स्वास्थ्य सेवाका चुनौती
२० कार्तिक २०७१
•
१३ मिनेट पाठ
स्वास्थ्य सेवाका चुनौती
राज्यले निश्चित 'छाप' वा 'स्टेन्सिल'का आधारमा काम गर्ने गर्छ तर देशका विभिन्न भूभागका यथार्थ भने राज्यका नियमले काटेको स्टेन्सिल वा प्रशासनले बनाएको छापसँग अमिल्दा पनि हुनेगर्छन्।
उपत्यकामा सञ्चालित कुनै जिल्लास्तरीय कार्यालय र तराईको कुनै त्यही स्तरको कार्यालय, अनि विकट पहाड र हिमालपारीका क्षेत्रसमेत हेर्नुपर्ने त्यस्तै कार्यालय सबैका निम्ति 'तोकिएका' कर्तव्य र अधिकारका क्षेत्रउस्तै नै हुन्छन्। तर जनजीवनको यथार्थलाई भने भौगोलिक, सांस्कृतिक, आर्थिकलगायतका विविधताले परिभाषित गरेका हुन्छन्।  यो विविधतालाई जति तरलता र लचकताका साथ सम्बोधन गर्नुपर्ने हो त्यति गर्नु राज्यका निम्ति जहिले पनि चुनौतीपूर्ण हुन्छ। कुनै पनि देशमा लोकतन्त्र कति विकसित, परिपक्व, सार्थक र क्रियाशील छ र राज्य कति उत्तरदायी छ भन्ने विषयको एउटा माप यो चुनौतीलाई कसरी र कत्तिको सामना गरिरहेको छ राज्यले भन्ने पनि हो। यही चुनौती सामना गर्न नै विकेन्द्रीकरण र संघीयताको आवश्यकता परेको हो। हुनत, संघीय, प्रान्तीय वा कुनै पनि स्तरका स्थानीय सरकार केन्द्रीकृत राज्यको जडताका तुलनामा अपेक्षाकृत लचिला हुनसक्छन् तर तिनका पनि आफ्नै 'स्टेन्सिल' र 'छाप' हुन्छन्, बन्छन्। तिनमा पनि त्यो सिर्जनशील तरलताको अभाव हुन्छ नै। राज्यले त मूल दिशाको निर्धारण गर्ने हो। निश्चित कालखण्डका निम्ति राष्ट्रले छानेको प्रगतिको दिशातर्फ उन्मुख हुनका निम्ति जनतालाई सहजीकरण, सशक्तीकरण र सुरक्षा प्रदान गर्ने हो। अग्रगामी यात्राको निरन्तरताका निम्ति र अराजकता नहोस् भनेर नियमन गर्ने हो। विविधतालाई सम्बोधन गर्न जहिले पनि विभिन्न स्वरूपका नागरिकका समूहको, नागरिकका प्रयत्नको, 'गैरराज्य पात्रहरू'का यत्नको आवश्यकता पर्छ। किनभने राज्यमा हुन नसक्ने तरलता नागरिक समाजमा हुन्छ। प्रशासनिक तथा कानुनी संरचना र गतिविधिको शुष्कताले पुग्दैन, हुँदैन। जनताका आकांक्षा अभिव्यक्त हुने र सिर्जनशीलताले ठाउँ पाउने विभिन्न माध्यमको आवश्यकता पर्छ। 
यो सत्य स्वास्थ्य सेवाका क्षेत्रमा टड्कारो रूपमा प्रतिविम्बित भइरहेको छ। 
केही दशक यता स्वास्थ्य सूचकांकमा भएको प्रगतिका कारण गरिब देशका बीचमा नेपालको राम्रै अनुहार देखिएको छ। यसका निम्ति गाउँगाउँमा कार्यरत महिला स्वास्थ्य स्वयंसेवीहरूको ठूलो योगदान छ। यो एउटा उदाहरण हो – राज्यको सहजीकरणमा, सशक्तीकृत जनताको पंक्तिले देशका निम्ति गरेको उपलब्धिको। राज्यको आफ्नो जडता त जहिले पनि हुन्छ नै। एक किसिमले अपरिहार्य जस्तै हुन्छ यो ­ त्यो उसको बाध्यता हो। विशेष परिस्थितिमा लोकतान्त्रिक यात्राका निम्ति नै बाधक बन्नसक्ने आफ्नो यो बाध्यतामाथि विजय प्राप्त गर्न जनताको सशक्तीकरण गर्ने, जनताको सिर्जनशीलतालाई सहजीकरण गर्ने काम जति राम्रोसँग राज्यले गर्न सक्छ, त्यो त्यति नै लोकतान्त्रिक हुने हो। तर आफैँले प्राप्त गरेका स्वास्थ्य स्वयंसेवीको सशक्तीकरण जस्ता सकारात्मक अनुभवमा टेकेर अझ अगाडि बढ्न अक्षम हुनु वा अनिच्छा हुनुले भने राज्यको लोकतान्त्रिक यात्रामा गतिरोध भएको देखाउँछ। जनताका आवश्यकता, आकांक्षा र सिर्जनशीलताप्रति उदासीन नै हुने हो भने त राज्य अलोकतान्त्रिक नै हुँदैगएको संकेत दिन्छ।
बितेका वर्षहरूमा स्वास्थ्य सूचकाङ्क केही सप्रिए पनि स्वास्थ्य सेवाको स्तर, स्वास्थ्य प्रणालीमा रहेका कमजोरी, र स्वास्थ्य सेवामा जनताको पहुँचमा रहेको असमानताले आँखा बिझाउँछन्। धेरै कुरामा मेहनत गर्न बाँकी छ। केही कुरामा त पटक्कै ध्यान पुग्नसकेको छैन। कम जनसंख्या भएका, छरिएर बसेका, उच्च पहाडी भेगका पातला गाउँमा स्वास्थ्य सेवा कसरी पुर्यानउने भन्ने बारेमा ध्यान नपुग्नु एउटा उदाहरण हो। कम जनसंख्या भएका कारण गह्रौं तथ्याङ्क ननिस्कनाले होला, यस्ता गाउँमा न राज्यको, न शिक्षण संस्थाको, न त जनस्वास्थ्यकर्मीकै धेरै चासो देखिन्छ। व्यापारीले त झन् चासो लिनै कुरै भएन। स्वास्थ्य सेवामाथि यस्ता दुरदराज गाउँमा रहने जनताको अधिकार त्यत्तिकै कुण्ठित भइरहेको छ। 
स्वास्थ्य मन्त्रालयमातहतको राष्ट्रिय स्वास्थ्य सेवा सञ्जालको संरचनालाई नराम्रो भन्न मिल्दैन। कुनै न कुनै रूपमा त्यसको निरन्तर परिमार्जन पनि भइरहेको छ। कार्यान्वयनको समस्या भने सधैँ नै रहिआएको छ, र त्यो यथावतै छ। त्यसभन्दा पनि दुर्भाग्यपूर्ण विषय भने विविधतालाई सम्बोधन गर्ने कुनै दृष्टि छैन, कुनै दिशाबोध छैन। केन्द्र, क्षेत्र, जिल्ला, इलाकाआदि हुँदै भित्रबाट बाहिरतिर फैलिएको परम्परागत ढाँचामा बनेको छ हाम्रो सरकारी स्वास्थ्यसेवा संजाल। यो ढाँचा विश्वव्यापी नै हो र तर्कसंगत छैन भन्न मिल्दैन। तर ढाँचा भन्ने बित्तिकै त्यसमा लचकता र तरलताको अभाव हुन्छ नै। उदाहरणका लागि, उच्च पहाडी क्षेत्रमा पुगेका जो कोहीलाई पनि थाह छ, जम्मा दुई सयदेखि हजार बाह्रसयसम्म जनसंख्या भएका पहाडी गाउँ जताततै छरिएर रहेका छन्। एउटा गाउँबाट अर्को गाउँमा पुग्न उकाली र ओराली गर्दै घन्टौं समय बिताउनुपर्छ। त्यस्तो भौगोलिक स्थितिमा कुनै पनि गाउँ व्यावहारिकरूपमा सबैका लागि 'केन्द्र' बन्न सक्दैन। हिमालपारिका गाउँका निम्ति त हरेक दृष्टिले अझ ठूलो चुनौती हुन्छ। यस्तो यथार्थमा, मूल ढाँचाभन्दा फरक रणनीति नखोज्ने हो भने ती दूरदराजका बासिन्दाका निम्ति स्वास्थ्य अधिकार सधैं अमूर्त र अप्राप्य नै रहिरहनेछ। त्यसैगरी, तराईमा स्वास्थ्य सेवाका चुनौती अर्कै प्रकृतिका छन्। उकालीओराली नहुँदैमा विकटता छैन भन्न मिल्दैन। तराईमा पनि सडक नपुगेका ठाउँ प्रशस्त छन्। बर्खाको मौसममा बाँकी विश्वबाट नै अलगिएर बस्नुपर्ने स्थिति पनि छ कति ठाउँमा। त्यहाँ झन् डरलाग्दो असमानता पनि छ। यसैले, तराईका स्वास्थ्य समस्यालाई सम्बोधन गर्न त्यसै अनुरूपको रणनीति चाहिने हुन्छ। भन्ने नै हो भने सहरका गरिब र तिनका बस्तीका समस्या पनि कम डरलाग्दा छैनन्। र, तिनलाई सम्बोधन गर्ने रणनीति फेरि आफ्नै किसिमको हुनु जरुरी छ। 
'पोलिटिकल्ली करेक्ट' हुने नाउँमा भए पनि हालसाल जनताका केही उल्लेख्य स्वास्थ्य समस्या सम्बोधित हुनथालेका छन्। विविध कारणले विदेशी दाताको चासोभित्र पर्न पुगेका यस्ता स्वास्थ्य समस्या सम्बोधित हुनथाल्नु पनि निश्चय नै राम्रो हो। तर यथार्थमा आधारित हाम्रो आफ्नो स्पष्ट दृष्टि नहुँदा कतिपय नीति 'फेसन'मात्र बन्न पुग्ने डर हुन्छ। एउटा उदाहरण ­ महिलाको 'आङ झर्ने' समस्याको सम्बोधन त हुन थाल्यो तर त्यो सम्बोधनसँगै भित्रैको भ्रष्टाचार र सिङ्गो परिवारको समग्र स्थितिलाई समेत हेर्ने सामाजिक दृष्टिकोणको अभावमा, नितान्त यान्त्रिक किसिमले 'पाठेघर' लाईमात्र देख्ने प्रवृित्तले हुनुपर्ने जस्तो नतिजा हात लागिरहेको छैन। 
दूरदराजका पहाडी गाउँमा पनि जीवन रक्षाका निम्ति शल्य चिकित्सालगायतका स्वास्थ्यसेवा पुर्यानउन सम्भव होला कि नहोला भन्ने प्रश्न बोकेर पंक्तिकार बेलाबेलामा निस्कन थालेको केही समय भयो। तर पनि, यो चुनौतीको सामना गर्न र उल्लेख्य उपलब्धि हुने गरी अझै केही हुन सकिरहेको छैन। राज्य र राज्येतर सरोकारवालाको बीचमा सार्थक संयोजन, सहयोग र सहकार्य नभई नयाँ उपलब्धि हुन सत्तै्कनन्। यस किसिमको लोकतान्त्रिक सहकार्य हुनसक्यो भने असम्भव ठानिएका धेरै कुरा पनि सम्भव हुन सक्छन्। भौतिक संरचनामा अत्यावश्यकमात्र खर्च गरेर अधिकतम प्राविधिक क्षमता, उत्तरदायित्व र जनताको प्रत्यक्ष सहभागिताका आधारमा दूरदराज ग्रामीण इलाकामा पनि उच्चस्तरीय स्वास्थ्यसेवा पुर्या,उन सकिन्छ भन्ने अनुभवजन्य तथा तार्किक आधार प्रशस्त छन्। तर कर्माचारीतन्त्रको निश्चित ढर्रा, राजनीतिज्ञमा प्रायः देखिने न्यूनश्रवणक्षमता र माथि बारम्बार उल्लेखित सकारात्मक र सार्थक लचकता र तरलताको अभावमा सिर्जनशीलता कुण्ठित हुनु अस्वाभाविक हैन। तथ्यगत यथार्थमा आधारित रहेर परिस्थितिले माग गरेअनुसारको नयाँ किसिमका स्वास्थ्यकर्मी तयार गर्न आवश्यक छ। सिर्जनशील भएर भौगोलिक, सामाजिक, नृशास्त्रीय यथार्थका आधारमा नयाँ प्रविधि भित्याउनु आवश्यक छ। सूचना प्रविधिको अधिकतम प्रयोग नगरी हुँदैन। यस्ता विषयमा विभिन्न किसिमका कर्मचारीतन्त्रका बाधा हटाउने राजनीतिक इच्छाशक्ति चाहिएको छ।
धैर्यका साथ पर्खौं सुन्नेले एकदिन सुनि हाल्लान् कि त! गमलामा बीउ रोप्ने आफ्नो काम त जिम्मेवार नागरिकले गरेकै छन्, गरी नै रहन्छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस