सिंगापुर यात्रा
०७ मंसिर २०६६
•
८ मिनेट पाठ
सिंगापुर यात्रा
'म कहाँ छु?' प्रथम पुरुषले द्वितीय पुरुषलाई देखेर सोध्नु भो - 'यो कुन ठाउँ हो?' 'सिंगापुर।' द्वितीय पुरुषले जवाफ दिनु भो - 'तपाईँ सिंगापुरको अस्पतालमा हुनुहुन्छ।' 'तपाईँ चाहिँ कहाँ हुनुहुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'काठमाडौँ कि सिंगापुर?'
'म पनि सिंगापुरमै छु' द्वितीय पुरुष हाँस्नु भो- ' प्रत्यक्ष देख्नु भएन! '
'म पनि सिंगापुरमा।' प्रथम पुरुषले भन्नु भो - 'तपाईँ पनि सिंगापुरमा' त्यसपछि सोध्नु भो- 'नेपालमा को छन् त?'
'नेपाली जनता' द्वितीय पुरुषले जवाफ दिनु भो- 'ती चाँहि त्यतै छन्।'
'तपाईँ किन यहाँ त?' प्रथम पुरुषले सोध्नु भो- 'म पो उपचार गर्न आएँ।'




'म पनि उपचारकै लागि हो।' द्वितीय पुरुषले भन्नु भो- 'मलाई पनि तपाईँलाई जस्तै बिरामी छ। '
'के हुन्छ?' प्रथम पुरुषले सोध्नु भो- 'श्वास-प्रश्वासको समस्या हो?'
'होइन।' द्वितीय पुरुषले भन्नु भो- 'मेरो समस्या बेग्लै छ। '
'त्यसो भए कसरी मेरो जस्तो बिरामी भयो त?' प्रथम पुरुषले प्रश्न गर्नु भो - 'के हुन्छ भन्नोस् त?'
'तपाईँलाई पहिले भए जस्तै त हो नि।' द्वितीय पुरुषले स्मरण गराउनु भो- 'तपाईँलाई के हुन्थ्यो संझनोस् त!'
मैले विर्सिएँ।' प्रथम पुरुषले भन्नु भो- 'मेरो पछाडि फर्किने बानी छैन।'
'संझने कोसिस गर्नोस् न।' द्वितीय पुरुषले अनुनय गर्नु भो- 'अहिलेको होइन पहिलेको बिरामी संझनोस्।'
'कति सालतिरको?' प्रथम पुरुषले भन्नु भो- 'मिति भन्नोस् म संझने प्रयास गर्छु।'
'मध्यावधि चुनावपछि।' द्वितीय पुरुषले खुलाउनु भो- 'हामी जतिबेला जनयुद्धको तयारीमा थियौं।'
'त्यसबेला म बिरामी थिइन।' प्रथम पुरुषले संझनु भो- 'शारीरिकरूपले त स्वस्थै थिएँ।
'मैले शारीरिक स्वास्थ्यको कुरो गरेको होइन।' द्वितीय पुरुषले अलि हच्केर भन्नु भो- 'तनको होइन मनको बिरामीबारे सोधेको।' थप्नु भो- 'संझनोस् त त्यस बेला तपाईँलाई कस्तो रोग थियो?'
'मनमोहनजी प्रधानमन्त्री थिए।' प्रथम पुरुषले संझने कोसिस गर्नु भो- 'म महाराजगंजमा बस्थें।'
'हो त्यसबेलाकै कुरा।' द्वितीय पुरुषले भन्नु भो- 'हामी चाँहि जंगल पस्ने तयारीमा थियौं।'
'मलाई त्यसबेला जो देखे पनि ढाल्ििदउँ जस्तो लाग्थ्यो।' प्रथम पुरुषले संझनु भो- 'विशेषगरी सरकार ढाल्न मन लाग्थ्यो।' थप्नु भो- 'सरकार नढालुन्जेल निन्द्रै नपर्ने, खानै नरुच्ने हुन्थ्यो।'
'ढाली सकेपछि चाँहि सञ्चो हुनुहुन्थ्यो होला' द्वितीय पुरुषले सोध्नु भो- 'हो कि होइन?'
'हो।' प्रथम पुरुषले भन्नु भो - 'मनमोहनजीको सरकार मैले 'फू' गरेर ढालें। त्यसपछि सञ्चले निन्द्रा लाग्यो।'
'ठीक्!' द्वितीय पुरुषले भन्नु भो- 'मलाई अचेल त्यस्तै हुन्छ। जो देखे पनि ढाल्न मन लाग्छ।' अनुरोध गर्नु भो- 'मलाई पनि सरकार ढालेर संचो हुने मन छ।'
'यसका लागि बेग्लै दबाई गर्नुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'यस अस्पतालमा त्यस्तो रोगको उपचार हुँदैन।'
'त्यसका लागि चाँहि के गर्नुपर्छ?' द्वितीय पुरुषले भन्नु भो- 'हामी जे सुकै गर्न तयार छौँ।'
'प्रभुको शरणमा जानुपर्छ।' प्रथम पुरुषले भन्नु भो- 'दान दक्षिणा गर्नुपर्छ।'
'प्रभु कहाँ भेटिनु हुन्छ?' द्वितीय पुरुषले सोध्नु भो- 'तपाईँले के गर्नु भएको थियो?'
'छिमेकमा।' प्रथम पुरुषले भन्नु भो- 'त्यहाँका प्रभुलाई दान दक्षिणा गरेपछि तागत प्राप्त हुन्छ।'
'मैले प्रभुलाई वचन दान गरें।' प्रथम पुरुषले भन्नु भो- 'प्रभुले मलाई सरकार ढाल्ने आशीर्वाद दिनुभयो।' सुझाव दिनुभयो - ' तपाईँ पनि प्रभुलाई भेट्न छिमेकतिर लाग्नोस्।'
'यो तत्काल संभव छैन गिरिजा बाबु।' द्वितीय पुरुषले भन्नु भो- ' छिमेकी प्रभु मसँग रिसाउनु भएको छ।'
'जसरी पनि खुसी पार्नोस्।' प्रथम पुरुषले भन्नु भो- ' तपाईँको बिरामीको दबाई त्यही हो।'
'त्यो मैले पनि महसुस गरेको छु।' द्वितीय पुरुषले भन्नु भो- 'तर प्रभुहरू भेट्नै मान्दैनन्।' सोध्नु भो- 'यसको उपाय के छ?'
'एउटा उपाय छ।' प्रथम पुरुषले एकक्षण सोचेर भन्नु भो - ' एकजना मुनिजी यहाँ आएका छन्, उनलाई भेट्नोस्।'
'को हुन ती मुनि?' द्वितीय पुरुषले सोध्नु भो- 'उनले उपचार गर्न सक्लान्?'
'ती प्रभुका दूत हुन्, हाम्रा डाक्टर पनि हुन्।' प्रथम पुरुषले भन्नु भो- 'तिन्को नाम डाक्टर एस. डी. मुनि हो।'
'मैले चिनेका मान्छे रहेछन्।' द्वितीय पुरुषले भन्नु भो- ' म तिन्लाई अवश्य भेट्छु।' त्यसपछि उहाँले मुनिजीलाई भेटनु भो। डा. शेखर कोइरालाको पहलमा द्वितीय पुरुषका बिरामीका बारेमा छलफल भयो।
'हाललाई यो पाचक सेवन गर्नोस्।' मुनिजीले द्वितीय पुरुषलाई एउटा पुडिया दिदै भन्नु भो- 'यसले शक्ति दिन्छ।'
'प्रभुमाथि भरोसा राख्नोस्।' मुनिजीले सल्लाह दिनुभो- 'नियमित सेवनले पाचन शक्ति बढाउँछ।'
'प्रभु अर्कापटि्ट लागेको सुन्छु।' द्वितीय पुरुषले अनुरोध गर्नु भो- 'मपटि्ट लगाई दिनुपर्‍यो।'
'म कोसिस गर्छु।' मुनीजीले भन्नु भो- 'तपाईँको भक्तिमा सबै निर्भर छ, जस्ले बढी भक्ति गर्छ प्रभुले उसैको कल्याण गर्नु हुन्छ।'
'प्रभुको जय होस्।' द्वितीय पुरुषले सोध्नु भो- 'अब म जाउँ?' मुनिजीले हुन्छ भन्ने संकेत गर्नु भएपछि द्वितीय पुरुष हान्निएर नेपाल फर्किनु भो।
अर्को समाचार
नेपालको विश्वकप यात्रा : पहिलो सहभागितामै बनेको पहिचान
१८ साउन २०६९
•
७ मिनेट पाठ
नेपालको विश्वकप यात्रा : पहिलो सहभागितामै बनेको पहिचान
विनोद पाण्डे- आइसिसी यु-१९ विश्वकपमा छनोट हुने आशा बोकेर नेपाली टोली सिंगापुर यात्रामा निस्केको थियो। हङकङमा सन् १९९७ मा भएको युथ (युथ) एसिया कपमा नेपालको यात्रा समूह चरणभन्दा माथि उठ्न सकेको थिएन।




 
उमेर समूहको पहिलो सहभागिताले नेपाललाई धेरै पाठ सिकाएको थियो। अन्तर्राष्ट्रिय एक्सपोजरले खेलाडीको आत्मविश्वास बढाएको थियो। कप्तान विनोद दास र उपकप्तान राजु बस्नेत जस्ता खेलाडी दोस्रोपटक टोलीमा परेकाले नेपाली टोली अनुभवी पनि बनेको थियो।
सिंगापुरका शीर्ष दुई टोली यु-१९ विश्वकपमा छानिन्थे। बंगलादेशले टेस्ट खेल्न मान्यता पाइसकेको थिएन र एसिसीकै प्रतियोगितामा खेलिरहेको थियो। त्यसैले नेपालसहित अन्य टोलीले दोस्रो स्थानमै आँखा लगाएका थिए। मौसमले कसैलाई सजिलो हुन दिएन।
सुनोज भट्टराईको प्रशिक्षणमा रहेको नेपालले पनि प्रतिद्वन्द्वीसँग भन्दा मौसमसँगै जुझ्नुपर्‍यो। वर्षाले प्रभावित पारेको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ७ विकेटले पराजित गर्‍यो। सिंगापुर र पपुवा न्युगिनीसँगको खेल कुनै बल नखेली रद्द भएपछि नेपाल सेमिफाइनललाई छानियो।
वास्तविक परीक्षा नेपालका लागि सेमिफाइनल बन्यो, जहाँ नेपाल मलेसियामाथि १ विकेटको विजयसहित पहिलोपटक यु-१९ विश्वकपमा छानियो। उपाधि भिडन्तमा बंगलादेशसँग पराजित भए पनि फाइनल पुग्दै विश्वकप छनोट भएर नेपालले सिंगापुर यात्राबाट उद्देश्य पूरा गरिसकेको थियो।
श्रीलंकामा यु-१९ विश्वकप खेल्नु ५ हप्ताअघि नेपालले विदेशी प्रशिक्षक पाकिस्तानका हारुन रशिदलाई झिकायो। नेपालको उमेर समूह हेर्न आउने उनी पहिलो विदेशी प्रशिक्षक थिए। अस्ट्रेलियाका महान हस्ती बब सिम्पसन पनि आइसिसीको कार्यक्रम लिएर काठमाडौं आउँदा नेपाली यु-१९ टोलीलाई १२ दिन हेरे। तोकिएको उमेरभित्र परेपछि युनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, दीपेन्द्र चौधरीजस्ता खेलाडीलाई नेपाली टोलीलाई समावेश गरिएको थियो।
प्रतिकूल मौसमको फाइदा नेपालले यु-१९ विश्वकपमा पनि उठायो। दक्षिण अफ्रिका र पाकिस्तानसँगको समूह चरणको नेपालको खेल रद्द हुन पुग्यो। टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ज्याक रूडोल्फको १ सय ५६, ग्रिम स्मिथको ७४ र जोनाथन ट्रोटको ३९ रनमा ५ विकेट गुमाई २ सय ९५ रन बनायो। नेपालले १२ ओभरमा २४ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। वर्षाले थप खेल हुन दिएन। पाकिस्तानसँगको खेल एक बल नै नफ्याँकी रद्द भएको थियो।
केन्यासँगको समूह चरणको अन्तिम खेल नेपालका लागि निर्णायक बन्यो। नेपालको इनिङ १ सय ७ रनमै समेटियो। महबुव आलमले बनाएको १५ रन नेपाली खेलाडीको उच्च स्कोर थियो। तिनै महबुव र विनोद दासले ३-३ विकेट लिएपछि केन्यालाई ९३ रनमा सीमित गरी नेपाल सुपर लिगमा छानियो। नेपाल सुपर लिगमा पुग्ने अहिलेसम्मकै एकमात्र टेस्ट नखेल्ने राष्ट्र हो।
सुपर लिगमा नेपाल तीनै खेलमा पराजित भयो। भारतसँग ८ विकेट, आयोजक श्रीलंकासँग ९ विकेट र इङ्ल्यान्डसँग ६४ रनले पराजित भयो। यु-१९ विश्वकप खेलेको त्यो टोलीका ११ खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरे।
'पहिलो पटक खेल्न लागेकाले दबाब भन्ने केही थिएन, मलाई लाग्छ त्यो नेपालको यु-१९ को सबैभन्दा राम्रो टोली थियो। सोहीअनुरुप वरियताका हिसाबले नेपालले सबैभन्दा राम्रा नतिजा निकाल्यौं,' विनोद दास पहिलो विश्वकप खेलेको संस्मरण गर्दै भन्छन्, 'मैले त्यसपछि अर्को यु-१९ विश्वकप पनि खेलें। त्यतिखेर मैले सन् २००० मा हाम्रो तयारी नपुगे जस्तो महसुस गरेँ। हाम्रो हारमा अन्तर धेरै फराकिलो थियो।' 

xtypo_rounded2}

नेपाली अम्पाएर अष्ट्रेलिया जाँदै
नेपाली अम्पायर बुद्धिबहादुर प्रधान आइसिसी यु-१९ विश्वकप क्रिकेट खेलाउन शुक्रबार अस्ट्रेलिया जादैछन्। उनले चौथो पटक यु-१९ विश्वकप खेलाउन लागेका हुन्। २००५ मा आइसिसी एसोसिएट एन्ड एफिलिएट प्यानेलमा आबद्ध भएपछि प्रधानले २००६ मा श्रीलंका, २००८ मा मलेसिया र २०१० मा न्युजिल्यान्डमा भएको यसअघिको तीन विश्वकपमा अम्पायरिङ गरेका थिए। इङ्लिस काउन्टी र नेदरल्यान्डमा घरेलु टोली र युएई बीच भएको एक प्रथम श्रेणी र दुई आधिकारिक एकदिवसीय खेल खेलाएर प्रधान अघिल्लो साता मात्र नेपाल फर्केका थिए।
उनी बाहेक चार सदस्यीय चार सदस्यीय नेपाली टोली पनि शुक्रबार अस्ट्रेलिया जाने छन् जसमा खेलाडीहरु अविनाश कर्ण, सौरभ खनाल, रामनरेश गिरी तथा सहायक प्रशिक्षक जगत टमाटा छन्। दिल्लीस्थित अस्ट्रेलियाली दूतावासले भिसा रोकेपछि अविनाश, सौरभ र रामनरेश विनै नेपाली टोली गत शुक्रबार अस्ट्रेलिया उड्नु परेको थियो।
अगस्ट ११ बाट वि्रसवेनमा सुरु हुने यु-१९ विश्वकपमा नेपाल समावेश समूह 'ए' मा आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड र आयरल्यान्ड छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस