सन् १९९२ मा सम्पन्न रियो सम्मेलनबाट पारित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिले बढ्दो तापमानका सम्बन्धमा विश्व समुदायलाई सचेत गराउँदै दिगो विकास कार्यसूचीको विस्तृत आयाम उघार्योम। उक्त महासन्धिले बढ्दो तापमानको प्रमुख कारण अविवेकी मानव क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जन कटौती गर्न प्रमुख उत्सर्जक राष्ट्र (जसलाई अनुसूचीका मुलुक भनिन्छ) लाई नैतिकरूपमा सचेत गरायो। त्यसको पाँच वर्षपछि सन् १९९७ मा भएको क्योटो सम्मेलनले विकसित राष्ट्रहरुले सन्् २००८ देखि २०१२ सम्ममा सन् १९९० को उत्सर्जनको मात्रा भन्दा ५ प्रतिशत कमी ल्याउन प्रस्ताव पारित गर्योम जसलाई 'जलवायु परिवर्तनसम्बन्धी क्योटो प्रोटोकल' पनि भनिन्छ। विश्व तापमान वृद्धि सन्दर्भमा उल्लिखित दुई र त्यसपछि प्रत्येक वर्ष हुँदै आएका जलवायु वार्ताले विश्वको ध्यान जलवायु परिवर्तनका कारक तत्वहरुको न्यूनीकरण र असरमा अनुकूलन हुन राष्ट्रहरुलाई सहयोग, प्रभाव र दबाब पार्दै ल्याएको छ।
जलवायु परिवर्तनका प्रमुख कारक औद्योगिक राष्ट्र (उनीहरुले गरेको अविवेकी विकास र अन्धाधुन्ध प्राकृतिक स्रोतको दोहन) हुन्। उनीहरु नै कार्बन तथा अन्य कार्वनसमान हरितगृह ग्यास उत्सर्जनका लागि जिम्मेवार भएकाले निश्चित तहमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्न नैतिकरूपमा जिम्मेवार छन् भने विकासशील मुलुकहरु कमैमात्र जिम्मेवार छन्। विकासशील मुलुकसँग स्रोत साधन, क्षमता र प्रविधि पनि न्यून छ तर असरका भागेदार उनीहरु नै बढी छन्। यसर्थ धेरै कार्बन उत्सर्जन गर्ने मुलुकहरुले विकासशील मुलुकलाई कार्बन वित्तमार्फत सहायता (क्षतिपूर्ति) गर्नुपर्ने दायित्व छ भने विकासशील मुलुकहरुले असरबाट अनुकूलित हुँदै जाने क्षमता विकास गर्नुपर्ने बाध्यता सिर्जना भएको छ। क्षमता विकास र अनुकूलन कार्यक्रमका लागि विकसित मुलुकहरुले पुँजी तथा प्रविधि सहयोग गर्नुपर्ने दायित्व रियो तथा अन्य राष्ट्रसंघीय जलवायुसम्बन्धी वार्ताले देखाएको छ। यस दायित्वलाई निर्वाह गर्न जलवायु परिवर्तन कोष, अनुकूलन कोष, वातावरणीय सहायता प्रणाली, अल्पविकसित मुलुकका लागि कोष, हरित जलावयु कोष, विश्व जलवायु परिवर्तन साझेदारी, विशेष जलवायु परिवर्तन कोष, जलवायु रणनीतिक कोष, अमेरिकी कोष जस्ता विशेष परिभाषित कोषको व्यवस्था भएका छन् जसले जलवायु परिवर्तनको असरसँग अनुकूलित हुन र न्यून उत्सर्जनका कार्यक्रम सञ्चालनका लागि अनुसूचीमा नभएका मुलुकलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्। केही मात्रामा सहयोग र सहायता प्रवाह पनि हुन थालेको छ। यी कोष व्यवस्थापन प्रणाली बाहिर पनि द्विपक्षीय एवम् बहुपक्षीय सहायता र निजी/गैरसरकारी ट्रस्टमार्फत जलवायु वित्त प्रवाह हुने गर्छ।
नेपाल जस्ता विकासशील मुलुकहरु जलवायु परिवर्तनका जोखिममा छन्, त्यही नै क्षमता, वित्त र व्यवस्थित कार्यप्रणालीको अभाव छ। उल्लिखित कोषहरुबाट पाइने सुविधा लिनका लागि पनि विकासशील मुलुकहरुले क्षमता विकास गर्नुपर्ने आवश्यकता छ। किनकि ती कोष प्रतिस्पर्धात्मक क्षमता प्रदर्शनपछि मात्र सम्बद्ध मुलुकका समस्या सम्बोधन गर्ने कार्यक्रममा आइपुग्छन्। अर्को कुरा, मौजुदा अवस्थामा विश्वमा प्रवाह भइरहेको अन्तर्राष्ट्रिय सहायताको उल्लेख्य भाग जलवायुमार्फत प्रवाह हुने सम्भावना छ। गरिबी निवारण, भोकमरी नियन्त्रण, लैङ्गिक विकास, स्वास्थ्य, शिक्षा, द्वन्द्वोत्तर व्यवस्थापन, पूर्वाधार विकास जस्ता क्षेत्रमा उपयोग हँुदै आएको विकास सहायताको प्रवृत्ति अब जलवायु वित्ततर्फ मोडिएको छ। किनकि पहिला हरितगृह ग्यास उत्सर्जन न्यून गरी जीवन सहयोग प्रणाली सुधार गर्नु सबैको दायित्व हो। सबै समस्याको केन्द्रबिन्दुमा अब जलवायु परिवर्तन रहेकाले पनि अन्तर्राष्ट्रिय सहयोग परिचालनको केन्द्रमा जलवायु वित्त रहने स्थिति देखिएको हो। उल्लिखित कोषमार्फत प्रवाह हुने सहायताको अपव्याख्या हुनसक्ने सम्भावना पनि त्यत्तिकै छ। जस्तो कि विगतमा प्रवाहित सहायता उदार व्याख्याका साथ जलवायु वित्तको ढोकाबाट छिर्ने प्रयास भएको छ। नेपालजस्ता मुलुकले पाउँदै आएको औपचारिक सहायता गरिबी न्यूनीकरण, खाद्यान्न उत्पादन, स्वास्थ्य, शिक्षा, प्रकोप न्यूनीकरण, लैङि्गक समानता, वन तथा जलाधार संरक्षण र ऊर्जालाई अनुसूचीका देश (विकासित मुलुक) हरु र उनीहरुका प्रभावमा रहेका बहुराष्ट्रिय संस्थाहरुले ती क्रियाकलाप नै जलवायु परिवर्तनका क्षेत्र हुन् भनी व्याख्या गर्ने सम्भावना देखिएको छ। यदि त्यसो देखियो भने राष्ट्रसंघीय जलवायु खाका सन्धिको धारा ४ ले गरेको विशेष व्यवस्था 'धनी मुलुकका लागि जलवायु परिवर्तन वित्तको नैतिक दायित्व' कागजीमात्र हुनेछ। केचाहिँ जलवायु वित्त हो भन्ने सन्दर्भमा धनी (उत्सर्जक) तथा गरिब (प्रशोचक) मुलुकबीच साझा बुझाई देखिएको छैन। आधिकारिक व्याख्या गर्ने रियो मार्करले तीन वर्ग (अनुकूलनमा राम्ररी सहयोग गर्ने, अनुकूलनमा सामान्य सहयोग गर्ने र सान्दर्भिक) मा राखी जलवायु परिवर्तन वित्तको परिभाषा गर्न खोजेको छ। अक्सफाम तथा स्वच्छ ऊर्जा नेपालले केहीअघि गरेको अध्ययनमा ६ प्रकारका खर्चलाई जलवायु वित्त मानेको छ। नेपाल सरकारले यस सन्दर्भमा प्रत्येक आयोजनाभित्रका क्रियाकलापको ११ वटा सूचकबाट मूल्याङ्कन गरी ती सूचककोे संयुक्त सूचकाङ्क स्तरबाट तीन वर्गमा वर्गीकृत गरी प्रत्येक कार्यक्रम/आयोजनाको विश्लेषण गर्न सकिने आधार बनाएको छ। विश्वव्यापी प्रक्रियामा हेर्दा जलवायु वित्तको सटिक परिभाषा मात्र गर्न नसिकिएको होइन, जलवायु वित्त र वातावरण वित्त एवम् विकास वित्त र जलवायु वित्तबीच भिन्नता खोज्नसमेत असजिलो देखिएको छ। जसबाट विकसित मुलुकहरु आफ्नो दायित्वबाट पर पुग्ने र अल्पविकसित मुलुकहरु झनै समस्यामा जाकिने सम्भावना देखिन्छ।
राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी खाका महासन्धिले 'मुलुकहरु समान तर फरक जिम्मेवारी' को अवधारणा अघि सारेको छ। यो किन त भन्दा जलवायु परिवर्तनका कारण हरितगृह ग्यास उत्सर्जनमा अल्पविकसित मुलुकहरुको खासै योगदान छैन तर असर र जोखिम भने उनीहरुकै भागमा परेको छ। जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकका गरिब जनता र त्यहाँको प्राकृतिक एवम् मानवीय स्रोत सङ्कटमा पर्दै गएको छ। कुल कार्बन उत्सर्जनमा ४ प्रतिशत हिस्सामात्र ओगट्ने ४८ अतिकम विकसित मुलुकहरु अरुको विकास र प्रगतिका कारण सिर्जित सङ्कटको मारमा छन्। नेपाल जलवायु परिर्वतनको दृष्टिले विश्वको चौथो सङ्कटापन्न मुलुक हो जबकि यसको कार्बन उत्सर्जन हिस्सा ०.०२७ प्रतिशतभन्दा कम छ। हालको आर्थिक उत्पादनको मात्रालाई चार हजार गुणा बढाएमा पनि नेपालको कार्बन उत्सर्जन हिस्सा एक प्रतिशत पुग्दैन जुन असम्भवमात्र होइन, श्वेरकल्पना पनि हो। तर नेपालको जैविक विविधता सङ्कटमा पर्नु, जलाधार, वातावरण र जनस्वास्थ्यमा गम्भीर प्रभाव आउनु, बाढीपहिरो र सुख्खा बढ्नुमा जलवायु परिवर्तन कुनै न कुनै रूपमा जिम्मेवार देखिएको छ। क्लाइमेट एसियाको एक अध्ययनअनुसार ९२ प्रतिशत नेपाली तापमान बढिरहेको महसुस गरिरहेका छन्, ८२ प्रतिशतलाई वर्षा घटेको अनुभव छ, ६० प्रतिशतमा पानी पर्ने अस्वाभाविक प्रवृत्ति देखिएको बुझाइ छ, ८५ प्रतिशतले विभिन्न कीरा बढेका र ४८ प्रतिशतले बोटविरुवा घटेको महसुस गरिरहेका छन्। हालै भएको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण हालका वर्षहरुमा कुल गार्हस्थ्य उत्पादनको १.५—२ प्रतिशत जति र्हालस आएको छ भने भविष्यमा यो असर कुल गार्हस्थ्य उत्पादनको २ देखि ३ प्रतिशत पुग्ने देखिन्छ।
असरका प्रमुख क्षेत्रहरु कृषि, ऊर्जा र जलाधारमा देखिएका छन्। मनसुनको प्रवृत्ति तथा मात्रामा आएको फेरबदलले प्रमुख बालीको उत्पादनमा कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत जति घटेको छ, जलविद्युत्का क्षेत्रमा वार्षिक ०.६ देखि १.१ प्रतिशत असर देखिएको छ। ७५ जिल्लामध्ये अध्ययन भएका पाँच जिल्लामा पानीको मूल सुक्दै गएको छ भने भूमिगत जलभण्डार रित्तिदै गएको छ। सर्वसाधारणले आ–अफ्नै हिसावमा जलवायु परिवर्तनको असर बुझिरहेका छन्, आ–आफ्नै स्तरमा समस्या भोगिरहेका छन्। कसैले पानी परेन, कसैले मूल सुक्यो, कसैले वन सकियो, कसैले कृषि उत्पादनमा कमी आयो, कसैले रोगव्याधी बढ्यो त कसैले गर्मी दिन बढे भन्ने जस्ता सन्दर्भमा जलवायु परिवर्तनको असरलाई बुझिरहेका छन्। जलवायु परिवर्तनका कारण प्राकृतिक स्रोत साधनमा कमी आउने र त्यसको प्रत्यक्ष असर दैनिकी जीवनमा देखिने भएकाले जीवन सहयोग प्रणाली प्रतिकूल हुँदै गएको स्पष्ट छ। जलवायु परिवर्तनसम्बन्धी चेतनाको तह बढेकाले पनि सर्वसाधारणहरु भयभित छन्। अरुले गरेको अपराधको अञ्जानमा सजाय भोगेसरह नै भएको छ विपन्न मुलुकहरुका लागि जलवायु परिवर्तनको असर।
यसर्थ नेपालजस्ता अतिकम विकसित मुलुकले दुई प्रकारको रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ। पहिलो, जलवायु परिवर्तनको असर समन क्षमता वा अनुकूलता बढाउनु। जुन हाम्रो छनौट र रहर नभई बाध्यता हो। यसका लागि राष्ट्रिय तथा स्थानीय तहमा अनुकूलनका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिनुपर्छ। नेपालले राष्ट्रिय अनुकूलन योजना, स्थानीय अनुकूलन योजना, समुदायमा आधारित अनुकूल योजना, वातावरणमैत्री स्थानीय शासन जस्ता कार्यक्रममार्फत अनुकूलन कार्य अघि बढाइरहेको छ। दोस्रो, भविष्यको निर्माण हामी सबैको दायित्व हो। कार्बन र कार्बनजन्य प्रदूषकहरु न्यून उत्सर्जन गर्ने रणनीति अवलम्बन गर्ने। तर अल्पविकसित मुलुकका लागि यी दुवै कार्य अतिरिक्त सर्त पनि हुन् जसले विकास व्यवस्थापनलाई अल्पकालमा केही महँगो पनि पार्छ। तर पनि 'बाध्यता' र 'सावधानी' दुवै कारणले यसो गर्न नेपाल जस्ता गरिब राष्ट्र बाध्य छन्। यो साझा भविष्यका लागि हो। तेस्रो रणनीति पनि लिनुपर्ने आवश्यकता छ, त्यो हो उल्लिखित दुवै रणनीति कार्यान्वयनका लागि क्षमता विकास। यो साह्रै जटिल काम हो किनकि राष्ट्रिय तहदेखि स्थानीय तह र जनस्तरसम्म क्षमता विकास नगरीकन जलवायु परिवर्तनबाट अुकूलित हुन वा जलवायु परिवर्तनका असर घटाउन सकिँदैन।