जुनसुकै विषयमा जुनसुकै बेला आफ्नो धारणा, मन्तव्य र सुझावआदि प्रस्तुत गर्नसक्ने औसतविज्ञको देशमा संस्थागत प्रतिनिधित्व गरिँदा धेरैको विचार समावेश भएको विश्वास गरिन्छ।यस्तोमा विषयको अन्तरवस्तुमा प्रवेश गरेर संस्थाको हितनिमित्त गम्भीर भएको अर्थ लाग्छ। यस्तोमा अतिवादी सोच राखिएमा चाहिँ देशको वर्तमान वस्तुस्थिति तथा संस्थागत विधिशास्त्रप्रति बेवास्ता गरिने सम्भावना भने रहन्छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले न्याय प्रणालीबारे गरेको छलफलमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित पाँच जना न्यायाधीशले लिखितसुझाव पेस गरेको समाचार सार्वजनिक भएको छ। लिखितसुझाव पेस गरिएकोले छलफलमा व्यक्तिगत तार्किक पुष्ट्याइँ गरिएन होला। अदालतभित्रै गहन तथा विस्तृत छलफल गरिएर सुझाव तयार भएको अपेक्षा गरिएको र संस्थाप्रमुख स्वयम्को उपस्थितिमा अरूले बौद्धिक प्रतिभा देखाउँदै तर्क प्रस्तुत गर्ने संस्कृति हामीकहाँ त्यति विकास भइसकेको पाइन्न। संस्थागत प्रतिनिधित्व हुनेगरी लिखित सुझाव पेस गर्ने यस्ता कार्यप्रति सदाशय राख्नुपर्ने हुन्छ।
सुझावपत्रले एउटा विवादित विषयमा ‘आइसब्रेक' गर्ने प्रयास गरेकोछ। न्यायपालिका स्वतन्त्र हुनुपर्छ भन्ने मूलभूत मान्यतापछाडि यसलाई राजनीतिक दबाब तथा प्रभावबाट मुक्त राख्नु हो। तर न्याय परिषद्मा ४०/६० को प्रतिशतमा राजनीतिक व्यक्तिको बाहुल्य न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर चुनौती हो। निजहरुको राजनीतिक भूमिका र कार्यशैलीले गर्दा न्याय प्रणाली, न्यायपालिका तथा न्यायाधीशको छवि र साख आज इतिहासमै अति विवादित भएको छ। यसरी व्यवहारतः न्यायपालिका आन्तरिक षड्यन्त्र तथा राजनीतिक चलखेलको अखडा बनेको छ। यही र यस्तै पीडानुभूति गरिएको अर्थमा भावी संविधानमा न्याय परिषद्मा कानुन व्यवसायीको भूमिका शून्य गर्ने प्रस्तावना टोलीको छ।
अधिकांश कानुन व्यवसायीको आबद्धता कुनै न कुनै राजनीतिक दलसँग हुनु र सरकार हाँक्ने राजनीतिक दलसित आबद्ध वकिल नै पार्षद हुँदै आएकोमा विवाद छैन। दलगत विचारका भरियाले स्वतन्त्र भूमिका निर्वाह गर्नेछन् भनेर अपेक्षा गर्नु बालुवाबाट घर बनाउनुजस्तै हो। स्वतन्त्र न्यायपालिकाको सच्चा पहरेदार मानिने नेपाल बारले राजनीतिभन्दा न्यायालयप्रति समर्पित हुन यसबाट पाठ सिक्नुपर्ने हो कि! त्यस्ता पार्षदको भूमिकाको जवाफस्वरूप यसप्रकारको प्रस्ताव आएको छ। परिषद्मा प्रधान न्यायाधीश र सदस्यको हैसियतमा रहेका वरिष्ठतम् न्यायाधीशको भूमिका पनि प्रशंसनीय, उल्लेख्य वा निष्पक्ष नरहेका समाचार सार्वजनिक भइरहेकै छन्। निजहरूको निष्पक्षतामा उठेको प्रश्नको उत्तर दिन उनीहरू पनि तयार हुनुपर्छ। परिषद्को अध्यक्ष तथा सदस्य हुनुको अर्थ न्यायाधीशको निष्पक्ष भूमिकाबाट उन्मुक्त हुनु होइन। पदमा बहाल रहेसम्म जुनसुकै भूमिकामा पनि निजबाट निष्पक्षताकै अपेक्षा राखिन्छ।
नेपाल अधिराज्यको संविधान, २०४७ मा ‘कानुनविद' सदस्य रहने न्याय परिषद्को परिचयमा राजनीतिक भूमिका सशक्त र प्रभावकारी बनाउन सरकारी र नेपाल बारको प्रतिनिधि गरी दुईजना कानुन व्यवसायीलाई परिषद्मा राखिएको पाइन्छ। निजहरूको उपस्थिति र भूमिकाबाट न्यायपालिकाको स्वतन्त्रतामा आँच पुगेको अर्थ लगाउने गरिएको छ। कानुनविद्को उपस्थितिलाई इन्कार गर्दा सो हैसियतमा पहिलो सदस्य शम्भुप्रसाद ज्ञवालीको मानमर्दन हुनसक्छ। कानुनविद र कानुन व्यवसायीको विकल्पमा स्वतन्त्र व्यक्तिमध्येबाट संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एकजना सदस्य रहने प्रस्ताव राखेको पाइन्छ। न्याय तथा कानन क्षेत्रसम्बद्ध कानुनविद तथा कानुन व्यवसायीको विकल्प ‘स्वतन्त्र व्यक्ति' भनिँदा विदेशका अदालतमा कुनै पनि क्षेत्रका व्यक्ति अदालती सुनवाइमा ‘जुरी सदस्य' बनाइने प्रणालीको नक्कल गरिएको हो भने ‘जुरी' बारेमा थप अध्ययन गर्नु बेस हुनेछ। न्याय परिषद् भनेको जुरी व्यवस्थापन होइन र न्यायाधीश सिफारिस गर्नु भनेको सुनवाइमा प्रमाण विश्लेषण गर्नुजस्तो पनि होइन। सम्भावित व्यक्तिको योग्यता, इमानदारी, योगदान, नैतिकता, राजनीतिक दलविमुखताजस्ता विषयमा निष्पक्ष विवेचना र विश्लेषण गर्ने कार्य सम्बन्धित क्षेत्रको ज्ञान नभएका ‘स्वतन्त्र व्यक्ति' बाट कदाचित सम्भव छैन। कानुनविद् र राजनीतिक दल निस्पृह कानुन व्यवसायीको विकल्प यसरी खोज्नु उचित हुँदैन। स्वतन्त्र कानुनविद् तथा कानुन व्यवसायीको अनिकाल अहिले नै परेको ठान्नु न्यायाधीशको दृष्टिभ्रम मानिन सक्छ।
अब सर्वोच्च अदालतमा सोझै कानुन व्यवसायीमध्येबाट न्यायाधीश नियुक्त नगरिने प्रस्ताव आएको छ। विगतमा न्याय परिषद् दिवसमा अदालतलाई प्रयोगशाला बनाइनु हुँदैन भनेर धारणा व्यक्त गर्ने रामकुमारप्रसाद शाह प्रधान न्यायाधीश भएकाले यस्तो प्रस्ताव अनपेक्षित होइन। वकिलबाट गएका व्यक्तिको ‘पर्फरमेन्स' प्रतिको असन्तोषस्वरूप यो प्रस्ताव आएको हुनसक्छ। अभिलेख अदालतमा कानुनी विधिशास्त्र, कार्यविधिजस्ता विषयमा ‘लोटोकेसेरो' हैसियतका व्यक्ति न्यायाधीश भइदिँदा ‘न्याय' आफैँमा सन्देहास्पद बन्न सक्नेछ। क्रमशः सिक्दै दक्ष बन्न सर्वोच्च अदालतमा न्यायाधीश हुन सुहाउँदैन। राजनीतिक दलसित आत्मसमर्पण गर्ने प्रधान न्यायाधीशकै लाचारीमा यस्ता व्यक्ति नियुक्त हुन्छन् भनिँदा अन्यथा हुँदैन। यस मोडमा आइपुग्दा सम्बन्धित प्रधान न्यायाधीशले पनि आत्मालोचना गर्नु आवश्यक हुन्छ।
पुनरावेदन तथा प्रस्तावित प्रादेशिक सर्वोच्च अदालतका मुख्य न्यायाधीशमात्र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुने प्रस्ताव गरिएको छ। धेरै मुलुकमा उच्च अदालतमा वकिलमध्येबाट केही न्यायाधीश नियुक्त हुन्छन् र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा तिनैमध्येको बाहुल्य रहन्छ, तर उच्च अदालतमा न्यायाधीश नियुक्त हुने वकिलको योग्यता, योगदान, पेसागत इमानदारीजस्ता विषयमा अति गम्भीर भइन्छ। यस्तो दृष्टान्त हामीकहाँ प्रत्युत्पादक हुने डर रहन्छ। कालजयी फैसला हुन नसकेको वर्तमान कालखण्डमा सेवाभित्रका न्यायाधीशमात्र योग्य, निष्पक्ष, सक्षम तथा निर्भीक छन् भनिने आधार र कारण के हुन् त? निजहरू कत्तिको अध्ययनशील छन् भनेर कसरी जानिने हो? हरगोविन्द सिंह प्रधानपछि कुन न्यायाधीशले कति र कस्ता पुस्तक पुस्तकालयबाट लगेकाछन् भनेर अभिलेख हेरिएमा स्पष्ट हुन्छ। न्यायाधीशनिर्मित फैसलामा बौद्धिक स्तर परीक्षण गरिँदा कति सफल छन् भनेर निष्पक्ष छानबिनको खाँचो महसुस गरिएको विषयलाई अन्यथा भन्न मिल्दैन।
