केही महिनाअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको योजना आयोग बिघटन गरेपछि नेपालमा पनि राष्ट्रिय योजना आयोगको भुूमिकाका विषयमा छलफल सुरु भएका छन्। योजना आयोगले तय गर्ने योजना र त्यसबाट हुने उपलब्धि अपेक्षाअनुसार नभएपछि यस्ता प्रश्न उठ्नु स्वाभाविकै हो। संस्थागतरूपमा विसं २०१३ सालमा सुरु भएदेखि अहिलेसम्मका करिब ६ दशकलाई केलाउने हो भने योजना आयोगको भूमिका प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्नु गलत हुन्छ। बरु त्यस यता मुलुकले व्यहोर्नुपरेको राजनीतिक अस्थिरता र परम्परागत कार्य शैली हुँदाहुँदै पनि योजना आयोगले खेलेको भूमिका प्रभावकारी नै छ भन्नु उपयुक्त हुने देखिन्छ। योजना अयोगको स्थापनायता मुलुकमा धेरै परिवर्तन भइसकेको छ। परिवर्तित राजनीतिक अवस्थाअनुसार यस्ता संरचनाको पुनर्संरचना नहुँदा अपेक्षित उपलब्धि हुन सत्तै्कन। राष्ट्रिय योजना आयोगको भूमिका र औचित्यका बारेमा छलफल गर्दा यससँग जोडिएका केही विषयमा ध्यान दिनुपर्छ।
प्रथम पञ्चवर्षीय योजनादेखि यहाँसम्म आईपुग्दा मुलुक संवैधानिक राजतन्त्र, तीस वर्षे पञ्चायत, बहुदल हुँदै दोस्रो जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा पदार्पण गरिसकेको छ। यति लामो कालखण्डमा भएका परिवर्तनका कारण राज्यका अधिकांश संरचनाको पुनर्संरचना भइसकेको छ। कतिपय हुने क्रममा छन्। तर मुलुकलाई दृष्टिकोणसहितको विकास निर्माणको बाटोमा हिँडाउने योजना आयोगको संरचनामा भने स्थापनाकाल यता अलिकति बदलिएको छैन। सामान्यतयाः राजनीतिक व्यबस्था परिवर्तन भएजस्तै योजना आयोगजस्ता संस्थाको संरचनामा पनि समयसापेक्ष फेरबदल हुनुपर्छ। तर नेपालमा त्यस्तो गरिएन। जुन लक्ष्य र उद्देश्यसहित शासन व्यवस्था परिवर्तन भएपनि योजना आयोगले भने राजनीतिक नेतृत्वलाई विकास र निर्माणमा व्यवस्थितरूपले दिशानिर्देश गरेर अगाडि बढाउन सकेन। शासन व्यवस्थामा भएको परिवर्तनअनुरुप योजना आयोग परिष्कृत नहुँदा यसले तय गर्ने राष्ट्रिय विकास लक्ष्य र योजना परमपरागत बन्न पुगे। यही कारणले तय गरिएका राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीयस्तरका साना विकास आयोजनाको निर्माण कार्य समयमै पूरा हुनसकेन। भौतिक निर्माण कार्य पूरा भएपनि लक्ष्य पूरा हुनसकेको छैन।
मुलुक संघीयतामा प्रवेश गरिसकेको अवस्थामा योजना आयोगको भूमिका झनै प्रभावकारी हुनुपर्ने अवस्था उत्पन्न भएको छ। भबिष्यमा प्रदेश सरकार र केन्द्र सरकारबीचमा पुलको भूमिका निर्वाह गरेर राष्ट्रिय मान्यता प्राप्त ठूला आयोजना सम्पन्न गर्न, विभागीय मन्त्रालयहरूबीच समन्वय गरी प्रतिफलदायी योजना तय गर्न तथा प्रदेश र केन्द्र सरकार वा प्रदेश प्रदेशबीचमा हुने विकासमा आधारित विवादमा मध्यस्थकर्ताको भूमिका खेल्न योजना आयोग उपयोगी बन्न सक्छ।
