मुलुक संघीयतामा गइसकेको छ। नेपालको अन्तरिम संविधान, २०६३ ले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुने स्पष्ट पारेको छ। संघीयतामा जाने/नजाने विषय गौण भइसकेको छ। अहिले त केवल कस्तो आकारप्रकारको संघीयता भन्ने विषयमा मात्रै विवाद छ। त्यस्तो संघीय नेपालको न्यायपालिका कस्तो हुने हो? कौतुहलताको विषय बनेको छ। पछिल्लो संविधान सभाले केन्द्रमा सर्वोच्च अदालत र संवैधानिक अदालत रहने, प्रदेशमा उच्च अदालत र स्थानीय तहमा स्थानीय अदालत रहने परिकल्पना गरेको पाइन्छ। दोस्रो संविधान सभाले त्यही खाकालाई आत्मसात गर्ने हो वा भिन्नै प्रकारले नयाँ सोचका साथ अगाडि बढ्ने हो? सो हेर्न बाँकी नै छ। वैधानिक हिसावले दोस्रो संविधान सभाले विल्कुलै नयाँ सोच बनाउन पनि सक्छ। नयाँ जनादेशअनुसार चल्नु उसको बाध्यता पनि हुनसक्छ। यदि त्यसो भएन भने पनि पुरानै कुरा मान्नुपर्ने बाध्यता छैन। गुण र दोषका आधारमा त्यसको अपनत्व लिने वा नलिने कुरा दोस्रो संविधान सभाको रोजाईको विषय हो।
संघीयताको मूल मर्म भनेको राज्यसत्ताको स्थानीय स्तरमा हस्तान्तरण हो अर्थात् विकेन्द्रित राज्य प्रणाली हो। स्वाभाविकरूपले न्यायपालिकामा पनि समयसापेक्ष विकेन्द्रीकरण र विशिष्टीकृत हुनुपर्छ। त्यसको साथसाथै जनताको सहज पहुँचभित्र र किफायती पनि हुनुपर्छ। यी कुरालाई आत्मसात गर्ने हो भने विगत संविधान सभाका विषयगत समितिले पेश गरेको सुझाव यथावत् लागु हुनसक्ने देखिंँदैन। किनभने त्यो न त किफायती छ न जनताको पहुँचमै छ। बरु केन्द्रको संरचनाभित्र रहेको दोहोरोपनले भविष्यमा समस्या उत्पन्न गर्न पनि सक्छ। अन्य मुलुकको दृष्टान्तले त्यसै भन्छ। संघीय संरचना निर्माण गर्दा नेपालको सन्दर्भमा नेपाली शैलीले नै प्राथमिकता पाउनुपर्छ। अरुको नक्कल गर्दा धेरै विचार पुर्यााउनुपर्छ। यी सबै दृष्टिबाट नेपालका लागि उपयुक्त हुने प्रस्ताव छलफलका लागि प्रस्तुत छ।
केन्द्रमा संवैधानिक अदालतका रूपमा एउटा सर्वोच्च अदालत रहनेछ। यसले केन्द्र र राज्य, राज्य–राज्यबीचको र केन्द्रीय सरकारको विषयसँग सम्बन्धित अर्थात राष्ट्रिय स्रोत साधन, वैदेशिक मामिला, राष्ट्रिय सुुरक्षा, मौद्रिक तथा वित्तीय नीति, हवाई तथा राष्ट्रिय राजमार्गजस्ता विषय र केन्द्रीय अंगबीचको सम्बन्धका विषयका विवाद र उच्च अदालतले सर्वोच्च अदालतबाट हेर्नुपर्ने भनी पठाएको मुद्दा र गम्भीरतम प्रकारले अन्याय भएको विषयमा स्वयं सर्वोच्च अदालतले अनुमति दिएको विषयको विवादमात्र हेर्नेछ। त्यसका लागि प्रधान न्यायाधीशसहित सात जना न्यायाधीस, रजिस्ट्रार जनरलसहितको संरचना भए पुग्छ। विवादको टुङ्गो सबै न्यायाधीश बसेर लगाउने छन्। यस्तो व्यवस्था अमेरिकामा छ। त्यहाँको सर्वोच्च अदालतमा जम्मा ९ जना न्यायाधीशले कार्यसम्पादन गर्छन्। त्यसैले हाम्रो सन्दर्भमा ७ जना भए पुग्छ भन्ने ठानिएको हो। यस स्थितिमा छुट्टै संवैधानिक अदालतको औचित्य नै देखिँदैन। किनभने अब बन्ने सर्वोच्च अदालतले हेर्ने संवैधानिक विषय नै हो। एउटै विषय हेर्न २ वटा संरचना किन बनाउनुपर्योद? अनावश्यकरूपमा कुनै पनि संरचना निर्माण गरेर राज्यलाई बोझ थप्नुहँुदैन। प्रत्येक संरचनाको औचित्य पुष्टि हुनुपर्छ, दोहोरोपना आउनुहुँदैन। त्यसैले व्यक्तिविशेषका इच्छा वा चाहना हेरेर संरचना बनाउनुहँुदैन। संघीय संरचना यसै पनि एकात्मक व्यवस्थाभन्दा खर्चिलो हुन्छ। त्यसकारण कम खर्चिलो चुस्त संरचना बनाइनुपर्छ। प्रशासनिक खर्चबाट बचेको स्रोत साधन राष्ट्र निर्माणमा लगाउनुपर्छ।
प्रदेशस्तरमा प्रदेश उच्च अदालत बनाउने विषयमा राजनीतिक दलबीच मत मिलेको देखिए पनि कतिवटा प्रदेश बनाउने भन्ने विषयमा विभिन्न दलको आआफ्नै धारणा पाइन्छ। नेपालको न्यायिक इतिहासमा कुनैबेला ३ वटा उच्च अदालत थिए भन्ने अभिलेखबाट देखिन्छ। वि.सं. २०१६ सालतिर पूर्वमा विराटनगर, पश्चिममा नेपालगञ्ज र उपत्यकामा गरी ३ उच्च अदालत थिए। यद्यपि त्यसबेला संघीयताको सोच आएकै थिएन। तैपनि त्यसबेलाका नीति निर्मातालाई मान्नैपर्छ। नेपालको भौगोलिक अवस्थिति, आकारप्रकारलाई समेत विचार गरेर त्यो संरचना निर्माण गरेको देखिन्छ। तर त्यो धेरै समय टिक्न सकेन। विसं २०१८ सालमा न्याय विविध व्यवस्था ऐन आएपछि त्यसको पनि अन्त्य भयो। वि.सं. २०५४ सालतिर त्यसको विकल्पका रूपमा सर्वोच्च अदालतको बेन्च पूर्व र पश्चिम लैजाने सार्थक प्रयास भए, पनि विविध कारणवश घरदैलोमा न्याय पाउने दूरदराजका जनताका चाहना त्यसै कुण्ठित भए।
वि.सं. २०६४ सालमा पहिलो संविधान सभाको चुनावपछि पुनः त्यो आवाज उठ्यो। त्यसपछि बनेको सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत् न्यायमा विकेन्द्रीकरण र विशिष्टीकरण गर्ने धारणा सार्वजनिक गरेर बजेटमार्फत कार्यावन्यनको तयारी पनि गर्यो । तत्कालीन न्यायाधीशपछि प्रधान न्यायाधीश तथा कार्यकारी प्रमुखसमेत हुनुभएका खिलराज रेग्मीको अध्यक्षतामा एक उच्चस्तरीय कार्यदल बन्यो। त्यसमा यो पंक्तिकार र नेपाल बारका प्रतिनिधिका रूपमा हाल न्यायपरिषद्का सदस्य खेमनारायण ढुङ्गाना, महान्यायाधिवक्ता कार्यालयका प्रतिनिधिका रूपमा वरिष्ठ न्यायाधिवक्ता सूर्य कोइराला र कानुन मन्त्रालयको प्रतिनिधिका रूपमा कानुन मन्त्रालयका सहसचिव कमलशाली घिमिरेसमेत सदस्य रहेको उक्त कार्यदलले विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्योल। त्यसले पनि पूर्व र पश्चिममा सर्वोच्च अदालतको इजलास राख्न सकिनेलगायतका सुझाव दिएको थियो। त्यसमध्ये जिल्ला अदालतलाई नागरिक अधिकार ऐन, २०१२ अन्तर्गतको मुद्दा हेर्न दिने र पुनरावेदन अदालतलाई रिट क्षेत्र हेर्न दिनेजस्ता कतिपय सुझाव कार्यान्वयन भए पनि केन्द्रमा केन्द्रीकृत शासनसत्ताका पक्षधरको नै बाहुल्य रहेका कारण सर्वोच्च अदालतको इजलास पूर्व र पश्चिममा राख्ने सुझाव कार्यान्वयन हुन सकेन। द्वन्द्वकालमा नेपाली सेनाले पनि पूर्व, पश्चिम र मध्य गरी ३ वटा पृतना (डिभिजन) खडा गरेर काम गरेको थियो। यी सबै तथ्यबाट पूर्वमा विराटनगर, मध्यमा भरतपुर चितवन र पश्चिममा नेपालगञ्जमा ३ वटा उच्च अदालत कायम हुनसकेमा संख्या र क्षेत्राधिकारका दृष्टिले उच्च मर्यादायुक्त हुने र २०१६ सादेखिको नेपालीले गुमाएको आआफ्नो क्षेत्रीय स्तरमा उच्च तहमा न्यायिक सेवा प्राप्त गर्ने अभिलाषा पूरा हुने देखिन्छ। आफ्नो भौगोलिक क्षेत्रका दुनियाँका सबै देवानी तथा फौज्दारी मुद्दाको अन्तिम छिनोफानो र किनारा गर्ने प्रयोजनका लागि मुद्दाको अनुपातमा सर्वोच्च अदालतका न्यायाधीशसरहका मुख्य न्यायाधीशसहित आवश्यक संख्यामा अन्य न्यायाधीश र रजिस्ट्रारसहितको संरचना निर्माण गर्नु सान्दर्भिक देखिन्छ। त्यसको उदाहरण खोज्न दक्षिण छिमेकीकोमा पनि पुग्नुपर्दैन २०१५/१६ सालतिरको न्यायिक इतिहासमात्रै पल्टाए पनि पुग्छ।
पहिलेको संविधान सभाले स्थानीयस्तरमा स्थानीय अदालत रहनेसम्म त आकलन गरेको छ तर त्यो कस्तो हुने त्यसको आकारप्रकार के हुने, केही खोल्नसकेको देखिँदैन। विभिन्न जातजातिका आधारमा १४ वटा प्रदेश र थुप्रै स्वशासित गणराज्यको सिफारिस गरेको संविधान सभा यस विषयमा भने अन्योलमा परेको देखिन्छ। प्रदेशको मातहतमा बन्ने स्थानीय निकाय (स्वायत्त प्रदेश, गणराज्य वा त्यस्तै कुनै अङ्ग) मा १ /१ वटा राज्य अदालत स्थापना गर्न सकिन्छ। त्यसलाई आफ्ना मातहतको इलाका अदालतले छिन्ने मुद्दा र अर्धन्यायिक निकाय वा न्यायाधीकरण वा विषयगत अदालतले छिनेका मुद्दाको पुनरावेदन सुन्ने र गम्भीर प्रकृतिका फौज्दारी मुद्दाको सुरु कारबाही किनारा गर्नेसमेतको अधिकार प्रदान गर्नु उपयुक्त हुने देखिन्छ। जसमा मुद्दाको अनुपातमा आवश्यक संख्यामा विशिष्ट श्रेणीका न्यायाधीश रहने व्यवस्था गर्नु समयसापेक्ष हुने देखिन्छ।
जनताको पहुँच राज्यसम्म र राज्यको पहुँच जनतासम्म पुर्याकउनका लागि भइरहेको संरचना असफल भएको सिद्ध भइसकेको छ। विभिन्न कारणवश जिल्ला सदरमुकाम पुग्न नसक्ने जनता मुलुकमा लाखौंको संख्यामा छन्। त्यसलाई समाधान गर्न अहिलेको ७५ जिल्लालाई सरदर ४ खण्ड गरी ३०० वटा जति इलाका निर्माण गर्नुपर्ने देखिन्छ। त्यस्ता इलाका नेपालको इतिहासमा पहिले पनि थिए। त्यसमा स्थानीय नगरपालिका वा गाउँपालिका रहनेछन्। उदाहरणका लागि बृहत् चितवनका सन्दर्भमा हेर्दा पूर्वमा टाँडी, दक्षिणमा माडी, पश्चिममा नारायणीपारिको नवलपुर र बीचमा भरतपुरमा त्यस्ता इलाका रहन सक्छन्। त्यस्ता इलाकामा इलाका परिषद्, इलाका प्रशासनजस्तै इलाका अदालत हुन सक्छन्। त्यस्ता इलाका अदालतमा न्यायपालिकाको द्वितीय श्रेणीको अधिकृत वा १० वर्षसम्म न्याय कानुनको क्षेत्रमा काम गरेको कानुनमा स्नातक भएको व्यक्तिको अध्यक्षतामा स्थानीय भद्रभलाद्मी, दलित, महिला वा जनजातिसमेतको प्रतिनिधित्व गर्ने 'पारा लिगल' जस्तो आधारभूत तालिम प्राप्त व्यक्तिहरुको सूची तयार गरी सोमध्येबाट पक्षहरुले रोजेका १/१ जना सदस्य भएको इजलास गठन गर्ने। गम्भीर प्रकृतिका फौजदारी र वाणिज्य विषयका बाहेक आफ्नो क्षेत्राधिकारभित्रको अरु सम्पूर्ण मुद्दाको सुरु कारबाइ र किनारा गर्ने क्षेत्राधिकार दिन सकिन्छ। अन्य विभिन्न मुलुकमा प्रचलनमा रहेका 'स्मल केस कोर्ट, समरी ट्रायल कोर्ट, पिपुल कोर्ट, पार्टी केस कोर्ट, काउन्टी कोर्ट, लोक अदालत' ले जस्तै यस अदालतले पनि प्रभावकारी न्याय सम्पादन गर्न सक्ने देखिन्छ। यसबाट न्याय छिटोछरितो, कम खर्चिलो र समुदायमा आधारित भई प्रभावकारी हुनसक्नेछ।
अब न्यायालयमा नियुक्ति हुने न्यायाधीश तथा कानुन अधिकृतहरुको नियुक्ति, सरुवा, बढुवा र अन्य काम कारबाइका लागि प्रधान न्यायाधीशको अध्यक्षतामा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, महान्यायाधिवक्ता, केन्द्रीय बारका अध्यक्ष, सर्वोच्च अदालतको रजिस्ट्रार जनरल सदस्य सचिव रहने न्याय सेवा आयोग गठन गर्ने र त्यसको सिफारिसमा कम्तीमा १०/१५/२० र २५ वर्षको न्याय र कानुनको क्षेत्रमा अनुभव प्राप्त कानुनमा स्नातक व्यक्तिहरुमध्येबाट क्रमशः इलाका, राज्य वा विषयगत, उच्च र सर्वोच्च अदालतको न्यायाधीशमा प्रधान न्यायाधीशले नियुक्ति गर्ने व्यवस्था भएमा काम कारबाइमा एकरूपता देखिने र बुझाइमा पनि सरलता आउनेछ। यसबाट आस्थायुक्त न्यायपालिकाको परिकल्पना साकार गर्न सकिने देखिन्छ। यस क्षेत्रका सरोकारवालाको ध्यान त्यसतर्फ आकृष्ट हुन जरुरी छ।
न्यायाधीश, चितवन जिल्ला अदालत