जनमतमार्फत राज्य सञ्चालन हुने मुलुकमा मुख्यत शक्तिशाली राष्ट्रपति, अधिकार सम्पन्न प्रधान मन्त्री तथा राष्ट्रपति र प्रधान मन्त्री दुवैको शासन सञ्चालनमा संयुक्त भूमिका रहने ३ किसिमको शासकीय स्वरूप देखिए। संयुक्त राज्य अमेरिका, रसियालगायतका मुलुकमा निर्वाचित राष्ट्रपति छन् र उनकै नेतृत्वमा देशको शासन व्यवस्था सञ्चालित हुन्छ। त्यस्तै बेलायतमा संसदको बहुमत पाएको व्यक्ति प्रधान मन्त्री बन्छ र उसैले देश हाँक्छ। फ्रान्समा मिश्रित शासन व्यवस्था छ। र, त्यहाँ राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले संयुक्तरूपमा शासन चलाउँछन्। विकास र सुशासनको हिसाबले अमेरिका, रसिया, बेलायत तथा फ्रान्स उच्च स्थानमा रहनुले कुनै एक शासकीय स्वरूपमात्र ठीक हो भन्दैन बरु हावापानी सुहाउँदो शासन व्यवस्था खोज्नुपर्ने भन्छ। २५ वर्षदेखि नेपालमा बेलायती ढाँचाको संसदीय प्रजातन्त्र सञ्चालित छ तर देशमा कानुनको शासन स्थापना भएन। इंगल्यान्डमा सफल शासकीय स्वरूप नेपालमा फापेन।
नेपाली कांग्रेसले भन्दै आएको संसदीय प्रजातन्त्रमा नेकपा एमालेले हालै सहमति गर्योा। जोड्दा झण्डै दुई तिहाई सभासद् पुग्ने नेपाली कांग्रेस र एमालेले संविधानको पेचिलो मुद्दाका रूपमा रहेको शासकीय स्वरूपमा सहमति गरेको खबरले मूल कानुन लेखिने सम्भावना ह्वात्तै बढ्यो तर मुख्य कुरा नयाँ संविधानले मुलुकमा विकास र स्थायित्व दिन सक्छ सक्दैन मननयोग्य भयो।
कृष्णप्रसाद भट्टराई जस्ता निस्वार्थ, बाबुराम भट्टराई जस्ता बौद्धिक, मनमोहन अधिकारी जस्ता इमानदार, पुष्पकमल दाहाल जस्ता ऊर्जावान तथा गिरिजाप्रसाद जस्ता पारिवारिक विरासत बोकेका व्यक्ति शासन सञ्चालनको सवालमा नराम्ररी च्युत भए। कांग्रेस, एमाले, माओवादीको उच्च नेतृत्व प्रधान मन्त्री त बने तर सबै नै असफल कार्यकारीमा दरिए। विशाल कद भएका नेताहरुलाई संसदीय प्रजातन्त्रले बामपुड्के बनायो। यस व्यवस्थामा प्रधान मन्त्रीको पदमा टिकिरहन कायम राख्नुपर्ने संसदीय बहुमतले गर्दा सांसद बटुल्न अनैतिक सम्झौता गर्न प्रधान मन्त्रीहरु बाध्य भए। परिणामतः सबै प्रधान मन्त्री नराम्ररी असफल भए। भट्टराई, कोइराला, अधिकारी, दाहाल जस्ता प्रतिभाशाली व्यक्तिहरुलाई निरीह सावित गर्ने संसदीय व्यवस्थाले भविष्यमा समेत कुनै नेतालाई सफल हुन नदिने पक्का छ। त्यसैले पनि वैकल्पिक शासनको वकालत सान्दर्भिक बन्यो।
संयुक्त राज्य अमेरिकाको २२५ वर्षको इतिहासमा जम्मा ४४ जना राष्ट्रपति भए। औसत ५ वर्षभन्दा बढी कार्यकारी चलाएको छ राष्ट्रपतिले। एक जना दुई पटकभन्दा बढी राष्ट्रपति हुन नसक्ने संवैधानिक व्यवस्था छ त्यहाँ। आफ्नो क्षमता प्रस्तुत गरी देशलाई अघि बढाउन दुई कार्यकाल पर्याप्त रहन्छ भन्ने मान्यता हो। पटकपटक पदभार ग्रहण गर्ने व्यक्ति लालसाले ग्रसित हुन्छ र कुशल शासक बन्न नसक्ने अवधारणा छ अमेरिकामा। अर्कोतिर संसदीय प्रजातन्त्रको २४ वर्षीय अवधिभित्र नेपालमा १२ जनाले प्रधान मन्त्री बन्ने अवसर प्राप्त गरे। अझ एकै व्यक्तिले कहिले अल्पमत, कहिले बहुमत वा फरक समीकरणमा पाएको नियुक्ति जोड्दा उक्त दुई दशकमा प्रधान मन्त्रीमात्र २ दर्जनभन्दा बढी परिवर्तन भए। गिरिजाप्रसाद कोइरालामात्र चार पटक प्रधान मन्त्री बने। बारम्बार सरकार परिवर्तनको कारक संसदीय व्यवस्था हो।
संसारकै शक्तिशाली अमेरिकी राष्ट्रपति बाराक ओबामाको वर्तमान सरकारमा जम्मा १५ जना क्याबिनेट स्तरका मन्त्री छन्। धेरै मन्त्री राजनीतिक वृत्तबाट आएका भए पनि आफ्नो क्षेत्रमा दख्खल छ उनीहरुको। पहिलो कार्यकालमा उनले वैकल्पिक विद्वत्को व्यवस्था गर्न नोवल पुरस्कार विजेता प्राध्यापक स्टिभेन चुलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिए। क्षमतावानलाई मन्त्री बनाउन स्वतन्त्र छन् उनी। अमेरिकाले संसारमा आफ्नो आधिपत्य स्थापित गर्न केवल १५ जनाको मन्त्रिमण्डल पर्याप्त छ भने अन्दाज गरौँ, नेपाल चलाउन कति मन्त्री आवश्यक होला?
२५ वर्षदेखिको लगातार असफलताको अतिरिक्त किन कांग्रेस पार्टी बेस्टमिन्स्टर ढाँचाको संसदीय प्रजातन्त्रको वकालत गरिरहेको छ र त्यसलाई वर्षौदेखि प्रत्यक्ष निर्वाचित शक्तिशाली प्रधान मन्त्रीको वकालत गरिरहेको एमाले एक्कासि समर्थन गर्न पुग्यो? मननयोग्य छ। जनता ठान्छ– बारम्बारको सरकार परिवर्तनले देश विकास भएन। राष्ट्रपतीय शासन व्यवस्थामा सरकार परिवर्तन सहज हँुदैन। त्यसैले संसदीय प्रजातन्त्रमा जस्तो राष्ट्रपतीय पद्धतिमा धेरै व्यक्तिको फोटो सिंहदरबारमा झुण्डिने अवस्था हँुदैन। साथै अहिले जस्तो कुनै नेताको दौराको फेरो पक्रिएर मन्त्री बन्ने अवस्था हँुदैन राष्ट्रपतीय व्यवस्थामा। राष्ट्रपतीय शासनमा सरकार स्थिर हुने भएकाले हालका प्रधान मन्त्री तथा मन्त्रीका आकांक्षीहरुको इच्छा वास्तविकतामा रूपान्तरित हुन कठिन बन्छ। सांसद बन्नेबित्तिकै मन्त्री/प्रधान मन्त्रीको पद ताक्ने मान्यता बनेको अहिलेको अवस्थामा व्यक्तिगत लाभहानिको हिसाब गर्ने नेताले राष्ट्रपतीय प्रणालीको विरोध गर्नु अन्यथा होइन। मुुलुक हितभन्दा व्यक्तिगत स्वार्थका कारण कांग्रेस र एमालेका नेताहरुलाई ससदीय व्यवस्थाले गोलबन्द गरेको देखियो।
विभिन्न सवल पक्षका अतिरिक्त आशा गरेअनुरूप बेलायतमा जस्तो बेस्टमिन्स्टर सिस्टमले नेपालमा राम्रो काम गरेन। सांसदको किनबेच अनि उनीहरुलाई होटलमा थुन्नुपर्ने बाध्यता बन्यो। सांसदको बैंकक सयर, पजेरो/प्राडो संस्कारहरु संसदीय व्यवस्थाका उपज हुन्। दलको बारम्बार विभाजनको कारणसमेत प्रधान मन्त्रीले संसदमा हरपल कायम राख्नुपर्ने बहुमत नै हो र त्यसको जननी संसदीय प्रजातन्त्र भएको यथार्थ दोहोर्यासउनु परेन। उल्लिखित उदाहरणले संसदीय प्रजातन्त्र देशमा असफल भएको बताउँछ।