अहिले योजना आयोगको भूमिकाका विषयमा प्रश्न उठ्नुमा भने खास केही कारण देखिएका छन्। राज्यको स्रोत साधनमा प्रभाव राख्ने मन्त्री, सभासद् र शक्तिशाली नेताको हस्तक्षेपले गर्दा योजना आयोगको भूमिका कमजोर हुनपुगेको छ। राज्यलाई आवश्यक पर्ने दूरदर्शी दृष्टिकोण र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने योजना आयोग झिनामसिना एजेन्डामा अल्भि्कएकाले प्रश्न उब्जिएको हो। प्रभावशाली मन्त्री र नेताको निर्वाचन क्षेत्रमा धेरै बजेट जाने स्थिति भने योजना आयोगको नेतृत्वमा निर्भर हुन्छ। विगतमा योजना आयोग आफ्नो स्वार्थमा नचल्दा नेताहरूले तेजोबध गरेका उदारहण छन्। राज्यको स्रोत साधनको न्यायोचित बँाडफाँट नहुँदा समस्या उत्पन्न हुन्छ तर आयोगले त्यसका लागि हिजो गरेको प्रयत्न र प्रयासलाई पनि उत्तिकै गम्भीरताका साथ लिन आवश्यक छ।
माथिल्लो तामाकोसी आयोजनाको अहिले चौतर्फी प्रशंसा भइरहेकेा छ। यस आयोजनालाई योजना आयोगले करिब एक दशकअघि नै सम्भाव्यता अध्ययन गरेर निर्माण कार्य अघि बढाएको थियो। त्यस्तै बुढीगण्डकी आयोजनाको पनि आजभन्दा करिब दुई दशकअघि नै अध्ययन भएको थियो। मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण कोरिडोरलगायतको सम्भाव्यता पनि यसरी नै अध्ययन भएर निर्माण कार्य हाल अघि बढेको हो। त्यसैले योजना आयोगको भूमिका पूरै प्रभावहीन रहेको भन्न मिल्दैन। अहिले देखापरेको समस्या योजना आयोगको भूमिकालाई कमजोर बनाएका कारण उत्पन्न भएको हो। प्रत्येक वर्ष योजना आयोगले उपलब्ध गराउने 'सिलिङ'को सीमाभित्र रहेर सबै मन्त्रालयले आफ्ना नीति तथा कार्यक्रमलाई निर्माण र कार्यान्वयन गराउने हो भने सम्भवतः सबै आयोजना निर्धारित समयमै पूरा हुनेछन्। योजनामा छुट्याइएको बजेट खर्च हुन नसके राष्ट्रिय अर्थतन्त्र गम्भीर खतरामा पर्नसक्छ।
योजना आयोगको आलोचना अन्य समयमा भन्दा रातो किताब प्रकाशन गर्ने बेला अलि बढी हुन्छ। अर्थ मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयहरूको मारमा योजना आयोग पर्ने गरेको छ। सधँैजसो साना सडक, खानेपानी, सिञ्चाइजस्ता आफ्ना मागलाई रातो किताबमा लेखाउने सभासदहरूको बढी चाहना देखिन्छ। सभासद्का पनि आआफ्नै समस्या र बाध्यता होलान्। आधारभूत तहका जनताका पनि आआफ्नै कथा व्यथा होलान् तर त्यस्ता समस्याको समाधान योजना आयोगको टेबुलबाट खोज्दा दिर्घकालीन राष्ट्रिय आयोजनामा असर पर्छ। योजना आयोगलाई पर्ने यो दबाब स्थानीय निकायमार्फत् सम्बोधन गराउँदा करिब ७५ प्रतिशत समस्या समाधान हुने देखिन्छ। यसका लागि २०५५ सालमा लागुभएको स्थानीय स्वायत्त शासन ऐनलाई समयमै परिमार्जन गरी जिल्ला बिकास समितिलाई बढी स्वायत्त बनाउनु आवश्यक छ। उदारहणका लागि जिल्ला विकास समितिले विकेन्द्रीकरणबाट अधिकार प्राप्त गर्न सकेको खण्डमा जनताका आधारभूत तहको योजना तर्जुमा स्थानीय तहबाटै गर्न सकिन्थ्यो। अहिलेसम्म विकेन्द्रीकरणको अवधारणा लागु हुन नसक्नुको कारण स्थानीय निकाय लामो समयदेीख जनप्रतिनिधि विहीन हुनु हो। स्थानीय निकायको भूमिकालाई फलदायी गराउन सकेको भए योजना आयोगले झिनामसिना योजना रातो कितावमा प्रकाशन गरेर बस्नुपर्ने थिएन। फलस्वरूप, ठूला आयोजनाको विकासमा आयोगको ध्यान केन्द्रित हुनेथियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप योजना आयोगको पुनर्संरचना गर्न सन् २०११ मै अध्ययन गरिएको थियो। मुलुकको विकास दूरदृष्टि (भिजन) २०११ मै अवधारणापत्र तयार भएर छलफल आइसकेको थियो। तर राजनीतिक आग्रह पूर्वाग्रहका कारण त्यो दस्तावेज अहिले गणनामा सम्म पनि आउनसकेको छैन। यस्तो चिन्तनमा सुधार नआएसम्म मुलुकको विकास र समृद्धिको कल्पना व्यवहारमा रूपान्तरण गर्न सकिँदैन। कुनै पनि योजनाको सम्भाव्यता अध्ययन गरेरमात्र निर्माण प्रक्रिया अघि बढाउने परम्परा संसारभर छ। यस्तो अवस्थामा योजना आयोगजस्तो दीर्घकालीन दृष्टिकोण तयार गर्ने संरचना नहुँदा अर्थ मन्त्रालयबाट अहिलेको भन्दा धेरै गुणा ठूला विकृति हुनसक्ने देखिन्छ। नेपालमा प्रायः मिलीजुली सरकार सञ्चालन गर्ने परिपाटी छ। सरकारमा गरिने साझेदारीका क्रममा प्रायः प्रधानमन्त्री भएकै पार्टीको अर्थमन्त्री र योजना आयोगको उपाध्यक्ष रहने प्रचलन छ। त्यसैले सरकारको नेतृत्वकर्ता राजनीतिक पार्टीले अन्यभन्दा बढी बजेट आफ्नो पक्षमा परिचालन गर्न खोज्दा समन्यायिक विकासमा बाधा उत्पन्न भएको हुन्छ। यस्तै अवस्था योजना आयोगभित्रै पनि रहन्छ। प्रधानमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्ष र अर्थमन्त्री पनि प्रधानमन्त्रीकै पार्टीको रहँदा त्यहाँ सदस्यका रूपमा प्रवेश गर्ने विज्ञहरू निरीह भएर बस्नुपर्ने बाध्यता छ। त्यसैले यी सबै विषयलाई ध्यनमा राख्दै अब गरिने प्रदेशको बाँडफाँटलाई समेत हेरेर योजना आयोगको भूमिका र संरचनालाई पुनःव्यवस्थित गर्नुपर्छ।
नेपालले सन् २०२२ भित्रमा आफूलाई अल्पविकसित मुलुकको रेखाबाट विकासशील मुलुकको तहमा पुर्याेउने लक्ष्य सार्वजनिक गरेको छ। सरकारले लिएको यो लक्ष्य पूरा गर्न राष्ट्रिय गौरवका ठूला र विशाल आयोजना पूरा गराउँदै पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। पूर्वाधार विकास भएमात्र औद्योगिक विकास सम्भव छ। मुलुकले तय गरेअनुसार विकास गर्न बाह्य लगानी अनिवार्य छ। मुलुकभित्र लगानी मैत्री वातावरण निर्माणमा योजना आयोगले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ।अहिले हाम्रा छिमेकीहरू चीन र भारतले योजना आयोग खारेज गरेको विषयलाई आधार बनाएर नेपालमा योजना आयोगमाथि आक्रमण बढाइएको छ। नेपाल अहिले चीन र भारतको हैसियतमा भइदिएको भए कसरी अति अल्पविकसित राष्ट्रको अध्यक्षता गर्नुपर्ने बाध्यतामा हुन्थ्यो? बरु नेपालमा योजना आयोगलाई प्राविधिक नेतृत्व दिने गरी विकास गरेर अधिकार र भूमिका भएको योजना मन्त्रालयको अवधारणा ल्याउनुपर्छ। योजना मन्त्रालय गठन गरेर भियतनामले हासिल गरेको उपलब्धि नेपालका लागि पनि सिकाइ बन्न सक्छ।
लेखक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।