आमरण अनसन नै फिका भएपछि
२६ असोज २०७१
•
१२ मिनेट पाठ
आमरण अनसन नै फिका भएपछि
छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानवीन गरी हत्यामा संलग्नलाई न्यायको कठघरामा ल्याउन माग गर्दै १० वर्षदेखि निरन्तर न्यायको शान्तिपूर्ण अभियानमा रहेका बुबा/आमा नन्दप्रसाद र गंगामायामध्ये नन्दप्रसाद आमरण अनसनकै क्रममा मृत्युवरण गर्न बाध्य भए। शान्तिपूर्ण अभियानको भाषा र नागरिकप्रतिको उत्तरदायित्व नबुझ्ने राज्यले अधिकारी दम्पतीलाई कहिले प्रहरी हिरासत त कहिले मगज खुस्केको भनेर मानसिक अस्पतालमा पठाएर पटकपटक दुर्व्यवहार गर्योई। राज्यको निरन्तरको उदासिनता र दुर्व्यवहारबाट राज्यप्रतिको विश्वास र भरोसा गुमाउँदै गएका अधिकारी दम्पतीले अन्यायपूर्ण जीवनभन्दा मृत्युवरण नै प्यारो छ भन्ने मान्यताका साथ आमरण अनसन सुरु गरे। ४७ दिनमा तोडिएको पहिलो आमरण अनसनका बखत उनीहरुसँग गरेको उपचार, पुनर्स्थापना र दोषीमाथि अनुसन्धानका सहमतिका बुँदाहरु राज्यले इमानदारीपूर्वक कार्यान्वयन नगरेपछि अधिकारी दम्पतीले ११ महिना पहिले पुनः आमरण अनसन सुरु गरे। 
डनहरु मर्दा संसद हल्लियो, पार्टीका वक्तव्यका ताँती लाग्थे तर कसैलाई बाधा अवरोध नगरी शान्तिपूर्ण ढंगले न्यायको अभियानकै दौरान मृत्युवरण गर्न पुगेका नन्दप्रसादको मृत्युप्रति राज्य र राजनीतिक दलहरुको सरोकार जाहेर गरेनन्। सरकारले बरु डाक्टरको सिफारिसबमोजिम औषधी र खाना नखाएको, असान्दर्भिक आमरण अनसन बसेकाले मृत्यु भएको सतही टिप्पणी गर्योफ। आमरण अनसन बस्नका लागि अरुले उचालेको भन्ने मनगढन्ते र गैरजिम्मेवार अभिव्यक्ति सरकारका जिम्मेवार व्यक्तिले पटकपटक दिए। औषधी र ख्ााना खाने वातावरण किन बनेन र कसले बनाएन? दशौं वर्षसम्म उनले राज्यप्रतिको उनको भरोसा र विश्वास कसरी गुमाउँदै गए? राज्यले अलिकति पनि लेखाजोखा गरेन। खाना खाने कुरा कुनै प्राविधिक काममात्र होइन। खाना खानु र बाँच्नुको अन्योन्याश्रित सम्बन्ध न्याय, स्वाभिमान र पहिचानसँग रहन्छ। तर राज्य निरीह जनता मारिनु सामान्य ठान्छ, शान्तिपूर्ण आवाजलाई आवाज नै ठान्दैन। राजनीति जनतालाई सत्ताको भर्याछङ र न्यायलाई राजनीतिक सौदाबाजीको हतियार मात्र ठान्छ। उनको मृत्युप्रति समाजले देखाएको असंवेदनशीलता पनि उदेकलाग्दो छ। 
कुनै पनि बहानामा आफ्नो छोराको हत्या अपराध हो र राज्यले न्याय दिलाउँछ भन्ने राज्यको अवधारणाप्रति विश्वस्त र अडिग रहेर छोराको हत्याको पीडा र वियोग भोगेका अधिकारी दम्पती २०६२ सालमा छोराको हत्यादेखि नै न्यायको शान्तिपूर्ण अभियानमा थिए। आफैँभित्रबाट दृढ संकल्पित नभएको व्यक्ति अर्कोले उक्साएर ज्यानै फाल्नेसम्मको आमरण अनसनका लागि उक्सिए भन्ने लाञ्छना उनीहरुको न्यायप्रतिको दृढ लगावको अवमूल्यनमात्र हो। अरुलाई दोष थोपरेर अन्यायमा परेका नागरिकको सुनुवाइ गर्ने, नागरिकको अविभावकत्व र न्याय प्रदान गर्र्ने आधारभूत र न्यूनतम् दायित्व बहन गर्ने जिम्मेवारीबाट जनताकै करबाट चलेको राज्य उम्किन सक्छ र? सरकारले अधिकारी दम्पतीको अनसन तोडाउनका लागि इमानदार र विश्वसनीय पहल नै गरेन। 
प्रधान मन्त्रीदेखि पार्टीका उच्चपदस्थ व्यक्तिहरुले नन्दप्रसादलाई अनसन तोड्न खोक्रो आग्रहमात्र गरे। पटकपटक धोका र दुर्व्यवहार खेपेका नन्दप्रसाद ती खोक्रा आश्वासनप्रति विश्वस्त हुन सकेनन् र बरु भने– 'तपाईँहरु ठूलो मान्छे मलाई भेट्न आउन भन्दा अनसन तोड्नका लागि विश्वसनीय काम गर्नूस्।' सरकारका गृह मन्त्रीले अनसन तोड्न नन्दप्रसादले २ अरब मागेको र सो सरकारको क्षमताबाहिरको कुरा भएकाले अनसन तोडाउन नसकिएको टिप्पणीसमेत गरे। उनको टिप्पणीले सरकारको उदासिनता र निरीहता लुकाएर अरुमाथि दोषारोपण थोपर्ने नियत उदांगो पारेको छ। अलिक दबाब परेको बखतमा राज्यले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेजस्तो मात्र गर्यों। युद्धकै बलमा प्रधान मन्त्री बनिसकेका व्यक्तिहरुको 'सक्छौ भने मलाइ पक्र' भन्ने अहंपूर्ण धम्कीका कारण राज्यले नागरिकप्रतिको दायित्वमा आँखा चिम्ल्यो। अनुसन्धान नै कमजोर र देखावटी भएपछि आरोपित दोषी प्रमाणित गर्ने प्रमाण जुट्ने कुरै भएन। 
म्ाृत्युपछि दाहसंस्कार गर्न पाउने अधिकारबाट समेत नन्दप्रसाद वञ्चित भएका छन्। गंगामायालाई बचाउनका लागि विश्वसनीय वातावरण बनाउन सरोकारवालाहरुले सरकारसमक्ष निरन्तर माग गरिरहेका छन् तर सरकारको निरन्तरको उदासिनताका कारण गंगामायाको पनि नन्दप्रसादकै नियति हुनेजस्तो देखिएको छ। 
सरकार र राजनीतिक दलहरुले द्वन्द्वकालीन ज्यादतिहरु सत्य आयोगले सम्बोधन गर्छ भन्ने आत्मकेन्द्रित तर्क पटकपटक गर्दै आएका छन्। द्वन्द्वको पीडामा मलम लगाउने र फेरि त्यस्तो ज्यादति नदोहोरिने सुनिश्चितता गर्ने भन्दा आफ्नो स्वार्थअनुकूल आयोगलाई उपयोग गर्नेतर्फमात्र ध्यान केन्द्रित भएको छ। जनप्रतिनिधिहरुको सरकारले सर्वोच्च अदालतको २०७० पुस १८ को फैसला उल्लंघन गर्दै संसदमा सत्य आयोगसम्बन्धी विधेयक पेश गर्यो । सांसदहरुको असहमतिका बाबजुद जननिर्वाचित संसदले पीडित समुदायलगायतका सराकोरवालाको सरोकारलाई पूर्णत बेवास्ता गर्दै राजनीतिक ह्वीप र सिन्डीकेटमा ऐन पास गर्योा। मानव अधिकार प्रबर्धन र अनुगमनको जिम्मेवारी बोकेको संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगका सरोकारलाई ऐन बनाउँदा पनि बेवास्ता गरियो। सिफारिस समितिमा आयोगका १ सदस्यको प्रतिनिधित्वलाई केवल २० प्रतिशतका रूपमा गणना गर्दै संक्रमणकालीन न्यायभन्दा भिन्दै क्षेत्रमा कार्यरत व्यक्तिहरुको बहुमत रहेको समितिले सरोकारवालाहरुसँग बिनापरामर्श कार्यविधि बनायो र आयोगका अध्यक्ष तथा सदस्य पदका लागि विज्ञापन माग गर्योत। अदालतको फैसलासँग बाझिएका ऐनका प्रावधानहरु संशोधन माग गरिरहेका पीडित समुदायको आवाजप्रति सिफारिस समितिले कुनै सरोकार राखेन। 
आयुक्तको विज्ञापन मागेपछि सिफारिस समितिले असोज ८ गते माओवादीबाट पीडित भएका र असोज १० गते राज्यपक्षबाट पीडित भएका नागरिकलाई विभाजित गरी परामर्शमा बोलायो। पीडितहरुको सरोकार बुझ्ने र सम्बोधन गर्ने सहकार्यको मनसायले नभएर पीडितसँग पनि हामीले परामर्श गरेका थियौं नि भन्ने औपचारिकताका लागिमात्र परामर्श गरिएको थियो। पीडित समुदायले ऐन संशोधन, मानव अधिकार आयोगको प्रतिनिधित्व र कार्यविधि संशोधन तथा कार्यविधिका सबै अधिकार समितिमा अन्तर्निहित रहने प्रावधानहरु सम्बन्धमा पीडितहरुका जाहेर गरेका सरोकारहरु मनन् गर्ने धैर्य अधिकांश सदस्यहरुमा पाइएन। पीडित वर्गलाई दयाको पात्रका रूपमा लिँदै पीडितलाई राहत प्रदान गर्नका लागि आफूहरुले आयोग बनाउन लागेकाले समितिलाई सर्वेसर्वा ठान्दै सहयोग गर्न समितिले आग्रह गर्योन। 
समितिको कार्यविधिमा राखिएको आवेदन नदिए पनि समितिलाई लागेको विशिष्ट योग्यता र अनुभवका आधारमा व्यक्तिको नाम सूचीकृत गर्न सक्नेछ भन्ने व्यवस्थाले राजनीतिक भागबन्डामा आयुक्तहरु सिफारिस हुने शंका झन् बलियो बनाएको छ। नियुक्तिका लागि आवेदन गर्ने उमेदवारहरुउपर सरोकारवालाहरुले दाबी विरोध तथा उजुरी गर्ने नभई केवल प्रतिक्रिया मात्र दिनसक्ने र समितिको सरोकारवालाहरुसँगको परामर्शलाई अनिवार्य नबनाई ऐच्छिकमात्र बनाइएको व्यवस्थाले आयुक्तहरु छनोट र सिफारिसमा सरोकारवालाहरुको कुनै भूमिका रहने देखिँदैन। जसले आयोगको विश्वसनीयतामाथि प्रश्न खडा गरिदिएको छ। 
गम्भीर मानव अधिकार ज्यादतिका कारण र असरहरुको सघन सम्बोधन गर्ने, लोकतन्त्रको मर्मअनुरूप देशमा कानुनी शासन बहाली गर्ने इच्छाशक्ति राज्य सञ्चालकहरुमा छैन। आफैँ आयोगका फन्दामा परिएला कि भन्ने भयका कारण जबर्जस्ती मेलमिलापका नाममा पीडाहरुलाई गुम्साउने, अपराधप्रति कुनै जवाफदेहिता बहन नगर्ने, सतहीरूपमा टालटुल पार्ने र सत्य आयोगको औपचारिकता पूरा गर्ने मनसायमात्र देखिन्छ। शान्तिपूर्ण आन्दोलनको उच्चतम् रूप आमरण अनसन नै न्याय प्राप्तिका लागि फिका र असफल सावित भएको सन्दर्भमा यो देशमा न्याय मरेकै हो त, के देशमा न्याय सम्भव छ र भन्ने गम्भीर प्रश्न आमजनमानसमा उब्जिएका छन्।


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस