तिहारको रमझम छ । दीपावली भनेर चिनिने चाडमा लक्ष्मीलाई खुसी पार्न हिन्दूहरूले बत्ती बाल्छन् । दियो, मैनबत्ती र बिजुली बत्ती बालेर जताततै झलमल्ल बनाउने चाहना हुन्छ । घर, आँगन सफासुग्घर बनाउने र फूलमाला र उज्यालोको चाड हो यो । यही चाडको मुखमा बिजुलीको प्राधिकार नेपाल विद्युत प्राधिकरणले उर्दी जारी ग¥यो — साँझको बेला धेरै बिजुली खाने, हिटर, आइरन, फ्रिज नचलाउनु । उर्दीसँगै चेतावनी पनि दिइएको छ उसले त्यस्ता सामान चलाएको अवस्थामा कारबाही गरिनेछ भनेर । प्राधिकरणको यो आदेशको पालना कुन हदसम्म र कसरी हुन्छ त्यो हेर्न बाँकी नै छ । प्राधिकरणले धेरै बिजुली खपत हुने उपकरण नचलाएर बत्तीमात्र बाल्दा झलमल्ल बनाउन सकिन्छ भन्ने ध्येयले यस्तो उर्दी दिएको बुझ्न ग्राहो छैन । प्राधिकरणसँग जनताले चाहे जति बिजुली दिनसक्ने स्रोतनै छैन । कुरा माग आपूर्तिसँग सम्बन्धित छ । दीपावलीमा जताततै उज्यालो छर्न धेरै बिजुली चाहिन्छ, त्यति धेरै बिजुली प्राधिकरणसँग छैन । त्यसैले उसले आदेश दिएको हो कम खपत गर्न भनेर । कतिपय ज्ञानी उपभोत्ताले आदेश पालना गर्दै अरूको पनि हित चिलाउलान् । तर आदेशपछि एक खालको आक्रोश प्रकट भएको देखिएको छ । लोडसेडिङको अध्याँरोमा राख्ने प्राधिकरणले यसो गर, उसो गर भनेर आदेश दिन मिल्छ भन्ने पनि धेरै नै छन् ।माग र आपूर्तीको बजार अर्थशास्त्रकै नीतिअनुसार कुनै बेला विद्युत् कार्यालयले हिटर बेच्थ्यो । विद्युत् कर्पोरेसनले सकेसम्म बिजुली बाल्न, हिटर चलाउन विज्ञापन गर्ने दिन पनि थिए नेपालमा । त्रिशुली देवीघाट आयोजना संचालनमा आएपछि २०२२ –२४ सालतिर तत्कालीन विद्युत् कर्पोरेसनले हिटर बेच्थ्यो । बिजुलीमा भात पकाउन भन्थ्यो, गिजर जोड्न आग्रह गथ्र्याे । अहिले फ्रिज, राइसकुकर बन्द गर भन्ने विधुत् प्राधिकरण थिएन त्यसबेला । कर्पोरेसनका सामु सानो सीमित बजार थियो र प्रशस्त विद्युत् । अहिले स्थिति फरक छ । नेपालको दैनिक माग करिब १ हजार २ सय मेगावाट छ र सबै मिलाएर आन्तरिक उत्पादन करिब ७ सय ६० मेगावाटमात्र छ । भारतबाट आयात हुने करिब २ सय मेगावाट जोड्दा वर्षामा हामी मागको दुई तिहाई आपूर्ति गरिरहेका हुन्छौँ । जाडो बढ्दै गएपछि हिमनदी सुक्दै जान्छन्, यता प्राधिकरण सातै पिच्छै लोडसेडिङको घन्टा थप्दै जान्छ । माग आफ्नो ठाउँमा छ । तर हिउँदमा आन्तरिक उत्पादन आधामा घट्छ अर्थात् करिब ४ सय मेगावाटमात्र । भारतबाट हुने आयात समेत जोडदा प्राधिकरण मागको आधामात्र बिजुली दिनसक्छ । वर्षेनि बढ्ने माग र त्यसैअनुसार नथपिने बिजुलीको हिसावकिताव कहिले मिल्ने हो ? माग र आपूर्तिको बजार शास्त्रमा कहिलेदेखि सन्तुलन कायम हुने हो ? प्रश्नका भरपर्दा उत्तर पाइँदैनन् ।
यही अनिश्चितताबीच नेपाल र भारतबीच विद्युत् व्यापाार संझौता (पीटीए) भएको छ । नेपालका ऊर्जा सचिव र भारतीय विद्युत सचिवले मंगलबार हस्ताक्षर गरेपछि कार्यान्वयमा आएको पीटीएलाई ऐतिहासिक सफलता भनिदैछ । मुख्य उपलब्धि वर्षौँदेखि नेपाल भारतबीच भइरहेको विद्युत् आदानप्रदानको व्यवहार अब बिजुली किनबेचमा परिणत हुनेछ । आदानप्रदानको परम्परावादी सोच अब व्यापारमा रूपान्तरण हुने भयो । संझौतापछि नेपालले आफ्नो बिजुली भारतमामात्र होइन बंगलादेशसम्म पु¥याउन सक्ने अवस्थाको चित्रण गर्नेहरू पनि देखिएका छन् । यस्तै समाचार प्रकाशनमा छाएका छन् । सिद्धान्ततः संझौताले त्यस्तो बाटो खोलेको हुनसक्छ । तर व्यवहारमा हामी त्यत्ति धेरै उत्साही हुन आवश्यक छैन । नेपालीहरू तत्काल फुर्कने र विस्तारमा पछुताउने प्रकृतिका हुन्छन् । हालै सम्पन्न पीटीए र केही महिनाअघि भारतीय कम्पनी जीएमआरसँग भएको