संविधान सभामा राज्य पुनर्संरचनासम्बन्धमा प्रादेशिक संरचना, यसको संख्या र नामाकरणका विषयमा दलहरूबीच पुनः चर्को तानातान सुरुभएको छ। यसैका कारणले मुलुकले फेरि पनि माघ ८ गतेभित्र संविधान नपाउने हो कि भन्ने सन्देह बढेको छ।अहिलेसम्म प्रदेशहरूलाई के कति र कस्तो अधिकार हुने हो भन्ने विषयमा भने कुनै छलफलसमेत भएको छैन। दलहरुबीच प्रदेशहरूमा कसरी आफ्नो प्रभाव क्षेत्र कायम राख्ने भन्ने उद्देश्यले मात्र तानातान भइरहेको अनुमान सहजै गर्न सकिन्छ।
संविधानमा तीन तहको शासकीय संरचना (केन्द्र, प्रदेश र स्थानीय सरकार)हुने निश्चित भएपछि यस्तो तानातानको स्थिति नआउनुपर्ने हो। किनभने अब व्यवस्था हुने स्थानीय सरकारलाई दिइने अधिकारले प्रादेशिक सरकारको हालीमुहालीलाई धेरै हदसम्म नियन्त्रण गर्नेछ।
प्रथम संविधान सभामा नै गठित राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समितिले २०६६ मा आफ्नो अवधारणासम्बन्धी प्रतिवेदनमा अतिरिक्त संरचना वा विशेष व्यवस्थाअन्तर्गत आवश्यक परेका ठाउँमा जातीय वा भाषिक समुदायको सघन उपस्थितिको क्षेत्र वा विशेष प्रकृतिको भौगोलिक क्षेत्रलाई बहुल वा एकल सांस्कृतिक विशेषतासहितको स्वायत्त क्षेत्र वा संरक्षित क्षेत्र वा विशेष क्षेत्र निर्माण गर्न सकिने उल्लेख गरेको थियो। यसअन्तर्गत कुनै प्रदेशभित्र एउटा जाति वा भाषिक समुदायको बाहुल्य वा सघन उपस्थिति रहेको क्षेत्रलाई स्वायत्त क्षेत्र मान्ने, कुनै प्रदेशभित्र अति अल्पसंख्यकरूपमा रहेका जाति, समुदाय र लोपोन्मुख जातिको संरक्षण र संवर्द्धन गर्न स्थापना गरिने क्षेत्रलाई विशेष संरक्षित क्षेत्र मान्ने तथा प्रदेशभित्र कुनै पिछडिएको, पछाडि परेको क्षेत्रको विकास गर्न स्थापना गरिने भौगोलिक क्षेत्रलाई विशेष क्षेत्र मान्ने भन्ने प्रष्ट उल्लेख गरिएको छ। प्रथम संविधान सभामा नै टुङ्गो लागिसकेको यस व्यवस्थामा अब फेरबदल हुने सम्भावना छैन, केबल पुनर्लेखन हुनेमात्रै हो। यस्तो क्षेत्रमा बन्ने स्थानीय सरकारले पनि प्रादेशिक सरकारको प्रभुत्वलाई धेरै हदसम्म नियन्त्रण गर्नेछ।
प्रथम संविधान सभा ताका नेपाली कांग्रेसका तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले प्रदेशहरुको निर्माण गरिँदा पहाड र तराईमा सन्तुलन गर्नुपर्ने जोडदार माग गरेका थिए। उनीहरुले पहाडमा जति प्रदेश बन्छन् तराई–मधेसमा पनि त्यति नै संख्यामा प्रदेश बन्नुपर्ने आवाज उठाएका थिए। तराई–मधेसमा पूर्व सप्तरीदेखि पश्चिम सर्लाहीसम्म मैथिल बहुल क्षेत्र मिथिला प्रदेश, रौतहटदेखि पर्सासम्मको भोजपुरी भाषा बहुल क्षेत्र भोजपुरी प्रदेश, अवधी भाषा बहुल क्षेत्र नवलपरासीदेखि कपिलवस्तुसम्म अवध प्रदेश र थारु बहुल क्षेत्र दाङदेखि पश्चिमको तराईलाई थरुहट प्रदेशका रूपमा स्वीकार गरिनुपर्ने उनीहरूको प्रस्ताव थियो। यसरी तराई–मधेसमा चार प्रदेश र पहाडी क्षेत्रमा पनि चार प्रदेश बनाइएमा पहाडी क्षेत्रमा जति जना मुख्यमन्त्री हुन्छन् त्यति नै संख्यामा मधेसमा पनि मधेसी मूलका मानिस मुख्यमन्त्री हुनेछन् भन्ने धारणा थियो उनीहरुको। पहाडका प्रादेशिक सभामा जति संख्याको निर्वाचित प्रतिनिधित्व हुने हो तराई–मधेसका प्रादेशिक सभामा पनि त्यति नै संख्यामा प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्ने मागसमेत उनीहरुको रहेको थियो। राष्ट्रपति र उपराष्ट्रपति तथा अन्य संवैधानिक निकायका लागि केन्द्रीय संसद् र प्रादेशिक सभाका सदस्यले मतदान गर्नुपरेमा एक पक्षीय हुन नपाओस् तथा सन्तुलित रहोस् भन्ने उनीहरूको मागको आधार थियो।
राज्य पुनर्संरचनाबारे छलफल हुँदा प्रथम संविधान सभाका सबैजसो दलका तराई–मधेसबाट प्रतिनिधित्व गर्ने धेरैजसो सभासद्ले स्थानीय सरकारको सम्पूर्ण व्यवस्थाको जिम्मा प्रादेशिक सरकारलाई नै दिनुपर्ने धारणा राख्ने गर्थे। अहिले संविधानमा स्थानीय सरकारको उल्लेख हुने भए पनि यसलाई पूरै प्रादेशिक सरकारको मातहतमा राख्ने व्यवस्था हुनुपर्ने धारणामा खासै परिवर्तन आएको छैन।
यी सबै द्वन्दका पछाडि एकथरी केन्द्रीय राजनीतिमा वर्चस्व स्थापित गर्न असफल भएका र भविष्यमा प्रदेशको मुख्यमन्त्रीको सपना देखेका नेता छन् भने अर्कोतिर वषर्ौंदेखि केन्द्रीय राजनीतिमा हालीमुहाली गरीरहेका रैथाने दलका पुराना नेतालाई चुनौती दिंँदै अगाडि आउन थालेका दोस्रो पुस्ताका नेतालाई प्रदेशको राजनीतिमै अल्झाउने चाहना रहेको पनि हुनसक्छ। मूलतः राजनीतिक शक्तिको लागि नै यी खेलहरू भैरहेका हुन्।
वास्तवमा मानिसका सम्पूर्ण कर्म दुष्कर्मका पछाडि शक्ति आर्जन नै प्रमुख अन्तरनिहित कारणहो भन्ने बेलायतका विख्यात दर्शनशास्त्री बर्ट्रान्ड रसेलले स्थापित गरेको मान्यता यहाँ स्मरणीय छ।
सन् १९७० को मध्यतिर पाटन कलेजमा बीएमा अध्ययनरत यो पंक्तिकारले विख्यात अगे्रंज दार्शनिक बर्ट्रेन्ड रसेलद्वारा लिखित ‘लिडर्स एन्ड फलोअर्स' अर्थात् नेता र अनुचरहरू नामक आलेख प्राध्यापक अभि सुवेदीले अत्यन्त रोचक ढङ्गले पढाएको रसास्वादन गर्ने मौका पाएको थियो। आफ्नो बहुचर्चित पुस्तक ‘पावर : ए न्यु सोसल एनालाइसिस' (शक्ति : एक नौलो सामाजिक विश्लेषण) मा समावेश गरिएको उक्त आलेखसहित पुस्तकमा रसेलले मानव चरित्रको उल्लेख गर्दै समाज विकासको चरणको व्याख्या मार्क्स र फ्रायडको भन्दा बेग्लै र नौलो ढङ्गबाट गरेका छन्। मानव चरित्रको कुंजी मार्क्सले पुँजीको विकासमा देखे, फ्रायडले यौनमा देखे। तर रसेलले मानिसको अन्तिम लक्ष्य ‘शक्ति' प्राप्ति नै हो र समाज विकासको प्रत्येक चरणमा छद्मरूपमा ‘शक्ति' प्राप्ति नै अन्तरनिहित हुने उल्लेख गरेका छन्। यसको थप व्याख्या गर्दै रसेलले भनेका छन्, ‘मानिसबाहेक पृथ्वीको कुनै पनि प्राणीले आफ्नो आवश्यकताभन्दा बढी वस्तुको संग्रह गर्दैन। मानिसमात्र आफ्नो आवश्यकता पूर्ति भएपछि ‘शक्तिका लागि प्रवृत्त' हुने प्राणी हो। उसको दिमाग थप शक्तिका लागि चलायमान हुन थाल्छ। रसेलको विचारमा यो चरित्र छद्ममरूपमा, कसैकसैमा बढी र कसैकसैमा कम भएपनि, सबै मानिसमा रहेको हुन्छ। बढी हुनेहरू, उनकै शव्दमा ‘जुलियस सिजर' हुन सक्छन् भने कम हुनेहरू आफ्नै घरपरिवारलाई ‘डोमिनेट' गर्नमै सीमित हुनपुग्छन्। सन् १९३० को अन्त्यतिर प्रकाशित रसेलको यस पुस्तकले त्यतिखेरको द्वन्दग्रस्त तथा दोश्रो विश्वयुद्धको संघारमा पुगेको युरोपका विद्वत्वर्गमा खैलाबैला मच्चाएको थियो।
भारतका छैटौं मुगल बादशाह औरङ्गजेबले आफ्ना पिता शाहजहाँलाई अपदस्थ गरी आगराको किल्लामा बन्दी बनाएर राखेको केही वर्षपछि आफ्ना केही विश्वासी भारदारहरूलाई बन्दी पिताको हालखबर बुझ्न पठाएछन्। शाहजहाँले बन्दी अवस्थामा नै केही विद्यार्थी (सागिर्द)लाई कुरान पढाउन चाहेको इच्छा व्यक्त गरे। त्यसका लागि बिहान र बेलुकी एकएक मुठी भिजाएको चना र केही सख्खर, केहीप्रति कुरान सरीफ र केही विद्यार्थीको व्यवस्था गरिदिन आग्रह गरे। भारदारहरूले अपदस्थ बादशाहको इच्छा औरङ्गजेबलाई सुनाएपछि उनले आफ्ना बाबुको मनसाय बुझेर मुस्कुराउंदै भनेछन् – ‘बुढ्ढेको सल्तनत की बू अबतक नही उतरी है'। भिजाएको चना र सख्खरले शक्ति दिने, कुरानले न्याय र अन्यायका कुरा सिकाउने र विद्यार्थीहरूबीच आफ्नो आधिपत्य र नेतृत्व प्रदर्शन गर्दै सानोतिनो राजनीति पनि गर्न सकिने हुँदा शाहजहाँको माग उनैका छोराले नबुझ्ने कुरै भएन। शक्तिप्रतिको आशक्तिको यो अनुपम उदाहरण हो।
विसं २०४६ पछिका केही स्थानीय विकास मन्त्रीहरूसँग पत्तिंककारले सहकार्य गर्ने मौका पाएको थियो। उनीहरू विकेन्द्रीकरण र सेवा सुविधा स्थानीय स्तरमै जिल्ला वा गाउँ विकास समितिबाट नै उपलब्ध गराउने व्यवस्थाप्रति खासै उत्साही र सकारात्मक हुँदैनथे। उनीहरू भन्नेगर्थे –’पञ्चायतका मन्त्री जोगमेहर र खड्गबहादुर सिंहले मन्त्रालयमा बसेर स्कुलको छाना र खानेपानीको पाइप लिन देशभरीबाट आएकालाई कजाइकजाई आफैँले निर्णय गर्न हुने, हामीले चाहिँ जिल्ला र गाउँमा पठाउनुपर्ने'?
नेपालमा विसं २०४९ र २०५६ मा भएका स्थानीय निर्वाचनबाट गठित जिल्ला र गाउं विकास समितिमा त्यहीँका बहुसंख्यक जातिको प्रतिनिधित्व थियो। मूलतः तिनैले नेतृत्व गर्ने अवसर पाएका थिए। उनीहरूले आफ्नो पहिचान, प्रतिनिधित्व, पहुंच र प्रभावलाई जोगाड गर्न सकेका थिए। अल्पसंख्यक र सीमान्तकृत जातिकाले बहुसंख्यक जातिसँग आवश्यकतानुसार ‘सम्झौता वा सौदावाजी' गरी स्थानीय निकायमा आफ्नो पनि पहिचान, प्रतिनिधित्व, पहुँच र प्रभाव जोगाउन सफल भएका थिए। दस वर्षको अवधिमै स्थानीय जनताको चेतना स्तरमा उल्लेख्य परिवर्तन आएको थियो। कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीलाई स्थानीय निकायले नै सुधार्ने गरेका थिए। जिल्ला र गाउँहरूमा विभिन्न परियोजनासँग सम्बन्धित विषयमा सम्बन्धित जनताको सहभागितामा बरोबर भइरहने खुला सार्वजनिक परीक्षणले स्थानीय नेतृत्वलाई बढी सजग र सक्षम हुन सघाएको थियो। त्यतिखेर आफ्नो पहिचान बनाउन सफल कतिपय जिल्ला विकास समिति तथा गाउँ विकास समितिका सभापतिहरू अहिलेको संविधान सभामा पुगेका छन्।
दक्षिण अफ्रिकामा तीन तहको शासकीय स्वरूप अपनाइएकोमा दशकभन्दा लामो अनुभवपछि हाल आएर स्थानीय सरकारको तुलनामा दोस्रो तहको प्रादेशिक सरकारको औचित्यमा प्रश्न उठाउन थालिएको छ। किनभने स्थानीय सरकारले नै जनताको सबै जसो सेवासुविधा उपलब्ध गराउन थालेपछि दोस्रो तहको प्रादेशिक संरचनाको उपस्थिति अनावश्यक खर्च र कर्मचारीको अनुत्पादक बोझमात्रै हुनपुगेको र यसका कारण जनताले अनावश्यक थप कर तिर्नु परेकोजस्ता आवाज त्यहाँ उठ्न थालेका छन्। विभिन्न जातिका लागि आआफ्ना नेतृत्व विकास र त्यसको प्रदर्शन गर्न स्थानीय तह नै पनि पर्याप्त रहेको अनुभव गर्न थालिएको छ।