सत्तारुढ दलका शीर्षस्थ नेताबाटै दुईजीब्रे र द्विअर्थी कुरा सुनिँदा माओवादीलाई मात्र दोष दिएर उम्किन सकिँदैन।
माओवादीले जोडतोडका साथ उठाइरहेको 'नागरिक सर्वोच्चता' को सोझो अर्थ आफ्नो नेतृत्वमा सरकार गठन हो भन्ने छिपेको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'नागरिक सर्वोच्चता' का लागि सिंगापुर गएका थिएनन्। त्यही भएर उनले फर्किंदै गर्दा विमानस्थलमै भने, 'वर्तमान गठनबन्धन टुट्छ र नयाँ सरकार बन्छ।' यसबाट स्पष्ट रूपमा बुझ्न सकिन्छ - जहिलेसम्म माओवादीको नेतृत्वमा सरकार बन्ने अवस्था आउँदैन अर्थात् उसले संसद्मा ३ सय १ को संख्या पुर्याउन सक्तैन, त्यस दिनसम्म सहमतिको 'भाषा' मिल्ने छैन। आफ्नो नेतृत्वमा सरकार बनाउने एक मात्र एजेन्डासहित 'आन्दोलन' मा उत्रिएको माओवादीका लागि आफ्ना निजी सेनाको व्यवस्थापन र नयाँ संविधान लेखनभन्दा पनि अहिले नयाँ सरकार गठन प्राथमिकतामा परेको छ।
माओवादीले 'संसद्मा सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने' 'प्राकृतिक' माग उठाइरहेको छ। सामान्यतः लोकतन्त्रमा यसलाई अस्वाभाविक मान्न सकिँदैन। तर, माओवादीको यो माग त्यतिबेला न्यायोचित थियो, जतिबेला संविधानसभा निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको थिएन। आफ्नो नेतृत्वमा सरकार गठन भई एकपटक असफल भइसकेपछि पनि माओवादीले यस्तो माग राखिरहनुलाई नैतिक हिसावले उपयुक्त मान्न सकिँदैन। आफ्नो नेतृत्वमा सरकार बनाउन सहमति माग गर्ने माओवादीले एकपटक आफ्नै निकट अतीतलाई फर्केर हेरे हुन्छः राष्ट्रपतिको निर्वाचनमा सहमतिको राजनीति कसले तोडेको थियो? रामराजाप्रसाद सिंहको नाम सहयात्री दलहरूसँग सल्लाह गरेर ल्याइएको थियो कि कुनै 'प्रभु' को इसारामा? तत्कालीन सेनापतिमाथि बिनाकारण कारवाही गरेमा समर्थन फिर्ता लिने नेकपा (एमाले) को चेतावनीलाई बेवास्ता गर्दै अल्पमतमा परिसकेपछि पनि एक्लै निर्णय गर्ने यही माओवादी होइन? अनि उसैले सहमतिको डम्फु बजाउन कति सुहाउँछ?
माओवादीले ठूलो दल हो तर ऊसँग बहुमत छैन। उसले जम्माजम्मी ३० प्रतिशत जनमत प्रतिनिधित्व गर्छ। बाँकी ७० प्रतिशत जनमतको प्रतिनिधित्व अरू दलले गर्छन्। यस्तो बेला घेराबन्दी गरेर सडकबाटै सरकार अपदस्थ गर्छु भन्ने माओवादी सपना अधिनायकवादको अभिव्यक्तिबाहेक अरू के हुन सक्छ? संविधानसभा निर्वाचनलगत्तै माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनेर अहिले बहुमतको सरकार बनेको भए अवस्था बेग्लै हुन्थ्यो। तर, पहिलेको माओवादी नेतृत्वको पनि बहुमतको सरकार थियो र अहिले पनि बहुमतको सरकार छ। त्यतिबेला आकाश खसेन तर अहिले किन जबर्जस्ती आकाश खसाल्ने प्रयत्न हुँदैछ?