विद्युत् विकास सम्झौताको पृष्ठभूमिमा नेपालको विद्युत् विकास र व्यापारमा अपार अवसर उत्पन्न भएको अर्थ लगाउनेहरूको पनि कमी छैन । दुई दशकदेखि उठेको तर भारतीय आनाकानीकै कारण अगाडि बढ्न नसकेको पीटीएमा कसरी संझौता हुनसक्यो ? नेपालको जलस्रोत र विद्युत् विकासमा भारतको भूमिका हुनुपर्छ र नेपाललाई बढी भएको बिजुली भारतले चाहेको मूल्यमा बेच्नुपर्छ भन्नेजस्ता अडान भारतका थिए । ती अडान छाडेर भारत किन पीटीए गर्न सहमत भयो ? प्रश्नको आयाम विद्युत् उत्पादन र व्यापारसँग मात्र सीमित देखिन्न । यसका पछाडी राजनीतिक कूटनीतिक कारण औँल्याइँदैछ । भारतको राजनीतिक सत्तामा आएको परिवर्तनपछि ऊ नेपालसँगका कतिपय मामलामा लचिलो बन्दैगएको अर्थ लगाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशमा पीडीएमा हस्ताक्षर भएको र पछिल्लो समय पीटीएमा संझौता हुनसकेको विश्लेषण भइरहेको छ । त्यस्तो विश्लेषण गर्ने आधार मोदी आफैँले बनाएका थिए । गत साउनमा सम्पन्न मोदीको नेपाल भ्रमणमा पीटीए, पीडीए र पंचेश्वर आयोजना एजेन्डामा थिए । त्यसैबेला हस्ताक्षर हुने भनिए पनि विवादकै कारण पीटीएमा संझौता हुनसकेको थिएन । भ्रमणको ४५ दिनभित्र पीटीए गरिसक्ने भनिएको थियो । उनले भनेजस्तै ४५ दिनभित्र हुन सकेन भने दिनको गणना नगरौँ । भएको संझौताको कार्यान्वयको पक्ष हेरौं ।
मोदीले आफ्नो नेपाल भ्रमणका बेला संसद्लाई सम्बोधन गर्दै भनेका थिए 'पानी र जवानी पहाडमा अडिन सत्तैmन ।' नेपालको आवश्यकतालाई गहिरोसँग केलाएको भान पारेर यहाँका समसामयिक मामलामा अर्तिउपदेश दिएका मोदीले तत्कालै आफ्नो भनाइको व्याख्या गरे । पानी र जवानी' पहाडमा रहदैनन् भन्ने कुरा पुरानो भएको र अहिले त्यसमा परिवर्तन भएको उद्घोष गरे उनले । उनी सुझाउँदै थिए, अब पहाडबाट युवाको लर्को मुग्लान जान आवश्यक छैन । र, यहाँका खोलानालाबाट निस्कने बिजुली भारतमा जाने अवसर छन् । उनले केही वर्षसम्म नेपालको अध्याँरो हटाउन भारतले बिजुली दिने र त्यसपछि भारतको अध्याँरो हटाउन नेपालले बिजुली दिनुपर्ने खुला प्रस्ताव अघिसारेका थिए । मोदीको त्यही मान्यताको जगमा पीटीए, पीडीएमा हस्ताक्षर भएको अर्थ लगाइँदैछ ।
भारत लचिलो देखिएको अहिलेको अवस्थाको लाभ नेपालले कसरी लिनसक्छ ? भारतसँगको विद्युत् विकास र जलस्रोत विकासका प्रत्येक योजनालाई राष्ट्रवादका नाममा बिथोल्नेहरूको कमी छैन । यसैले पीटीए र पीडीए कार्यान्वयन सहज छैन ।
पीटीए सम्झौतालाई नेपालले भारतमा बिजुली बेच्न पाउने अवसरका रूपमा प्रचार गरिरहेको छ । तर त्यस्तो होइन । अहिले हामी निर्यात होइन, लोडसेडिङको समय घटाउन पनि भारतमा निर्भर छौँ । यो अवस्था तत्काल हट्ने छैन । निर्भरता कहिलेसम्म ? हाम्रा अधिकांश आयोजना वर्षामा धेरै उत्पादन गर्ने र हिउँदमा कुल क्षमताको एक तिहाइमा खुम्चने प्रकारका छन् । हामीकहाँ साँझको समयमा धेरै खपत हुने प्रकृति छ । निर्माणाधीन माथिल्लो तामाकोसी, चिलिमे, कुलेखानी तेस्रो, माथिल्लो भोटेकोसीलगायतका साना र मझौला आयोजना सञ्चालनमा आउँदैमा पनि लोडसेडिङ पूरै हट्न सक्तैन । लोडसेडिङबाट मुक्ति पाउन त भर्खर विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेको बुढीगण्डकी प्रस्तावित एक हजार मेगावाटको जलाशययुक्त आयोजना सम्पन्न हनुपर्छ । त्यतिन्जेल हामी भारतको बिजुलीमा निर्भर रहनेछौँ । संझौताअनुसार आउने वर्षको मंसिर, पुससम्ममा ढल्केबर मुजफ्फपुर प्रसारण लाइनको काम सम्पन्न हुनसक्यो र भारत उदार भयो भने ५ – ६ वर्षसम्म नेपालको अध्याँरो हटाउने गरी बिजुली आयात गर्न सकिन्छ । पीटीएको लाभ अहिले त निर्यात होइन आयातसँग सम्बन्धित देखिन्छ ।