तीन राजनीतिक दलबीच भएको पाँचबुँदे सहमतिपछि ४० दिनसम्म अवरुद्ध संसद् खुलेको छ। अहिले खुल्नु र पहिले संसद् अवरुद्ध हुनुमा खासै बहस गर्नुपर्ने कारण छैन। मुलुुकको आयव्ययको विवरण र सरकारले प्रतिपादन गरेका केही बुँदामाथि छलफलको औपचारिकता निर्वाह गर्नु अब यसको प्रयोजन हो। जेजस्ता छलफल भए पनि अर्थ मन्त्रीले प्रस्तुत गरेको बजेटमा धेरै त के एक रुपैयाँ पनि तलमाथि हुनेछैन। यो संसदीय व्यवस्थाको अघोषित विधि नै हो। विपक्षमा रहने पार्टीले त्यसले संसद् अवरुद्ध गर्ने अभ्यास पनि संसदीय व्यवस्थाको प्रथाजस्तैे हुनगएको छ। कुनै बेला चार जनामात्रै सांसद भएका, स्वतन्त्र अथवा एउटा दलबाट एकै जनाले प्रतिनिधित्व गर्ने दलले पनि लामो समयसम्म संसद् अवरुद्ध गरेका थिए। न कांग्रेस न एमाले न एमाओवादी नै यसका अपवाद रहन सके। नेपालको संसदीय व्यवस्था यसैगरी चल्दै आएको छ।
मुख्य भनिएका राजनीतिक दलबीच भएको पाँचबुँदे सहमतिलाई एउटा राजनीतिक दस्तावेज हो या दलहरूको आआफ्नै प्रकृतिका स्वार्थलाई स्थापित गर्ने प्रयत्न हो? संविधानको दृष्टिले यसलाई हेर्ने हो भने यसले वैधानिक मान्यता पाउँछजस्तो लाग्दैन। पाँच बुँदामध्ये चौथो बुँदामा 'नेपालमा भारतीय नम्बर प्लेटका गाडी प्रवेश गर्दा गत आर्थिक वर्षमा भए अनुरूप कर लिने व्यवस्था गर्ने' भन्ने वाक्यले त झन् यसको राजनीतिक रंगलाई पनि फिक्का तुल्याइदिएको छ। प्रतिपक्षमा रहेको दल सत्तापक्षभन्दा माथि हुने यस सहमतिले संसदीय व्यवस्थाको मर्मकै उपहास गरेको छ। प्रधानमन्त्री सुशील कोइरालालाई नियन्त्रण गर्न या आफ्ना कुरा मनाउन यो समिति खडा गरिएको सहजै अनुमान गर्न सकिन्छ। र, सँगसँगै यसले नेपाली जनताले दोस्रो संविधान सभाको निर्वाचनमा दिएको अभिमतलाई समेत स्पष्ट अनादर गरेको छ।
निर्वाचनको परिणामलाई अंकगणितीय हिसाबले मात्र हेरेर त्यसभित्र जनताको सोच प्रतिविम्बित एवं प्रतिध्वनित भएको विषयलाई स्वाभाविक रूपमा ग्रहण गर्न नसक्ने मानसिकता बोकेर लोकतन्त्र एवं संसदीय प्रणालीलाई स्वीकार्न सकिँदैन। कुनै पनि राज्य व्यवस्थामा जनताद्वारा अनुमोदित व्यवस्थाको विकल्प अरू किसिमका सहमति, सम्झौता या सन्धि हुनै सत्तै्कनन्। अहिले नेपाल कुनै राजनीति दर्शन या विधिबाट संचालित छ भन्ने पत्याउन र बुझाउन कठिन छ। विचित्रका बुँदा राखेर सहमतिपत्रमा तीन नेताले सही गरेका छन्। जनताद्वारा निर्वाचित सुशील कोइराला, सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्षका नेता पुष्पकमल दाहालले जनताको मतलाई उपेक्षामात्र हैन अवहेलना नै गरेका छन्। संसदीय लोकतन्त्रमा प्रतिपक्ष शासनको अपरिहार्य अंग हो। अब यिनले एउटै कागजमा दस्तखत गरेर सबै सरकारको अंग भइसकेपछि प्रतिपक्षमा त राष्ट्रिय जनमोर्चा नेपालबाहेक अर्को देखिँदैन। संसद्मा बाँडिएका बेन्चमध्येमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा पनि विपक्षकै बेन्चमा बस्ने गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालजस्तो दल पनि विपक्षमै बसेको छ।
पाँचबुँदे सहमतिभित्र तत्कालीन कथित 'जनसत्ता' ले कब्जा गरेका या कसैको सम्पत्ति कसैलाई दिनलाई खोसिएको मामिलालाई अहिलेको सरकारले विधिवत स्वीकृति दिने बुँदा पनि छ। भलै, शब्द ठ्याक्कै त्यस्तै लेखिएको छैन। कसैको सम्पत्तिको हकमाथि यसभन्दा घोर अतिक्रमण अर्को के नै पो हुनसक्छ? सम्पत्ति न त आकाशबाट यत्तिकै झर्छ न त डाँडापाखा या मैदानबाट आफैँ प्रष्फुटित हुन्छ। सम्पत्ति व्यक्तिको प्रयत्नको प्रतिफल हो। पुस्तौँदेखि प्रयत्न गरेर ढुंगा चट्टान फोरेर व्यक्तिले त्यसलाई खेत, बारी बनाउँछ। राज्यको निर्माण हुनुभन्दा अगाडि नै व्यक्तिले आफूले गरेको प्रयत्नको फलस्वरूप सम्पत्ति निर्माण गर्न थालेको हो। आज केही दलका नेता बसेर सम्पत्ति निर्माताको हकलाई मिचेर जबर्जस्ती खोसिएको जग्जाजमिनलाई वैधता दिनुभनेको सम्पत्ति निर्माण गर्ने जाँगरलाई मारिदिने प्रयत्न गर्नु नै त हो। यो अप्रत्यक्षरूपमा मुलुकको समृद्धिविरुद्ध चालिएको पहिलो पाइला हो। भाषणमा 'नाफाको हक'सम्म पनि भन्न नसक्ने प्रधानमन्त्रीले विदेशी लगानी भिœयाउँ्क भन्ने आह्वान हजारपटक गरे पनि ढुक्क भएर आफ्नो पुँजी नेपालमा फाल्न कोही आउँदैन। आज पाँच जिल्लाको जग्गा लेनदेनलाई कानुनी मान्यता दिने हो भने भोलि अरु पाँच वा दश जिल्ला थपिदैनन् भन्ने आश्वासन कसले दिन्छ?
तीन दलको सहमति पत्रमा एउटा दल आफूलाई मार्क्सवादी–लेनिनवादी भन्छ, अर्को दल आफूलाई माओवादी भन्छ। कुनै पनि परियोजनामाथि सम्झौता नहुँदैदेखि विरोध थालिएको मुलुकले दशकौंदेखि बेहोर्दै आएको छ। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको पालामा भएको सप्तकोसी बाँधदेखि लिएर आजको उपल्लो कर्णालीको पीडीए हुन्जेलसम्म पनि यी विवाद कुनै न कुनै रूपमा जिउँदै छन्। घनघोर प्रित भए पनि आफ्नो लगानी सुरक्षित छैन र नाफाको अधिकारको प्रत्याभूति राज्यले दिन सत्तै्कन भने त्यस मुलुकमा लगानी गर्न कोही तयार हुने सम्भावना नितान्त न्यून हुन्छ।
कांग्रेस आफ्नै शासनको निरन्तरताका लागि जस्तोसुकै सम्झौता र सहमति गर्न उद्यत छ भन्ने त यो पाँचबुँदे सहमतिले पनि देखाउँछ। कांग्रेस नेपालको राजनीतिमा पुरानो र लोकतान्त्रिक मान्यतालाई नछोड्ने दल हो भन्नेमा पटकपटक गरिएका यस्तै सम्झौता र सहमतिले अब जसको पनि विश्वास डगमगाउन सक्छ। मुलुकको हितभन्दा सत्ता स्वार्थ ठूलो भएपछि समृद्धिका सम्भावना निश्चितरूपमा घट्छन्। पैँतीस लाखभन्दा बढी युवाका शक्ति र ऊर्जा विदेशमा खर्च गर्नुपर्ने बाध्यतामा बसेको मुलुक कुन चाहिँ लगानीकर्ताको विश्वासभित्र पर्न सक्छ? र, कुन दलले मुलुकमा राजनीतिक स्थिरताको प्रत्याभूति दिन सक्छ? त्यसैकारणले शासन सत्ता टिकाउनका लागि गरिने सिहान्तहीन सम्झौताले आउँदो पुस्तासमेतले समृद्धि देख्ने आशा तिरोहित हुन सक्छ। र, भएको पनि छ। मुलुक बाहिर रहेकाले मतदान गर्न नपाएका यही मुलुकका नागरिकको गणना गर्ने हो लगभग शतप्रतिशत नेपालीले दिएको जनादेशलाई बु‰न नसक्ने नेपाली कांग्रेस र नेकपा (एमाले)बाट के नै अपेक्षा गर्ने?
संविधान आज नेपालीको माग हो।संघीयता वा अक्षरमा लेख्नुपर्ने धर्मनिरपेक्षतासँग सामान्य नेपालीको कुनै सरोकार छैन। अरू दलले संविधान बनाउन सकेनन्। सबैभन्दा पुरानो र लोकतान्त्रिक आस्था भएको नेपाली कांग्रेसलाई नै यो जिम्मेवारी दिउँ्क न त भन्ने जनताको इच्छाले जितेर आएको नेपाली कांग्रेसले अहिले बेइमानी गरेको छ भन्ने स्वाभाविकरूपमा सञ्चारित हुँदैन भनेर कसरी भन्न सकिन्छ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी ) विदेशीको नजरमा नामका कारणले जे मानिए पनि नेपालीले हेर्दा अहिले संसदीय व्यवस्था स्वीकार गर्ने, मानव अधिकारसँग जोडिएको, स्वतन्त्र न्यायपालिकाको समर्थक विचार भएको दल देखिन्छ। तर, कांग्रेस र एमालेले जनताको सोच र चिन्तनलाई न्यायपूर्वक सम्बोधन गर्न नसकेको देखिएका केही विषय भने अवश्य छन्। न्यायपालिकाकै कुरा गर्ने हो भने पनि १० वर्षसम्म संवैधानिक विषयको टुंगो लगाउनलाई संवैधानिक अदालतको गठन गर्ने भन्ने न त बारलाई स्वीकार्य छ न त बेन्चलाई नै। राजनीतिक दलका केही व्यक्तिको आग्रहकै कारण यस्तो निर्णय थोपर्नु न्यायपद्धतिसित संलग्न र त्यसलाई सम्पादन गर्ने आधिकारिता पाएकाको विधि र विवेकमाथि घोर अतिक्रमण हो।
यी सबै अन्तर्विरोधका माझ संविधानका पर्खाइमा सिंगो मुलुक रहेको छ। मुलुकका नागरिकले संविधान छिटो पाउन हतार गरिरहेका छन् भने अर्कातिर, एक एकवटा विषय उठाएर अन्तरिम संविधानमा यो लेखिएको छ, त्यो लेखिएको छ, हिजो यी यी विषयमा सहमति भइसकेका छन् त्यसको पालना हुनुपर्छ भन्ने राजनीतिक दलका नेतालाई जनताले अब प्रश्न पनि गर्न सक्छन् – त्यसो भए पहिले संविधान सभाबाट संविधान बन्न किन नसकेको त? हुनत, अहिले जनताको प्रतिनिधित्वको दाबी गर्नेहरू यथार्थमै प्रतिनिधि चाहिँ होइनन्। छनोटको माझमा आएका व्यक्ति र दलहरुमध्ये कुन चाँहि कम कमसल हो भन्ने आधारमै जनताको मत खसेको हो। र, त्यही विधिबाट कुनै दल ठूलो र सानो, कुनै व्यक्ति कति लोकप्रिय र अप्रिय भन्ने निर्क्योल पनि निर्वाचनले गरिनै सकेको हो। अब पनि पुरानै सम्झौताको हवाला दिँदै अब यसो गरौँ र त्यसो नगरौँ भन्ने नै आग्रह हो भने संविधान सभाको औचित्य नै के? त्यसै हो भने त अन्तरिम संविधानलाई नै मुलुकको अन्तिम सत्यका रूपमा लिए भैगो।
यो नभए संविधान स्वीकार्य हुँदैन, त्यो नभए संविधान जलाइन्छ, च्यातिन्छ भन्ने धम्कीका माझबाट बनेको संविधानले जनताको मागको सम्बोधन गर्न कठिन हुन्छ। यस्तै हो भने आफूलाई लामो समयदेखि लोकतान्त्रिक दलका रूपमा परिचय दिँदै आएको नेपाली कांग्रेस र लोकतान्त्रिक बाटोमा भर्खरै पाइला टेकेर हिड्न थालेको नेकपा (एमाले)ले अब सन्धि, सम्झौता र सहमतिका अनेक यत्न गरेर पनि अनुहार जोगाउन सक्नेछैनन्। त्यसपछिको नेपाल कस्तो हुने हो अहिलेदेखि नै यसको चिन्तन थाल्नु आवश्यक छ।