सुझावपत्रले न्यायालयमा भ्रष्टाचार हुन्छ भन्ने सन्देश प्रवाह गर्नु न्यायपालिकाको सन्दर्भमा सुखद मानिदैन। न्यायालयमा भ्रष्टाचार हुन्न भनिने सदाचार साभार गर्न सक्नुपर्ने हो! जेहोस् त्यसरी हुने भ्रष्टाचारको निस्पक्ष छानबिन हुने प्रस्ताव आउनुलाई स्वागतयोग्य कार्य मानिन्छ। इमान्दारीसाथ जवाफदेही बहन नगरे, खराब आचरण वा कार्यक्षमता अभाव भए वा अनुशासन पालन नगरे छानबिन र अनुसन्धान गरी पदमुक्त गर्न वा अन्य आवश्यक सिफारिस गर्न आयोगको आवश्यकता देख्नु भनेको आत्मविश्वास र इमानदारीको प्रतिफल मान्नुपर्छ। नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गर्दा भारतीय मुद्रालाई बास्केटमा नराखेजस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान र अभियोजन गर्ने बास्केटबाट अदालतलाई मुक्त गरिएको छ। यसो हुनु पछाडिका कारण धेरै होलान् तर नियुक्त हुनुभन्दा पाँच वर्षअघिदेखि कुनै राजनीतिक दलका सदस्य नरहेका पूर्वप्रधान न्यायाधीश अध्यक्ष रहने गरी न्यायालयको भ्रष्टाचार हेर्ने आयोगको प्रस्ताव गर्नुको अर्थ र परिणाम अझ स्पष्ट हुनु जरुरी छ।
राजनीतिक नसाको धङधङी जीवनपर्यन्त रहन्छ र यसमा समायवधिको छेकबारबाट व्यक्तिको स्वतन्त्र छविको मूल्याङ्कन हुन सक्दैन। राजनीतिक सोचबाट कोही मुक्त नहोला, तर राजनीतिक हनुमान बन्ने प्रवृत्तिको औषधि यति सजिलो छैन। राजनीतिक दलको काँध चढेर हिजो न्यायाधीशमा नियुक्त भएको रहेछ भने सो ऋणको बोझबाट व्यक्ति सजिलै मुक्त हुन सत्तै्कन। यस्तोमा निष्कलङ्क र इमानदार हुनुको अर्थ बोकेका स्वतन्त्र व्यक्ति सर्वाधिक योग्य हुन्छन्। न्यायाधीशमा सगोत्री हुनुको दोष लाग्ने सम्भावना रहन्छ। आफ्नो कार्यकालमा योग्य, सक्षम र इमानदार भनेर नियुक्त र बढुवा गरिएका व्यक्तिप्रति निज अध्यक्षआदि निष्पक्ष वा निर्भीक हुन्छ भन्न कठिन हुन्छ। हिजो राजीनामा गराएर आरोपितलाई पतिया दिने गरिएको इतिहासको अक्षर अहिले नै मेटिएको नहोला। फेरि यस्ता मुद्दा हेर्ने निकायमा निजैजस्ता न्यायाधीश राखिँदा लोकले भन्लान् भन्ने डर लाग्नसक्छ। तसर्थ जँघार तर्नेले लुगा भिज्लान् भनेर डराउनु हुँदैन।
सुझावपत्रमा संघीय अदालतको प्रस्ताव आएको देखिन्छ। संघीय राज्य व्यवस्था हुनासाथ संघीय अदालतको आधारस्तम्भ तयार भएको अर्थमा लिनु हुँदैन। न्यायालयको औचित्य राजनीतिक धरातलमै हेरिनुपर्छ भन्ने मान्यता हुनु हुँदैन। यस्तो गम्भीर राजनीतिक विषयमा न्यायाधीश सावर्जनिक भइहाल्नु सुहाउँदैन थियो। कथम्कदाचित स‹ियताविरुद्ध मुद्दा परेमा निज न्यायाधीशहरू पूर्वाग्रही भएको अर्थ लाग्नसक्छ। तसर्थ राजनीतिक विषयसम्बद्धमा न्यायाधीश मौन रहनु नै बेस हुन्छ।
सुझावप्रति न्यायाधीश नैतिकरूपमा समेत प्रतिबद्ध रहने हुँदा निजहरूको भूमिका र कार्यशैली तदनुरुप हुनु आवश्यक हुन्छ। अन्त्यमा, ‘हाम्रो न्यायपालिका राम्रो न्यायपालिका' भन्ने उद्देश्य स्थापित र मर्यादित गर्न सके न्यायाधीश सफल भएको मानिनेछ।