विश्वबाट अलग नेपाली अर्थतन्त्र
०५ मंसिर २०६६
•
१० मिनेट पाठ
विश्वबाट अलग नेपाली अर्थतन्त्र
विश्व अर्थतन्त्रमा गम्भीर आर्थिक मन्दी आएको र जान लागेको नेपालको अर्थतन्त्रले चालै पाएन। यसले पनि हामी कति पिछडिएको अवस्था रहेछ भन्ने छर्लंग हुन्छ।







विगत तीन वर्षदेखि जारी विश्व आर्थिक संकटले अर्थतन्त्र संचालन गर्ने सरकारको वित्त नीति र केन्द्रीय बैंकको मौद्रिक नीतिका सीमा र कमजोरी उजागर गरेकोे छ। पुँजीवादी अर्थात् खुला र उदार अर्थतन्त्रमा समयसमयमा उतार चढाव अर्थात मन्दी र विस्तार भइरहने र मन्दी आएपछि निजी क्षेत्र लगानी गर्नबाट पछि हट्ने हुनाले त्यस बखत सरकार अगाडि सरेर अर्थतन्त्र जोगाउनुपर्ने मान्यता सन् १९३० को महामन्दी समाधान गर्ने क्रममा स्थापित भएको हो। यस पटकको विश्व आर्थिक संकटमा त्यस मान्यतालाई अत्यन्त छिटो र मन्दी हटाउने राम वाणका रूपमा उपयोग गरियो। संकट गहिरिँदै गएको र तत्काल गम्भीर ढंगले त्यसको उपचारको उपाय नगरे झन् लम्मिनैसंकेत देखिनासाथ अमेरिकाले सात सय अर्ब डलरको सहायता कार्यक्रम लागू गर्‍्यो। त्यसअन्तर्गत विशेषगरी इन्भेस्टमेन्ट बैँक र ठूला व्यापारिक तथा व्यवसायिक कम्पनीलाई तरलताका लागि रकम वितरण गरियो। सँगसँगै कर कटौतीको कार्यक्रम पनि ल्याइयो। बेलायत, जर्मनी, जापान, रुस, चीन, भारतलगायतका विश्व अर्थतन्त्रलाई प्रभाव पार्ने ठूला अर्थतन्त्र भएका मुलुकका सरकार प्रायल् सैले त्यही नीति अवलम्बन गरे। त्यहाँसम्म सबै ठीकै थियो।

सरकारले अर्थतन्त्रलाई उकास्न ठूलो रकम सहायता र ऋणका रूपमा वितरण गर्न थालेपछि भने निजी क्षेत्रले गरेको लापरबाहीपूर्ण काम र कारोबारसुधार्न करदाताले तिरेको रकम खर्च गर्नु उचित होइन भन्ने आपत्ति गर्न थालियो। कारण, करदाताले त्यसका लागि कर तिरेका होइनन्। राजस्व तिरेपछि करदाताको जिम्मेवारीको अन्त्य हुन्छ र त्यसरी तिरेको रकम सरकारले कहाँ र कसरी खर्च गर्छ भनेर चासो राख्ने काम करदाताको होईन भन्ने धारणा गलत हो। करबाट संकलित रकम सरकारले करदाता संतुष्ट हुने गरीमात्र खर्च गर्नुपर्छ भन्ने मान्यता अगाडि आयो। अब भविष्यमा सरकारले यसरी रकम वितरण गर्दा गम्भिरतापूर्वक सोच्नुपर्ने भएको छ।

सरकारले सहायता र उकासका रूपमा वितरण गरेको रकम जनताले तत्काल खर्च गर्छन् र अर्थतन्त्रमा तत्कालै क्रियाशीलता आउँछ भन्ने सन् १९३० पछिको मान्यतामा यस पटक ठूलो कमजोरी देखा पर्‍यो। व्यक्तिले पैसा पाउँदैमा खर्च गरी हाल्दा रहेनछन्। पैसा पाएपछि खर्च गर्ने नगर्ने सबाल अर्थतन्त्रमा सुधारको सम्भावनामा निर्भर हुनेरहेछ। संकट अझ गहिरिने र लम्मिने आशंकाले जनताले पाएको पैसा भविष्यका निमित्त बचत गरे। यो प्रवृत्ति विशेषगरी अमेरिकामा व्यापकरूपमा देखा पर्‍यो। यो नयाँ मानवीय प्रवृत्ति वित्त नीतिको निमित्त ठूलो चुनौतीका रूपमा देखा परेको छ। किनभने पुँजीवादी अर्थात खुला अर्थतन्त्रमा मन्दीको संकट आइपरेमा सरकारले बढी खर्च गरेर अर्थतन्त्रलाई संकटमोचन गर्न सक्छ भन्ने मान्यता सबै सन्दर्भमा सत्य ठहरिएन। वित्त नीतिको प्रभावकारिता एक हदसम्म त्यहीँ पुगेर टुंगियो। खर्च गर्न उपलव्ध गराएको पैसा जनताले खर्चै नगरिदिएपछि सरकारले के नै गर्न सक्दछ र? त्यसैले त्यस्तो संकटमा सरकारको भूमिका र प्रभावकारिता के हुने भन्ने विषयमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने भएको छ।

साथै, मन्दीका कारण आन्तरिक राजस्व कम उठेको बेलामा यति ठूला सहायता कार्यक्रम लागू गर्दा मुलुक ऋणको बोझबाट बढी नै थिचिने खतरा बढ्यो। स्वस्थ अर्थतन्त्रका निम्ति यो सकारात्मक होइन। येा ऋणको बोझ भावि पुस्ताले समेत थामी रहनुपर्ने भयो। तर, सरकारहरूसँंग अर्को विकल्प पनि त थिएन।

खुला अर्थतन्त्रमा मौद्रिक नीतिको मुख्य हतियार ब्याजदर नै हो। यस्तो अर्थतन्त्रमा केन्द्रीय बैंकले अर्थतन्त्रमा तरलता घटाउने र बढाउने काम खुला बजार कारोबारको वा बैंक दर ब्याजदरको माध्यमबाट मात्र सम्पादन गर्छ। विकसित पुँजीवादी मुलुकमा अनिवार्य नगद मौज्दात (सी.आर.आर) को व्यवस्था नै नहुने भएकोले तिनको लागि सी.आर.आर मौद्रिक उपकरण होइन। त्यसैले खुला अर्थतन्त्रमा गम्भीर संकट देखा परेपछि त्यसलाई जगाउन केन्द्रीय र अन्य बैंकले ब्याजदर घटाउँछन्। यस पटक पनि घटाए तर अर्थतन्त्रले खासै वास्ता गरेन। अर्थात् ब्याजदरप्रति अर्थतन्त्र संवेदनहीन भयो। हुन त सन् १९३६ मा नै जे.एम.किन्सले पनि यस्तो स्थितिको परिकल्पना गरेर त्यस्लाई ...लिक्विडिटि ट्रयाप' को संज्ञा दिएका थिए। यस पटक त्यो स्थिति देखा पर्‍यो। धेरै मुलुकमा लामै समयसम्म ब्याजदरको प्रभावकारिता शून्य बराबर रह्यो। जापानमा त ब्याजदर झन्डै शून्य बराबर हुँदा पनि कर्जा प्रवाहलाई उत्प्रेरित गर्न सकेन। यसरी अर्थतन्त्र गम्भीर संकटको सिकार हुँदा त्यसलाई क्रियाशील पार्न मौद्रिक नीति पनि खासै प्रभावकारी हुन नसक्ने स्थिति यस पटक व्यवहारमा देखापर्‍यो। सम्पूर्ण केन्द्रीय बैंक, मौद्रिक नीतिका विशेषज्ञ र मौद्रिक क्षेत्रकै निमित्त यो चुनौतीको विषय हो। हालसम्म प्रचलनमा रहेको मौद्रिक नीतिलाई आर्थिक संकट समाधान गर्ने अचुक उपायको रूपमा लिन नसकिने स्थिति देखा परेकोले केन्द्रीय बैँक र मौद्रिक नीतिका विशेषज्ञले यस सम्बन्धमा थप अध्ययन र अनुसन्धान गर्नुपर्ने भएको छ।

यस्को अर्थ हालका वित्त र मौद्रिक नीतिका उपाय सबै निकम्मा वा निरर्थक भए भन्ने होइन। वास्तवमा सरकारले यस पटक वितरण गरेको ठूलो सहायता प्याकेज कै कारणले विकसित राष्ट्रका अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा छिटो सुधारका लक्षण देखा परेका छन्। यसअघि अर्थतन्त्र संचालनमा रामवाणका रूपमा ती मान्यता प्रभावकारी हुने स्थिति रहेन। संकट लम्मिने सम्भावना देखिएमा जनतालेे तत्काल खर्च नगरी भविष्यको लागि बचत गर्ने प्रवृत्ति देखा पर्नुले वित्त नीतिको प्रभावकारिता कमजोर पारेको छ। यस्तै ब्याजदरप्रति मुद्रा बजार संवेदनहीन रहनुले मौद्रिक नीतिको प्रभावकारिता घटाएको छ। यी महत्वपूर्ण समष्टिगत आर्थिक नीतिलाई पहिले झै प्रभावकारी बनाउन अब यी नीति अन्तर्गत नयाँ उपायको खोजी गर्नु अनिवार्य भएको छ।

यस संकटबाट नेपालको निर्यात व्यापार, पर्यटककेा संख्या, रेमिटेन्स आय र वैदेशिक सहायता घट्ने सुरुमा गरिएको अनुमान सही भएन। नेपाली अर्थतन्त्र वास्तवमा विश्व आर्थिक संकटप्रति संवेदनहीन रह्यो। यसले नेपालको अर्थतन्त्रको पिछडिएको अवस्था पुष्टि हुन्छ। विश्व अर्थतन्त्रमा गम्भीर आर्थिक मन्दी आयो र जान लाग्यो तर नेपालको अर्थतन्त्रले भने चालै पाएन। नेपालको अर्थतन्त्र सबै दृष्टिले कति पछाडि परेको रहेछ भन्ने यस पटकको विश्व आर्थिक मन्दीले झन् स्पष्ट पारेको छ।

लेखक एसियाली विकास बैँक मुख्यालय, मनिलामा वैकल्पिक कार्यकारी निर्देशक छन्।

 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस