नेपालमा निजामती सेवा सँधै आलोचना र आक्रमणको तारो बनिरहेको छ। यस संस्थाप्रति धेरै आक्रमण राजनीतिक तहबाट भएको छ। यस्तो आक्रमणको केन्द्रमा प्रायशः प्रमुख जिल्ला अधिकारी हुन्छ। ऊ जिल्लाका समस्त कर्मचारीको संरक्षक र प्रमुख सुरक्षा अधिकारी पनि हो। साथै ऊ जिल्लामा सरकारको मुख्य प्रतिनिधि पनि हो। यसैले प्रमुख जिल्ला अधिकारीमाथि भएको आक्रमण व्यक्ति विशेषमाथि मात्र भएको मान्न मिल्दैन।
शाही कालमा सगरमाथा अञ्चल प्रशासक रामकुमार सुव्वाले सुनसरीका प्रमुख जिल्ला अधिकारी शारदाभक्त पौडेलललाई कार्यकक्षमा नै आक्रमण गरे। दोस्रो जनआन्दोलनपछि सांसदले दोलखाका प्रमुख जिल्ला अधिकारीमाथि कार्यकक्षमै हुलहुज्जत गरे। तत्कालीन बन मन्त्रीले ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुने। प्रशासनिक नेतृत्व लिएका वन र स्थानिय विकास मन्त्रालयका सचिव टुलुटुलु हेरेर बसे। हालै पर्साका प्रमुख जिल्ला अधिकारीमाथि शारीरिक आक्रमण भयो। यो आक्रमण बढी सांघातिक र साङ्केतिक देखिएको छ। यो समस्त निजामती सेवामाथिको आक्रमण हो। त्यसभन्दा बढी कानुनी राज्य र लोकतन्त्रको उपेक्षा पनि हो।
मुलुकको स्थायी सरकार भनिने संस्थामाथि पटक पटक आक्रमण हुँदा पनि सम्बद्ध पक्षबाट सहानुभूतिका शब्द, सुरक्षाको सुनिश्चितता व्यक्त नहुँदा समस्त प्रशासनको मनोबल खस्कन्छ। यस संस्थाका सदस्यको आचरण राम्रो नहोला, त्यसलाई उपचार गर्ने, प्रणाली पनि स्थापित छ। कसैसँग रिस उठ्दैमा वा कसैको बोली वा अनुहार मन नपर्दैमा सांघातिक हमला हुँदै जाने हो हो भने यस संस्थाको सदस्यले कहाँ, कसरी काम गर्ने? राष्ट्रसेवकले पेसागत मूल्य र नैतिक आदर्शमा रहेर काम गरेसम्म शक्तिको मातमा रहेर कसैले यसप्रति आक्रमण त के कर्के नजर पनि लगाउन पनि पाउँदैन। उसले बाटो बिराउँदा विधिको शासन क्रियाशील गर्नुपर्छ, बाहुबलीका हातहरू उठेर हठात् थप्पड लगाउने वा लाठी र जुत्ता बजार्ने होइन। सभ्य समाजमा जो जति उच्च ओहोदामा हुन्छ यसबाट त्यति नै बढी मर्यादित व्यवहार अपेक्षित हुन्छ।
निजामती सेवा ऐनको दोस्रो संशोधनले कर्मचारीहरूको हकहित प्रवर्द्धन गर्न कर्मचारी सङ्गठनको अधिकारक्षेत्र विस्तार गरेको छ। विगतमा पेसागत हकहितका सन्दर्भमा सल्लाहकारी भूमिकामात्र प्रयोग गर्न पाउने कर्मचारीले अहिले ट्रेड युनियन अधिकार पाएका छन्। अर्थात्, सेवाको सुरक्षा र व्यावसायिक हित प्रवर्द्धनका लागि मागदाबी प्रस्तुत गर्नसक्नेसम्मका अधिकार ट्रेड युनियनमार्फत पाइएका छन्। निजामती सेवाअन्तर्गत रहेका र अन्य सरकारी तथा अरू सेवामा आआफ्नै पेसागत संगठन छन्। यी संगठनहरू कर्मचारी हकहित र सुरक्षाका सन्दर्भमा पटकपटक भएका आक्रमण र सरुवा, बढुवालगायत अन्य अवसरहरूको वितरणमा भएका विभेदपूर्ण व्यवहारमा न्याय दिलाउन क्रियाशील हुनुपर्छ। प्रशासनको कुनै संगठनको सदस्यमाथि भएको आक्रमण समस्त कर्मचारीमाथि भएसरह हो। शारदाभक्त र दुर्गाभण्डारी वा उद्धव थापा वा डण्डुराज घिमिरे त प्रतिनिधि पात्र मात्र हुन्। राजनीतिकर्मीबाट बेलाबेलामा यस प्रकारका अशिष्ट र व्यवहारको सामना सबै कर्मचारीले कुने न कुनै समय गरेका छन्। यो प्रवृत्ति दोहोरिने र बढ्ने क्रम देखिएको छ। यसर्थ पेसागत हकहित र मर्यादा विस्तारका लागि कर्मचारी संगठनहरू क्रियाशील हुन ढिला भैसकेको छ। कर्मचारीको अपेक्षा नागरिक समाजप्रति पनि छ। पटकपटक आक्रमणको मारमा पनि निजामती राष्ट्रसेवक सभ्य, संयम र शालीनरूपमा प्रस्तुत हुँदा पनि यसप्रति राष्ट्रिय ध्यान खिच्न नागरिक समाजले पनि पहल गरेको छैन। के संधै राजनीतिक कार्यसूचीमा मात्र नागरिक समाजको भूमिका हुने हो? उसको अरू नागरिक दायित्व छैन? अनि समस्त सेवाग्राही नागरिकप्रति पनि स्वाभाविक गुनासो छ - विधिको शासनका लागि कर्मचारीमात्र क्रियाशील हुने हो? र विधिको अतिक्रमण चाहिँ ठूलावडाको अधिकार हो? आफूलाई सेवा प्रवाह र न्याय निस्पादन गर्ने संस्थाप्रति आक्रमण भइरहँदा सेवाग्राही नागरिक तटस्थ रहन हुन्छ र?