उमेर समूहका दुई प्रतिष्ठित एसियाली स्तरका प्रतियोगितामा नेपाली फुटबलले मात खाएको धेरै भएको छैन। एक महिनाबीचमा नेपाली यु-१६ र यु-१९ टिमले एएफसी च्याम्पियनसिप छनोटमा खराब नतिजा भोगेको सम्झना ताजै छ। यु-१६ ले छनोटअन्तर्गत सबै चार खेलमा पराजित हुँदा १३ गोल खाएर एउटै गोल गरेन भने यु-१९ ले पनि पाँचमध्ये एउटामात्र खेल जित्यो। १६ वर्षमुनिका किशोरको तुलनामा यु-१९ को प्रदर्शन हेर्नसम्म लायक थियो। तर फुटबलमा प्रदर्शनभन्दा नतिजाले बढी महत्व राख्छ। यसर्थ दुवै प्रतियोगितामा छनोट हुन नसकेका कारण यु-१९ को तैबिसेक प्रदर्शन पनि निरर्थक रह्यो।
लगातारको निराशा मेट्न नेपाली फुटबलले तत्कालै अवसर पाएको छ। नेपाली राष्ट्रिय टिम अहिले छैटौ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको तयारीमा छ। क्षेत्रीय फुटबलको सबैभन्दा ठूलो यस प्रतियोगितामा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। त्यसैले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि नेपाल भित्रयाउनेमात्र नभई अहिले राष्ट्रिय टिम सामु युवा टिमबाट भएको निराशा मेट्ने जिम्मेवारी पनि छ।
साफमा उपाधि जित्नु नेपालका लागि सहज पक्कै छैन। डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससहित चार पटकको विजेता भारत र अफगानिस्तानसम्मिलित समूहबाट सेमिफाइनलमा छनोट हुनु नै पनि नेपालको प्रमुख चुनौती हो। पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य प्राप्तिका लागि नेपालको तयारी भने चित्तबुझ्दो हुन सकेको छैन। अघिल्लो महिनाबाट बन्द प्रशिक्षण शिविर राखिए पनि टिमले अभ्यासका लागि २१ सेसन मात्र पाएको छ। तीन वर्षदेखि देशमा घरेलु फुटबल नहँुदा भुत्तिएका खेलाडीलाई तिखार्न यो समय पर्याप्त नहुने खेलाडी, प्रशिक्षक र नेपाली फुटबलको एन्फालाई राम्रै थाहा छ।
प्रतियोगिताको हरेक संस्करणमा विपक्षीबाट समेत राम्रो टिम भए पनि कमजोर तयारीका कारण अभागीमा दरिने गरेको नेपालको तयारी हेर्दा यसपाली पनि नियती दोहोरिने लक्षण छ। हरेक अवसरमा नेपाली टिम पर्याप्त सम्भावना बोकेर पनि समूह चरणबाटै निराश भएर फर्किने गरेको छ। कुनै पनि ठूलो प्रतियोगितामा जानुअघि टिमले आफ्नो तयारीलाई प्राथमिकता दिनुपर्छ। राम्रो तयारी गरेपछि पनि प्रतियोगिताअघि आफ्नो चुरो जाँच्न सशक्त प्रतिद्वन्द्वीसँंग केही अभ्यास खेल खेल्नैपर्छ। विगतमा पनि नेपाली टिमले केही प्रतियोगितामा राम्रा नतिजा ल्याउँदा त्यसको कारण अभ्यास खेल नै थिए। अभ्यास खेलमा प्रशिक्षकले आफ्ना खेलाडीको चुरो पत्तो लगाउन पाउने भएकाले त्यसलाई सुधार्न र खेलाडीअनुसारको रणनीति बनाउन सक्छन्। गत महिना यु-१६ र यु-१९ मा नेपाली युवा टिमले अपेक्षित सफलता नपाउनुमा पनि अभ्यास खेलको मौका नपाउनु प्रमुख कारण थियो।
भर्खरै घरेलु मैदानमा दयनीय नतिजा भोग्दा पनि एन्फा राष्ट्रिय टिमको तयारीमा आवश्यक मात्रामा गम्भीर नहुनु नेपाली फुटबलको दुर्भाग्य हो। आफँैमा राष्ट्रिय टिमको तयारी अवधि छोटो छ। त्यसमा पनि अझैसम्म टिमका लागि अभ्यास खेलको व्यवस्था नहुनु अर्को दुःखद विषय हो। फुटबलमा देशको स्तर राष्ट्रिय टिमको नतिजाका आधारमा मापन गर्ने गरिन्छ। त्यसैले साफ च्याम्पियनसिप नेपालका लागि विषेश महत्व बोक्ने प्रतियोगिता हुनेछे। नेपाली राष्ट्रिय टिमले उपाधि जित्ने लक्ष्य बोकेर खेल्ने प्रतियोगिता भनेकै साफ च्याम्पियनसिप हो।
देशमा तीन वर्षदेखि घरेलु फुटबल ठप्प हुनेगरी विवाद गर्ने दुवै पक्ष मिलिसकेका छन्। यस मिलेमतोको प्रतिफसुखद नतिजाबाट दिन सक्नुपर्छ। विवाद गर्नेकै हातमा अहिले एन्फाको डाडुपन्यु छ। उनीहरूले विवाद ताका उठाएको सबैभन्दा चर्को विषय पनि राष्ट्रि्रय टिमको कमजोर नतिजा र राष्ट्रिय टिमका लागि महत्व नदिइनु रहेको थियो। अहिले आफ्नो हातमा डाडुपन्यु हुँदा पनि उनीहरू राष्ट्रिय टिमको तयारीमा गम्भीर भने हुन सकेनन्। अझै समय छ। दुई सातामा पनि कुनै बलियो प्रतिद्वन्द्वीविरुद्ध दुई वा तीन अभ्यास खेलमात्र खेलाउन सके पनि नतिजा सुधारिने पक्का छ।