आफ्नो अनुमतिबिना पात पनि हल्लिनु हुँदैन भन्ने मानसिकता माओवादीमा छ। उसैको बोलीमा लोली मिलाउन अरू पार्टीमा रहेका माओवादीका स्वयम्सेवक पनि तल्लीन छन्। यो भ्रम मात्रै हो। पुष्पकमल दाहालले 'नयँा सरकार गठन हुनै सक्दैन', गठन भइसकेपछि 'सात दिन पनि चल्दैन', 'सय दिन देख्न पाउँदैन', 'दसैँ काट्दैन' भन्दाभन्दै पनि सरकार गठन भएको छ महिना पुग्न लागेको छ। माओवादीले जे भन्छ, त्यही अन्तिम सत्य होइन भन्ने यसले पनि प्रमाणित गरेको छ। कतिपय माओवादीका स्वयम्सेवकहरू 'छ महिनामा सरकारले शान्ति प्रक्रिया र संविधान लेखनसम्बन्धी काम गर्न सकेन' भन्ने तर्क गर्दै माओवादीको वकालत गर्छन्। तिनले जवाफ दिनुपर्छ- माओवादीको नेतृत्वमा नौ महिना चलेको सरकारले लडाकुको समायोजन कहाँ पुर्याएको थियो? छ महिनाभित्र सकिसक्ने भनिएको त्यो काम त्यतिबेला किन सम्पन्न गरिएन? अहिले माओवादीले सबै काममा अवरोधै अवरोध पुर्याइरहेको छ। विशेष समितिको बैठकमा कहिले उसका प्रतिनिधि आउँदैनन्, लोकलाज बचाउन कथम्कदाचित आइहाले पनि नयाँ-नयाँ बखेडा झिक्छन्। यस्तो अवस्थामा पनि जे जति काम भएका छन्, त्यसबाट माओवादी मुर्मुरिएको हुनुपर्छ। माओवादीको नेतृत्व हुनेबित्तिकै सबै समस्या समाधान हुन्छन् भन्ने रतन्धो लागेकासँग यो सत्य स्वीकार गर्ने हिम्मत छैन।
अरू पार्टीभित्रका माओवादीका शुभेच्छुकका कारण पनि माओवादीको मनोबल बलियो भएको हो। 'मुलुकमा सरकारै छैन' भन्नसम्म पछि नपर्ने महारथि सत्तारुढ पार्टीमै भेटिँदासम्म माओवादीले किन बखेडा सिर्जना नगरोस्? अचम्म लाग्छ - हिजो वर्षेनी दसैँमा राजाको हातको टीका थाप्न पुग्ने, मन्त्री हुँदा आतंककारी ऐन ल्याएर माओवादीलाई तह लगाउन खोज्ने, प्रधानमन्त्रीको उम्मेद्वार हुन राजाबाट प्रमाणपत्र लिनुपर्छ भन्नेहरू परिस्थितिवश अर्कै पार्टीमा रहे पनि माओवादीका प्रवक्ता बनेका छन्। सत्तारुढ दलका शीर्षस्थ भनिने नेताबाटै दुईजीब्रे र द्विअर्थी कुरा सुनिदासम्म माओवादीलाई मात्र दोष दिएर उम्किन सकिँदैन।
माओवादीलाई कसैले एक्ल्याउन खोजेको छैन, ऊ आफैँ एक्लिँदै गएको हो। अरूलाई 'हरुवा' भन्दै आफू 'जितुवा' भएको घमण्ड गरेका कारण माओवादीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पराजय बेहोर्नुपर्यो, संविधानसभाको नेतृत्व बाध्य भएर छोड्नुपर्यो। संवैधानिक समितिको सभापतिमा पनि हार बेहोर्नुपर्यो। जित वा हार परिस्थितिसापेक्ष रहेछ भन्ने यो सबै प्रकरणले स्पष्ट पार्दैन र? माओवादीले यस्तै निहुँ खोजिरहे उसलाई यसभन्दा ठूलो दुर्गति बेहोर्नबाट कसैले रोक्न सक्ने छैन। त्यसैले राजनीतिक यथार्थ स्वीकार गरेर उसले आफ्नो गोरुको बाह्रै टक्का भन्न छोड्नुपर्छ र समस्याको समाधान 'विदेशी प्रभु' र विदेशी भूमिबाट होइन, आपसमा बसेर खोज्नुपर्छ।
लेखक प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन्।