस्तो दोस्रो विकल्प भारतलाई ग्राह्य हुनसत्तै्कन।' मोलमोलाउ गर्ने मामिलामा आफ्ना पूर्ववर्तिभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र भाइ मोदी पक्कै बढी पोख्त छन्। र, छरछिमेकतिर उनलाई बेचबिखनभन्दा खरिददारीमा बढी रुचि हुनुपर्छ।
भूपि शेरचनले काठमाडौंलाई 'हल्लैहल्लाको सहर' पनि भनेका छन्। राजधानीको सम्भ्रान्त वृत्तमा उनी भित्रिया र बाहिरिया दुवै भएकाले आफ्ना समकालीनभन्दा भूपिको परिस्थिति चित्रण यथार्थ एवं आदर्शको चमत्कारी सम्मिश्रण भेटिन्छ। सबभन्दा ताजा हल्ला के हो भने जस्तो भए पनि एक थान संविधान जारी भएपछि कारोबारीहरू कोइरालालाई राष्ट्रपति एवं केपी ओलीलाई प्रधानमन्त्री बनाई दिने आश्वासन बेचीरहेका छन्। पुष्पकमल दाहाल त्यस्तै आश्वासनहरूको भर पर्दा कुनै बेला भित्ते राष्ट्रपतिमा सीमित हुन पुगेका थिए।
राजनीतिक प्रत्याभूति बेच्नेले केही न केही खरिद पनि गर्छ। घाटाको सौदा बजार सिद्धान्तविपरीत कुरा हो। लडाकुहरू अलपत्र भइसकेका भएतापनि दाहालसँग बेच्न सक्ने कुरा उनको सांगठनिक शक्ति हो। बाबुराम भट्टराई विद्धता र वचन बेचेर बाँच्न सक्छन्। प्रधानमन्त्री कोइराला र अध्यक्ष ओली त आफ्नै पार्टीको अडानसमेत मोलभाउ गर्नसक्ने अवस्थामा छैनन्। सायद त्यसैले भारतीय प्रधानमन्त्री मोदीसँग लेनदेन गर्ने टेबुलमा बस्नु अगाडि तिनले अन्तर्राष्ट्रिय खास गरेर पश्चिमा आश्वस्तता चाहेका हुन्। कूटनीतिक मोलमोलाइको असर भने सुस्तरी खुल्दै जान सक्छ।
सन् ९० पछि सांसद खरिद बिक्री बजारका सिद्धहस्त खेलाडीका रूपमा देखापरेका कांग्रेसका नेताहरू तितरबितर भइसकेका छन्। केही प्रभावशाली व्यक्तिहरू मधेसको राजनीतिमा सक्रिय छन्। एमालेका कारोबारीहरू भने अझै पनि एकढिक्का छन्। स्वभावतः तिनको मोलभाउ गर्ने क्षमता केही बढी छ। त्यसैले माघपछिको राजनीतिक समीकरणमा एमाले अझ बढी प्रभुत्वशाली भएर आउन सक्छ भन्ने आकलन सिद्धान्ततः गलत होइन। राजनीति भने जोडघटाउमात्रले चल्दैन।
जति नै कमजोर भइसकेको भए पनि माओवादी अपूरो शान्ति प्रक्रियाका एक पक्ष हुन्। मधेसवादीहरू आन्दोलनका बलमा आएका छन्। सम्झौताका अर्को पक्ष कुनै दल वा नेता नभएर नेपालको राज्य सत्ता हो। राज्य सत्ताले नै सम्झौता उल्लंघन गरेर सौदाबाजी गर्न सुरु गर्ने हो भने त्यसको मोल त फेरी पनि भावी पुस्ताले नै तिर्नुपर्ने हुन्छ।
आस्थाको खोजी
आस्थामा विचलन सुरु भएपछि डरलाग्नु स्वाभाविकै हो। महात्मा गान्धीले व्यापारमा नैतिकता एवं राजनीतिमा आस्थाको अपरिहार्यता त्यसैकारण औँल्याएका हुनुपर्छ । नाफाप्रतिको आस्थाबाट संचालित व्यापार एवं बजारको नैतिकताले निर्देशित राजनीतिले गर्दा नेपालको राज्य समाज स्वार्थ समूह तथा गिरोहहरूको कब्जामा पुगेका छन् ।
सडक दुर्घटनाका पछाडि धेरैकारण हुन्छन्। सडकको गलत डिजाइन, कमजोर सतह, रेखदेखको अभाव, सुरक्षा उपायको बेवास्ता, अनुपयुक्त गाडी, बढी वजन, यात्रु चेतनाकेा कमी, भ्रष्ट नियमन, अनुगमनको असफलताजस्ता सबै पाठ्यपुस्तकले देखाउने कमजोरीहरू नेपालका यातायात व्यवस्थाका परिस्थिति चित्रण मात्र हो। मूल कुरा भने बजार नैतिकताको मान्यताको हो, जहाँ अरूको हितप्रति संवेदनशील हुन जरुरी छैन। बिक्रेताले क्रेताको वास्ता गरी राख्नुपर्ने आवश्यकता छैन। बजारकै नैतिकता राजनीतिमा पनि प्रभावशाली भएपछि कमजोर, तिरस्कृत एवं बहिष्कृतको हित वर्चस्वशाली समूहले सुनिश्चित गर्ने कुरा पनि भएन।
बजारवादलाई राजनीतिमा पुनर्स्थापित गर्ने बेलायतका प्रधानमन्त्री मार्गरेट थ्याचरले भन्ने गर्थिन् समाज भन्ने कुनै कुरा हुँदैन। व्यक्ति हुन्छन् । परिवार छ। बाँकी कुरा सबै त्यस्तै हुन्। बजारवादको राजनीतिक आकर्षण कायम रहेसम्म अवजन (ननपिपुल) त के, सर्वजनसमेतको हित सुनिश्चित गर्ने संविधान बन्नसक्ने सम्भावना छँदैछैन भने पनि हुन्छ । आउँदो माघपछि देशको राजनीति नयाँ चरणमा प्रवेश गरे पनि बजारवादको वर्चस्व कायम रहेसम्म बफादारी बेच्नेहरूले उल्लेख्य उपलब्धि हासिल गर्नसक्ने परिस्थिति भने अझ गहन सहकार्य बेगर बन्न सक्दैन।